कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो, अब पुस २८ गते बस्ने काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेर अब पुस २८ गते अपरान्ह एक बजे बस्ने भएको छ। यसअघि केन्द्रीय कार्यसमिति बैठक पुस २२ गते राखिएको थियो। प्रतिनिधि सभाको अधिवेशन पुस २५ गतेबाट प्रारम्भ हुने भएपछि केन्द्रीय कार्यसमिति बैठक सार्नु परेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। यस्तै कांग्रेसको संसदीय दलको बैठक पुस २३ बस्ने उनले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्