काठमाडाैं। दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन्।२१ फागुनमा मिर्गौलाको सफल प्रत्यारोपणपछि अस्पतालले हरेक दिन पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्रीको स्वास्थ्य क्रमिकरूपमा सुधार भइरहेको बताएको छ। २०६४ सालमा भारतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीले मिर्गौलामा फेरि समस्या देखिएपछि पछिल्लोपटक नियमित डायलासिस गराउँदै आएका थिए।गत मंसीरमा उनले एक्कासि एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेको थियो। अचानक पेट दुखेपछि चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्ररान्स्प्लान्ट सेन्टरमा पुगेका ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेलगत्तै चिकित्सकहरूले शल्यक्रिया गरेका थिए। त्यो अपर्झटको शल्यक्रियाको नेतृत्व त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीले गरेका थिए।

त्यसको करीब तीन महीनापछि प्रधानमन्त्री ओलीको फेरि अर्को जटिल शल्यक्रिया भएको छ। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुने तयारी शुरू भएका बेला दिल्लीमा रहेका भण्डारी एक दिन पहिले मात्र फर्केका थिए। त्रिवि शिक्षण अस्पतालका तिनै सर्जन डा. भण्डारीसँग उच्चपदस्थ अधिकारीको शल्यक्रिया र उपचारमा संलग्न हुँदा चिकित्सकहरूले कस्तो महसूस गर्छन् भनेर हामीले कुराकानी गरेका थियौं। प्रस्तुत छ, देखापढीका लागि तुफान न्यौपानेले डा. भण्डारीसँग गरेको कुराकानीको सारसंक्षेपः 

तीन महिनाअघि अकस्मात गर्नुपरेको प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियालाई कसरी सम्झनुहुन्छ ?

त्यो बेला पीएम सर सिकिस्तरूपमा अस्पताल आइपुग्नुभएको थियो। सर्जिकल भाषामा भन्दा उहाँको अवस्था अलि गम्भीर नै थियो।मैले हेर्ने बेलासम्ममा उहाँको त्यस्तो अवस्था भइसकेको थियो। परीक्षणमा पनि उहाँ सिकिस्त भएको देखियो। सबै लक्षणहरू हेर्दा एपेन्डिक्स फुटेको हो भन्ने लाग्यो। पेटमा सबैतिर इन्फेक्सन फैलिसकेको थियो। यसलाई हामी पेरिटोनाइटिस भन्छौं। त्यसका लक्षणहरू देखिसकिएको थियो। एक किसिमले जटिल अवस्था थियो।

त्यसपछि हामीले आवश्यक परीक्षण गरेर छिटै नै निर्णय लियौं। जटिल अवस्थामा आएको भए पनि ‘सर्जिकल इन्टरभेन्सन’ चाँडै हुन सक्यो। इन्फेक्सनलाई हामीले चाँडो हटाउन पायौं। अप्रेसनपछिको २४ घण्टासम्म विभिन्न ‘सपोर्ट’हरूमा राख्नुपरेको थियो। विस्तारै उहाँलाई निको हुँदै गयो। अप्रेशनपछि बिरामीको स्वास्थ्य अवस्था सुध्रन अन्य धेरै पक्षको भूमिका हुन्छ। इन्फेक्सनबाट बच्नुपर्छ। दह्रो इच्छाशक्ति पनि चाहिन्छ। प्रधानमन्त्रीको उपचारको हकमा उहाँको इच्छाशक्ति र आत्मविश्वासले पनि एकदम मद्दत गरेको थियो।

डा. रमेशसिंह भण्डारी। 

लामो तयारीपछि गरिने र तत्कालै गर्नुपर्ने शल्यक्रियामा चिकित्सकका रूपमा कस्ता फरक जोखिम देख्नुहन्छ ?

