कोरोनासँग जुध्न सरकारहरूले के गर्नुपर्छ? यस्तो छ ‘द इकोनोमिस्ट’को सुझाव
यो युद्ध नै त होइन तर धेरै देशहरूले युद्धकै रूपमा यसको सामना गरिरहेका छन्। कोभिड–१९ का रोगीहरूको संख्या प्रत्येक पाचौं वा छैठौं दिनमा दोब्बर हुने गरेको छ। सैद्धान्तिक रूपमा हेर्दा अर्को हप्तासम्ममा यो महामारीले आज संक्रमित रहेका भन्दा दोब्बरको संख्यालाई असर पारिसकेको हुनेछ। सरकारहरूले यो क्रुरताको गति कम गर्न सक्छन् तर, भाइरसको गति बराबर कर्मचारीतन्त्रको गति छैन।
एक हप्ताअघि ५० वटा देशमा पुगेको संक्रमण अहिलेसम्म ९४ वटा देशमा पुगिसकेको छ। एक लाखभन्दा बढीमा संक्रमण फेला परेको छ। तीन हजार चारसय भन्दा बढीको ज्यान गइसकेको छ। चीनबाट र चीनमा भएका भ्रमणको आधारमा हामीले गरेको विश्लेषण अनुसार दश जनामा संक्रमण देखिँदा १०० जनामा फैलिइसकेको भेटिएको छ। इरान, दक्षिण कोरिया र इटलीबाट भाइरस संक्रमण फैलिइरहेछ। संयुक्त राज्य अमेरिकामा मात्रै २१३ जनामा संक्रमण फेला परिसकेको छ जसमध्ये ६५ जनाको ज्यान गइसकेको छ।
भाइरसको संक्रमणसँग जुध्न र यसलाई रोक्न डाक्टर र स्वास्थ्यकर्मी मात्र पर्याप्त नहुने पुष्टि भएको छ। चीनको अनुभवबाट विश्व स्वास्थ्य संगठनले स्वास्थ्य–स्याहार प्रणालीले कसरी काम गर्नुपर्छ भन्ने पाठ सिकेको छ। यस्तै चिन्तन विश्वका सरकारहरूमा पनि हुन जरुरी छ। खासगरी संक्रमणका कारण आपूर्ति प्रणालीमा पर्ने असरबाट जनता र कम्पनीहरूलाई कसरी जोगाउने भन्नेबारे सरकारहरूले ध्यान दिन जरुरी छ।
सबैभन्दा पहिलो आवश्यकता अस्पतालका लागि पैसा र मानवशक्ति जुटाउनु हो। चीनले हुबेई प्रान्तमा मात्र ४० हजार स्वास्थ्यकर्मी खटाएको छ। बेलायतले सेवानिवृत्त स्वास्थ्यकर्मीलाई पनि काममा ल्याउन सक्ने भनेको छ। यही हप्ता विश्व बैंकले १२ अर्ब र अन्तर्राष्ट्रिय मुद्रा कोषले ५० अर्ब अमेरिकी डलर कोभिड–१९ सँग जुध्नका लागि उपलब्ध गराएका छन्।
मलेरिया र क्षयरोगजस्ता रोगसँग जुध्नका लागि बनाइएको ‘ग्लोबल फन्ड’ले देशहरूले अनुदान बढाउनुपर्ने जिकिर गरेको छ। अमेरिकामा त्यहाँको कंग्रेसले आठ अर्ब ३० करोड अमेरिकी डलर अनुदानका लागि छुट्याउने निर्णय गरेको छ। अमेरिका संसारका परिष्कृत अस्पतालहरू भएको देश हो। तर, यसको स्वास्थ्य प्रणाली विभाजित छ र यसको अतिरिक्त क्षमता न्यून छ। अमेरिकाको स्वास्थ्य प्रणालीलाई कोभिड–१९सँग जुध्ने बनाउन थप रकमको आवश्यकता छ।
भाइरसको संक्रमणसँग जुध्न र यसलाई रोक्न डाक्टर र स्वास्थ्यकर्मी मात्र पर्याप्त नहुने पुष्टि भएको छ। चीनको अनुभवबाट विश्व स्वास्थ्य संगठनले स्वास्थ्य–स्याहार प्रणालीले कसरी काम गर्नुपर्छ भन्ने पाठ सिकेको छ। सबैभन्दा पहिलो आवश्यकता अस्पतालका लागि पैसा र मानवशक्ति जुटाउनु हो।
ठ्याक्कै यहीँनेर उनीहरूको आर्थिक हैसियतको कुरा आउँछ। अमेरिकामा एक चौथाई जागिरेहरूले कामविहीन हुने क्षमता राख्दैनन्। अमेरिकामा मात्रै एक चौथाई कामदारले भत्तासहितको बिरामी विदा पाउँदैनन्। एक अध्ययनले बताए अनुसार, बिरामी भत्ताको सुनिश्चितता हुँदा फ्लुको प्रसार ४० प्रतिशतले कम हुन्छ।
