शिव गाउँले

हिजोको मात्र कुरा हो, वीरगञ्जका एकजना व्यवसायीमा कोभिड-१९ पोजिटिभ भेटिएको गलत समाचार दिने टेलिभिजन र अनलाइन समाचार पोर्टलले तत्काल ‘गल्ती भो’ भन्‍नु पर्‍यो। ‘रुसी जनता तर्साउन राष्ट्रपति पुटिनले ५०० सिंह छाडेको’ भन्ने हुँदै नभएको समाचार सेयर गर्नेहरूले तत्काल आफ्नो पोष्ट डिलिट गर्नुपर्‍यो।

यसले देखाउँछ- विशेष परिस्थितिमा कुनै सूचनामा गल्ती हुँदा तपाईंले अरू बेला जस्तो किन गल्ती हुन पुग्यो वा फलानो कारणले गल्ती हुन गएको भनेर घुमाउरो पारामा आफ्नो बचाउ गरेर खण्डन गर्न पनि पाउनुहुन्‍न।

मान्छेको जीवन संकटमा परेको क्षण हो यो। यस्तो बेला जीवन र जगतबारे अरूले के भन्छन् भनेर साह्रै धेरैले ध्यान दिइरहेका हुन्छन्। पत्रकारमाथि त यस्तो बेलामा समाजको ध्यान तानिने नै भयो। त्यसैले अरू बेला ‘हतारको साहित्य’ भनेर छिटफुट गल्तीमा आँखा चिम्लिने समाजको चेतनशील तप्का पनि यस्तो बेलामा पत्रकारका गल्ती कमजोरीमा प्रश्न गर्न अघि सरिहाल्छ।

अहिले मानिसहरू एकान्तवासमा छन् तर उनीहरू एक्लै छैनन्। प्रविधि छ र थप समय पनि। छापा र इन्टनेटको बाटो भएर उनीहरूका हातहातमा पुग्ने समाचार, विचार, कार्यक्रम र सम्पादकीय टिप्पणीहरू झन् चर्को निगरानीमा छन्।

नेपालमा कोभिड–१९ संक्रमित फेला पर्‍यो भन्ने समाचार राम्ररी पुष्टिसमेत नगरी ‘ब्रेक’ गर्न हतारिनुको अर्थ के ? कुनै बाढी, आँधी वा पहिरो आउन आँटे जस्तो समाचार हो र यो, जसलाई तत्कालै ब्रेक गर्न सके अरूको जीवन जोगाउन सकिन्छ भनेर हतारो गर्नलाई ?

तपाईं हामी कति परीक्षणयुक्त तथ्य र विशेषज्ञसम्म पुगेर विचार दिन्छौं भनेर मानिसहरू हेरेर बसेका छन्। पत्रकारले दिने समाचार र विचारमाथि विवेक प्रयोग गर्ने र विवेचना गर्न सक्ने सामर्थ्य भएको जनशक्ति समाजको हर क्षेत्रमा छ।

यस्तो अवस्थामा समाचार ‘ब्रेक’ गर्ने वा ‘सेयर’ गर्ने हतारो पछाडिका कारण बुझिनसक्नु छ। नेपालमा कोभिड–१९ संक्रमित फेला पर्‍यो भन्ने समाचार राम्ररी पुष्टिसमेत नगरी ‘ब्रेक’ गर्न हतारिनुको अर्थ के ? कुनै बाढी, आँधी वा पहिरो आउन आँटे जस्तो समाचार हो र यो, जसलाई तत्कालै ब्रेक गर्न सके अरूको जीवन जोगाउन सकिन्छ भनेर हतारो गर्नलाई ?

तत्कालै अरू मानिसको जीवन जोगाउने मामिला वा समाजलाई तत्कालै सजग नगराउँदा ठूलो क्षति हुने विषय र त्यो समाचारले ठूलो सार्वजनिक स्वार्थको रक्षा गर्थ्यो भने पनि तथ्य परीक्षण नगरी समाचार दिने छुट हामी पत्रकारलाई थिएन र छैन। त्यसमा पनि भारतको कुनै अस्पतालमा उपचाररत व्यक्तिमा कोभिड-१९ भेटियो/भेटिएन भन्ने समाचार दिन हामी किन यतिविघ्‍न हतारिएका हौं, थाहा छैन।