हामी ‘इलेक्टिभ अप्रेसन’ भन्छौं, त्यसमा पूर्वयोजना र तयारी हुन्छ। त्यसमा अप्रेसन गर्न मिल्छ वा मिल्दैन, मिल्दैन भने केही थप उपचार गरेर गर्न मिल्ने बनाउने कि, अवस्था कस्तो छ, अप्रेसन कहिले गर्ने, सफलता दर कति होला आदि इत्यादी पहिल्यै अनुमान गर्न सकिन्छ।

तर, अपर्झटरूपमा गर्नुपर्ने अप्रेसनमा भने त्यो सबै गर्न पाइँदैन। दुई-चार घण्टा वा एक-दुई दिनमा लक्षणहरू देखिएपछि शल्यक्रिया गरिहाल्नुपर्छ। तर, यस्तो शल्यक्रिया यही टिचिङ हस्पिटलमा पनि नियमित भइरहन्छ। अघिल्लो पटक पीएम सरको गर्नुपरे जस्तै शल्यक्रियालाई हामी ल्याप्रोटमी भन्छौं। पूरै पेट चिरेर गर्नेुपर्ने- त्यस्तो अप्रेसन यहाँ हरेक दिन दुई वा तीन वटा भइरहेकै हुन्छ।

इलेक्टिभमा पूर्वयोजना र तयारी गरिएको हुन्छ त्यसैले त्यसको ‘आउटकम’ सामान्यतया राम्रो आउँछ। इमरजेन्सीमा भने बिरामीको सम्पूर्ण पक्ष मूल्यांकन गर्न पनि धेरै समय पाइँदैन। शल्यक्रियाबाहेकको अर्को विकल्प पनि हुँदैन।

अहिले नगरौं केही समयपछि गरौंला भन्न पाइँदैन। कहिलेकाहीँ हामी भन्छौं नि- ‘अप्टिमाइज’ गरौं। त्यो भनेको कसैको मुटु वा मिर्गौलामा समस्या छ वा अन्य स्वास्थ्य समस्या छ भने केही समय त्यसलाई नियन्त्रण गरेर त्यसपछि मात्रै शल्यक्रिया गर्ने। तर, इमर्जेन्सीमा त्यो सुविधा हुँदैन। जस्तो भए पनि गर्नैपर्‍यो। सानोतिनो अप्रेसनमा कुनै जोखिम हुँदैन।

तर, ठूल्ठूलो अप्रेसनमा भने अलि जोखिम हुन्छ। हामीले सर्जिकल स्ट्रेस वा ट्रमा भन्ने गर्छौं, त्यसले बिरामीका अन्य अंगहरूमा पनि असर पुगेको हुन सक्छ। बिरामीको श्वास-प्रश्वास, फोक्सो, मुटु वा मिर्गौलामा असर गर्न सक्छ। त्यसको असरहरू धेरै हुन आउँछ। त्यसैले इमर्जेन्सीमा गरिने ठूल्ठूला अप्रेसनमा आउटकम राम्रो आउन नसक्ने सम्भावना धेरै हुन्छ। हाम्रो तयारीमा भने खासै कमी नहुने भए पनि जोखिम भने इलेक्टिभ अप्रेसनभन्दा इमर्जेन्सीका ठूल्ठूला अप्रेसनमा धेरै नै रहन्छ।

त्यस्तो जोखिमको सम्भावनाले शल्यक्रियामा संलग्न चिकित्सकमा कस्तो दबाब पार्छ ? त्यसमाथि उच्च पदस्थ व्यक्तिको शल्यक्रिया गर्दा अतिरिक्त दबाब हुन्छ कि हुँदैन ?

