कोभिड-१९ महामारीविरुद्ध लडेको चीनले ‘राजनीतिक प्रचार’का लागि अरु देशलाई आफ्नो सहयोग उपलब्ध गराइरहेको आरोप लागिरहेको छ। केहीले चीनले आफ्ना गल्ति सच्याउन सहयोगको बाटो खोजेको दाबी पनि गर्छन्। तपाईंको धारणा के छ ?
राष्ट्रपति सी चिनफिङको नेतृत्व र मार्गनिर्देशनमा रहेर चिनियाँ सरकार र जनताको कष्टसाध्य प्रयत्न र महान् बलिदानका कारण अहिले चीनमा महामारीको अवस्था स्थिर छ। परिस्थिति सकारात्मक दिशामा गइरहेछ। ७६ हजार भन्दा बढी बिरामी निको भइसकेका छन्। केही छिटफुट संक्रमित भए पनि देशैभर महामारी फैलिन रोकिइसकेको छ। यही समयमा संसारभर भने महामारी निकै द्रूत गतिमा फैलिरहेछ। हामी सबैले कोभिड-१९ का आयातित संक्रमितलाई रोक्न ठूलो चुनौती सामना गरिरहेछौं।
४ अप्रिलको राति १२ बजे मुख्यभूमि चीनमा ९१३ वटा आयातित संक्रमित भएको पुष्टि भएको थियो। कोभिड-१९सँग लडाईंको सबैभन्दा कठिन क्षणमा नेपालसहित अन्तर्राष्ट्रिय समुदायले हामीलाई मूल्यवान साथ र सहयोग उपलब्ध गराउनुभयो। आफूप्रति दयावान सबैप्रति चीन सरकार सधैँ अनुग्रहीत छ र त्यस्तै साथ उपलब्ध गराउने गर्छ। कोभिड–१९सँगको चीनको संघर्ष अहिले टुंगिसकेको छैन।
हामीले संक्रमित व्यक्तिहरूको आगमन नियन्त्रण गर्नुपर्ने चुनौती छ भने स्थानीयस्तरमा पनि संक्रमितमा पुनः संक्रमण नदोहोरियोस् भनेर ध्यान दिनुपर्ने छ। त्यसैले मेडिकल सामग्रीहरूको ठूलो खाँचो छ। यी चुनौतीका बावजुद चिनियाँ सरकारले १२० भन्दा बढी देश र केही अन्तर्राष्ट्रिय संगठनहरूलाई एन९५ मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), परीक्षण किट्स र अन्य आवश्यक सामग्री उपलब्ध गराएको छ। यसबाहेक हामीले विभिन्न देशलाई चीनमा खरिद प्रक्रियामा सहयोग उपलब्ध गराएका छौँ। त्यस्तै, महामारी रोकथाम र नियन्त्रणको आफ्नो अनुभव बाँड्न संसारभर चीनले भिडिओ कन्फ्रेन्स पनि गरिरहेको छ।
मानव जाति साझा भविष्य सहितको समुदाय र एउटा वैश्विक गाउँमा बसिरहेछन्। महामारी फैलिन शुरू भएदेखि नै चीन आफ्ना सबै प्रयत्नबारे खुला, पारदर्शी र जिम्मेवार छ। हामीले विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समुदायलाई समयमा सूचना दिईरहेछौँ। रोकथाम र नियन्त्रणका लागि कठोर उपाय अपनाएका छौँ। महामारीसँग जुध्न महान् बलिदान र योगदान गरेका छौँ। संयुक्त राज्य अमेरिका, बेलायत र अन्य देशका अनुसन्धानकर्मीहरूले ‘द जर्नल साइन्स’मा प्रकाशन गरेको शोध निबन्धमा चीनले अपपनाएको नियन्त्रणका उपायले समयमै संक्रमणको शृंखला तोडिएको र अरु देशलाई महत्वपूर्ण समय उपलब्ध गराएको उल्लेख गरेका छन्।
चीनले कहिल्यै पनि ‘चीन पहिला’ भन्ने नीति अवलम्बन गर्नेछैन। चीनले उपलब्ध गराएका कुनै पनि सहयोग राजनीतिक उद्धेश्य अनुसारका छैनन्। बरु यी सहयोग एक जिम्मेवार देशबाट विश्व जनस्वास्थ्य सुरक्षाका लागि गरिएको महत्वपूर्ण योगदान हो। अन्तर्राष्ट्रिय समुदायले हाम्रो योगदानको कदर गर्नेछ।
पक्कै पनि कुत्सित उद्धेश्यले सञ्चालित केही व्यक्ति र शक्तिले अरुलाई आक्षेप लगाउन आफ्नो सक्दो प्रयत्न गर्छन्। उनीहरूले गरेको कर्मले महामारी रोक्न कुनै पनि योगदान गर्दैन बरु झनै क्षती पुर्याउँछ भन्ने घाम जत्तिकै छर्लंग छ। सबै देशले आफ्नो जनताको जीवन र स्वास्थ्यलाई प्राथमिकता दिन्छन्, महामारी विरुद्ध जुध्नेमा केन्द्रित हुन्छन् र यो युद्ध जित्न काँधमा काँध मिलाउँछन् भन्नेमा हामी आशावादी छौँ।
महामारीसँग जुध्न नेपाल सरकारले देशभरी लकडाउन लागू गर्ने र अन्तर्राष्ट्रिय उडान बन्द गर्नेजस्ता उपाय अपनाएको छ। यसबारे तपाईंको धारणा के छ ?
