काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड–१९ सँग जुध्न संसारकै विकसित र धनी मुलुकहरूलाई पनि हम्मे परिरहेको छ। यसको उद्गम मुलुक चीनले चामत्कारिक रूपमा संक्रमण रोक्न सके पनि पश्चिमा मुलुकहरूमा कोभिड–१९ को प्रकोप थप विकराल बनेको छ। कोभिड–१९ सँग जुध्न नेपाल कहाँ छ ? यसका लागि गरिएको तयारी कस्तो छ ? स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता सागर दाहालसँग देखापढीका विनय कुमारले यसबारे विस्तृतमा कुराकानी गरेका छन्। प्रस्तुत छ, कुराकानीको सारसंक्षेपः 

कोरोना भाइरसको संक्रमणबारे परीक्षणका लागि कतिवटा प्रयोगशाला छन् ? तिनको क्षमता कति छ ? 

२३ जनवरीमा हामीले पहिलो नमूना संकलन गर्‍यौं, तर त्यतिबेला हामीसँग परीक्षण गर्ने प्रयोगशाला थिएन। २७ जनवरीमा हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसबारे परीक्षण गर्ने ल्याब स्थापना गर्‍यौं। संक्रमणजन्य रोगहरूको, नयाँ किसिमका भाइरसको परीक्षण गर्ने कुरा आफैंमा संवेदनशील हुने हुँदा सबै प्रयोगशालामा यो परीक्षण सम्भव हुँदैन। कतिपय देशमा एउटै मात्र प्रयोगशाला पनि हुन्छ। हामीकहाँ भएको पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्र हो। 

यसमा परीक्षणका लागि बायोसेफ्टी–२ भन्दा अलि माथिल्लोस्तरको सुरक्षा प्रबन्ध गरिएको छ। अहिले हप्तामा ५०० जनाको परीक्षण भइरहेको छ र हामी त्यसलाई चार हजार पुर्‍याउन सक्ने क्षमतामा छौं। त्योभन्दा पनि धेरैजनाको परीक्षण गर्नुपर्ने अवस्थाका लागि जनस्वास्थ्य प्रयोगशालाले सम्भाव्यता अध्ययन गरिरहेको छ। वीर अस्पताल र टेकु अस्पतालमा रहेको मेसीनमा पनि परीक्षण गर्न सकिन्छ। नीजि क्षेत्रका र केही विश्वविद्यालयसँग रहेका प्रयोगशालालाई प्रयोग गर्न मिल्ने वा त्यहाँका जनशक्तिलाई प्रयोग गर्ने भन्नेबारे जनस्वास्थ्य प्रयोगशालाले कार्ययोजना बनाएको छ।

परीक्षणका लागि कति पैसा लाग्छ ? त्यसको खर्च कसले व्यहोर्छ ? 

अहिले परीक्षण नेपाल सरकारले नै पूर्ण रूपले गर्दै आएको छ। कोभिड–१९ को परीक्षणका लागि व्यक्तिगत रूपमा पैसा तिर्नुपर्दैन। तर, कसको परीक्षण गर्ने भनेर सरकारले नीति र निर्देशिका बनाएको छ । त्यसभित्र रहेर कोभिड–१९ को परीक्षण हुन्छ । परीक्षण गर्दा बिरामीहरूसँग पैसा लिने गरिएको छैन। 

प्रदेश र स्थानीय तहमा यस्तो परीक्षणको व्यवस्था गर्न सकिन्न ? 

प्रदेश र स्थानीय तहसम्म यस्तो परीक्षण गर्नुपर्ने आवश्यकता अहिले हामीले देखेका छैनौं। भोलि संक्रमण फैलियो भने बेग्लै कुरा। अहिले हामी पीसीआर टेक्नोलोजीबाट परीक्षण गर्छौं, यो प्रविधिबाट सबै प्रदेशमा ‘स्केलप’ गर्न सम्भव हुन्न। केही ठाउँमा त्यस्ता सम्भावना नभएका भने होइन। जस्तो कि, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हामी त्यो परीक्षण गर्न सक्छौं। बजारमा विभिन्न खालका टेस्ट किटहरू आएका छन्। त्यस्ता किटको विश्वसनियताबारे विश्व स्वास्थ्य संगठनले आधिकारिक रूपमा भनिसकेको पनि छैन। त्यसकारण यसमा के गर्न सकिन्छ भन्नेबारे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य मन्त्रालयले अध्ययन गरिरहेका छन्। 
 
कोभिड–१९ जस्ता रोगसँग जुध्नेगरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध छ ? 

कोभिड –१९ को जोखिमलाई हेरेर हामीले निरन्तर तयारी गरिरहेका छौं। जस्तो कि, चीनको वुहानबाट १७५ जना नेपालीलाई ल्याउने तयारी गर्‍याैं। ल्याएपछि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उनीहरूलाई क्वारेन्टाइनमा राखेर सकुशल घर पठायौं।

अहिलेकै अवस्थामा १०० जना कोभिड–१९ का बिरामीलाई ह्यान्डल गर्नसक्ने क्षमता हामीसँग छ। त्योभन्दा बाहेकको अवस्थामा पनि पूर्वतयारीका गतिविधि द्रूत गतिमा अघि बढाएका छौं। अस्पतालले गर्नुपर्ने सुदृढिकरण, अन्य अस्पताललाई तयारी अवस्थामा राख्ने, स्वास्थ्यकर्मीलाई इमर्जेन्सीरूपमा डिप्लोई गर्ने कामदेखि अस्पतालमा भएका विज्ञहरूलाई तोकेको अस्पतालमा खटाउनेसम्मका काम भइरहेका छन्। उनीहरूलाई तालिम, आवश्यक सामग्री र उपकरण दिनेलगायतका विषयमा पनि पर्याप्त छलफल भइरहेका छन्। २ चैतमा मात्र स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा आइसोलेसन वार्ड, आइसियु, भेन्टिलेटर लगायतका व्यवस्था गर्न भनेको छ। सातवटा प्रदेशका दुई/दुईवटा अस्पतालमा एउटा प्रदेशको दुई करोडका दरले पूर्वतयारी गर्न बजेट आश्वासनसहितको परिपत्र गरेका छौं। 

