नेप्से परिसूचक ३२.७२ अंकले वृद्धि, ३ अर्ब ७२ करोडभन्दा बढीको कारोबार
काठमाडौं, माघ ३। साताको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३२ अंकले वृद्धि भएको छ। मंगलवार नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंकले बढेको छ। मंगलवार १ करोड १८लाख ८३हजार कित्ता शेयर ३अर्ब ७२करोड ४७लाख ९४हजार रुपैयाँमा खरिदबिक्री भएको छ।
प्रतिक्रिया दिनुहोस्