विमान दुर्घटनामा मृत्यु भएका ४८ जनाको शव पोस्टमार्टमको लागि काठमाडौं ल्याइयो काठमाडौं, माघ ३। आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा मृत्यु भएकामध्ये ४८ जनाको शव आज काठमाडौं ल्याइएको छ। पोस्टमार्टमको लागि ती शव काठमाडौं ल्याइएको हो। काठमाडौं ल्याइएका शवमध्ये २३ वटा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा र २५ वटा विमानमा ल्याइएको थियो। अहिले काठमाडौं ल्याइएको शवमध्ये २३ वटा त्रिवि शिक्षण अस्पताल पठाइसकिएको छ। सबै शवहरुको पोस्टमार्टमा शिक्षण अस्पतालमा गरिने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्