जनस्वास्थ्य सेवाका लागि तत्काल परिचालन गर्ने जनशक्तिको समूह छ र ? 
कोरोना भाइरसको संक्रमणबाट लाग्ने यो रोगको पहिलो बिरामी ३१ डिसेम्बरमा पत्ता लागेका हुन्। त्यतिखेर यो रोगबारे हामीलाई केही पनि थाहा थिएन। अहिले हामी यसबारे धेरै जानकार भइसक्यौं। यो रोग एउटा रोगी व्यक्तिबाट सर्नसक्छ भन्ने पनि थाहा भो। त्यसकारण रोगीको पहिचान गरी आइसोलेट गरेर राख्न सक्यौं, रोगी व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई अलग्याएर राख्न सक्यौं भने नियन्त्रण गर्न सकिन्छ। चीनले यो उदाहरण प्रस्तुत गरिसकेको छ।

यो स्वासप्रस्वासबाट सर्ने ‘इन्फुलुएन्जा’ जस्तै रोग भएकाले विगतमा पनि हाम्रो तयारी थियो। किनभने इन्फुलुएन्जाजस्ता महामारी हामीले पटक-पटक भोगिसकेका छौं। त्यसका लागि स्वास्थ्यकर्मीलाई तयार गरेर राखेका छौं। प्रयोगशालामा काम गर्ने स्वाथ्यकर्मीदेखि नमूना संकलन गर्दा के कस्ता सुरक्षाका उपाय अपनाउने भन्नेबारे तयारी छ। यो तयारीले नै कोभिड–१९ का लागि पनि काम गर्छ। 

कोभिड–१९ का पाँच प्रतिशत बिरामीमा निमोनियाजस्ता लक्षण देखिन सक्छन्। त्यसलाई उपचार गर्न हामीलाई आइसियु, भेन्टिलेटरको आवश्यकता पर्छ। त्यसका लागि विभिन्न अस्पतालमा स्वास्थ्यकर्मीको टोली बनाउन अनुरोध गरिएको छ। हामी उनीहरूलाई द्रुतरूपमा तालिम दिन्छौं। हामीसँग भएकै जनशक्तिबाट कोरोनासँग जुध्ने हो।

यी बिरामीका लागि आवश्यक आकस्मिक शल्यक्रिया कक्ष उपलब्ध छन् त ? हामीसँग त्यस्ता आपतकालीन कक्ष बनाउने क्षमता छ त ? 

आपतकालीन कक्ष आवश्यकता अनुसार बनाउनुपर्छ। हामीले जुन योजना बनाइरहेका छौं, त्यसलाई तयार गर्ने क्रममा नै अघि बढिरहेका छौं। यस्ता आइसियुहरू हामीसँग छन्। त्यसको लागि आवश्यक पर्ने श्रोत र साधनको परिचालन गर्नेबारे तयारी गर्दैछौं। 

कोभिड–१९ का सम्भावित बिरामीलाई अस्पतालसम्म ल्याउन एम्बुलेन्सहरू तयार छन् ? त्यस्ता कति एम्बुलेन्स छन् ? 

कोभिड–१९ नेपालमा आइसकेको छैन। विश्वभरि फैलिइरहेकाले नेपालमा आउनसक्ने सम्भावनालाई नकार्न सकिन्न। नआओस्, तर आउनसक्ने जोखिमअनुसार नै काम गरिरहेका छौं। त्यो बेला एम्बुलेन्समा कसरी बिरामीलाई लैजाने? त्यसरी लैजाँदा के कुरामा बिचार गर्ने? भन्ने सन्दर्भमा विश्व स्वास्थ्य संगठनले राम्रो गाइडलाइन निकालिसकेको छ। एम्बुलेन्स चालकहरू त्रसित हुुनपर्ने अवस्था छैन। एक मिटर दूरी कायम गर्न सक्नुपर्छ। त्यस अवस्थामा ‘पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट’ अन्तर्गत् एप्रोन लगाउने, मास्क लगाउने, आँखा कभर गर्नेजस्ता सामग्री सबैलाई आवश्यकता पर्दैन। अहिलेलाई हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संक्रमणको आशंका गरिएका बिरामीलाई लिएर आउने क्रममा एम्बुलेन्स प्रयोग गरिरहेका छौं। हामीसँग भएका एम्बुलेन्सहरू नै प्रयोग गर्ने हो। थप एम्बुलेन्सहरूको आवश्यकता हामीलाई नपर्ला। देशभरिका एम्बुलेन्सको आँकडा भने निकालिसकेका छैनौं। 

शंकास्पद विरामीको जाँच र उपचारका लागि निश्चित अस्पताल तोकिएको छ ? 

छ। हामीकहाँ अहिले संक्रमण फैलिएको छैन। संक्रमण नफैलिएको अवस्थामा सरकारले ट्राभल एड्भाइजरी जारी गरेको छ। त्यसअनुसार अन्य संक्रमण फैलिएका मुलुकबाट आउने नेपाली वा विदेशी यात्रुलाई कोभिड–१९ को परीक्षण नतिजासमेत लिएर आउनुपर्ने भनेका छौं। आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने, सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेका छौं। विमानस्थलमा र स्थल नाकामा पनि हेल्थ डेस्क राखेका छौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने शंकास्पद बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लैजाने व्यवस्था गरेका छौं। त्यहाँबाहेक पाटन अस्पताल र आवश्यक परेमा सुरक्षा निकायका अस्पतालमा लैजाने व्यवस्था पनि गरेका छौं। 

त्यस्ता शंकास्पद व्यक्तिलाई राख्न निश्चित क्वारेन्टाइनहरू बनाइएको छ ? 