महामारी फैलिएसँगै नेपाल सरकारले माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा एउटा उच्चस्तरीय समिति बनाएको छ। त्यस्तै संक्रमणबारे समयमै सूचना उपलब्ध गराउने, प्रयोगशालाको परीक्षण क्षमता बढाउने, देशैभर कोभिड–१९ उपचार गर्ने अस्पतालको सञ्जाल निर्माण गर्ने, आशंकित व्यक्ति फेला पार्ने, संक्रमित व्यक्तिलाई आइसोलेसनमा राख्नेजस्ता उपाय अपनाइरहेछ। राष्ट्रव्यापी लकडाउन र अन्तर्राष्ट्रिय उडान निषेधले देशभित्र र देशबाहिरबाट मानिसहरूको गतिविधि निकै कम गरेको छ। त्यस्तै, नेपाल सरकारले आवश्यक सरसामग्रीको उपलब्धता र आवश्यक परिवारलाई राहत उपलब्ध गराउने पनि सुनिश्चित गरेको छ।
यी उपायले महामारी फैलिनबाट रोक्न महत्वपूर्ण भूमिका खेलेको हाम्रो आकलन छ। नेपाली जनताले सरकारको निर्देशन पालन गरेका छन् र आफूलाई जोगाउन स्वस्थ अभ्यास पनि अपनाएका छन्। लकडाउनको समयमा व्यवस्थापन र नियन्त्रण लागू गर्न नेपाल प्रहरीले आफ्नो कर्तव्य पूरा गरेको छ। विभिन्न क्षेत्रमा आवद्ध जनताले महामारीविरुद्ध जुध्न सरकारलाई आर्थिक र अन्य सहयोग उपलब्ध गराएर साथ दिएका छन्।
महामारीसँग जुध्न र आफ्नो जनताको जीवन सुरक्षा गर्न नेपाली जनताले आफ्नो राष्ट्रिय परिस्थितिको आधारमा उपाय अपनाइरहेको छ भन्ने हामी बुझ्छौँ र त्यसलाई साथ दिन्छौँ। अहिले केही चिनियाँ जनता नेपालमा अड्किएका छन्। उनीहरूले सम्बन्धित सरकारी विभागहरूसँग मिलेर आफ्नो सुरक्षा र जनकल्याणका लागि सहकार्य गरिरहेका छन्।
कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न चीनले नेपाललाई कस्तो सहयोग उपलब्ध गराउँछ ? नेपाल र चीनबीच यसमा अरु कस्ता सहकार्य हुन सक्छन् ?
