नेपाली र अमेरिकी सेनाबीच छाउनीमा संयुक्त अभ्यास सुरु काठमाडौं। नेपाली सेना र अमेरिकी सेनाबीच आजबाट नेपालमा संयुक्त सैन्य अभ्यास सुरु भएको छ। संयुक्त सैन्य अभ्यासको नाम ‘एक्स–टेक नेल २३–३०११’ दिइएको छ। सैन्य अभ्यास छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा सुरु भएको नेपाली सेनाले जनाएको छ। संयुक्त सैन्य अभ्यासमा ४५ जना नेपाली सेना र १९ जना अमेरिकी सेना सहभागी रहेका छन्। सैन्य अभ्यास फेब्रुअरी ३, २०२३सम्म चल्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्