लोकतन्त्रको मुख्य तत्व हो, नागरिकको मानव अधिकारको सुनिश्चितता, सुशासन र पारदर्शिता। र, संकटको समयमा कुनै पनि लोकतान्त्रिक सरकारले आधारभूत मान्यता कायम राख्न सक्छ, सक्दैन भन्ने परीक्षा हुन्छ।

संकटको नाममा लोकतन्त्रको आधारभूत मूल्य र मानव अधिकार कुण्ठित गरियो भने संकटपछिको परिणाम सुखद हुँदैन। कतै अहिले आइपरेको ‘कोभिड–१९को विपत्तीमा लोकतन्त्रका आधारभूत मान्यता पनि संकटमा पर्ने त होइनन् ?

यो प्रश्न जन्माइदिएको छ १६ चैतमा बुटवलमा भएको बाबुराम थापाको मृत्युले।

पाल्पाको रिब्दिकोट गाउँपालिका स्थायी घर भएका थापा वैदेशिक रोजगारको सिलसिलामा दुबईमा थिए। उनकी श्रीमती र दुई सन्तान रुपन्देहीको सैनामैना नगरपालिकास्थित मुर्गियामा बसोबास गर्छन्। लुम्बिनी प्रादेशिक अस्पतालले १६ चैतमा जारी गरेको विज्ञप्ती अनुसार थापा ६ चैतमा काठमाडौं ओर्लिए। ७ गते बसबाट बुटवल र बसबाट नै मुर्गिया पुगे। घर आएपछि ज्वरो आएकाले स्थानीय मेडिकलबाट औषधि सेवन गर्दै बसे।

कृष्ण घिमिरे ‘गाउँले’

समाचारमा आएअनुसार उनलाई टाइफाइड देखिएको थियो। तर, ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या बढेपछि उनी १३ गते बेलुका लुम्बिनी प्रादेशिक अस्पताल आए। त्यहाँ जाँच भएपछि उनलाई बुटवल धागो कारखानाको भवनमा स्थापना गरिएको ‘कोरोना अस्थायी अस्पताल’को आइसोलेसन वार्डमा भर्ना गरियो।

स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी, घरबेटी र वडाध्यक्षको सल्लाहमा उनी उपचारका लागि बुटवल आएका थिए। अस्पतालबाट उनले श्रीमतीसँग फोन सम्पर्क गरिरहेका थिए।  मृत्युको अघिल्लो दिनमात्रै उनले श्रीमतीलाई फोन गरेर सास फेर्न गाह्रो भएको बताएका थिए। राति पनि एकपटक श्रीमान श्रीमतीबीच फोनमा कुरा भएको थियो। बिहान अचानक आफूलाई अत्यन्तै अफ्ठ्यारो भएको भन्दै श्रीमतीसँग ‘अह अह अह’ गर्दै संवाद गरेका बाबुरामको दिउँसो निधन भयो।

श्रीमानको मृत्युपछि १६ चैत दिनभर श्रीमती रीता एक्लै अस्पताल अगाडि रुँदै बसिन्। कसैले उनको वास्ता गरेन। साँझतिर उनको कुनै आफन्त आएर उनलाई आफूसँगै लगे। अहिले उनी आफ्नो डेरामा नै रहेको खबर छ।  थापाको शव अस्पतालमा नै राखिएको छ।

कुनै पनि बिरामीको आधारभूत स्वास्थ्य जाँच गर्नु र उसको शरीरमा भएका जटिलता पत्ता लगाउनु स्वास्थ्य सेवा प्रवाहको अनिवार्य कर्म हो। थापाको हकमा के–कस्ता जाँच गरियो ? उनको स्वास्थ्यमा अन्य जटिलता के के थिए ? त्यसको उपचारका लागि के–के गरियो ?

