काठमाडौं। कर्णाली प्रदेशको जिल्ला रूकुम।

अहिले त्यही रूकुमको मुसीकोट नगरपालिका वडा नम्बर ११ मा पर्छ उनको घर। मुसीकोटमा जन्मेकी दुर्गा रोकायाले भने थाहा पाउने भएदेखि नै आफूलाई सधैं अरुजस्तै दुई खुट्टाले हिँड्न नसक्ने पाइन्।

दाहिने खुट्टा छोटो थियो। घस्रिएर हिँड्नुपर्ने बाध्यता थियो। मनमा प्रश्न उठिरहन्थ्यो- ‘कसरी यस्ती भएँ म ?’

पटकपटक सोध्थिन् आमालाई। आधा, अधुरो कथा सुनाएर आमा भक्कानिन्थिन्।

आमाले सुनाएको आधा अधुरो कथाबाट अनुमान लगाएकी छन् उनले।

२०५५ सालको भदौमा जन्मेकी थिइन् दुर्गा। जन्मिएको चार महीनापछि मंसिरमा उनी आगोमा परिन्।

कसरी ? उनलाई थाहा छैन। आमाले पनि पुरै कथा भनेकी छैनन्।

यत्ति मात्र थाहा छ दुर्गालाई, उनी आगोमा पर्दा घरमा बा, आमा कोही पनि थिएनन्। आमा पानी लिन गएकी थिइन्। फर्कंदा छोरीलाई आगोमा परिरहेको देखिन्।

यति कथा भनेपछि आमा भक्कानिन्छिन्। आमा भक्कानिएपछि उनी सोध्न सक्दिनन्। अनि यहीँ अधुरो रहन्छ यो कथा।

बस् यत्ति थाहा छ, उनी आगोमा परिन्। उनको दाहिने खुट्टा पोलियो।

२०५५ सालको रुकुम। यातायात सुविधा पुगेकै थिएन। त्यसमाथि तत्कालीन नेकपा माओवादीले शुरू गरेको हिंसात्मक विद्रोहले थिलथिलो बनेको।

अस्पताल नजिकमा थिएन। नजिक भनेकै सल्लेको अस्पताल। पुग्नै चार/पाँच घण्टा लाग्ने। त्यहाँ पनि डाक्टर र औषधि भेट्न सजिलो थिएन। त्यसमाथि परिवारको कमजोर आर्थिक अवस्था।

परिवारले दुर्गाको जलेको घाउ निको पार्न जडीबुडीको सहारा लिए। आगोले जलेको खुट्टा जडिबुटीले के निको बनाउँथ्यो ! घाउ बिग्रँदै जान थाल्यो। “घाउ बिग्रेपछि घर नै गन्हाउन थालेको आमाले सुनाउनुहुन्छ”, दुर्गा भन्छिन्।

जसोतसो टर्‍यो केही वर्ष। ४/५ वर्षपछि बाले उनलाई भारतको लखनऊ लिएर गए।

त्यतिबेलासम्म उनको खुट्टा काम नलाग्ने भइसकेको रहेछ। डाक्टरहरुले त्यो खुट्टा काटेर नक्कली खुट्टा राख्न सुझाए। तर, आर्थिक अवस्था कमजोर भएकाले बाले त्यो निर्णय लिन सकेनन्।

दुर्गालाई लखनऊबाट घर ल्याइयो।

उनको उमेर बढेर स्कुल जाने भइसकेको थियो। तैपनि उनी घस्रेर हिँड्थिन। टेक्नलाई बैशाखी पनि थिएन। गाउँमा आल्मुनियमको वैशाखी पनि पुगिसकेको थिएन। गाउँकै एकजना दाइले काठको बैशाखी बनाउन बालाई सुझाव दिएछन्।

बाले काठको बैशाखी बनाइदिए। त्यही बैशाखी टेकेर हिँड्न थालिन् दुर्गा। बैशाखी टेकेर हिँड्न पनि बाले नै सिकाए दुर्गालाई।

“बाले मलाई बैशाखी समातेर हिँड्न सिकाउनु भयो,’ उनी सम्झन्छिन्, “शुरूशुरूमा बैशाखीमा हिँड्न कति गाह्रो हुन्थ्यो। कति रुन्थें म। केही महीना घरमै सिकाउनु भयो। विस्तारै विस्तारै सिकेँ।”

वैशाखीमा हिँड्न जान्ने भएपछि दुर्गालाई विद्यालयमा भर्ना गरियो। नजिक कहाँ थियो र विद्यालय पनि !

