राष्ट्रिय भूकम्प सुरक्षा दिवस काठमाडौं महानगरपालिकामा गरिने काठमाडौं। २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह यसपाली काठमाडौं महानगरपालिकामा गर्ने निर्णय भएको छ। आज गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको २५औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो। मूल समारोह समितिको सभापति काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह रहने र प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गर्ने निर्णय भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्