चीनबाट उद्दार गरिएका नेपाली विद्यार्थीलाई खरिपाटी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलायौं। सम्भावित जोखिम भएका व्यक्तिहरूलाई राख्न नेपाल सरकारले होम क्वारेन्टाइन अथवा सेल्फ क्वारेन्टाइनको नीति अवलम्बन गरेको छ। त्यसैले कुनै एउटा तोकिएको ठाउँमा भन्दा पनि व्यक्ति आफैंले आफ्नो घरमा क्वारेन्टाइनमा बस्नुपर्ने सरकारको नीति हो । 

त्यसो भए क्वारेन्टाइनको व्यवस्था अहिलेसम्म छैन ? 

अर्को ठाउँमा व्यवस्था गर्नुपर्दैन भन्ने नीति सरकारको हो। विदेशबाट कुनै व्यक्ति आए घरमै क्वारेन्टाइन बस्नुपर्नेछ। पर्यटक आउने हो भने उसको बासस्थानमा केही शर्तहरू पालना गरेर बस्नुपर्छ भन्ने सरकारको नीति हो। 

यसका लागि अस्पतालको आइसीयू क्षमता कति छ? 

आईसियुको क्षमताबारे हामी अहिले अपडेट गर्दैछौं। त्यसको विवरण पनि चाँडै सार्वजनिक गर्छौं।

भेन्टिलेसन, एन ९५ मास्क, सर्जिकल मास्क, ग्लोभ्स लगायतका सुरक्षा कवचहरू कतिको उपलब्ध छन् ? 

अहिले विश्व बजारमै यसको अभाव छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर हामीले एक हजार वटा पिपिई सामग्री अमेरिकी सरकार र विश्व स्वास्थ्य संगठनबाट प्राप्त गरेका छौं। थप आवश्यकतालाई मध्यनजर गरेर स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाले पनि टेन्डर निकालिसकेको छ। यसको खरीद प्रक्रिया अघि बढेको छ। रोग लागेका व्यक्तिले अरुलाई नसरोस् भनेर मास्क लगाउने हो। स्वस्थ मानिसले मास्क लगाउनु नपर्ने विश्व स्वास्थ्य संगठनले पनि भनिसकेको छ। स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई जोहो गर्ने प्रक्रियामा स्वास्थ्य मन्त्रालय जुटेको छ । 

कोभिड–१९ सँग जुध्न समग्र रणनीति कस्तो छ ? 

विश्व स्वास्थ्य संगठनले आठवटा रणनीतिक क्षेत्र तोकेको छ। अन्तर्राष्ट्रिय नाकाका कुरा, अस्पतालमा तयारी, सरसामानको जोहो गर्ने, आम नागरिकलाई जागरुक गराउने, विभिन्न संयन्त्र तयार गर्ने, राजनीतिक प्रतिबद्धतालगायत क्षेत्रमा काम भइरहेको छ। यसमा पूरै मुलुक जुटेको छ। उपप्रधानमन्त्रीको संयोजकत्वमा आठजना मन्त्री र मुख्यसचिव रहेको उच्चस्तरीय समिति क्रियाशील छ जसलाई यसबारे काम गर्न पूर्ण अधिकार छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्वले अपनाएका रणनीति अपनाउन नेपालले कुनै कसर बाँकी राखेको छैन। 

प्रयोग भइसकेका सामग्री नष्ट गर्ने पद्धति कस्तो छ ? 

यसका लागि पनि पूर्वतयारी गरिएको छ। पहिला पनि ‘रिपार्टिएसन’ गरेर ल्याउँदा त्यसलाई कसरी विसर्जन गर्ने भन्ने तयारी थियो। तोकिएका अस्पतालहरूमा उत्पादन भएका फोहोरलाई व्यवस्थापन गर्ने, विश्व स्वास्थ्य संगठनले प्रेस्काइब गरेको र सुरक्षित तरिका अबलम्बन गरिन्छ। विधि र प्रक्रियाअनुसार फोहोरलाई ‘अटोक्लेप’ गरिसकेपछि मात्र बाहिर निकालिन्छ। 

कथंकदाचित संक्रमित व्यक्तिको ज्यान गएमा दाहसंस्कारको सुरक्षित उपाय के अबलम्बन गरिन्छ ? 

यसलाई इबोला जस्तो, अन्य संक्रामक रोगजस्तो ठानेर प्यानिक हुने काम भइरहेको छ। तर, मृत्यु भइसकेको व्यक्तिबाट अर्को व्यक्तिमा कोभिड–१९ सर्ने जोखिम देखिइसकेको छैन। यो बिरामीबाट अर्को व्यक्तिमा सर्ने हो, त्यसैले आत्तिनु पर्दैन।

संक्रमण फैलिइहाले नागरिकलाई सेल्फ क्वारेन्टाइनमा राख्न सुपरिवेक्षणको व्यवस्था कस्तो छ ? 

यो आम नागरिकको दायित्वमा पनि पर्छ। म कसरी जोगिन र अरुलाई कसरी जोगाउन सक्छु भनेर सोच्ने दायित्व नागरिकको पनि हो। यसलाई छिटो नफैलिन दिन रोक्न सकिन्छ। त्यसैले पालना गर्ने नियमहरूबारे जानकारी गराउँछौं। यसबारे स्थानीय तह र अन्य निकायले पनि ध्यान दिनुपर्छ। क्वारेन्टाइनमा बसेका बिरामीप्रति हामी चनाखो हुुनपर्छ। स्वास्थ्यकर्मीहरूले निगरानी राखिरहनुपर्छ। 

के सरकारसँग सूचना संकलन गर्ने, विश्लेषण गर्ने संयन्त्र छ ? यसले कसरी काम गर्छ ? 

