कोभिड-१९ को असर नेपालको बैंकिङ क्षेत्रमा परेको छ कि छैन ?
कोभिड-१९ को असर नेपालको बैंकिङ क्षेत्रमा पनि देखिन थालेको छ। बैंकिङ क्षेत्र यसबाट त्रसित बनेको छ। तर, यो अवस्थामा सचेत बन्ने उपाय छन् र तिनलाई अपनाउनुपर्छ भनेर हामी लागेका छौं।
हरेक क्षेत्रमा बैंकहरूले लगानी गरेका छन्। विभिन्न व्यवसायलाई हामीले प्रमोट गरेका छौं। धेरै क्षेत्रमा लगानी भइसकेपछि र अहिले तीमध्ये धेरै क्षेत्र राम्रोसँग चल्न नसकेपछि प्रभाव पर्ने बैंक नै हो। अहिले उद्योग राम्रोसँग चल्न सकेका छैनन्, व्यापारको अवस्था त्यस्तै छ। आम्दानीका श्रोतहरू नराम्ररी प्रभावित बनेका छन्। आयको श्रोत सामान्य अवस्थामा नहुँदा बैंकबाट लिएको ऋण कसरी तिर्ने भन्ने समस्या पैदा हुन्छ नै। त्यसको असर पनि बैंकमै पर्ने हो।
यो परिस्थिति लम्बियो भने बैंकहरूले ग्राहकलाई सहुलियत वा छुट दिने योजना छ ?
अहिले हामी प्रारम्भिक चरणमा छौं। अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरूले पनि यसबारे गम्भीर छलफल र गृहकार्य शुरू गरेका छन्। अहिले कुन क्षेत्रमा कसरी जाने भन्नेबारे छलफल भइरहेको छ। हामी पहिले बढी प्रभावित क्षेत्रहरू छुट्याएर हेर्छौं।
बैंकले व्यवसायीलाई समय दिएको हुन्छ। त्यो समयसीमा बढाउन सकिन्छ, त्यसमा सहुलियत दिन सकिन्छ। समयमा आउनुपर्ने ब्याजलाई ‘डिफर’ गरेर पनि अघि बढ्न सकिन्छ। यसबाहेक एकदमै धेरै प्रभावित क्षेत्र हेरेर कर्जाको पुनर्संरचना गरेर पनि अघि बढ्न सकिन्छ।
ऋण तिर्ने समय थप, ब्याजदरमा पुनर्विचार, ऋण चुक्तालाई रिसेड्युलिङ गरेर जाने कुरा पनि हुन सक्छन्। तर, के गर्ने भन्नेबारे हामी परिस्थिति मूल्यांकन गरिरहेका छौं। ग्राहकलाई अप्ठेरो परेका बेला बैंकहरू पछि हट्न भने मिल्दैन।
कोभिड-१९ को प्रकोप बढ्यो भने अर्थतन्त्र नै चौपट बन्ने आकलन भइरहेको छ, तपाईंलाई कस्तो लाग्छ ?
कोभिड-१९ बाट विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्दा आर्थिक इन्डिकेटर के हुन्छ भनेर विश्व बैंकले भनिसकेको छ। त्यसकारण अन्तर्राष्ट्रिय प्रभावबाट हामी जोगिन सक्दैनौं। अब राष्ट्रियरूपमा कुरा गर्ने हो भने सौभाग्यवश यहाँ त्यो संक्रमण देखिएको छैन। तर, प्रभाव देखिइसकेको छ। पर्यटन, निर्माण र औद्योगिक उत्पादनको क्षेत्रमा ठूलै प्रभाव परिसकेको छ। यसबाहेक हरेक क्षेत्रमा कोरोनाको प्रभाव छ। हामीले प्रक्षेपण गरेको आर्थिक वृद्धिदरमा कमी आउने निश्चित छ। तर, कति कमी आउँछ भनेर अहिले नै ठ्याक्कै भन्न सकिन्न।
" /> विश्वव्यापी महामारी बनेको कोभिड-१९ ले हरेक क्षेत्रलाई पिरोल्न थालेको छ। जनस्वास्थ्यमा महामारी बन्न पुगेको यो विपत्तिले क्रमशः अर्थतन्त्रलाई झन् ठूलो क्षति पुर्याइरहेको छ। सामान्य मानिसका जीविकादेखि मुलुकको अर्थतन्त्र नै यसबाट हल्लिन थालेका छन्। यसको असरबाट नेपालको बैंकिङ क्षेत्रमा के असर परेको छ ? प्रस्तुत छ, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठसँग देखापढीका लागि मञ्जु कार्कीले गरेको कुराकानीको सारसंक्षेपःकोभिड-१९ को असर नेपालको बैंकिङ क्षेत्रमा परेको छ कि छैन ?

">