‘‘खेल हुँदा बाहिर हिडिरहन्थ्यौं, अहिले पिँजडाको चराजस्तो लाग्दैछ। घरमै परिवारसँग बस्यो, काममा सहयोग गर्यो,’’ शहीद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्र फुटबल क्लबका कप्तान विराज महर्जन भन्छन्, ‘‘त्यसबाहेक कहिले मुभी हेर्यो, कहिले न्युजहरू पढ्यो। किताबहरू पढ्यो। कहिले गेम खेल्यो। सामाजिक सञ्जालमा च्यालेन्जहरू खेल्यो। यसरी नै समय बितिरहेको छ।’’
राष्ट्रिय टोलीका पूर्वकप्तान महर्जनले थपे, ‘‘यो जोखिमपूर्ण अवस्थामा सबैलाई घरमै बसेर कोरोना भाइरस संक्रमणको प्रभाव न्यूनीकरण गर्न सहयोग गरिदिनुहुन अनुरोध छ।’’
टेबलटेनिस स्टार एलिना महर्जनले भने कलेजको असाइन्मेन्टबाट समयको सदुपयोग गर्दैछिन्।
‘‘हाम्रो अनलाइन क्लास भइरहेको छ। बिहान ६ देखि ८ बजेसम्म क्लास लिन्छु। कहिलेकाहीँ यो समय परिवर्तन पनि हुन्छ,’’ किंग्स कलेजमा एमबीए पहिलो सेमेष्टरमा अध्ययनरत एलिना भन्छिन्, ‘‘अहिले त खेल सबै रोकिएको छ। घरबाट बाहिर निस्कन पाएको छैन। घरमै परिवारलाई सघायो। असाइन्मेन्टहरू धेरै छन्, त्यसमा पनि व्यस्त छु। त्यसबाहेक मोबाइल, युट्युब, पुरानो साथीहरूसँग गफगाफ। यस्तै छ।’’
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सरकारले भोलिपल्टदेखि नै लकडाउनको घोषणा गरेको थियो। नेपालमा अहिलेसम्म पाँच जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। त्यसमध्ये एक जनालाई निको भइसकेको छ।
सरकारको लकडाउनसँगै फुर्सदमा रहेकी भलिबल खेलाडी रेश्मा भण्डारीको सामाजिक सञ्जाल ‘टिकटक’ साथी बनेको छ। उनी टिकटकमा भिडिओ बनाउन व्यस्त छिन्।
‘‘बिहान हल्का रनिङ गर्छु। थेराब्यान्डले व्यायाम गर्छु,’’ राष्ट्रिय भलिबल टिमकी सदस्य रेश्माले भनिन्, ‘‘अरू बेला घरको काम छुँदै छुन्नथें, कोरोना भाइरस संक्रमणका कारण घरमा बस्नुपर्दा घरको काममा पनि सघाएको छु।’’
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डमा गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी रेश्माले थपिन्, ‘‘अरू त त्यस्तो केही छैन। साथीहरूसँग च्याट गर्छु। टिकटक बनाउँछु।’’
नेपालमा गत मंसिरमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)मा तेक्वान्दोमा नेपाललाई स्वर्ण पदक जिताउन सफल भुपेन श्रेष्ठ पनि फिल्म हेर्दै फुर्सदको समय कटाइरहेका छन्। उनी दिनमा एउटा फिल्म हेर्ने बताउँछन्।
‘‘घरमा सेल्फ ट्रेनिङ गर्छु। साथीहरूसँग मिलेर सामाजिक सञ्जालमा च्यालेन्ज गेम खेल्छौं,’’ फाइनलमा भारतका अक्षय हुडालाई हराउँदै स्वर्ण पदक जिताएका भुपेनले भने।
कोभिड-१९ का कारण नेपालमा मात्र होइन, विश्वभर नै खेलकुद ठप्प छ। खेलकुदको सर्वाधिक ठूलो कुम्भमेला ओलम्पिक पनि कोभिड-१९ कै कारण एक वर्ष पछाडि धकेलिएको छ। आधुनिक ओलम्पिक निर्धारित समयमा नभएको यो तेस्रो पटक हो। यसअघि पहिलो र दोस्रो विश्वयुद्ध हुँदा मात्र ओलम्पिक स्थगित भएका थिए।