सूचना संकलन गरेर विश्लेषण गर्ने संयन्त्रको क्रमिक रूपमा विकास हुँदै गएको छ। अहिले पनि हरेक प्रदेशबाट आएका सूचनाहरूलाई विश्लेषण गरेका छौं। परिस्थितिलाई अपडेट गर्छौं। भूकम्प गएका बेला पनि हामीले ३४ वटा अस्पतालबाट दैनिक प्रतिवेदनहरू संकलन गरेर विश्लेषण गर्ने गथ्यौं। अहिले चाहिँ ११८ वटा अस्पतालबाट ‘अर्लि वार्निङ एण्ड रिपोर्टिङ सिस्टम’अन्तर्गत् हरेक हप्ता प्रतिवेदन संकलन गर्ने काम गरिरहेका छौं। महामारीको रूपमा फैलिइहाल्यो भने दैनिक रूपमा प्रतिवेदन संकलन गर्ने संयन्त्र विकास गर्छौं। र, त्यो संयन्त्रले विश्लेषण पनि गर्छ र निर्णय पनि। यसप्रति संवेदनशील भएर हामीले तयारी गरेका छौं। 

आपतकालीन अवस्थालाई सम्बोधन गर्न विभिन्न क्षेत्रका व्यक्ति समेटिएको विशेष समिति छ? त्यसले कसरी काम गर्छ ? 

स्वास्थ्य मन्त्रालयका सचिवले ओभरअल कमान्ड गरिरहनुभएको छ। उहाँको संयोजकत्वमा एउटा स्टेयरिङ कमिटी छ। स्वास्थ्य मन्त्रीज्यूको अध्यक्षतामा एउटा अनुगमन समिति छ। त्यसमा प्राविधिक समिति पनि छन्। हरेक प्रदेशमा पनि यस्ता समितिहरू बनेका छन्। स्वास्थ्य सेवा विभागमा पनि समिति बनाइएको छ। 

कोभिड–१९ सँग जुध्ने तयारी, सुपरीवेक्षण र उपचारका लागि आर्थिक कोषको व्यवस्था गरिएको छ ? 

आर्थिक कोषको व्यवस्थाका लागि सिंगो सरकार नै अगाडि उभिएको छ। तसर्थ स्वास्थ्य मन्त्रालयलाई आवश्यक परेका श्रोतहरू परिचालन गर्न अप्ठेरो छैन। मन्त्रालय अन्तर्गत्‌का विभागहरूलाई पछि सोधभर्ना गर्नेगरी जुनसुकै श्रोतहरूबाट खर्च गर्न भनेका छौं। यसको वृहत्तर योजनाअनुरुपको आवश्यक रकमको जोहो गर्न हामी अर्थ मन्त्रालय र सरकारलाई अपिल गर्छौं। र, सँगसँगै विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरूले चाहिँ केही फन्ड उपलब्ध गराउने आश्वासन पनि पाएका छौं। 

देशभर आपतकालीन अवस्थामा यातायात र वितरण प्रणाली कसरी सञ्चालन गर्ने रणनीति बनाइएको छ ? 

स्वास्थ्य मन्त्रालयको मुख्य जिम्मेवारी भनेको संक्रमणलाई रोक्ने र नियन्त्रण गर्ने हो। यात्रामा कस्तो किसिमको व्यवस्था गर्ने, संक्रमणबाट जोगिन के गर्ने भन्नेबारे मन्त्रालयले ध्यान त दिन्छ, तर यात्राबारे मुलतः सरकारको संयन्त्रले काम गर्छ। फेरि यो आशिंक मात्र हो, सधैं यस्तो अवस्था रहिरहँदैन। यो परिस्थिति अनुसार निर्धारण गर्ने कुरा हो। अहिले नै यसै भन्न सकिँदैन। केसहरू कति देखापर्छन्, कसरी फैलिन्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो। 

" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड–१९ सँग जुध्न संसारकै विकसित र धनी मुलुकहरूलाई पनि हम्मे परिरहेको छ। यसको उद्गम मुलुक चीनले चामत्कारिक रूपमा संक्रमण रोक्न सके पनि पश्चिमा मुलुकहरूमा कोभिड–१९ को प्रकोप थप विकराल बनेको छ। कोभिड–१९ सँग जुध्न नेपाल कहाँ छ ? यसका लागि गरिएको तयारी कस्तो छ ? स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता सागर दाहालसँग देखापढीका विनय कुमारले यसबारे विस्तृतमा कुराकानी गरेका छन्। प्रस्तुत छ, कुराकानीको सारसंक्षेपः 

