केही समय अघि जापानको समुद्री तटमा एशियाका चारवटा शक्तिराष्ट्रका वायु सेना टकरावबाट जोगिए ।

त्यसबेला चीन र रुसले पहिलो संयुक्त हवाई गस्ती गर्दै थिए । एकाएक ती विमान दक्षिण कोरियाको भू–भागमा प्रवेश गरेपछि दक्षिण कोरियाली सेनाले रुसी कमाण्ड र कन्ट्रोल एअरक्राफ्टमा चेतावनी स्वरुप तीन सयभन्दा बढी हवाइ फायर गरे ।

त्यहीबेला जापानी सेना पनि आफ्नो सीमा क्षेत्रमा केही समस्या आए प्रतिकार गर्न तम्तयार भएर बसेको थियो ।

यो अप्रत्यासित मुठभेडले इन्डो–प्यासिफिक क्षेत्रको शान्तिपूर्ण स्थितिलाई खलबल्याउन सक्ने जोखिमबारे सचेत बनायो ।

त्यस्तै, यो घटनाले मार्टिन ज्याक्स् र किशोर महबुबानी जस्ता लेखकले गरेको एसियाली शताब्दीको भविष्यवाणी अनुमान गरेभन्दा छिटो अन्त्य हुने खतरा पनि उत्पन्न गरिदियो ।

अकल्पनीय हिसाबमा खस्कँदो चिनियाँ अर्थतन्त्र र हङकङमा प्रजातन्त्रको पक्षमा भएको प्रदर्शनदेखि जापान र दक्षिण कोरियासँगको शीतयुद्धको स्थितिले एशियाली युगको रुपमा विकास हुन सक्ने भनिएको यो क्षेत्र आशा गरिएको दिशातर्फ नगएको प्रतीत हुन्छ ।

लामो समयदेखि एशियाको भूराजनीति अशान्त रहँदै आए पनि चीन विश्व शक्तिराष्ट्र बन्दैछ भन्ने बहानामा यो तथ्यलाई बेवास्ता गरिएको थियो । विश्व शक्तिको रुपमा चीनको उदयसँगै ‘एशियाली मूल्य मान्यता’ले साझा भावना प्रकट गर्ने सबैको अनुमान थियो । त्यो साझा भावनाले अमेरिकी प्रभाव कम गर्छ भन्ने आकलन पनि थियो ।

विश्वमा रहेको वाशिङटनको प्रभाव बेइजिङ र नयाँ दिल्लीमा सर्ने अड्कल समेत गरियो ।

तर, यी क्षेत्रका नयाँ शहरका इमारत चम्किनुु अघि नै यसका आधार खल्बलिन थालेका छन् ।

समस्याग्रस्त एशियाली क्षेत्र
एशियाली शताब्दीको यो आशामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भूकम्प ल्याइदिए । ट्रम्प प्रशासनले बेइजिङ्गसँग ‘व्यापार युद्ध’ शुरु गर्दै चीनबाट अमेरिकामा आयात गर्ने आधाभन्दा बढी सामानमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाएर चीनको खस्कँदो अर्थतन्त्रलाई तिव्रता दियो । सन् १९९० पछिको चीनको आर्थिक वृद्धिदरको अनुपातमा गएको तीन महिनाको आर्थिक वृद्धिदर निकै कम छ ।

यो तीन दशक यताकै कम्जोर आर्थिक वृद्धिदर हो । एकछिनलाई चीनको आर्थिक वृद्धिदर ६ दशमलव २ प्रतिशत रहेको विश्वास गरिए पनि यो ट्रम्प प्रशासनको व्यापार घाटाको मात्रै परिणाम होइन । यसले चीनको अर्थव्यवस्थाको सामान्य कम्जोरिलाई पनि प्रकट गर्दछ । जहाँ अर्थपूर्ण सुधार अवरुद्ध छ र पहिले जस्तै आर्थिक प्रभावहीनता थाँती रहेको छ ।

चीनबाट हुने अमेरिका निर्यातको अवस्था ध्वस्त छ । योसँगै बाँकी विश्वसँग हुने उसको निर्यात पनि घटेको छ । यसैबीच आर्थिक मन्दीलाई कम गर्न र विश्व आपूर्ति शृंखलालाई निरन्तरता दिन गुगल, डेल लगायतका दर्जर्नौ प्रमुख कम्पनीले चीनबाट हुने उत्पादनलाई कि घटाएका छन् कि बन्द गरेका छन् । चीनको विग्रँदो आर्थिक अवस्थाको चित्र सायद केही समय अघि प्रकाशित एक प्रतिवेदनले पनि दिन्छ ।

प्रतिवेदनमा भनिएको छ– ‘देशको कुल ऋण संस्थान, घर र सरकारसँग छ । यो कुल गार्हस्थ उत्पादनको तीन सय प्रतिशत हुन आउँछ । यो ऋणको अधिकाशं हिस्सा अपारदर्शी र यसको लेनदेन जटिल भएकाले यो जुनकुनै बेला विस्फोट हुने अवस्थामा छ ।’

