आजबाट पासपोर्ट वितरणमा सहजता आउने, आफ्नो मोबाइलमा सूचना आएपछि पासपोर्ट लिन जानुपर्ने काठमाडौं। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आजबाट पासपोर्ट वितरणमा सहजता आउने जनाएको छ। पुस १९ गते सर्भरमा समस्या आएपछि विभागले पासपोर्ट वितरण गर्न रोकेको थियो। विभागले मोबाइलमा ‘एसएमएस÷म्यासेज’ आएपछि वा ‘नेपाल इपासपोर्ट एप’बाट पासपोर्ट तयार छ भन्ने जानकारी प्राप्त भएपछि मात्र पासपोर्ट लिन आउन अनुरोध गरेको छ। सर्भरमा देखिएको समस्या समाधान गर्न फ्रान्सबाट विज्ञ टोली नआउँदै समस्या समाधान भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्