"> ‘कोभिड-१९ सँग जुध्न विश्वले अपनाएका सबै रणनीति हामीले पूर्णतः अवलम्बन गरेका छौं’ : Dekhapadhi
‘कोभिड-१९ सँग जुध्न विश्वले अपनाएका सबै रणनीति हामीले पूर्णतः अवलम्बन गरेका छौं’  <p style="text-align:justify">काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड&ndash;१९ सँग जुध्न संसारकै विकसित र धनी मुलुकहरूलाई पनि हम्मे परिरहेको छ। यसको उद्गम मुलुक चीनले चामत्कारिक रूपमा संक्रमण रोक्न सके पनि पश्चिमा मुलुकहरूमा कोभिड&ndash;१९ को प्रकोप थप विकराल बनेको छ। कोभिड&ndash;१९ सँग जुध्न नेपाल कहाँ छ ? यसका लागि गरिएको तयारी कस्तो छ ? स्वास्थ्य मन्त्रालयका सह&ndash;प्रवक्ता सागर दाहालसँग <em><strong>देखापढी</strong></em>का <strong>विनय कुमार</strong>ले यसबारे विस्तृतमा कुराकानी गरेका छन्। प्रस्तुत छ, कुराकानीको सारसंक्षेपः&nbsp;</p> <p style="text-align:justify"><strong>कोरोना भाइरसको संक्रमणबारे परीक्षणका लागि कतिवटा प्रयोगशाला छन् ? तिनको क्षमता कति छ ?&nbsp;</strong></p> <p style="text-align:justify">२३ जनवरीमा हामीले पहिलो नमूना संकलन गर्&zwj;यौं, तर त्यतिबेला हामीसँग परीक्षण गर्ने प्रयोगशाला थिएन। २७ जनवरीमा हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसबारे परीक्षण गर्ने ल्याब स्थापना गर्&zwj;यौं। संक्रमणजन्य रोगहरूको, नयाँ किसिमका भाइरसको परीक्षण गर्ने कुरा आफैंमा संवेदनशील हुने हुँदा सबै प्रयोगशालामा यो परीक्षण सम्भव हुँदैन। कतिपय देशमा एउटै मात्र प्रयोगशाला पनि हुन्छ। हामीकहाँ भएको पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्र हो।&nbsp;</p> <p style="text-align:justify">यसमा परीक्षणका लागि बायोसेफ्टी&ndash;२ भन्दा अलि माथिल्लोस्तरको सुरक्षा प्रबन्ध गरिएको छ। अहिले हप्तामा ५०० जनाको परीक्षण भइरहेको छ र हामी त्यसलाई चार हजार पुर्&zwj;याउन सक्ने क्षमतामा छौं। त्योभन्दा पनि धेरैजनाको परीक्षण गर्नुपर्ने अवस्थाका लागि जनस्वास्थ्य प्रयोगशालाले सम्भाव्यता अध्ययन गरिरहेको छ। वीर अस्पताल र टेकु अस्पतालमा रहेको मेसीनमा पनि परीक्षण गर्न सकिन्छ। नीजि क्षेत्रका र केही विश्वविद्यालयसँग रहेका प्रयोगशालालाई प्रयोग गर्न मिल्ने वा त्यहाँका जनशक्तिलाई प्रयोग गर्ने भन्नेबारे जनस्वास्थ्य प्रयोगशालाले कार्ययोजना बनाएको छ।</p> <p style="text-align:justify"><strong>परीक्षणका लागि कति पैसा लाग्छ ? त्यसको खर्च कसले व्यहोर्छ ?&nbsp;</strong></p> <p style="text-align:justify">अहिले परीक्षण नेपाल सरकारले नै पूर्ण रूपले गर्दै आएको छ। कोभिड&ndash;१९ को परीक्षणका लागि व्यक्तिगत रूपमा पैसा तिर्नुपर्दैन। तर, कसको परीक्षण गर्ने भनेर सरकारले नीति र निर्देशिका बनाएको छ । त्यसभित्र रहेर कोभिड&ndash;१९ को परीक्षण हुन्छ । परीक्षण गर्दा बिरामीहरूसँग पैसा लिने गरिएको छैन।&nbsp;</p> <p style="text-align:justify"><strong>प्रदेश र स्थानीय तहमा यस्तो परीक्षणको व्यवस्था गर्न सकिन्न ?&nbsp;</strong></p> <p style="text-align:justify">प्रदेश र स्थानीय तहसम्म यस्तो परीक्षण गर्नुपर्ने आवश्यकता अहिले हामीले देखेका छैनौं। भोलि संक्रमण फैलियो भने बेग्लै कुरा। अहिले हामी पीसीआर टेक्नोलोजीबाट परीक्षण गर्छौं, यो प्रविधिबाट सबै प्रदेशमा &lsquo;स्केलप&rsquo; गर्न सम्भव हुन्न। केही ठाउँमा त्यस्ता सम्भावना नभएका भने होइन। जस्तो कि, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हामी त्यो परीक्षण गर्न सक्छौं। बजारमा विभिन्न खालका टेस्ट किटहरू आएका छन्। त्यस्ता किटको विश्वसनियताबारे विश्व स्वास्थ्य संगठनले आधिकारिक रूपमा भनिसकेको पनि छैन। त्यसकारण यसमा के गर्न सकिन्छ भन्नेबारे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य मन्त्रालयले अध्ययन गरिरहेका छन्।&nbsp;<br /> &nbsp;<br /> <strong>कोभिड&ndash;१९ जस्ता रोगसँग जुध्नेगरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध छ ?&nbsp;</strong></p> <p style="text-align:justify">कोभिड &ndash;१९ को जोखिमलाई हेरेर हामीले निरन्तर तयारी गरिरहेका छौं। जस्तो कि, चीनको वुहानबाट १७५ जना नेपालीलाई ल्याउने तयारी गर्&zwj;याैं। ल्याएपछि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उनीहरूलाई क्वारेन्टाइनमा राखेर सकुशल घर पठायौं।