ओलम्पिक मात्र होइन, युरोपियन च्याम्पियनसिप, कोपा अमेरिका, टेनिस, च्याम्पियन्स लिग, युरोपा लिग तथा क्रिकेटका सम्पूर्ण प्रतियोगिता यतिबेला स्थगित छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आर्इसीसी)ले सम्पूर्ण छनोट प्रतियोगिता स्थगन गरेपछि २० देखि २७ अप्रिलसम्म हुने नेपालको नामिबिया भ्रमण पनि स्थगित भएको छ।
माघ अन्तिम साता नेपालमै सम्पन्न आर्इसीसी क्रिकेट विश्वकप लिग-२ मा ओमानविरुद्ध अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका कुशल मल्ल यतिबेला बुटवलमा छन्। सबभन्दा कम उमेरमा अर्धशतक बनाएका कुशलले लकडाउनको समयलाई कक्षा १२ को परीक्षा तयारीमा सदुपयोग गरेका छन्।
‘‘घरबाट बाहिर निस्केको छैन। युट्युबमा गेमहरू हेर्छु। नयाँ कुराहरू सिक्छु। टिकटकमा पनि समय बित्छ,’’ १५ वर्ष ३४० दिनको उमेरमा अर्धशतक बनाउँदै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका कुशलले भने, ‘‘१२ को परीक्षा थियो। त्यो स्थगित भएको छ। त्यही परीक्षाको तयारी पनि गरिरहेको छु।’’
लेग स्पिनर सन्दीप लामिछाने अहिले चितवनमा छन्। सन्दीपले सरकारले कोभिड-१९ को जोखिम नियन्त्रण गर्न बनाएको राहत कोषमा एक लाख रूपैयाँ सहयोग गरेका थिए। उनी पनि अहिले परिवारसँग समय बिताइरहेका छन्। नयाँ गित रिलिज गर्ने तयारी गरिरहेका सन्दीप भन्छन्, ‘‘परिवारसँग सुखद समय बिताइरहेको छु।’’
१३औं सागमा करातेमा नेपाललाई दुई स्वर्ण पदक जिताउन सफल मण्डेकाजी श्रेष्ठले लकडाउन भए पनि दैनिक ट्रेनिङ छुटाएका छैनन्। उनी घरमै ट्रेनिङ गरिरहेका छन्।
‘‘कोरोना भनेर जोगिने र यो भन्दाभन्दै अर्को रोग लाग्न दिनु त भएन नि! त्यसैले बिहान एक घण्टा नियमित ट्रेनिङ गर्छु। लकडाउन भए पनि त्यो छुटाएको छैन,’’ मण्डेकाजीले भने, ‘‘छोरी १० महिनाकी भइन्। उनलाई समय दिइरहेको छु। त्यसबाहेक फिल्महरू हेर्छु।’’
सम्पूर्ण खेलकुद गतिविधि बन्द हुनुका साथै देश लकडाउनमा गएपछि नेपाली भलिबल टिमका स्पाइकर मानबहादुर श्रेष्ठ गाउँ गएका छन्। नवलपरासीको कावासोती घर भएका मानबहादुरले पनि शरीर तन्दुरुस्त राख्न व्यायामलाई निरन्तरता दिएका छन्।
‘‘भिडबाड जोगिँदै सुरक्षित रूपमा बिहान बिहान जगिङ जान्छु। घरमै व्यायाम गर्छु,’’ त्रिभुवन आर्मी क्लबका मानबहादुरले भने, ‘‘भित्तामा हानेर बल खेल्छु, कहिलेकाहीँ श्रीमतीले पनि साथ दिन्छिन्। टीभी, मोबाइलमा गेम हेर्छु, खेल्छु।’’
खेलाडीलाई फिट राख्न सल्लाह सुझाव दिनुका साथै सधै मैदानमा खटिने फिजियो बिक्रम न्यौपाने यतिबेला के गर्दै छन् त?
‘‘मेरो काम निरन्तर जारी छ। पहिले फिल्डमा हुन्थें, अहिले घरमै बसेर व्यायाम योजनाका टिप्सहरूको भिडिओ बनाएर पोष्ट गरिरहेको हुन्छु। त्यही भिडिओ हेरेर खेलाडीले सिक्छन्,’’ अहिले बुटवलमा परिवारसँग समय विताइरहेका बिक्रमले भने, ‘‘घरबाट बाहिर निस्केको छैन। फिजियोसम्बन्धी किताबहरू पढ्छु। समाचारहरू हेर्छु। फिजियोबारे नयाँ अपडेटहरू लिन्छु। पहिला पढेका कुराहरू रिभिजन गरिरहेका छु। नेपाली तथा विश्वमा भएका अन्दोलनका किताबहरू पनि पढिहरेको छु। नेपालको संविधान पनि पढिरहेको छु। घरमा आमालाई भान्छामा सघाएको छु।’’
" />

">