काठमाडौं। भन्न त सरकारले बाहिर ननिस्कन भनेको छ। तर, काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीका ६० वर्षीय लक्ष्मी यादव दुई छोरी र एक छोरालाई घरमा राखेर १९ चैतको बिहानै घरबाट निस्किए। स–साना छोराछोरीको लागि बेलुकाको खानाको जोहो गर्नु थियो उनलाई। सानैमा दुवै खुट्टा गुमाएका लक्ष्मीलाई सरकारले घोषणा गरेको लकडाउनले मर्नु न बाँच्नु बनाएको छ।

उनी दिनभर घरैमा बस्दा एक पैसा पनि कमाउन सक्दैनन्। बचत छैन। खाद्यान्न पनि छैन। बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोल्छ। दुई चार पैसा कमाउन जान खोज्दा प्रहरीले लखेटिहाल्छ। घरमै बसे छोराछोरी भोकले कराउन थाल्छन्।

“हामी त भोकै पनि दुई चार दिन बस्थ्यौं। यी स–साना छोराछोरी भोक लाग्यो भनेर कराउन थाल्छन्। उनीहरूको रुवाइले एक ठाउँमा बसिराख्न दिँदैन”, उनी भन्छन्।

लकडाउनका कारण उनीहरूको खानपान नै फेरिएको छ। कुनै दिन कतैबाट जोहो गर्न सक्यो भने भात दाल खान पाउँछन्। “अस्ति दुई चार दिन त छोराछोरीलाई पिठोमा पानी हालेर पकाएर दिएका थियौं। म र श्रीमती त भोकै सुत्यौं”, लक्ष्मी पीडा सुनाउँछन्।

श्रीमान श्रीमती नै आँखा देख्न नसक्ने सल्टु मुखियाको पीडा लक्ष्मीको भन्दा पनि बढी छ। श्रीमान श्रीमती नै घर बाहिर निस्किन पाएका छैनन्। घरमै बस्दा एक छाक पनि राम्रोसँग खान पाएका छैनन्।

“बाहिर गयो भने प्रहरीले घरमै पुर्‍याउँछ। रोग लाग्छ कि भन्ने पनि डर हुन्छ। घरमा बस्दा भोकले मरिन्छ कि भन्ने डर छ भने बाहिर जाँदा रोगले”, सल्टु सुनाउँछन्।

उनीहरूको एक छोरी छिन्। छोरीलाई एउटा संस्थाको सहयोगमा होस्टलमा राखेर पढाइरहेका छन्। उनीहरूले पसलबाट उधारो मागेर सामान लिन खोज्दा पनि कसरी तिर्छौ ? भन्दै फर्काइदिन्छन्।

सरकारले आम जनताको स्वास्थ्य रक्षा गर्न लकडाउन गरेकोमा खासै असन्तुष्टि छैन उनको। बस् भन्छन्, “हामी पनि यही देशका नागरिक हौँ। सरकारले केही राहत दिए त हुन्थ्यो। जबरजस्ती बाहिर गएर काम गर्न पनि डर लाग्छ। रोग लागिहाल्यो भने उपचार गर्न सम्भव छैन। त्यसैले त रोग लाग्नु भन्दा त भोक सहेर बस्नुपरेको छ।”

दलमर्दन कामीको पनि भोगाइ उस्तै छ। पेशाले पेन्टर हुन् उनी। घर पोत्ने काम गर्छन्। पाँचजना छोराछोरी, आमा बुवा र श्रीमतीसहित गरी ९ जनाको परिवारमा कमाउने उनी एक्ला हुन्। लकडाउनका कारण काम ठप्प भएपछि उनी यतिबेला घरमै छन्।

बाहिरबाट कमाएर ल्याएपछि मात्र चुल्होमा आगो बल्ने गरेको उनको घरमा यतिबेला रोगको डरसँगै भोकको पीडा पनि उस्तै छ। उनलाई आफ्नोसँगै रोग लागेमा पुरै १५० परिवार बसोबास गर्दै आएको बस्ती नै सखाप हुने चिन्ताले सताउँछ।

आफ्नो बस्तीमा कुनै सुरक्षा सतर्कता नरहेको भन्दै उनी भन्छन्, “यो बस्तीमा नयाँ नयाँ मानिसहरू बाहिरबाट आउँछन्। उनीहरूका कारण हामीलाई रोग लाग्यो भने, लासको थुप्रो लाग्छ।”

काठमाडौं महानगरपालिकाले केही दिन अगाडि यहाँ किटनाशक औषधी त पठायो तर, आधाभन्दा कम क्षेत्रमा मात्र छर्कन पुग्यो। उनी भन्छन्, “यस्तो अवस्थामा राज्यले या त हाम्रो गासको व्यवस्था गरोस् हैन भने हामीलाई मजदुरी गर्नबाट रोक्ने काम नगरोस्।”