यद्यपि, आर्थिक संकटबाट गुज्रिएको देश चीन मात्रै होइन ।

दक्षिण कोरिया र जापान जस्ता विकसित देशहरुमा वर्षौको सुधारका बावजुद सुस्तता जारी छ । केही वर्षयता भारतको मध्यम वर्गिय समाजको वृद्धिदरमा आधा कमी आएको छ । जसले गर्दा मध्यम वर्गिय मानिसको विकासलाई कुन हदसम्म लैजाने हो भन्ने प्रश्न खडा हुन्छ । यस्तो डर दक्षिण पूर्वी एसियाका अन्य देशमा पनि व्याप्त छ ।

अर्थतन्त्र समस्याको एउटा कारण मात्र हो । चीनले हालैको समयमा हङकङ र ताईवानको प्रजातान्त्रिक आन्दोलन दवाउन प्रयोग गरेको शक्तिले यस क्षेत्रमा राजनीतिक स्थिरता कामय गर्न कत्तिको गाह«ो छ भन्ने कुराको संकेत गर्छ । सात हप्तासम्म हङकङमा चलेको प्रजातान्त्रिक नाराका कारण त्यसलाई दबाउन कुन हदसम्मको शक्ति प्रयोग गर्ने वा नगर्ने भन्ने निर्णय गर्न बेइजिङ्ग ढिलो चाँडो बाध्य हुनेछ ।

(हङकङको आन्दोलन अहिले १७ हप्तामा पुगिसकेको छ) यदि उसले आन्दोलन दमन गर्न सेना परिचालन गर्यो भन्ने ३० वर्ष अघिको  तियानमेन स्क्वायरमा जस्तै आन्दोलन रक्तपातपूर्ण पनि हुनसक्छ ।

एशियाको प्रजातान्त्रिक यात्रा खतरामुक्त छैन । जापान र दक्षिण कोरियाको सम्बन्ध लगभग विच्छेदको अवस्थामा छ । यी दुई देशबीच एउटा टापुको विषयमा विवाद जारी छ । जापानले ताकेसिमा नाममा आफ्नो दाबी गर्दै आएको टापू दक्षिण कोरियामा ‘तोक्दा’ नामले प्रसिद्ध छ ।

कोरिया सन् १९१० देखि १९४५ सम्म जापानको उपनिवेश थियो । दोस्रो विश्वयुद्धपछि स्वतन्त्र भएको कोरियाको तोक्दा टापूलाई जापानले आफू अन्र्तगत नै राखेको दक्षिण कोरियाको आरोप छ । जापानले भने यो आरोपलाई नकार्दै आएको छ । यही टापूको विषय दक्षिण कोरियाको अदालतमा थाँती रहँदा दुई देशको सम्बन्धमा गतिरोध उत्पन्न हुने गरेको छ ।

दक्षिण कोरियाले यो विवाद बल्झाइराख्दा जापानले दक्षिण कोरियाको इलेक्ट्रोनिक्स उद्योगका लागि महत्वपूर्ण रसायन आपूर्ति कटौती गरेर कडा जवाफ दिने गर्छ । सन् २०१८ को उत्तराद्र्धमा दक्षिण कोरियाका नौसेनाले अग्नि नियन्त्रक राडार आफ्नो ‘पट्रोल ट्रक’तर्फ तेस्र्याएको आरोप जापानले लगायो । त्यहीकारण तनावपूर्ण अबस्था नै निम्तियो ।

त्यसैगरी, साउथ चाइना सी मा चीन र भियतनामबीच कच्चा तेलका लागि असमझदारी कायम  छ ।

यस क्षेत्रमा उत्पन्न भएका असमझदारीले विश्वको सुरक्षामै खतरा निम्त्याएको आकलन गरिन्छ । तीन चरणमा अमेरिकी र उत्तर कोरियाली राष्ट्रपतिबीच वार्ता भए पनि उत्तर कोरिया परमाणु सम्पन्न राष्ट्रकै रुपमा रहँदा यो विश्व सुरक्षाका निम्ति चुनौतीकै रुपमा रहनेछ । विश्वमा एकातर्फ नागरिक स्वतन्त्रताको कुरा उठ्दै गर्दा चीनले विकास गरेको प्रविधिमार्फत् निगरानी प्रणालीको पनि चर्चा छ । यसले राज्यकाृ अधिक नियन्त्रणतर्फको झुकाव पनि देखाउँछ । यो प्रणाली पश्चिमा प्रजातान्त्रिक विधिलाई आफूमा समाहित गर्न पनि उत्सुक छ ।

धेरैको विचारमा अन्य चिनियाँ कम्पनीभन्दा चीनको ह्वावेई कम्पनी कुनै पनि देशको सुरक्षाका लागि खतरायुक्त छ । अमेरिकी गुप्तचर संस्था फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले पनि अमेरिकाका लागि सबभन्दा बढी जासुसी खतरा चीनबाट भएको बताउँदै आएको छ ।

