उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेवित्तिकै लिङ्देनले गठन गरे उर्जा क्षेत्रमा पाँच वर्षे रणनीतिक योजना बनाउन कार्यदल काठमाडौं, माघ ३। नवनियुक्त उपप्रधान एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङदेनले उर्जा क्षेत्रमा पाँच वर्षे रणनीतिक योजना बनउान कार्यदल गठन गरेका छन्। आज पदभार ग्रहण गरेलगत्तै उनले तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेका हुन्। ‘मन्त्रालयहरु कुनै पनि राम्रो÷नराम्रो भन्ने हुँदैन। सबै मन्त्रालयहरुको महत्व छ। ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनुलाई मैले एउटा महत्वपूर्ण अवसरको रुपमा लिएको छु,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्