सामान्य अवस्थामा लागू हुने पत्रकारिताको व्याकरणको पालना यस्तो बेलामा झन् मसिनोसँग गरिनुपर्छ। दिन लागेको सूचनाको समर्थन गर्ने प्रमाण मसँग के छ भनेर एकपल्ट घोत्लिनै पर्छ। जस्तै, मसँग कागजी प्रमाण के छ ? कोभिड–१९ भएको देखाउने अस्पतालको परीक्षण रिपोर्ट छ ? मानौं त्यो छैन, सबै बेला यस्तो कागजात उपलब्ध हुँदैन पनि। त्यस्तो अस्पतालको परीक्षण गर्ने विशेषज्ञले त्यो सूचना पुष्टि गरेको छ ? त्यो पनि भएन, अस्पतालको सूचना अधिकारीले त्यसबारे तपाईं र मलाई पुष्टि हुने केही कुरा भनेका छन् ? ल, त्यो पनि भएन। तपाईं वा मेरो विश्वासिलो सम्बन्ध भएको अस्पताल स्रोतले नाम बताउन नसक्ने शर्तमा त्यो सूचना दिएको हो ? ल अस्पतालले पनि त्यो दिएन। सम्बन्धित व्यक्ति, परिवारका सदस्य अनि आफन्त कसैले यसबारे तपाईं र मसँग ‘कोट’ गर्न मिल्ने गरी कुरा गरेका छन् ? सम्बन्धित कागजात देखाएका छन् ? यसबाहेक आधिकारिक निकायहरू मन्त्रालय, विभाग, कार्यालय, सुरक्षा निकाय कतैबाट पुष्टि हुने कुनै सूचना वा संकेत भेटिएको छ ?

कहिलेकाहीँ यी निकायभन्दा पनि बाहिरबाट पनि महत्त्वपूर्ण सूचना पाइन्छ। नेपालमा अड्डा जमाएर बसेका संयुक्त राष्ट्रस‌ंघ र यसको वरपर सम्बन्ध भएका अन्तर्राष्ट्रिय संघ-संस्थाले पो यस्तो सूचनाको गन्ध पाएका छन् कि ? किनकी कतिपय बेला नेपाल सरकारका मन्त्रालयलाई थाहै नभई महत्त्वपूर्ण सूचना यस्ता निकायहरूलाई थाहा हुन्छ। तपाईं र मलाई समाचार बन्न सक्ने सूचना यिनले दिएका हुन् ?

तपाईं वा मलाई माथिका कसैले पनि कागजात दिएर, आफैंले बोलेर वा यी दुई अवस्था नभएको भनेर नाम उल्लेख गर्न नसक्ने भनेर कानेखुशी गरेर सूचना दिएको अवस्थामा बाहेक हामी आफैं जान्ने भएर थप परीक्षण नगरी समाचार लेख्न वा कार्यक्रम बनाउन हतारियौं भने हाम्रो हालत वीरगञ्जका व्यवसायीलाई कोभिड-१९ र रुसका शहरमा पुटिनका सिंह जस्तो हुन पुग्छ।

कुनै एक व्यक्तिसँगको कुराकानीमा मात्रै आधारित भएर लेखेको समाचारमा सम्बन्धित व्यक्तिले ‘मैले त यस्तो हल्ला छ, बुझेर लेख्नू भनेको थिएँ’ भनेपछि ऊ जोगियो। फस्ने त यस्ता व्यक्तिलाई मात्रै भर गरेर समाचार लेख्ने पत्रकार नै हो। त्यसैले संकटको बेला कागजात, अन्तर्वार्ता र सूत्रको प्रयोगमा पत्रकारले झन् होसियारी अपनाउनुपर्छ।

अहिले मानिसका मनमा नानाथरी प्रश्नहरू छन्। के गर्‍यो भने कोरोना सर्छ/के गरे सर्दैन ? यस्तो बेलामा गर्न हुने काम के हो ? गर्न नहुने काम के हो ? खाने के, नखाने के ? सही के, गलत के ? यी के–के को प्रश्नले थिलथिलो भएको मथिंगलमा पत्रकारले हालिदिने समाचार वा विचारले उसलाई थप अन्योलमा पार्‍यो भने सामाजिक सञ्जालमा मनखुशी हल्ला गर्ने व्यक्ति र व्यावसायिक पत्रकारका बीच भिन्नता छुट्टिँदैन।

हल्लाहरूको सत्यता परीक्षण अहिलेको एउटा चुनौती हो। केही समययता कुनै कुरा ‘भाइरल’ हुनासाथ त्यो सत्य हो/होइन भनेर परीक्षण गर्ने काम हामीकहाँ पनि शुरू भएको छ। यद्यपि हामी त्यो काममा अभ्यस्त भइसकेका भने छैनौं।

बलियो आधार र प्रमाणबिना समाचार लेखियो भने पनि अन्तिममा फस्ने पत्रकार मात्रै हो। समाचार गलत सावित भएपछि अरू सबै पानी माथिको ओभानो हुन्छन्। कुनै एक व्यक्तिसँगको कुराकानीमा मात्रै आधारित भएर लेखेको समाचारमा सम्बन्धित व्यक्तिले ‘मैले त यस्तो हल्ला छ, बुझेर लेख्नू भनेको थिएँ’ भनेपछि ऊ जोगियो। फस्ने त यस्ता व्यक्तिलाई मात्रै भर गरेर समाचार लेख्ने पत्रकार नै हो। त्यसैले संकटको बेला कागजात, अन्तर्वार्ता र सूत्रको प्रयोगमा पत्रकारले झन् होसियारी अपनाउनुपर्छ।

(खोज पत्रकारिता केन्द्रका सम्पादक गाउँलेसँगको वार्तामा आधारित)

"> संकटको बेला हल्लाहरूको सत्यता परीक्षण: Dekhapadhi
संकटको बेला हल्लाहरूको सत्यता परीक्षण

प्रतिक्रिया दिनुहोस्