बिरामी भत्ताले माग पनि घटाउँछ जसले अर्थतन्त्रमा प्रहार गरिरेको वितरण चापलाई पनि कम गर्छ। बिरामी भत्ता, न्युन माग र निरन्तर वितरण प्रणालीले सही नतिजा दिने चीनले देखाएको छ। गत फेब्रुअरीमा त्यहाँको म्यानुफ्याक्चरिङ प्रक्रिया सन् २००४ यता सबैभन्दा तल्लो विन्दुमा पुगेको थियो। मार्चको पहिलो हप्तासम्ममा चीनको सिंगो अर्थतन्त्र माओत्से तुङको निधनपछि पहिलोपल्ट खुम्चिने अवस्थामा पुग्नसक्थ्यो।
ओइसिडीले यो वर्षको विश्वकै आर्थिक वृद्धिदर सन् २००९ यताकै सबैभन्दा कम हुने अनुमान गरेको छ। ‘अस्ट्रेलियन नेसनल युनिभर्सिटी’ले अमेरिका र युरोपको कूल गार्हस्थ उत्पादन दुई प्रतिशतभन्दा कम हुने अनुमान गरेको छ। यो महामारी नफैलिएको भए विश्वको आर्थिक वृद्धिदर आठ प्रतिशत हुने आकलन गरिएको थियो।
वित्तिय बजार त्रासमा अल्झिइरहेको छ। धनी देशहरूमा धेरैजसो आर्थिक अभ्यास वित्तीय बजारलाई शान्त बनाउनेतर्फ केन्द्रित छन्। अमेरिका, अष्ट्रेलिया, क्यानडा, इन्डोनेसियाका केन्द्रीय बैंकहरूले मौद्रिक नीति लचिलो बनाएका छन्। उनीहरूले ब्याजदर घटाएका छन्।
यो तनावको क्षण हो। अस्पतालहरूको अतिरिक्त क्षमता बढाउने स्वास्थ्य नीति चाहिएको छ। कम्पनीहरूलाई लामो समयसम्म बन्द नगर्न के गर्न सकिन्छ भन्ने आर्थिक नीति चाहिएको छ। हरेक सरकारले यी दुवै चुनौतीलाई समान ढंगले व्यवस्थापन गर्नुपर्नेछ।
ब्याजदर घटाउँदा वित्तीय लेनदेनलाई सघाउ पुग्न सक्छ तर यसले मानिसलाई संक्रमित हुनबाट रोक्दैन। मौद्रिक नीतिले क्षतविक्षत भएको वितरण शृंखला (सप्लाई चेन)लाई जोड्न सक्दैन।
अर्थतन्त्रलाई सुदृढ गराउन प्रभावित मानिस र व्यवसायिक संस्थाहरूलाई आर्थिक सहयोग नै उपलब्ध गराउनुपर्छ। व्यक्तिका लागि सबैभन्दा उचित उनीहरूको स्वास्थ्य खर्च व्यहोरिदिनु र बिरामी भत्ता दिनु हुन्छ।
अमेरिकामा ट्रम्प प्रशासनले कतिपय अस्पतालमा संक्रमितको खर्च व्यहोरिदिने भनेको छ। जापानको सरकारले संक्रमित बच्चा र आफन्तको स्याहारका लागि बस्ने अभिभावकको ज्याला दिने घोषणा गरेको छ। सिंगापुरको सरकारले ट्याक्सी चालक र मालिकलाई उनीहरूको व्यवसायमा मन्दी आएका कारण सहयोग गर्ने निधो गरेको छ। तर, यत्तिले मात्र पुग्दैन। यस्ता अरु पनि कार्यक्रमहरू ल्याउन जरुरी छ।
कम्पनीहरूका लागि सबैभन्दा ठूलो चुनौती तरलता हुनेछ। यो संकट वित्तीय संकट पनि होइन जहाँ तरलतासँग जुध्ने अनेकौं उपाय हुन्छन्। अहिले आम्दानी गुमाउने कम्पनीहरूले पनि कर, ज्याला र इन्टरनेट बिल त तिर्नैपर्छ। उनीहरूलाई सहयोग गर्न संक्रमण फैलिँदासम्म अनावश्यक बैंकिङ शुल्कहरू घटाउनुपर्छ। कर र ज्यालामा अस्थायी छुट हुनुपर्छ। प्रशासकहरूले कम्पनीहरूलाई सहयोग गर्न बैंकहरूलाई आदेश दिनसक्छन्।
चीनले वित्तिय संकटको बेलामा र अहिले त्यही त गरिरहेछ। चीनले त ऋणीहरूलाई समेत सहज परिस्थिति सिर्जना गर्न बैंकहरूलाई आदेश दिएको छ। पश्चिमा सरकारहरूले यस्तो त गर्न नसक्लान्, तर बैंकहरूले आम जनताका लागि हितकारी कार्यक्रम ल्याउन सक्छन्।
यो तनावको क्षण हो। अस्पतालहरूको अतिरिक्त क्षमता बढाउने स्वास्थ्य नीति चाहिएको छ। कम्पनीहरूलाई लामो समयसम्म बन्द नगर्न के गर्न सकिन्छ भन्ने आर्थिक नीति चाहिएको छ। हरेक सरकारले यी दुवै चुनौतीलाई समान ढंगले व्यवस्थापन गर्नुपर्नेछ।
(७–१५ मार्चको ‘द इकोनोमिस्ट’बाट लक्ष्मण श्रेष्ठले गरेको अनुवाद।)
प्रतिक्रिया दिनुहोस्