नयाँ चिनियाँ राजदूत चेन सोङ काठमाडौं आइपुग्नेवित्तिकै त्यस्तो के देखे जसले उनलाई चकित बनायो ? काठमाडौं। नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङले आइतबार काठमाडौं आएप्छि आफू यहाँको सौन्दर्य र अनुपम संस्कृति देखेर चकित परेको बताएका छन्। २२औँ चिनियाँ राजदूतको रूपमा काठमाडौं आउन पाउनुलाई उनले सौभाग्य ठानेका छन्। नेपालीको न्याने स्वागतबाट आफू प्रभावित भएको समेत उनले ट्वीतर मार्फत जनाएका छन्। ‘म दूतावासका मेरा सहकर्मीहरूसँगै सबै क्षेत्रका नेपाली साथीहरूसँग मिलेर काम गर्न तयार छु,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्