गभर्नर सिफारिस समितिले तपाईंको सहित तीनजनाको नाम सिफारिस गरेको छ। त्यसमध्ये तपाईं नै गभर्नर नियुक्त हुनुपर्ने तपाईंका दाबीहरू के–के छन् ?
अहिलेसम्म चारजना डेपुटी गभर्नर नै गभर्नरमा नियुक्त भएका छन्। १२ जना बाहिरबाट गभर्नर भएका छन्। त्यसमध्ये पनि राष्ट्र बैंकमै काम गरेर विशिष्ट श्रेणीबाट अवकाश हुनुभएका दुईजना पनि गभर्नर बन्नुभएको इतिहास छ। तर, डेपुटी गभर्नर भएपछि गभर्नर भइहाल्न पर्छ भन्ने पनि होइन र हुुनुहुँदैन भन्ने पनि होइन।
ऐनमा भएको व्यवस्थाअनुसार गभर्नर सिफारिस समितिले डेपुटी गभर्नरसहित तीनजनाको नाम सिफारिस गरेको हो। त्यही तीनजनामध्ये एकजनालाई सरकारले गभर्नर नियुक्त गर्ने हो। सिफारिस भएका तीनजनाको नाममध्ये जो सुकैलाई पनि मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्त गर्न सक्छ।
नेपाल सरकारले गर्ने नियुक्तिमा सरकार आफैं स्वतन्त्र छ। कसैले मागेर गभर्नर पद दिइहाल्ने पनि होइन।
राष्ट्र बैंकभित्रैबाट गभर्नर नियुक्त हुँदा र बाहिरका व्यक्ति गभर्नर नियुक्त हुँदा के फरक पर्छ ?
केही समय अगाडिदेखिका उदाहरण हेर्यौं भने राष्ट्र बैंक भित्रैबाट हुनुभएका गभर्नरले धेरै राम्रो काम गर्नुभएको छ। अहिलेसम्मको सबैभन्दा राम्रो गभर्नर को भन्दा जसले राष्ट्र बैंकमा २७-२८ वर्ष काम गर्नुभयो उहाँ नै हो। उहाँ अहिले अर्थमन्त्री पनि हुनुहुन्छ। राष्ट्र बैंकमा उहाँको लामो समयको अनुभव भएको कारण नै राम्रो काम गर्न सक्नुभएको हो।
बाहिरबाट आउनेले बुझ्न केही समय लाग्छ। बाहिरको मान्छेहरू कमजोर भनेको होइन। उहाँहरूको पनि आफ्नो क्षेत्रमा विज्ञता हुन्छ।
सचिवज्यूहरू, योजना आयोगको उपाध्यक्षबाट अवकाश भएका व्यक्तिहरूको पनि गभर्नरको लागि चर्चा हुने गरेको थियो। उहाँहरू पोख्त, कामयावी र अनुभवी पनि हुुनुहुन्छ। तर, राष्ट्र बैंक चलाउने विषयमा उहाँको अनुभव कम हुन सक्छ।
राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय काम गरेकै कारण तपाईंलाई सरकारले गभर्नर नियुक्त गनुपर्छ भन्न खोज्नुभएको हो ?
राष्ट्र बैंकमै धेरै लामो सयमसम्म अनुभव भएको व्यक्ति गभर्नर नियुक्त हुँदा स्वभावैले राम्रो हुन्छ। मैले राष्ट्र बैंकमा ३२ वर्षभन्दा बढी समयदेखि काम गरिरहेको छु। कतिपयको राष्ट्र बैंकसँगको सम्बन्ध टुटिसकेको छ। कसैको पाँच वर्ष अघि टुटेको होला, कसैको सात वर्ष अघि टुटेको होला। तर, सरकारलाई कसलाई गभर्नर बनाउँदा देशको वित्तीय स्थायित्व कायम हुन्छ, वित्तीय प्रणाली राम्रो हुन्छ र सरकार र राष्ट्र बैंकबीचको सम्बन्ध, समन्वय राम्रो हुन्छ, नेपाल सरकारको गतिमा सहयोगी भूमिका निर्वाह गर्नको लागि को सहयोगी हुन सक्छ, आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्यमा को गभर्नर हुँदा सहयोगी हुन्छ भन्ने लाग्छ उसैलाई गभर्नर नियुक्त गर्ने हो।
मेरो सन्दर्भमा कुरा गर्दा, म सिनियर डेपुटी गभर्नरको रूपमा काम गरिरहेको, कायममुकायम गभर्नरको जिम्मेवारी लिएर अहिले काम गरिरहेको छु। यसअघि पनि २८–३० पटक कामु गभर्नरको जिम्मेवारी पाउँदा पनि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेकै छु। कहीँ पनि प्रश्न गर्ने ठाउँ दिएको छैन।
राष्ट्र बैंक ऐनले गभर्नरका लागि केही विशेष योग्यताहरू तोकेको छ। त्यसमध्ये तपाईंको विशेष योग्यताहरू बताइदिनुहोस् न।
ऐनले तोकेको व्यवस्थाअनुसार मुख्य गरी तीनवटा योग्यता हुनुपर्छ। पहिलो स्नातकोत्तर शैक्षिक योग्यता तोकिएको छ। मैले नेपालबाट र विदेशबाट पनि स्नातकोत्तर अध्ययन गरेको छु। थप मैले, कानूनमा पनि स्नातक गरेको छु। अर्को, बैंकिङ क्षेत्रको अनुभव हो। म त ३२ वर्षदेखि यही संस्थामा छु। नन् अफिसरमा राष्ट्र बैंक प्रवेश गरेर अपग्रेड हुँदै आएको हुँ। कर्मचारी संगठनको अनुभव पनि छ। डेपुटी गभर्नरमा पनि चार वर्षको अनुभव छ। डेपुटी गर्भनर हुँदा आफ्नो पोर्टफोलियोमा भएको सबै विभाग त हेरियो नै अर्को डेपुटी गभर्नर नहुुँदा ती विभाग हेरेको अनुभव पनि छ।
