डा. रामानन लक्ष्मीनारायण

देशमा कोरोना भाइरसको संक्रमण फैलिन नपाओस् भनेर ११ चैतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना १ अर्ब ४० करोड जनतालाई २१ दिनसम्म घरभित्रै बस्न अनुरोध गरे।
जनवरीको अन्तिमतिर देशमा कोरोना भाइरसबाट संक्रमित पहिलो व्यक्ति भेटिएसँगै भारतले अन्तर्राष्ट्रिय उडान कटौती गरेको थियो भने विमानस्थलमा जाँच शुरु गरेको थियो। यद्यपि भाइरसको संक्रमण फैलिरहेका युरोपेली देश र खाडी मुलुकबाट दैनिक ८० हजार व्यक्ति भारत भित्रिइरहे। अर्कोतर्फ देशैभर करोडौं मानिसहरू सघन बस्तीमा बस्छन्। खासगरी उनीहरू अति नै बढी जनघनत्व भएको सुकुम्बासी बस्तीमा बस्छन् जहाँ स्वास्थ्य सुविधा निकै नै कमजोर छ। यी सबै तथ्यबीच रोग फैलिन नपाओस् भनेर सरकारले ‘लकडाउन’ (बन्दाबन्दी) घोषणा गर्न आवश्यक थियो।

वर्षौंदेखि म भारत, युरोप र अमेरिकाका विभिन्न अनुसन्धानकर्मीहरूसँग मिलेर भारतीय जनसंख्यामा आधारित बृहत् आकारको कम्प्युटर मोडल विकास गर्ने अनुसन्धानमा सहभागी छु। भारतको परिस्थिति र अन्य देशहरूको तथ्यको आधारमा हामीले यो महामारीको विपत्ती सन्निकट भएको आकलन गरेका छौं।

चीनको अनुभव हेर्दा उच्च रक्तचाप र मधुमेहका रोगीहरूमा कोभिड-१९ को जोखिम उच्च हुने र ज्यान नै सम्म जानसक्ने देखिन्छ। भारतको सिंगो जनसंख्याको एक तिहाईमा उच्च रक्तचाप छ। १० जना वयस्कमध्ये एक मधुमेहका रोगी छन्। चीनको अनुभव हेर्दा बालबालिकाहरू कोरोना भाइरसबाट कम संक्रमित भएको देखिन्छ। तर भारतमा करोडौं बालबालिका कुपोषणग्रस्त छन्। उनीहरूमा संक्रमणको जोखिम उच्च छ।

क्षयरोग, न्युमोनिया, धुमपान र वायु प्रदुषण उच्च भएकाले भारतमा श्वासप्रश्वाससम्बन्धी रोगले अन्य ठाउँमा भन्दा बढी आक्रान्त पार्ने सम्भावना छ। केही मानिसहरूले गर्मी मौसम शुरु भएकाले कोभिड-१९ बाट जोगिने तर्क गर्छन् तर अहिलेसम्म तापक्रम बढ्दैमा नोबल कोरोना भाइरस संक्रमण कम भएको पुष्टि भएको छैन।

हाम्रो शुरुवाती अनुमानले भन्छ, ३० करोडदेखि ५० करोड भारतीय जनता जुलाईको अन्त्यसम्म कोरोना भाइरसबाट संक्रमित हुनेछन्। धेरैजसोमा लक्षण देखिने छैन र कसैमा कम देखिने छ। तर, तीनदेखि पाँच करोडसम्ममा असर तीव्र हुनेछ। हाम्रो अध्ययनको मोडलले बताउँछ, एकदमै कम आकलन गर्दा पनि महामारी उच्चविन्दुमा पुग्दा एक करोड मानिसहरू कोभिड-१९ का गम्भिर बिरामी हुनेछन् जसमध्ये अधिकांशलाई अस्पतालमा भर्ना गर्नुपर्नेछ।

भारतमा अहिले एक लाखभन्दा कम अति सघनकक्ष (आईसीयु) बेड छन् र जम्मा २० हजार वटा भेन्टिलेटरहरू छन्। ती पनि ठूला शहरमा मात्र उपलब्ध छन्। इटलीमा डाक्टरहरूले कसलाई भेन्टिलेटरमा राख्ने र कसलाई नराख्ने पनि रोज्न परेको थियो। भारतको कमजोर स्वास्थ्य प्रणालीमा यस्तो बाध्यता धेरै गुणाले बढ्नेछ।