समाचारमाअनुसार १६ चैत बिहान मात्रै कोरोना भाइरस संक्रमणको परीक्षण गर्न उनको स्वाब काठमाडौं पठाइएको थियो।

यी सबै घटनाक्रमले केही प्रश्न उब्जेका छन्। ती प्रश्नलाई सम्बोधन नगर्ने हो भने सरकार, अस्पताल र स्वास्थ्यकर्मीमाथि नै जनताको अविश्वास पलाउन सक्छ। जसले कोभिड–१९ महामारी रोक्न लागू गरिएको लकडाउन, ट्रेसिङ, परीक्षण, आइसोलेसन र उपचार जस्ता रणनीतिहरू भुत्ते पार्ने सम्भावना प्रबल छ। जसको परिणाम अनिश्चित दुर्दशाबाहेक अरु केही हुनेछैन।

१) थापालाई कोभिड–१९ को लक्षण देखिएपछि उनको स्वाब जाँचको लागि ढिलाई किन गरियो ? १३ गते साँझ अस्पताल पुगे पनि दुई दिनसम्म किन हतारो गरिएन ?

२) थापाको परीक्षणको पहिलो नतिजा नेगेटिभ आएको छ। यसले दुईवटा प्रश्न जन्माउँछ। एक, के हामी उनको परीक्षणको पहिलो नतिजामा पूर्णतः भर पर्न सक्छौं ? किनभने भुटानमा पनि शुरूमा दुई पटकसम्म नेगेटिभ रिपोर्ट आएका व्यक्तिको तेस्रो जाँचमा पोजिटिभ देखिएको थियो। यदि थप परीक्षणहरूले उनीमा संक्रमण नै भएको पुष्टि भए, उनीबाट सर्नसक्ने सम्भावितलाई जोगाउन सावधानीका उपाय अपनाउन ढिलाई हुने त होइन ?

अर्को प्रश्न अझ पेचिलो छ, कोरोना संक्रमण नेगेटिभ छ भने उनको निधन के कारणले भयो ? नबिर्सौं, कोरोना संक्रमणको मात्र हो उपचार पत्ता नलागिसकेको। धेरै रोगको उपचार सम्भव छ। थापालाई कुन रोग लागेको थियो ? किन त्यो रोगको निदानतर्फ ध्यान दिइएन ?

३) स्वास्थ्यमा जटिलता देखिनासाथ थप उपचारको लागि के बन्दोबस्त गरियो ? किन १६ चैत बिहानमात्र काठमाडौं लैजाने भनेर श्रीमतीलाई खबर गरियो ? उनलाई आईसियू वा भेन्टिलेटरमा राख्ने बन्दोबस्त किन मिलाइएन ?

जबकि आइसोलेसन वार्ड (कोरोना अस्थायी अस्पताल)बाट ५ किमीको दूरीमा रहेको प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारकै लागि दुई भेन्टिलेटरसहितका सातवटा आइसोलेसन बेड छन्। प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यप्रसाद भट्टराईले अन्य बिरामीसँग कोरोना आशंकित बिरामीलाई आईसियूमा राख्न नमिल्ने बताएका छन्।

त्यसो हो भने, कोरोना अस्थायी अस्पतालको निर्माण गर्दा आइपर्न सक्ने जटिलता किन ख्याल गरिएन? किन आईसियूको व्यवस्था नगरी रित्तो कारखानाको हलमा केही बेड राखेर अस्पताल घोषणा गरियो ? आधारभूत स्वास्थ्य सेवा दिन नसक्ने संरचना कसरी अस्पताल हुन्छ ? त्यसमाथि कोरोना संक्रमितकै उपचारका लागि निर्माण गरिएको अस्पतालमा झन् बढी सुविधा हुनुपर्ने होइन र ?

सबैलाई थाहा छ, कोभिड–१९ श्वासप्रश्वासमा असर पार्ने रोग हो। त्यसैले यसको उपचारका लागि अक्सिजन र भेन्टिलेटर अत्यावश्यक छन्। के कोरोना अस्पतालमा त्यति सुविधा पनि छैन ? त्यसबाहेक कुनै पनि बिरामीको आधारभूत स्वास्थ्य जाँच गर्नु र उसको शरीरमा भएका जटिलता पत्ता लगाउनु स्वास्थ्य सेवा प्रवाहको अनिवार्य कर्म हो। थापाको हकमा के–कस्ता जाँच गरियो ? उनको स्वास्थ्यमा अन्य जटिलता के के थिए ? त्यसको उपचारका लागि के–के गरियो ?