</p> <p style="text-align:justify">अहिलेकै अवस्थामा १०० जना कोभिड&ndash;१९ का बिरामीलाई ह्यान्डल गर्नसक्ने क्षमता हामीसँग छ। त्योभन्दा बाहेकको अवस्थामा पनि पूर्वतयारीका गतिविधि द्रूत गतिमा अघि बढाएका छौं। अस्पतालले गर्नुपर्ने सुदृढिकरण, अन्य अस्पताललाई तयारी अवस्थामा राख्ने, स्वास्थ्यकर्मीलाई इमर्जेन्सीरूपमा डिप्लोई गर्ने कामदेखि अस्पतालमा भएका विज्ञहरूलाई तोकेको अस्पतालमा खटाउनेसम्मका काम भइरहेका छन्। उनीहरूलाई तालिम, आवश्यक सामग्री र उपकरण दिनेलगायतका विषयमा पनि पर्याप्त छलफल भइरहेका छन्। २ चैतमा&nbsp;मात्र स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा आइसोलेसन वार्ड, आइसियु, भेन्टिलेटर लगायतका व्यवस्था गर्न भनेको छ। सातवटा प्रदेशका दुई/दुईवटा अस्पतालमा एउटा प्रदेशको दुई करोडका दरले पूर्वतयारी गर्न बजेट आश्वासनसहितको परिपत्र गरेका छौं।&nbsp;</p> <p style="text-align:justify"><strong>जनस्वास्थ्य सेवाका लागि तत्काल परिचालन गर्ने जनशक्तिको समूह छ र ?&nbsp;</strong><br /> कोरोना भाइरसको संक्रमणबाट लाग्ने यो रोगको पहिलो बिरामी ३१ डिसेम्बरमा पत्ता लागेका हुन्। त्यतिखेर यो रोगबारे हामीलाई केही पनि थाहा थिएन। अहिले हामी यसबारे धेरै जानकार भइसक्यौं। यो रोग एउटा रोगी व्यक्तिबाट सर्नसक्छ भन्ने पनि थाहा भो। त्यसकारण रोगीको पहिचान गरी आइसोलेट गरेर राख्न सक्यौं, रोगी व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई अलग्याएर राख्न सक्यौं भने नियन्त्रण गर्न सकिन्छ। चीनले यो उदाहरण प्रस्तुत गरिसकेको छ।</p> <p style="text-align:justify">यो स्वासप्रस्वासबाट सर्ने &lsquo;इन्फुलुएन्जा&rsquo; जस्तै रोग भएकाले विगतमा पनि हाम्रो तयारी थियो। किनभने इन्फुलुएन्जाजस्ता महामारी हामीले पटक-पटक भोगिसकेका छौं। त्यसका लागि स्वास्थ्यकर्मीलाई तयार गरेर राखेका छौं। प्रयोगशालामा काम गर्ने स्वाथ्यकर्मीदेखि नमूना संकलन गर्दा के कस्ता सुरक्षाका उपाय अपनाउने भन्नेबारे तयारी छ। यो तयारीले नै कोभिड&ndash;१९ का लागि पनि काम गर्छ।&nbsp;</p> <p style="text-align:justify">कोभिड&ndash;१९ का पाँच प्रतिशत बिरामीमा निमोनियाजस्ता लक्षण देखिन सक्छन्। त्यसलाई उपचार गर्न हामीलाई आइसियु, भेन्टिलेटरको आवश्यकता पर्छ। त्यसका लागि विभिन्न अस्पतालमा स्वास्थ्यकर्मीको टोली बनाउन अनुरोध गरिएको छ। हामी उनीहरूलाई द्रुतरूपमा तालिम दिन्छौं। हामीसँग भएकै जनशक्तिबाट कोरोनासँग जुध्ने हो।</p> <p style="text-align:center"><img alt="" height="540" src="https://www.dekhapadhi.com/storage/photos/shares/Health/Minstery-of-health.jpg" width="960" /></p> <p style="text-align:justify"><strong>यी बिरामीका लागि आवश्यक आकस्मिक शल्यक्रिया कक्ष उपलब्ध छन् त ? हामीसँग त्यस्ता आपतकालीन कक्ष बनाउने क्षमता छ त ?&nbsp;</strong></p> <p style="text-align:justify">आपतकालीन कक्ष आवश्यकता अनुसार बनाउनुपर्छ। हामीले जुन योजना बनाइरहेका छौं, त्यसलाई तयार गर्ने क्रममा नै अघि बढिरहेका छौं। यस्ता आइसियुहरू हामीसँग छन्। त्यसको लागि आवश्यक पर्ने श्रोत र साधनको परिचालन गर्नेबारे तयारी गर्दैछौं।&nbsp;</p> <p style="text-align:justify"><strong>कोभिड&ndash;१९ का सम्भावित बिरामीलाई अस्पतालसम्म ल्याउन एम्बुलेन्सहरू तयार छन् ? त्यस्ता कति एम्बुलेन्स छन् ?&nbsp;</strong></p> <p style="text-align:justify">कोभिड&ndash;१९ नेपालमा आइसकेको छैन। विश्वभरि फैलिइरहेकाले नेपालमा आउनसक्ने सम्भावनालाई नकार्न सकिन्न। नआओस्, तर आउनसक्ने जोखिमअनुसार नै काम गरिरहेका छौं। त्यो बेला एम्बुलेन्समा कसरी बिरामीलाई लैजाने? त्यसरी लैजाँदा के कुरामा बिचार गर्ने? भन्ने सन्दर्भमा विश्व स्वास्थ्य संगठनले राम्रो गाइडलाइन निकालिसकेको छ। एम्बुलेन्स चालकहरू त्रसित हुुनपर्ने अवस्था छैन। एक मिटर दूरी कायम गर्न सक्नुपर्छ। त्यस अवस्थामा &lsquo;पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट&rsquo; अन्तर्गत् एप्रोन लगाउने, मास्क लगाउने, आँखा कभर गर्नेजस्ता सामग्री सबैलाई आवश्यकता पर्दैन। अहिलेलाई हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संक्रमणको आशंका गरिएका बिरामीलाई लिएर आउने क्रममा एम्बुलेन्स प्रयोग गरिरहेका छौं। हामीसँग भएका एम्बुलेन्सहरू नै प्रयोग गर्ने हो। थप एम्बुलेन्सहरूको आवश्यकता हामीलाई नपर्ला। देशभरिका एम्बुलेन्सको आँकडा भने निकालिसकेका छैनौं।&nbsp;</p> <p style="text-align:justify"><strong>शंकास्पद विरामीको जाँच र उपचारका लागि निश्चित अस्पताल तोकिएको छ ?