गुजरातमा शाहरुख र दीपिकाको ‘पठान’ रिलीज हुनु अगावै मल्टीप्लेक्स एसोसिएशनले माग्यो सुरक्षा मुम्बई, माघ ४। शाहरुख खान र दीपिका पादुकोणको फिल्म ‘पठान’ रिलीज हुनु अगावै गुजरातको मल्टीप्लेक्स एसोसिएशनले सुरक्षा मागेको छ। एसोसिएशनका अध्यक्ष मनु पटेलले मुख्यमन्त्री भुपेन्द्र पटेल र गृहमन्त्री हर्ष सांघवीलाई पत्र लेखि मल्टिप्लेक्सको सुरक्षाको लागि मद्दत मागेका हुन्। फिल्म जनवरी २५मा भारतमा रिलीज हुँदैछ। पछिल्ला दिनमा ‘पठान’ प्रदर्शन नगर्न भन्दै मल्टीप्लेक्स सञ्चालकलाई धम्की आउन थालेपछि एसोसिएशनले सुरक्षा माग गरेको हो।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्