जहाँबाट नेपालमा बढी रेमिट्यान्स आउँछ तीनै देशसँग बढ्दो छ व्यापार घाटा काठमाडौं। नेपालमा सबैभन्दा बढी रेमिट्यान्स आउने देशमा पर्छन् युनाईटेड अरब इमिरेट्स(युएई), कतार,ओमान, मलेसिया, जोर्डन र साउदी अरेबिया। चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनामा नेपालको सबैभन्दा बढी व्यापार घाटा रहेका प्रमुख १२ देशमा यी ६ पनि परेका छन्। भन्सार विभागका अनुसार युएईसँग १६अर्ब७४करोड, कतारसँग ८अर्ब६२करोड, ओमानसँग ७अर्ब९३करोड, मलेसियासँग ७अर्ब८५करोड, जोर्डनसँग ६अर्ब४२करोड र साउदीसँग ५अर्ब५९करोड रुपैयाँ व्यापार घाटा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्