&nbsp;</strong></p> <p style="text-align:justify">छ। हामीकहाँ अहिले संक्रमण फैलिएको छैन। संक्रमण नफैलिएको अवस्थामा सरकारले ट्राभल एड्भाइजरी जारी गरेको छ। त्यसअनुसार अन्य संक्रमण फैलिएका मुलुकबाट आउने नेपाली वा विदेशी यात्रुलाई कोभिड&ndash;१९ को परीक्षण नतिजासमेत लिएर आउनुपर्ने भनेका छौं। आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने, सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेका छौं। विमानस्थलमा र स्थल नाकामा पनि हेल्थ डेस्क राखेका छौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने शंकास्पद बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लैजाने व्यवस्था गरेका छौं। त्यहाँबाहेक पाटन अस्पताल र आवश्यक परेमा सुरक्षा निकायका अस्पतालमा लैजाने व्यवस्था पनि गरेका छौं।&nbsp;</p> <p style="text-align:justify"><strong>त्यस्ता शंकास्पद व्यक्तिलाई राख्न निश्चित क्वारेन्टाइनहरू बनाइएको छ ?&nbsp;</strong></p> <p style="text-align:justify">चीनबाट उद्दार गरिएका नेपाली विद्यार्थीलाई खरिपाटी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलायौं। सम्भावित जोखिम भएका व्यक्तिहरूलाई राख्न नेपाल सरकारले होम क्वारेन्टाइन अथवा सेल्फ क्वारेन्टाइनको नीति अवलम्बन गरेको छ। त्यसैले कुनै एउटा तोकिएको ठाउँमा भन्दा पनि व्यक्ति आफैंले आफ्नो घरमा क्वारेन्टाइनमा बस्नुपर्ने सरकारको नीति हो ।&nbsp;</p> <p style="text-align:justify"><strong>त्यसो भए क्वारेन्टाइनको व्यवस्था अहिलेसम्म छैन ?&nbsp;</strong></p> <p style="text-align:justify">अर्को ठाउँमा व्यवस्था गर्नुपर्दैन भन्ने नीति सरकारको हो। विदेशबाट कुनै व्यक्ति आए घरमै क्वारेन्टाइन बस्नुपर्नेछ। पर्यटक आउने हो भने उसको बासस्थानमा केही शर्तहरू पालना गरेर बस्नुपर्छ भन्ने सरकारको नीति हो।&nbsp;</p> <p style="text-align:justify"><strong>यसका लागि अस्पतालको आइसीयू क्षमता कति छ?&nbsp;</strong></p> <p style="text-align:justify">आईसियुको क्षमताबारे हामी अहिले अपडेट गर्दैछौं। त्यसको विवरण पनि चाँडै सार्वजनिक गर्छौं।</p> <p style="text-align:justify"><strong>भेन्टिलेसन, एन ९५ मास्क, सर्जिकल मास्क, ग्लोभ्स लगायतका सुरक्षा कवचहरू कतिको उपलब्ध छन् ?&nbsp;</strong></p> <p style="text-align:justify">अहिले विश्व बजारमै यसको अभाव छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर हामीले एक हजार वटा पिपिई सामग्री अमेरिकी सरकार र विश्व स्वास्थ्य संगठनबाट प्राप्त गरेका छौं। थप आवश्यकतालाई मध्यनजर गरेर स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाले पनि टेन्डर निकालिसकेको छ। यसको खरीद प्रक्रिया अघि बढेको छ। रोग लागेका व्यक्तिले अरुलाई नसरोस् भनेर मास्क लगाउने हो। स्वस्थ मानिसले मास्क लगाउनु नपर्ने विश्व स्वास्थ्य संगठनले पनि भनिसकेको छ। स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई जोहो गर्ने प्रक्रियामा स्वास्थ्य मन्त्रालय जुटेको छ ।&nbsp;</p> <p style="text-align:justify"><strong>कोभिड&ndash;१९ सँग जुध्न समग्र रणनीति कस्तो छ ?&nbsp;</strong></p> <p style="text-align:justify">विश्व स्वास्थ्य संगठनले आठवटा रणनीतिक क्षेत्र तोकेको छ। अन्तर्राष्ट्रिय नाकाका कुरा, अस्पतालमा तयारी, सरसामानको जोहो गर्ने, आम नागरिकलाई जागरुक गराउने, विभिन्न संयन्त्र तयार गर्ने, राजनीतिक प्रतिबद्धतालगायत क्षेत्रमा काम भइरहेको छ। यसमा पूरै मुलुक जुटेको छ। उपप्रधानमन्त्रीको संयोजकत्वमा आठजना मन्त्री र मुख्यसचिव रहेको उच्चस्तरीय समिति क्रियाशील छ जसलाई यसबारे काम गर्न पूर्ण अधिकार छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्वले अपनाएका रणनीति अपनाउन नेपालले कुनै कसर बाँकी राखेको छैन।&nbsp;</p> <p style="text-align:justify"><strong>प्रयोग भइसकेका सामग्री नष्ट गर्ने पद्धति कस्तो छ ?&nbsp;</strong></p> <p style="text-align:justify">यसका लागि पनि पूर्वतयारी गरिएको छ। पहिला पनि &lsquo;रिपार्टिएसन&rsquo; गरेर ल्याउँदा त्यसलाई कसरी विसर्जन गर्ने भन्ने तयारी थियो। तोकिएका अस्पतालहरूमा उत्पादन भएका फोहोरलाई व्यवस्थापन गर्ने, विश्व स्वास्थ्य संगठनले प्रेस्काइब गरेको र सुरक्षित तरिका अबलम्बन गरिन्छ। विधि र प्रक्रियाअनुसार फोहोरलाई &lsquo;अटोक्लेप&rsquo; गरिसकेपछि मात्र बाहिर निकालिन्छ।