विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको बीमामा समस्या छैनः अध्यक्ष सिलवाल
काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरुको बीमा सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन्। सोमवार सिंहदबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन्। समितिको बैठकले आइतबार पोखरामा विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्
