चर्चित पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्ग जर्मनीमा पक्राउ वर्लिन, माघ ४। चर्चित पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्ग जर्मनीमा पक्राउ परेकी छन्। पश्चिम जर्मनीमा चलिरहेको एक विरोध प्रदर्शनमा सहभागीता जनाउने क्रममा उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो। उनी अन्य पर्यावरण कार्यकर्तासँगै प्रदर्शनमा सहभागी भएकी थिइन्। कोइला खानी विस्तार गर्ने नाममा जर्मनीको लग्जराथ गाउँ हटाउन खोजेपछि त्यसको विरोधमा आयोजना गरिएको प्रदर्शनमा उनी सहभागी भएकी थिइन्। अहिले उनलाई प्रहरीले छोडिसकेको छ। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्