सरकारको चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा काठमाडौं। नेपाल राष्ट्र बैंकले गत मंसिर महिनासम्म चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता यसवर्षको मंसिरसम्म २९ करोड ७२ लाखले घाटामा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्