संसारभरी कोभिड-१९ बाट मृत्यु हुनेको संख्या औषतमा संक्रमितको २ देखि ३ प्रतिशत भएपनि त्यो उत्तम स्वास्थ्य प्रणाली भएका ठाउँको गणना हो। कोभिड-१९ ले अहिलेसम्म ग्रसित देशको जति उच्च–आय भारतीय जनताको छैन। न त भारतको स्वास्थ्य सेवा प्रणाली नै बलियो छ। न त चीनले जस्तो जनताको आवतजावत रोक्ने क्षमता नै छ। यो महामारी नियन्त्रण गर्ने एउटै विकल्प थियो।

३० करोडदेखि ५० करोड भारतीय जनता जुलाईको अन्त्यसम्म कोरोना भाइरसबाट संक्रमित हुनेछन्। धेरै जसोमा लक्षण देखिने छैन र कसैमा कम देखिने छ। तर, तीनदेखि पाँच करोडसम्ममा असर तीव्र हुनेछ।

लकडाउन घोषणा हुँदा भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५०० थियो र १० जनाले यही रोगका कारण जीवन गुमाइसकेका थिए। (यो लेख उल्था गर्ने बेलासम्म भारतमा ८८७ जना संक्रमित पुष्टि भएका छन् जसमध्ये २० जनाको निधन भएको छ।)
यो संख्या निकै कम हो किनभने निकै कम दायरामा मात्र परीक्षण भएको छ। वैज्ञानिकहरूको हाम्रो टोली र अरुहरूको अध्ययनले पनि भारतमा अहिले कम्तिमा २१ हजार संक्रमित भएको अनुमान गरेको छ।

हाम्रो र ‘इन्डियन काउन्सिल फर मेडिकल रिसर्च’को आकलन अनुसार यो ‘लकडाउन’ प्रभावकारी हुनसकेमा मे महीनाको शुरुआतमा उच्च विन्दुमा पुग्ने अनुमान गरिएको संक्रमितको संख्यामा ७० देखि ८० प्रतिशतले घट्ने छ। संक्रमितको संख्या घट्ने दर भने भौतिक दूरी कति दृढतापूर्वक पालना गरिन्छ भन्नेमा भर पर्छ। हाम्रो अध्ययनले यी अभ्यासका बावजुद पनि १० लाख मानिसलाई अस्पतालको बेड र उच्च स्याहारको आवश्यकता रहेको देखाउँछ। भारतले लकडाउन लागू नगरेको भए यो संख्या ५० देखि ६० लाख पुग्ने थियो।

भारतमा कोरोना भाइरस संक्रमण उच्चविन्दुमा पुग्न चारदेखि छ हप्ता लाग्नेछ। यो भारतको निम्ति तिव्रतापूर्वक तयारी गर्ने अवसर हो। उसले यो समयमा विशाल, सबैको पहुँचमा पुग्ने र सहज उपलब्ध हुने परिक्षण पूर्वाधार बनाउन सक्छ। यो बीचमा उसले संक्रमित व्यक्ति पत्ता लगाउने, उनीहरूको सम्पर्कमा रहेका व्यक्ति फेला पार्ने र विपत्तीको विस्फोट हुनबाट जोगाउन उनीहरूलाई आइसोलेसनमा राख्नसक्छ। यही समयमा सबै प्रान्तीय राजधानीमा गुणस्तरीय क्वारेन्टाइन र आईसीयु निर्माण गर्न सकिन्छ।

यो समयमा नयाँदिल्लीले शिघ्रतापूर्वक आफ्नो वित्तीय र मानव स्रोत परिचालन गर्न जरुरी छ। उसले कोभिड-१९ को उपचारका लागि अस्थायी संरचनाहरू बनाउनुपर्छ। टेस्ट किट्स लगायतका आवश्यक साधन उपलब्ध गराउनुपर्छ। पीपीइए, हस्पिटल बेड, अक्सिजन मास्क र भेन्टिलेटरहरू खरिद गर्नुपर्छ। यही समयमा नै स्वास्थ्यकर्मीहरूलाई संक्रमण रोक्न र सुरक्षित परिक्षणका लागि तालिम दिनुपर्छ।