अमेरिकी नीति निर्माताका अनुसार चीनको आर्थिक उन्नति, आधुनिकिकरण र शान्तिपूर्ण उदयले विश्वको समृद्धिमा टेवा पुर्याउँछ । एशियाको उन्नत अर्थव्यवस्था अमेरिका र यूरोपका अन्य देशका उपभोक्तासँग पनि जोडिने उनीहरुको विश्वास छ । तर, यो विचार नै गलत थियो । त्यस्तै, एशियामा रहेका अमेरिकी सहयोगी देश जापान र दक्षिण कोरियालाई नजिक ल्याउने अमेरिकाको वर्षौदेखिको प्रयास निस्प्रभावी भएको छ । त्यसैले यो एशियाको भविष्यको विषयमा पूनःविचार गर्ने समय हो ।

एशियाली क्षेत्रमा समस्या बढ्दै जाँदा अमेरिकाले यस क्षेत्रको आफ्नो नीतिलाई पुनःव्याख्या गर्नुपर्छ । आर्थिक रुपमा कमजोर सहयोगी देश अमेरिकालाई सुरक्षित राख्न सक्षम हुन सक्दैनन् । यसले बढ्दो राष्ट्रवाद र क्षेत्रिय सहयोगको परीक्षण गर्छ जसका कारण स्थिरता कायम गर्न मुश्किल हुन्छ । यसको सबभन्दा डरलाग्दो असर त अमेरिकाका सहयोगी देश क्षेत्रिय युद्धमा सहभागी हुँदा त्यसले अमेरिकालाई पनि युद्धमा तान्न सक्छ ।

यद्यपि, संकटमा पनि अवसर हुन्छ । चीनको अर्थतन्त्रमा गिरावट, चीनमा बढ्दै गएको आन्तरिक समस्या र दक्षिण चीन सागर (साउथ चाइना सी) मा बढ्दै गरेको खतराले एशियाली देशको शक्ति पहिले भन्दा क्षीण हुँदै गएको छ ।

यहीबेला वाशिङटनले आफ्नो आर्थिक रणनीतिको विकल्प पेश गर्नुपर्छ । जस्तो कि, आर्थिक विकास सहायता र रणनीतिक महत्वका देशसँग निष्पक्ष द्विपक्षिय व्यापार । अष्ट्रेलिया, जापान र भारत जस्ता सहयोगी देशसँग सबैको हित हुने गरि समुद्री गठबन्धन निर्माणको प्रयास गर्ने पनि यही समय हो । यो समुद्री गठबन्धनमार्फत् अमेरिकी सहयोगी देशहरुको समुद्री नौसेना र तटिय रक्षकसँग सहकार्य गर्नेगरी अमेरिकाले पहल गर्नुपर्छ । अमेरिकाले इन्डो प्यासिफक क्षेत्रमा आफ्नो विचारसँग सहमत राख्ने देशबीच एउटा गठबन्धन निर्माण गर्न सक्छ ।

हुँदैन एशियाको युग
अबको युग एशियाको हुने आकलन सफल हुन सक्दैन । वर्तमानका केही सूचकले यो क्षेत्र सही दिशातर्फ गइरहेको देखाउँदैनन् । त्यहीकारण एशियाली शताब्दीको सपना पुरा नहुने सम्भावना बढी छ । गहिरो र दीर्घकालिन समस्या भोग्दै गर्दा एशियाली क्षेत्रका जनताले राम्रो भविष्यका लागि संघर्ष गर्नेछन् । त्यसैगरी, संचरनात्मक त्रुुटि र कूटनीतिक अक्षमताले सरकारहरुको संकट पनि बढाउँदै लैजानेछ ।

लामो अवधिमा एशियाले विकासको गतिमा उतारचढाव देख्नेछ । एकल रुपमा विश्वलाई नेतृत्व गर्नु भन्दा पनि एशियाका सरकार र व्यवसायीहरुले विश्वका अधिक सफल क्षेत्रबाट नयाँ विचार र सुधारको खोजी गर्नेछन् । यद्यपि, परिर्वतित अवस्थालाई हेरेर अमेरिकाले एशियाको भविष्यलाई अरु खुलापन र स्थिरताका लागि आकार दिन महत्वपूर्ण भूमिका खेल्न सक्छ । स्वतन्त्रता र अधिक समृद्ध क्षेत्र चाहने इच्छुक साझेदारसँग मिलेर अमेरिकाले यस क्षेत्रमा ठोस भूमिका खेल्न सक्छ ।

(‘द इन्ड अफ एशियन सेन्चुरी’ पुस्तकका लेखक, अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा आबद्ध माइकल अस्लिनको यो लेख जुलाई २०१९ को ‘फरेन पोलिसी’ म्यागजिनबाट साभार गरिएको हो ।)

पढ्नुहाेस् 'आजको चीन' शृंखलाः

चीनको उदयसँगै रहिरहला पश्चिमा साख ?

हामीले नचिनेको चीन

" /> केही समय अघि जापानको समुद्री तटमा एशियाका चारवटा शक्तिराष्ट्रका वायु सेना टकरावबाट जोगिए ।

"> सम्भव छैन एशियाली शताब्दी: Dekhapadhi
सम्भव छैन एशियाली शताब्दी

प्रतिक्रिया दिनुहोस्