नेपालले दिए नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न निर्देशन काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन्। मंगलबार सम्पन्न पार्टीको पोलिटव्यूरो बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी अनुशासन विपरित काम नगर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन्। आफ्ना कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँडदा अनुशासित पार्टी बन्न नसक्ने धारणा नेपालको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्