अमेरिका, इजरायल, चीन, फ्रान्स र भारतले हतियार बनाउन म्यानमारलाई मद्दत गरिरहेका छन्ः प्रतिवेदन माघ ३। म्यानमारलाई निगरानी गरिराखेको अन्तर्राष्ट्रिय विशेषज्ञहरुको समूह ‘स्पेशल एडभाइजरी काउन्सील अफ म्यानमार’ले एक दर्जन देशले म्यानमारलाई हतियार उत्पादन गर्न मद्दत गरिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ। म्यानमारले ती हतियारको प्रयोग आफ्नै जनता विरुद्ध गरिरहेको प्रतिवेदनमा उल्लेख छ। म्यानमारलाई हतियार बनाउन सघाउने देशमा अमेरिका,इजरायल,चीन, फ्रान्स,भारतलगायतका देश छन्। दुई वर्षअघि म्यानमारको शासन सेनाले लिएपछि त्यहाँ २हजार ६ सयभन्दा बढी जनता मारिएका छन्।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्