के कोरोना अस्पताल सस्तो लोकप्रियताको खेती मात्र हो ? के जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा नगरपालिकाका मेयरदेखि सम्बन्धित सबै पदाधिकारी जिम्मेवार हुनुपर्दैन ? लोकतन्त्रको मूल्य भनेको जवाफदेहिता हो। उनीहरूले जवाफ दिनैपर्छ।

४) अहिले खोकी र ज्वरो आएका बिरामीको अन्य अस्पतालमा उपचार नै नहुने विकराल स्थिति देखापरेको छ। नबिर्सौं, बुटवलमा फागुन महीनादेखि नै डेंगुका बिरामी देखा पर्न थालिसकेका छन्। डेंगुका बिरामीमा पनि अत्यधिक ज्वरो आउँछ। यदि यस्तै लापरवाहीको अवस्था हुने हो भने डेंगु वा मौसमी रुघाखोकीका बिरामी पनि उचित उपचारबिना मर्ने सम्भावना अधिक हुन्छ। बेलैमा उचित सम्बोधन गरिएन भने स्थिति नियन्त्रणबाहिर जानेछ त्यतिबेला कसले कसलाई आरोप प्रत्यारोप गर्ने हो ?

५) पीडित परिवारले भोगेको मानसिक पीडा बयान गरीनसक्नु छ। पोखरामा मुटुका बिरामी, चितवनमा कोरोना आशंकित मिर्गौला रोगी र बुटवलको यो घटनाले हाम्रो समाजको पीडा संकेत गरिरहेको छ। चितवनका बिरामीको कोभिड–१९ परीक्षण नकारात्मक आएपछि संवेदनाहीन भएर ‘सुखद समाचार’ भनियो। तर, कोरोनाको आशंकित हुनासाथ परिवारले भोगेको बहिष्करणको पीडा थामिनसक्नु छ। बुटवलको केसमा पनि परिवारले कुनै साथ नपाएको देखियो। यो पीडा भोग्नेले बाहेक अरुले महशुस गर्नै गाह्रो छ। के यसको जिम्मेवार समयमा परीक्षण नगरिनु होइन ?

६) कुनै पनि बिरामी निको हुनको लागि औषधि, उपचारसँगै माया र साथको जरुरत पर्छ। कोरोनाको संक्रमण जति छ त्यो भन्दा निकै कम मृत्युदर छ। कोरोना आशंकित हुनासाथ क्वारेन्टाइन हुँदै आइसोलेसनमा बस्नुको अर्थ परिवारको सम्पर्कमा नै नरहनु होइन। गाउँ–गाउँमा स्कुलका बेञ्च जोडेर बनाइएका क्वारेन्टाइनहरू कतै हाम्रा यातनागृह त बन्दै छैनन् ? शारीरिक दूरी कायम गर्ने भनेको हो कतै ती परिवार र आफन्तसँग मानसिक दूरी निर्माण गर्दै त छैनन् ? के हामीले यसमा विचार विमर्श गर्नुपर्दैन ?

थापाको निधनपश्चात उब्जेका यी प्रश्नहरूको उचित सम्बोधन समयमा हुन जरुरी छ। थापाको उपचार क्रममा अपनाइएका सम्पूर्ण प्रक्रियाहरू, देखिएका जटिलताहरू र कमजोरी समेत नलुकाई सार्वजनिक गरिनु जरुरी छ। यी प्रश्नहरू सरकार वा सम्बन्धित पक्षलाई अप्ठ्यारोमा पार्न उठाइएका होइनन्। प्रश्नहरूको उचित सम्बोधनसहित सरकार र सम्बन्धित पक्षप्रति विश्वास जगाउन नै उठाइएका हुन्।

(घिमिरे बुटवलमा क्रियाशील स्वास्थ्य पत्रकार हुन्।)

" /> लोकतन्त्रको मुख्य तत्व हो, नागरिकको मानव अधिकारको सुनिश्चितता, सुशासन र पारदर्शिता। र, संकटको समयमा कुनै पनि लोकतान्त्रिक सरकारले आधारभूत मान्यता कायम राख्न सक्छ, सक्दैन भन्ने परीक्षा हुन्छ।

"> बुटवलमा आइसोलेसनमै बिरामीको मृत्यु भएपछि उब्जिएका प्रश्न: Dekhapadhi
बुटवलमा आइसोलेसनमै बिरामीको मृत्यु भएपछि उब्जिएका प्रश्न

प्रतिक्रिया दिनुहोस्