नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनः विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्नुस् काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ। सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनैपनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीहरुलाई नबोल्न निर्देशन दिएको हो। सोमबार प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले छानबिन समितिले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अनुमान गर्नु वाञ्छनीय नहुने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्