पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यको सरकारलाई सुझाव– आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान देउ काठमाडौं। पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्। राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार बसेको बैठकमा उनले आर्थिक र कूटनीति थाहा नभएकालाई सरकारले राजदूत बनाएको कारण मुलुकको आर्थिक कूटनीतिक फलदायी हुन नसकेको जनाए। आर्थिक कूटनीति कार्यान्वयनका लागि नीतिगत स्पष्ट धारणा तय गर्न उनले सरकारको गम्भिर ध्यानाकर्षण समेत गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्