चीन र भुटानबीच सीमा विवाद समाधान गर्न सहमति बेइजिङ। चीन र भुटानबीच सीमा विवाद समाधान गर्न छलफललाई तिव्ररुपमा अघि बढाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। सीमा विवाद तीन चरणमा समाधान गर्ने रोडम्याप तयार गरिएको जनाइएको छ। चीन र भुटानबीचको सीमा विवाद समाधान गर्न विशेषज्ञ टोलीको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा भएको थियो। बैठकपछि संयुक्त विज्ञप्ति जारी गरेर सहमति बाहिर ल्याइएको हो।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्