बल्खुमा पनि यस्तै सुकुम्बासी बस्ती छ। यो बस्तीका ७० वर्षीय पूर्णबहादुर गुरुङ यस्तो बेला कसरी पेट पाल्ने भन्ने चिन्तामा रहन्छन्। श्रीमतीसँगै बस्ने गरेका गुरुङ भन्छन्, “अहिलेसम्म त छिमेकीहरूले दिएर एक छाक भएनि पेट पालिरहेका छौं। उनीहरूसँग पनि कति दिन नै पुग्ला र ? त्यसपछि के गर्ने हो थाहा छैन।”

सडक किनारमा डिजिटल तराजु राखेर मान्छेको तौल जोखेर दुई/चार पैसा आम्दानी गर्दै उनले बुढाबुढीको पेट पाल्दै आएका थिए। प्रहरीले त्यो पनि राख्न नदिएपछि उनीहरू घरमै बसेर रोग र भोकसँग लड्दै आएका छन्।

उनीजस्तै ७० वर्षकै हिमालसिंह तामाङ पनि घरमै बसेर रोग र भोक दुवैसँग लडिरहेका छन्। उनलाई सरकारले गरेको यो लकडाउन एकदम राम्रो लागेको छ। तर, आफूहरूका लागि खाद्यान्नको व्यवस्था गरिदिन माग गरेका छन्। “औषधि नै पत्ता नलागेको रोग भनेको छ क्यारे ! आफ्ना जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले ठिकै गरेको हो। तर, खाना खान नपाएका मजदुरी गरेर बसेकालाई केही राहतको व्यवस्था गरिदिए हुन्थ्यो”,उनले भने।

उनले आफ्नै उमेरका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाँडै आफूहरूलाई पनि राहतको व्यवस्था गरिदिन आग्रह गरे।

उक्त सुकुम्बासी बस्तीमा भने नयाँ मान्छेलाई प्रवेश निषेध नै गरिएको छ। बस्ती छिर्ने चारै नाकामा बोर्ड नै राखेर त्यहाँका स्थानीय युवाले नयाँ मान्छे देख्नासाथ सोधीखोजी गर्न थाल्छन्।

जागरण टोल सुधार समितिमार्फत् उनीहरूले आफ्नो बस्तीमा आफैं कोरोना भाइरसको संक्रमणबारे जनचेतना जगाउने, यसको सुरक्षा सकर्तकता अपनाउने, आवश्यक पर्ने खाद्यान्नको जोहो गर्ने गरेका छन्।

समितिका अध्यक्ष हिरा थापाले आफूहरू भोकसँग लड्न तयार रहेको तर, यो रोग विश्वबाट निर्मुल नहुँदासम्म लकडाउन कायम राख्नुपर्ने बताए। “रोग चाहिँ नलागोस्, हामी भोकै भए पनि बस्न तयार छौं। भोकसँग त लड्दै आएका हामीहरू अझै लडौंला तर, यो बस्तीमा एक जनामा पनि रोग लाग्यो भने लासको व्यवस्थापन पनि गर्न नसकिने अवस्था आउँछ”,उनी भन्छन्।

१५ दिन पनि यस्तै लकडाउनकै अवस्था रहे खाद्यान्नका गोदामबाट लुटेर भए पनि पेट पाल्नुपर्ने अवस्था आउने उनको भनाइ छ। ४०७ घरधुरी रहेको उक्त बस्तीमा ४ हजार भन्दा बढी जनसंख्या छ।
काठमाडौंका विभिन्न क्षेत्रमा ५० भन्दा बढी सुकुम्बासी बस्ती रहेको भन्दै सबैको पीडा एउटै रहेको थापा बताउँछन्।

" /> काठमाडौं। भन्न त सरकारले बाहिर ननिस्कन भनेको छ। तर, काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीका ६० वर्षीय लक्ष्मी यादव दुई छोरी र एक छोरालाई घरमा राखेर १९ चैतको बिहानै घरबाट निस्किए। स–साना छोराछोरीको लागि बेलुकाको खानाको जोहो गर्नु थियो उनलाई। सानैमा दुवै खुट्टा गुमाएका लक्ष्मीलाई सरकारले घोषणा गरेको लकडाउनले मर्नु न बाँच्नु बनाएको छ।

"> सुकम्बासी बस्तीको पीडा- ‘बाहिर गए रोगले मरिन्छ, भित्र बसे भोकले’(भिडिओसहित): Dekhapadhi
सुकम्बासी बस्तीको पीडा- ‘बाहिर गए रोगले मरिन्छ, भित्र बसे भोकले’(भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्