कम्ता सकस थियो र विद्यालय जान ? बैशाखीको सहारामा हिँड्नुपर्ने। पुग्नै एक, डेढ घण्टा लाग्थ्यो। १० बजे शुरू हुने विद्यालयमा उनी ११/१२ बजे मात्र पुग्थिन्।

कहिलेकाहीँ त बाटैमा बैशाखी भाँचिन्थ्यो। घस्रिँदै घर फर्किन्थिन्।

“सबैभन्दा सकस त बर्खाको बेलामा हुन्थ्यो। ठूलो पानी परेपछि हिँड्नै गाह्रो हुन्थ्यो। त्यसमाथि चिप्लो उकालो बाटो हिँड्न साह्रै सकस हुन्थ्यो। कति लडेँ, कति चोट लाग्यो हिसाबै छैन”, दुर्गा सम्झन्छिन्।

तैपनि पढ्ने हिम्मत गरिरहिन् उनले। जिन्दगीले सिकाएको थियो नि, चोटैचोट झेलेर पनि अघि बढ्न। पढेपछि आफूलाई सजिलो हुन्छ भन्ने बुझेकी थिइन् उनले।

अनेक सास्ती खपेर एसएलसी परिक्षा दिइन् दुर्गाले। एसएलसी दिएर बसेकी थिइन्। १२ वैशाख २०७२ मा रुकुमको सल्लेमा ‘सुष्मा कोइराला मेमोरियल अस्पताल’का डाक्टरहरु हेल्थ क्याम्प लिएर पुगे।

त्यो क्याम्पमा जाँच गराउन पुगिन् दुर्गा। डाक्टर जश्वन शाक्यले उनको खुट्टा काट्नुपर्ने सल्लाह दिए। खुट्टा काटेर नक्कली खुट्टा राखेपछि हिँड्न मिल्ने बताए। लाग्यो, नक्कली खुट्टा राखेपछि अरुजस्तै हिँड्न सक्छु। उनी खुट्टा काट्न तयार भइन्। असारमा उनी बासँगै काठमाडौं आइपुगिन्।

गाउँका मामा पर्ने काठमाडौं माछापोखरीमा बस्थे। उनैले साँखुस्थित ‘सुष्मा कोइराला मेमोरियल अस्पताल’ पुर्‍याए।

अस्पताल पुगेपछि उनले अन्य अशक्त मानिसहरूलाई देखिन्। आफूभन्दा पनि नाजुक अवस्था भएका मानिस देखेपछि उनमा ‘म मात्रै एक्लो छु’ भन्ने भावना हरायो।

अस्पताल पुगेको दुई/तीन दिनपछि उनको खुट्टा काटियो। निःशुल्क उपचार भयो। तीन महीना उनी अस्पतालमै बसिन्। अनि गाउँ फर्किन्।

त्यतिबेलासम्म उनी एसएलसी उतीर्ण भइसकेकी थिइन्। शुरूमा त उनलाई नर्स बन्ने रहर थियो। घरमा पनि परिवारले एसएलसीपछि प्राविधिक विषय पढ्न सुझाएका थिए। “तर, पछि काम गर्न सक्दिनँ जस्तो लाग्यो, त्यसैले खलंगामा मानविकी पढेँ”, दुर्गा सुनाउँछिन्।

खुट्टा काटिएपछि पहिलाभन्दा हिँड्न सजिलो हुन्छ भन्ने लागेको थियो उनलाई। जोडिएको कृत्रिम खुट्टाले सजिलैसँग टेक्न मिलेन। त्यसैले त्यो कृत्रिम खुट्टा निकालियो। उनी वैशाखीकै भर परिन्।

अहिले पनि उनलाई लाग्छ, बच्चैमा अप्रेसन गरेर बांगिएको खुट्टा फालिदिएको भए सजिलो हुन्थ्यो। आगोले घुँडा भन्दा तल मात्रै पोलेको थियो। त्यो घाउ घुँडाभन्दा माथिसम्म पुग्दैनथ्यो। तर, त्यतिबेला राम्रो उपचार नपाएपछि उनका नशाहरू खुम्चिँदै गए, घुँडा भन्दा माथिसम्म काट्नुपर्‍यो । अनि खुट्टा सानो भयो।

आर्थिक अवस्था राम्रो भएको भए घुँडा बच्थ्यो, अनि उनले नक्कली खुट्टा लगाएर हिँड्न सहज हुन्थ्यो। तर, घुँडा नभएपछि नक्कली खुट्टा लगाएर उनलाई हिँड्न गाह्रो भयो।

अप्रेसन गरेको शुरूशुरूमा उनी आफै‌ंलाई आफ्नो आधा खुट्टा देखेर डर लाग्थ्यो। सोच्थिन्, ‘अप्रेसन नगरेको भए हुने।’ दिमागले खुट्टा छ भन्थ्यो, तर वास्तविकतामा थिएन। यही छ वा छैनको भ्रमले उनलाई गाह्रो गराउँथ्यो।

