नेपालको चौंथो ठूलो व्यापार घाटा युएईसँग, पाँच महिनामा व्यापार घाटा साढे १६ अर्ब नाघ्यो काठमाडौं। नेपालको चौंथो ठूलो बैदेशिक व्यापार घाटा युनाईटेड अरब इमिरेट्स (युएई)सँग रहेको छ। भन्सार विभागका अनुसार भारत, चीन र इन्डोनेसियापछि नेपालको ठूलो व्यापार घाटा युएईसँग रहेको हो। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा युएईसँग नोपलको व्यापार घाटा १६अर्ब५५करोड १५लाख११हजार रुपैयाँ पुगेको छ। सो अवधिमा युएईबाट नेपालमा १६अर्ब७४करोड४५लाख४६हजार रुपैयाँको वस्तु आएको छ। नेपालबाट मात्र १९करोड३०लाख३४हजार रुपैयाँको वस्तु गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्