यो महामारीविरुद्ध जुध्ने सबैभन्दा कठिन समयमा सिंगो नेपालले चीनलाई महत्वपूर्ण साथ दिएको छ त्यसलाई चिनियाँ जनताले कहिल्यै पनि बिर्सने छैनन्। नेपालमा महामारी फैलिँदा चीनले पनि नेपाललाई सहयोग गर्न सक्दो प्रयत्न गरिहरेछ। हाम्रो दूतावासले तुरुन्तै नेपालका सम्बन्धित मन्त्रालयहरूसँग काम गर्न संयुक्त कार्यदलहरू गठन गर्यो। विभिन्न सामग्री र भिडिओ सम्पर्कबाट महामारी रोकथाम र नियन्त्रण, औषधि उपचार र क्वारेन्टाइन निर्माण आदिबारे सूचना र अनुभव बाँड्यो।
चीनको केन्द्रीय सरकारले नेपाललाई आवश्यक भौतिक सहयोग उपलब्ध गराउनेछ। यसबारे दुवै पक्षबीच सम्पर्क भइरहेको छ। अहिले, चीनका केही स्थानीय सरकारहरू र नागरिक समाज नेपालका लागि आवश्यक भौतिक सामग्री जुटाउन लागि परेका छन्। २९ मार्चको बिहानै नेपाललाई प्रदान गरिएका सामग्री सफलतापूर्वक यहाँ आइपुगेका थिए। ती सामग्री स्थानीय सरकारहरू र गैर–सरकारी संस्थाहरूले उपलब्ध गराएका हुन्।
मलाई थाहा भएसम्म, सिज्याङ स्वायत्त क्षेत्र, युनान प्रान्त र केही चिनियाँ इन्टरप्राइजेजहरूले नेपालका लागि मेडिकल सामग्री सहयोग गर्ने ईच्छा व्यक्त गरेका छन्। अहिले सबैभन्दा अप्ठ्यारो भनेको ती सामग्री यहाँसम्म ल्याइपुर्याउनु हो। ती सामग्रीको भन्सार छुट गराउन र ओसारपसार गर्न चिनियाँ दूतावास सम्बन्धित सबै पक्षसँग निरन्तर सम्पर्क र संयोजनमा छ।
पछि पनि महामारीको अवस्था र नेपालको आवश्यकताको आधारमा हामीले विज्ञहरूसँगको भिडिओ सम्पर्क कायम राख्नेछौं। महामारी रोकथाम र नियन्त्रणबारे अनुभव र प्रविधि आदानप्रदान गर्न अन्य उपाय पनि अपनाउनेछौँ।
के महामारीसँग जुध्न नेपाल सरकारले विभिन्न माध्यमबाट चीनमा खरिद गरेका सबै मेडिकल सामग्री चिनियाँ सरकारले तोकेको मापदण्ड अनुरुप थिए ? के चीनबाट आउने सबै सामग्रीले त्यो मापदण्ड पूरा गर्छन् ?
अहिले विद्यमान पद्धति अनुसार, कुनै देशले कूटनीतिक माध्यमबाट आफ्नो आवश्यकता व्यक्त गर्छ भने दूतावासले आफ्नो केन्द्रलाई त्यसबारे जानकारी गराउँछ र सोही आधारमा मापदण्ड अनुसारका वितरकहरूको सूची उपलब्ध गराउँछ। २ अप्रिलमा नेपाल पक्षले बेइजिङस्थित नेपाली दूतावासमार्फत् चिनियाँ सरकारसँग व्यावसायिक माग प्रस्तुत गरेको छ। चीनको वाणिज्य मन्त्रालयले यसको संयोजन गरिरहेको छ र यसबारे काम गरिरहेको छ।
विभिन्न देशमा मेडिकल सामग्रीका फरक-फरक मापदण्ड हुनु स्वाभाविक हो। निर्यात हुने सामग्रीको गुणस्तर सुनिश्चित गर्नेबारे चीनले उच्च महत्व दिन्छ। मापदण्ड पूरा नगर्ने सामग्रीको निर्यात गर्न रोक लगाइन्छ। मापदण्ड सुनिश्चित गर्न सम्बन्धित विभागहरूले हालै अझ कठोर प्रक्रिया अपनाएका छन्। मेडिकल सामग्रीको निर्यातकर्ता कम्पनीले भन्सारमा लिखित वा डिजिटल रूपमा आफ्ना उत्पादनहरूले आवश्यक प्रमाणपत्र पाएको र तोकिएको मापदण्ड पूरा गरेको कबुल गर्नुपर्छ।
यदि यो प्रक्रियामा मापदण्डबारे केही समस्या उत्पन्न भए तथ्यहरूको आधारमा त्यसको समाधान गरिन्छ। केही पश्चिमा मिडियाहरूले बिनातथ्य चिनियाँ उत्पादनहरूको गुणस्तरमाथि प्रश्न उठाइरहेका छन् र त्यो विषयलाई राजनीतिकरण गर्न खोजेका छन्। यो गैरजिम्मेवारीपन हो। यसले विश्वव्यापी महामारीविरुद्धको अन्तर्राष्ट्रिय सहकार्यलाई सघाउँदैन।
दक्षिण एशियाका सबै देशले यो विश्वव्यापी महामारीको चुनौती सामना गरिरहेका छन्। सार्कका सदस्य राष्ट्रहरूबीच यो महामारीविरुद्ध जुध्न भिडिओ कन्फ्रेन्स पनि भयो। सार्कसँग चीनले कसरी सहकार्य गर्न सक्छ ?
