युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्री र उप–गृहमन्त्रीसहित १६ जनाको मृत्यु किएभ, माघ ४। युक्रेनको राजधानी किएभको बाहिरी क्षेत्रमा रहेको एक किन्डरगार्टनमा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा युक्रेनका गृहमन्त्री डेन्यस मोनास्टीर्सकीसहित १६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बालबालिका रहेका छन्। दुर्घटनामा घाइते भएका २१जनाको अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये १०जना बालबालिका छन्। किन्डरगार्टनको भवनमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो। दुर्घटनामा उपगृहमन्त्री, स्टेट सेक्रेटरीको समेत मृत्यु भएको जनाइएको छ।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्