आज बिहान सखारै, ओछ्यानबाटै केही सुमधुर आवाज सुनिए। काठमाडौ बस्न थालेको झण्डै चारदशकमा नसुनिएका वा यसरी याद नगरिएका ती संगीतमय स्वरहरूले अनौठौ र मादक ‘नोष्टाल्जिया‘को मात्रा पस्के। कागहरू ठूलो स्वतन्त्रता अनुभूत गरेझैं लगातार कुनै संन्देश प्रवाहित गरिरहेका थिए। जुरेली, भँगेरा, सारौंटेका चिनेका आवाज त अलि सानो स्वरमा सुनिए नै, अलिबेर ध्यान दिंदा सहजै खुट्याउन नसकिने धेरै चराका लयवद्ध, मिश्रित ध्वनीको अमूर्त कोलाज झङ्कृत र प्रवाहित भइरहे। कतै टाढा, कसैले नित्य पूजा गरेर बजाएको शंख र घण्टको प्रष्ट ध्वनी पनि आइपुग्यो। अलिअलि भ्रम नै होला, त्यो आस्तिकले तन्मयकासाथ गरेको कुनै मन्त्रको सश्वर वाचनको हुनहुनाहट पनि कानसम्म आइपुगेको भनुभूत भयो।
यी सबै आवाज कति टाढाबाट आएका होलान् ? यस्तै जिज्ञासाले छतसम्म डोर्यायो। नजिकै रुख छैनन्। केवल आधुनिक भनिएका घरको अटेसमटेस मात्र छ। ती चरा कहाँ बसेर यति मीठो गाइरहेका थिए ? एकाविहानै त्यो नित्य पूजा गर्ने कुनै देवभक्तको घर पनि ठम्याउन सकिएन। तर, यी प्रीय आवाजहरू बस्तीमा फैलिए। विहान पाँच नबज्दै हर्न र ठूलो थर्थराहटसँगै सडकमा तछाडमछाड गर्ने मोटरसाइकल र गाडीका कर्कश आवाजहरू थिएनन्।
मानिसहरूको कोलाहाल पनि थिएन। यी आधुनिक आवजहरूले आज सुनिएका ती सुन्दर साना आवाजहरूलाई निरन्तर निलीहरेका थिए, पक्कै। अथवा, धर्तीका ती मानव–प्रताडित प्राणीहरूले अहिले थप उन्मुक्ति महशुस गरे हुनन्। र, त नयाँ ऊर्जाकासाथ थप गीत गाए। गाइरहे।
बीबीसी रेडियोले एउटी निरन्तर ड्युटीमा खटिनु परेकी नर्स आमाले आफ्नो छोरालाई छुन र अङ्कमाल गर्न नपाएको ‘भावुक’ समाचार कथा सुनायो। कोभिड-१९को सन्त्रासले अचेल हात मिलाउनुको सट्टा नमस्कारले अभिवादन गर्ने प्रचलन विश्वभरि बढेको सबैले देखेकै छन्। तर, हाम्रो सभ्यतामा नमस्कार अभिवादनको यति वैज्ञानकि संस्कृति कसरी स्थापित भयो भन्ने इतिहासलाई हामीले लिपीवद्ध गरेनौ। महत्व पनि दिएनौ। नमस्कारको सट्टा भनिने ‘हाइ’, हस्तमिलन र गालै जोडेर ‘प्वाक्क’ आजाज आउने नक्कली चुम्बनलाई सभ्य र नमस्कारलाई असभ्य सावित गर्नमा मानव इतिहासका कम्तिमा तीन शताब्दी व्यतित भए। योग, ध्यान र मन्त्रोच्चारण कहिल्यै विज्ञानका रूपमा स्वीकारिएनन्। ती अन्धविश्वास, कुरिती वा असभ्यताका पर्यायवाचीका प्रस्तुत भइरहे। अंग्रजी बोल्न जान्ने पठित र सभ्य, नजान्ने