चीनमा ६० वर्षपछि पहिलो पटक घट्यो जनसंख्या
बेइजिङ, माघ ३। चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ। ताजा आँकडाअनुसार चीनमा जन्मदर प्रति हजार महिलामा घटेर ६.७७ मा झरेको छ। चीनको जनसंख्या सन् २०२२ मा १अर्ब ४१करोड १८लाख रहेको थियो। सन् २०२१ को तुलनामा २०२२ मा चीनको जनसंख्या ८ लाख ५० हजारले घटेको छ। जनसंख्यामा नकारात्मक असर देखिएपछि चीनले सात वर्षअघि ‘वन चाइल्ड पोलिसी’ हटाएको थियो। (बीबीसी)
प्रतिक्रिया दिनुहोस्