अहिले पनि एक्लै बस्दा गाह्रो लाग्ने बताउँछिन् दुर्गा। “अरु हिँडेको देख्दा हिँड्न, घुम्न मन लाग्छ। यस्तो भएर किन बाँच्नुपर्‍यो होला जस्तो लाग्छ”, बोल्दाबोल्दै रोकिन्छिन् उनी।

तर घर–परिवार, साथीभाईको सहयोगले उनलाई हिम्मत नहार्न सिकाएको छ। बाआमा, दाजुभाई, भाउजुले उनलाई सधैँ राम्रो व्यवहार गरे। उनलाई अशक्त छिन् भनेर कसैले महशुस हुन दिएनन्। तर, संसार घरजस्तो कहाँ छ र ! आफ्ना परिवार जस्तो सबै कहाँ हुन्छन् र ! उनी बाहिर हिँडिरहेको देख्दा बिचरा भन्नेदेखि उनलाई रिस उठ्छ।

“हुन त मानवताको नाताले नै भनेको होला, तर मलाई मन पर्दैन,” उनी भन्छिन्, “कुन सोंचमा हिँडिरहेको हुन्छ, एक्कासी बिचरा भन्दिँदा मन दुख्छ। बरु यस्तो भएर पनि हिँडिरहेको छ, पढिरहेको छ भनेर प्रोत्साहित गरोस् न।”

दुई महीनादेखि काठमाडौंमै छिन् दुर्गा। यो उनको तेस्रो काठमाडौं यात्रा हो। लोकसेवाको परीक्षा दिनको लागि काठमाडौं आएकी हुन् उनी। दाई लोकसेवाको परीक्षा दिएर सरकारी जागिरे भएको देख्दा उनी जस्तै हुन मन लाग्यो दुर्गालाई पनि। त्यसपछि एक्लै काठमाडौं आएकी हुन् उनी लोकसेवा परीक्षा तयारी गर्न।

उनी एक्लै आइन् घरबाट। दाइको विदा भएन, भाउजु र आमालाई घरको कामले फुर्सद नहुने। बा पनि बृद्ध भइसके। अनि एक्लै आइन्, मामाको छोराहरूले होस्टेलमा पुर्‍याइदिए। अहिले उनको दिनचर्या पढेरै बितिरहेको छ।

“जसरी पनि मैले नाम निकाल्नैपर्छ भनेर मिहिनेत गरिरहेकी छु”, दुर्गा भन्छिन्।

पढ्नुहोस्

प्रेमले पुरिँदैछन् आगोले पोलेका घाउ (जीवन सुन्दर छ, भाग–१०)

हात काटियो, डिप्रेसनले छोप्यो तर, हारेन शान्तिको हिम्मत (जीवन सुन्दर छ, भाग–९)

मृत्युले पनि हार मानेपछि अञ्जुले जितेको जिन्दगी (जीवन सुन्दर छ, भाग–८)

बामे नसर्दै काटियो एक गोडा, एउटै गोडाले नाच्छिन् छमछमीः अठोट र परिश्रममा उभिएकी अञ्जना गुरुङको कथा (जीवन सुन्दर छ, भाग–७)

‘यो बाँच्दिन भन्थे रे, बाँचेँ र त संघर्ष गर्दै छु’: आमाको आशले पुनर्जीवन पाएकी सम्झना भुजेलको कथा (जीवन सुन्दर छ, भाग–६)

एउटाले सलाई दियो अर्कोले जीवन: रास्ता खड्गी (जीवन सुन्दर छ, भाग–५)

आरोही हुन्, त्यसैले त उक्लिरहिन् जिन्दगी: अठोट र हिम्मतले जीवन-यात्रा कोरेकी राधा श्रेष्ठको कथा (जीवन सुन्दर छ, भाग-४)

‘कोही सँगै नहिंडेर के भो, एक्लै हिंडिदिन्छु’: जलेको जीवनमा पालुवा भरेकी सुनीता महर्जनको कथा (जीवन सुन्दर छ, भाग-३)

पाठशाला हो जीवन, अठोट हो जीवन: आफ्नै अठोटले पीडादायी जीवनलाई गर्विलो बनाएकी सीता भण्डारीको कथा (जीवन सुन्दर छ, भाग–२)

जस्तो हेर्‍यो त्यस्तै देखिन्छ जिन्दगी: हार्न नजानेकी जब्बर जायत्रीको कथा (जीवन सुन्दर छ, भाग-१)

" /> काठमाडौं। कर्णाली प्रदेशको जिल्ला रूकुम।

"> खुट्टा काटिएर के भो, उभिने अठोट जबर्जस्त छ : Dekhapadhi
खुट्टा काटिएर के भो, उभिने अठोट जबर्जस्त छ

प्रतिक्रिया दिनुहोस्