ज्ञानहीन र असभ्यको वर्गीकरण अहिले चरममा छ। एकदम उदार भएर सोच्दा पनि, पूर्वीय र पश्चिमा ज्ञानभण्डार, विवेक प्रणाली र त्यसको प्रयोगबीचको मौलिक फरकपनको व्यवस्थित तुलनात्मक अध्ययन हुनसकेन। त्यसो गर्न कुनै क्षणिक दम्भ, शक्तिशाली राज्यहरूको अहंकार र मानिसहरूको सहज दासताप्रेम वाधक बनिरहे। अझै त्यो नियति बदलिएको छैन।
विश्वव्यापी महामारी कोभिड-१९ ले मानिसको, राज्य र शासकहरूको अन्तहीन र सीमाहीन त्यो दम्भको शिखरारोहणमाथि गम्भीर प्रश्न खडा गरेको छ। त्यसको निरर्थकता वा प्रत्युत्पादकता साबित हुन अझै बाँकी छ। मानिस मूलभूतरूपले पशुजन्य व्यवहारले ओतप्रोत भएर जन्मन्छ। उसलाई प्रकृतिले जसरी आफ्नो लागि मात्र बाँच्न सिकाउने र अभिप्रेरित गर्ने मनोविज्ञान दिएको छ, त्यसमा देवांश अत्यन्त नगन्य र दानवांश सर्वाधिक छ। भोक, भोग र भावना तुष्टिका लागि मात्रै होइन तिनको प्रश्नातीत एकाधिकारका लागि उसको क्रोध, क्रुरता र स्वार्थको त्रिपक्षीय लडाईं आफैंभित्र छ।
यी सबैलाई उछिनेर, मानिसभित्र थोरै रहेको देवांशलाई विस्तार गर्ने कठोर यात्रमा अलिअलि सफलता पाउनेहरू पनि ठूला महापुरुष भएका छन्। देवांश विस्तारको यो यात्रा मानव नामको जीवका लागि अकण्टक छैन। आफैंभित्रका स्वार्थ, क्रोध र अहंकार मूल वाधा छन्। र, तिनै दानवांशहरूको सहारामा बाँचिरहने करोडौ आममानिसहरूबीच ‘असामाजिक’, ‘पागल’ र ‘अव्यवहारिक’ चिन्तन बोक्नेहरूका लागि समाजमा दोहोरो संवाद गर्ने मानिस नै पाउन पनि मुस्किल छ। प्रकृति र प्रकृतिको संगीत सायद त्यसको आंशिंकनै सही क्षतिपूर्तिको सहायक हुनसक्छ।
मानवजातिले प्रकृतिलाई नै चुनौती दिनेगरी हासिल गरिएको भनिएको वैज्ञानिक उपलब्धी एउटा भाइरसका अगाडि पराजित भएको छ। फेरि पनि मानवताको समान व्यवहारको एउटा नयाँ सम्भावना र क्रुर पाठकाबीच देशका सीमाहरू, स्वार्थहरू आएका छन्। ठानिएको थियो, मर्नेहरू तिन मात्रै हुनेछन् जसलाई असभ्यको पगरी लगाइएको थियो। तर, परिदृश्य त्यस्तो पनि देखिंदैछैन। तथापि, मानिसहरू आफूभित्रको दानवांशलाई अलिकति घटाएर त्यो खाली ठाउँमा अलिकति देवांश प्रत्यारोपण गर्न तयार देखिएका छैनन्। कोरोना कालमा पनि क्षणिक स्वार्थको चिन्तनको साम्राज्य यथावत छ। अलिकति खोस्याउन पनि सकिएको छैन। मानौ, मानिसको वौद्धिकताको मापक अब पनि यी पन्छीहरूको गीत बन्द गराउने उसको क्षमतामा नै निर्भर छ।
" />

">