दक्षिण एशियाका देशहरूमा अहिले कोभिड-१९ का सात हजारभन्दा बढी बिरामी भेटिएका छन्। चीन दक्षिण एशियाको छिमेकी देश हो। यो सार्कको पर्यवेक्षक देश पनि हो। यसले सधैँभरी आपसी सहयोग र ऐक्यबद्धता पनि जनाउँदै आएको छ। यो महामारी फैलिन शुरू गरेदेखि नै चीनले मानवजातिको साझा भविष्ययुक्त समुदायको अवधारणालाई निरन्तरता दिइरहेछ। सार्क देशमा यो महामारीको रोकथाम र नियन्त्रणका लागि बलियो सहकार्य तथा सूचना आदानप्रदान गरिरहेछ।
हामीले हाम्रो क्षमताले भ्याएसम्म दक्षिण एशियाका धेरैजसो देशलाई सहयोग उपलब्ध गराएका छौँ। २० मार्चमा चीनले युरोशियाली र दक्षिण एशियाका गरी १९ देशसँग भिडिओ कन्फ्रेन्स गरेको थियो। उक्त कन्फ्रेन्समा चीनका विज्ञहरूले महामारीको प्रवृत्ति, रोकथाम र नियन्त्रण, मेडिकल जाँच र उपचार, विमानस्थलमा जाँच र क्वारेन्टाइनबारे आफ्नो अनभुव र अभ्यास बाँडेका थिए। उनीहरूले सहभागीहरूले गरेका ८० भन्दा बढी प्रश्नको जवाफ दिएका थिए। उक्त भिडिओ कन्फ्रेन्समा सहभागी सार्क देशका प्रतिनिधीहरूले भिडिओ कन्फ्रेन्स समयोचित भएको र यसले व्यावसायिक र सही सूचना उपलब्ध गराएको जनाएका थिए।
कोभिड-१९ महामारी अहिले संसारभर द्रूत गतिमा फैलिइरहेछ। ठूलो जनसंख्या भएको दक्षिण एशिया अहिले ठूलै दबाबमा छ। यो क्षेत्रमा सबै देशले नियन्त्रण र रोकथामका कठोर उपाय अवलम्बन गरेका छन्। सार्क देशका सबै सदस्य देश र यसको सचिवालयसँग सहकार्य गरिरहन चीनले आफ्ना सबै स्रोत र सम्पर्कको उपयोग गर्नेछ। आपतकालीन जनस्वास्थ्य सेवा प्रवाह गर्न र क्षेत्रीय जनस्वास्थ्य सुरक्षा कायम राख्न हामीले क्षेत्रीय रूपमा नियन्त्रण र उपचारको सञ्जाल निर्माण गर्न सक्छौँ।
" /> काठमाडौं। चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट शुरू भएको कोरोना भाइरस संक्रमण अहिले विश्व्यापी महामारी बनेको छ। शुरूमा यो महामारीसँग एक्लै लडेको चीन महामारी नियन्त्रणको बाटोमा अघि बढेको छ। चीनमा धेरै हदसम्म कोरोना भाइरस संक्रमण नियन्त्रणमा आइसकेको छ। अहिले सिंगो विश्व यो महामारीविरुद्ध लडिरहेको छ र त्यही लडाईंका क्रममा नेपाल दुइ हप्तादेखि लकडाउनमा छ। अहिले यो महामारीसँग लड्न आवश्यक मेडिकल साामग्री आपूर्तिमा पनि चीन अग्रस्थानमा देखिएको छ। तर, उसका मेडिकल सामग्रीको गुणस्तरमाथि कतिपयले प्रश्न पनि उठाइरहेका छन्। महामारीसँग लड्ने चिनियाँ अनुभव, चीनले नेपाललाई यो लडाईंमा गर्न सक्ने सहयोग र उसका मेडिकल सामग्रीको गुणस्तरमा केन्द्रित रहेर नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीसँग गरिएको अन्तर्वार्ताको सारसंक्षेपःकोभिड-१९ महामारीविरुद्ध लडेको चीनले ‘राजनीतिक प्रचार’का लागि अरु देशलाई आफ्नो सहयोग उपलब्ध गराइरहेको आरोप लागिरहेको छ। केहीले चीनले आफ्ना गल्ति सच्याउन सहयोगको बाटो खोजेको दाबी पनि गर्छन्। तपाईंको धारणा के छ ?

">