आफ्नो क्षमतामा भएको यो रिक्तताले यस बीचमा पूर्ति गर्न सकेन भने भारतले यो विश्वव्यापी महामारीबाट अपूरणीय क्षति भोग्नुपर्नेछ। यो वर्षको अन्त्यसम्ममा कोभिड-१९ को महामारी रोकिने आशा गरिएको छ। त्यतिबेला पनि धेरै भारतीय जनतामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता हुनेछैन।

लकडाउनले दशौं लाख मानिसहरूको जीवन जोगाउने अपेक्षा गरिएको छ। तर, जनस्वास्थ्यका लागि यो कठोर अभ्यास गरिरहँदा विश्वव्यापी महामारीले भोकमरी र गरिबी सिर्जना नगरोस् भनेर पनि सँगसँगै काम गर्नुपर्छ। करिब ५० करोड भारतीय जनता दैनिक ज्यालादारीमा आश्रित छन्। उनीहरूसँग बचत रकम हुँदैन। केरला, तमिलनाडु र उत्तर प्रदेशका प्रान्तिय सरकारहरूले भोकमरीबाट जोगाउन दैनिक भत्ता र मासिक खाद्यान्न उपलब्ध गराउने घोषणा गरिसकेका छन्। अरु प्रान्तले पनि त्यस्तै अभ्यास गर्न आवश्यक छ।

१३ चैत (बिहिबार) मा भारतका वित्तमन्त्रीले २० अर्ब ६० करोड अमेरिकी डलर बराबरको राहत प्याकेज घोषण गरेका छन्। उक्त प्याकेजबाट गरिब जनतालाई भत्ता, खाना पकाउने ग्यास, अन्न र दाल दिने भनिएको छ। भारतीय सरकारसँग ठूलो मात्रामा अन्न भण्डार छ। सार्वजनिक विरतण प्रणाली फराकिलो बनाउन यो भण्डार शिघ्र नै उपयोग गर्न सकिन्छ।
डिमोनेटाइजेसनको नीतिले केही हदसम्म देशको अर्थतन्त्रलाई डिजिटल प्रणाली उन्मुख बनायो। अहिले ४० प्रतिशत जनताले डिजिटल प्रणाली उपयोग गर्ने गर्छन्। यो प्रविधि प्रयोग गरेर गरिबको खल्तीसम्म आपतकालीन आर्थिक सहयोग पुर्‍याउन सकिन्छ। आउँदा केही हप्ता र महीनासम्म उनीहरूलाई यस्तो राहतको आवश्यकता पर्नेछ।
भारतीय स्वास्थ्य सेवा प्रणालीको परिक्षण शुरु भएको छ। स्वास्थ्यकर्मीहरू, डाक्टरहरू, हस्पिटलहरू र जनस्वास्थ्यकर्मीहरू अप्रिलको अन्तिम वा मेको शुरुतिर हुने कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्नत यार हुनुपर्छ।

देशैभरका स्वास्थ्यकर्मीले सुरक्षा सामग्रीहरू नभएको गुनासो गरेका छन्। उनीहरूको यो गुनासोलाई तुरुन्त सम्बोधन गरिनुपर्छ। यो समस्या समाधान गर्न सरकारी र नीजि क्षेत्रले मिलेर काम गर्नुपर्छ। आउँदा चार हप्ता भारतका लागि कठिन छन्। र एक अर्ब ४० करोड मानिसहरूको जीवन र जीविका अहिले कस्तो तयारी गरिन्छ भन्नेमा निर्भर छ।

(रमानन लक्ष्मीनारायण अर्थशास्त्री र महामारीविद् हुन्। उनी वासिंगटनस्थित ‘सेन्टर फर डिजिजि डाइनामिक्स, इकोनोमिक्स एन्ड पोलिसी’का निर्देशक हुन्। साथै प्रिन्सटन विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्मी पनि हुन्। १४ चैतमा ‘द न्युयोर्क टाइम्स’मा प्रकाशित लेखको नेपाली अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)

"> कोरोना भाइरससँग जुध्न भारतले के गर्नुपर्छ?: Dekhapadhi
कोरोना भाइरससँग जुध्न भारतले के गर्नुपर्छ?

प्रतिक्रिया दिनुहोस्