&nbsp;</p> <p style="text-align:justify"><strong>कथंकदाचित संक्रमित व्यक्तिको ज्यान गएमा दाहसंस्कारको सुरक्षित उपाय के अबलम्बन गरिन्छ ?&nbsp;</strong></p> <p style="text-align:justify">यसलाई इबोला जस्तो, अन्य संक्रामक रोगजस्तो ठानेर प्यानिक हुने काम भइरहेको छ। तर, मृत्यु भइसकेको व्यक्तिबाट अर्को व्यक्तिमा कोभिड&ndash;१९ सर्ने&nbsp;जोखिम देखिइसकेको छैन। यो बिरामीबाट अर्को व्यक्तिमा सर्ने हो, त्यसैले आत्तिनु पर्दैन।</p> <p style="text-align:justify"><strong>संक्रमण फैलिइहाले नागरिकलाई सेल्फ क्वारेन्टाइनमा राख्न सुपरिवेक्षणको व्यवस्था कस्तो छ ?&nbsp;</strong></p> <p style="text-align:justify">यो आम नागरिकको दायित्वमा पनि पर्छ। म कसरी जोगिन र अरुलाई कसरी जोगाउन सक्छु भनेर सोच्ने दायित्व नागरिकको पनि हो। यसलाई छिटो नफैलिन दिन रोक्न सकिन्छ। त्यसैले पालना गर्ने नियमहरूबारे जानकारी गराउँछौं। यसबारे स्थानीय तह र अन्य निकायले पनि ध्यान दिनुपर्छ। क्वारेन्टाइनमा बसेका बिरामीप्रति हामी चनाखो हुुनपर्छ। स्वास्थ्यकर्मीहरूले निगरानी राखिरहनुपर्छ।&nbsp;</p> <p style="text-align:justify"><strong>के सरकारसँग सूचना संकलन गर्ने, विश्लेषण गर्ने संयन्त्र छ ? यसले कसरी काम गर्छ ?&nbsp;</strong></p> <p style="text-align:justify">सूचना संकलन गरेर विश्लेषण गर्ने संयन्त्रको क्रमिक रूपमा विकास हुँदै गएको छ। अहिले पनि हरेक प्रदेशबाट आएका सूचनाहरूलाई विश्लेषण गरेका छौं। परिस्थितिलाई अपडेट गर्छौं। भूकम्प गएका बेला पनि हामीले ३४ वटा अस्पतालबाट दैनिक प्रतिवेदनहरू संकलन गरेर विश्लेषण गर्ने गथ्यौं। अहिले चाहिँ ११८ वटा अस्पतालबाट &lsquo;अर्लि वार्निङ एण्ड रिपोर्टिङ सिस्टम&rsquo;अन्तर्गत् हरेक हप्ता प्रतिवेदन संकलन गर्ने काम गरिरहेका छौं। महामारीको रूपमा फैलिइहाल्यो भने दैनिक रूपमा प्रतिवेदन संकलन गर्ने संयन्त्र विकास गर्छौं। र, त्यो संयन्त्रले विश्लेषण पनि गर्छ र निर्णय पनि। यसप्रति संवेदनशील भएर हामीले तयारी गरेका छौं।&nbsp;</p> <p style="text-align:justify"><strong>आपतकालीन अवस्थालाई सम्बोधन गर्न विभिन्न क्षेत्रका व्यक्ति समेटिएको विशेष समिति छ? त्यसले कसरी काम गर्छ ?&nbsp;</strong></p> <p style="text-align:justify">स्वास्थ्य मन्त्रालयका सचिवले ओभरअल कमान्ड गरिरहनुभएको छ। उहाँको संयोजकत्वमा एउटा स्टेयरिङ कमिटी छ। स्वास्थ्य मन्त्रीज्यूको अध्यक्षतामा एउटा अनुगमन समिति छ। त्यसमा प्राविधिक समिति पनि छन्। हरेक प्रदेशमा पनि यस्ता समितिहरू बनेका छन्। स्वास्थ्य सेवा विभागमा पनि समिति बनाइएको छ।&nbsp;</p> <p style="text-align:justify"><strong>कोभिड&ndash;१९ सँग जुध्ने तयारी, सुपरीवेक्षण र उपचारका लागि आर्थिक कोषको व्यवस्था गरिएको छ ?&nbsp;</strong></p> <p style="text-align:justify">आर्थिक कोषको व्यवस्थाका लागि सिंगो सरकार नै अगाडि उभिएको छ। तसर्थ स्वास्थ्य मन्त्रालयलाई आवश्यक परेका श्रोतहरू परिचालन गर्न अप्ठेरो छैन। मन्त्रालय अन्तर्गत्&zwnj;का&nbsp;विभागहरूलाई पछि सोधभर्ना गर्नेगरी जुनसुकै श्रोतहरूबाट खर्च गर्न भनेका छौं। यसको वृहत्तर योजनाअनुरुपको आवश्यक रकमको जोहो गर्न हामी अर्थ मन्त्रालय र सरकारलाई अपिल गर्छौं। र, सँगसँगै विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरूले चाहिँ केही फन्ड उपलब्ध गराउने आश्वासन पनि पाएका छौं।&nbsp;</p> <p style="text-align:justify"><strong>देशभर आपतकालीन अवस्थामा यातायात र वितरण प्रणाली कसरी सञ्चालन गर्ने रणनीति बनाइएको छ ?&nbsp;</strong></p> <p style="text-align:justify">स्वास्थ्य मन्त्रालयको मुख्य जिम्मेवारी भनेको संक्रमणलाई रोक्ने र नियन्त्रण गर्ने हो। यात्रामा कस्तो किसिमको व्यवस्था गर्ने, संक्रमणबाट जोगिन के गर्ने भन्नेबारे मन्त्रालयले ध्यान त दिन्छ, तर यात्राबारे मुलतः सरकारको संयन्त्रले काम गर्छ। फेरि यो आशिंक मात्र हो, सधैं यस्तो अवस्था रहिरहँदैन। यो परिस्थिति अनुसार निर्धारण गर्ने कुरा हो। अहिले नै यसै भन्न सकिँदैन। केसहरू कति देखापर्छन्, कसरी फैलिन्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो।&nbsp;</p> <p style="text-align:justify"><iframe frameborder="0" height="590" scrolling="no" src="https://www.youtube.com/embed/KE3XNlvWP9M" width="750"></iframe></p>
प्रतिक्रिया दिनुहोस्