तेस्रो, कार्यक्षमता हो। मैले अहिलेसम्म गरेको काममा कुनै किसिमको विरोध, अप्ठ्यारो भएको छैन। कामको गुणस्तरमा कसैले प्रश्न उठाएको छैन। काम रोकेर ढिलासुस्ती गरेको, कसैको काम नगर्दिएको कुनै उदाहरण पनि भेटिँदैन। त्यही भएर सबै क्षेत्र मेरो बारेमा सकरात्मक नै रहेको देख्छु।
प्रत्येक पाँच वर्षमा लेखेर प्रमोशन हुनुपर्ने राष्ट्र बैंकको व्यवस्था छ। फाइल बढुवा हुन १०-१५वर्ष नै लाग्थ्यो। तर, मैले प्रत्येक पाँच वर्षमा खुल्ने आन्तरिक लिखित परीक्षामा प्रत्येक पटक पास गरेर पदोन्नति हुँदै आएको हुँ। यो स्थिति देखेर राज्यले मलाई डेपुटी गभर्नरको भूमिका दिएको थियो। डेपुटी गभर्नरको भूमिका मैले सफलतापूर्वक सम्पादन गरेको जस्तो लाग्छ। म आफू सन्तुष्ट छु। यदी सरकार पनि सन्तुष्ट छ भने मलाई उहाँहरूले गभर्नर नियुक्त गर्न सक्नुहुन्छ। यदी सरकारले मभन्दा योग्य अरू कोही देख्यो, सन्तुष्ट भयो भने सरकारले उसैलाई गर्भर नियुक्त गर्न पनि सक्छ। सरकारले गरेको निर्णयलाई सहर्ष स्वीकार गरिन्छ।
यदी तपाईं गभर्नर नियुक्त हुनुभयो भने तपाईंले गर्ने कामको योजना बनाउनु भएको होला नि ?
राष्ट्र बैंकले मुलुकको वित्तीय स्थायीत्वको लागि काम गर्ने हो। त्यसका लागि बैंकर र व्यवसायी छुट्याउने योजनामा निरन्तर लागिरहने हो। केन्द्रीय बैंकको स्वायत्तता कायम गराउनको लागि सधैँ प्रयत्नशील रहन्छौं। सरकारको आर्थिक नीति, विकासको लक्ष्य र सरकारको बजेटलाई कार्यन्वयन गर्नको लागि उपयुक्त वातावरण बन्ने गरी काम गर्ने हो। आगामी दिनमा प्राथमिकताका क्षेत्रमा लगानीका लागि जोड दिने हो।
अहिले राष्ट्र बैंकको भवनहरू बनिरहेका छन्। आधुनिक सुविधा सम्पन्न वैज्ञानिक किसिमका भवन बनाएर सञ्चालनमा ल्याउछौं। भौतिकरूपमा नोटको प्रयोग कमभन्दा कम गरेर विद्युतीय उपकरणहरूमार्फत् कारोबार बढाउन ध्यान दिन्छौं र प्रोत्साहन गर्छौं। पहिलेदेखि नोटहरू नष्ट गर्न आगो बालेर धूवाँधूलो निकाल्ने परिस्थितिको अन्त्यका लागि यान्त्रिकीकरण गर्ने र करेन्सी भेरिफिकेसन मेसिन राष्ट्र बैंकको सबै कार्यालयमा राख्ने व्यवस्था मिलाउँछौं। नोटको प्याकेटिङ र बण्डलीकरण गर्नको लागि आधुनिकीकरण गर्छौं।
अहिले लागू भइरहेको मर्जर र एक्वीजिशनको नीतिलाई अझ खरो उत्रेर लागू गर्ने हो। कमर्सियल बैंक र माइक्रो फाइनान्सका शाखाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा पनि ध्यान दिन्छौं। त्यसैगरी, ब्यासल क्यापिटल एकर्डअनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसारका अभ्यासलाई नेपालमा बैंकिङ क्षेत्रमा लागू गर्दै जान्छौं।
संस्थागत सुशासनको क्षेत्रमा कठोर बनेर काम गर्छौ। बैंकमा भएको जनताको सम्पतिलाई आफ्नो बनाउन खोज्नेलाई कडा भन्दा कडा कारबाही गरेर जनताको निक्षेप र लगानीलाई सुरक्षित गर्न हदैसम्मको कारबाही गर्न पनि पछि हट्दैनौं। समय परिस्थितिले जे कुरा माग गर्छ त्यसअनुसार बैकिङ क्षेत्रको नीति बनाउँदै जाने हो।
" /> अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बनेको राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले तीनजनाको नाम गभर्नरका लागि सिफारिस गरेको छ। त्यसमध्येको एक हुन् चिन्तामणि सिवाकोटी। उनी अहिले केन्द्रीय बैंकको डेपुटी गभर्नर छन्। गभर्नर पद खाली भएका कारण सरकारले उनैलाई कामयमुकायम गभर्नरको जिम्मेवारी पनि दिएको छ। आगामी गभर्नरमा सिवाकोटीको सम्भावना र दाबीका विषयमा देखापढीका उद्धव थापाले गरेको कुराकानीःगभर्नर सिफारिस समितिले तपाईंको सहित तीनजनाको नाम सिफारिस गरेको छ। त्यसमध्ये तपाईं नै गभर्नर नियुक्त हुनुपर्ने तपाईंका दाबीहरू के–के छन् ?

">