जुनसुकै सर्जरीमा पनि अलिकति दबाब हुन्छ। धेरैजसो अवस्थामा अप्रेसन गर्नुअघिको तयारीको चरणमा त्यस्तो दबाब हुन्छ। तर, अप्रेसन थिएटरमा छिरेपछि हामी सर्जरीमा यसरी केन्द्रित हुन्छौं कि अन्य दबाबबारे सोच्न पनि सकिँदैन। सकिएपछि बरू यो कति जोखिमपूर्ण काम थियो भन्ने महसूस हुन्छ। यो सबै अनुभवी हुँदै जाँदा कम हुँदै जान्छ। तैपनि उच्च पदस्थ व्यक्तिको जटिल शल्यक्रियाबारे मनमा एक किसिमको संकोच त हुन्छ। त्यो के हुन्छ भने- मैले गर्दा पनि नराम्रो होला कि, आउटकम केही फरक पर्ला कि भन्ने सोचाइ आउँछ। तर, त्यसले गर्दा फाइदा के हुन्छ भने थप सचेत भइन्छ। सचेत त सधैँ भइएको हुन्छ, तर यसमा थप सचेत भइन्छ।

टिचिङ हस्पिटलमा धेरै उपचार पहिलेदेखि भइरहेकै छ। सबै राम्रो भएको छ। तैपनि मानिसमा यहाँ त्यति राम्रो छैन कि भन्ने धारणा छ। त्यस्तो धारणालाई स्वदेशमै उपचार गराउने प्रधानमन्त्रीको निर्णयले ‘ब्रेक’ गरेको छ। उपचारका लागि बाहिर जान चाहने व्यक्तिहरूसम्म एउटा विश्वास र सन्देश दिनुभएको छ।

यस्तो दबाबलाई एकजना सर्जनले कसरी व्यवस्थापन गर्छ ?

मैले के सोच्छु भने- यही अवस्थामा मैले अरू बिरामीलाई के गर्थें ? अरू बिरामीलाई मैले जे गर्थें, अहिले मेरा अगाडि भएका बिरामीमा पनि म त्यही गर्छु। उहाँहरूको अरू भूमिका जे भए पनि अहिले मेरा लागि त बिरामी मात्र हो। जसलाई उपचार गर्दा पनि मैले सकेको राम्रो गर्नुपर्छ भन्ने सोच नै हुन्छ। यसैगरी आफूलाई विकास गरेका हुन्छौं। समय र अनुभवले पनि खारिँदै जाने हो।

प्रधानमन्त्रीको शल्यक्रियापछि तपाईंको उहाँसँगको सामिप्यता अलि बढेको जस्तो देखिन्छ। केपी शर्मा ओलीलाई बिरामीको रूपमा र देशको प्रधानमन्त्रीको रूपमा कस्तो पाउनुभयो ?

शल्यक्रियाको दिनमा उहाँसँग कुराकानी हुने अवस्था थिएन। शल्यक्रियाको २४ घण्टासम्म उहाँ भेन्टिलेटरमै हुनुहुन्थ्यो। ४८ घण्टापछि उहाँ सामान्य अवस्थामा आउन थालेपछि मात्र कुराकानी हुन थालेको हो। धेरैजसो समय उहाँले कति दिन अस्पताल बस्नुपर्छ भनेर सोध्नुहुन्थ्यो। त्यो बेलाका यस्तै स्वास्थ्य समस्याबारे कुरा हुन्थे। अलि पछि उहाँलाई रमाइलो लाग्ने कुराहरू पनि भए। व्यक्तिगतरूपमा मलाई एकदम गीत सुन्न मन लाग्छ, उहाँलाई पनि एकदम रमाइलो लाग्दो रहेछ। उहाँको आइप्याडमा मनपर्ने गीतहरू बजाइदिन्थ्यौं।

अप्रेसनअघि एकपटक भेट भएको थियो। म लिभर ट्रान्सप्लान्टका लागि सहयोग माग्न गएको थिएँ। उहाँले ध्यान दिएर सुन्नुभएको थियो। सहयोगको आश्वासन पाएको थिएँ। राम्रो ‘रेस्पोन्स’पाएर म एकदम खुशी भएको थिएँ। त्यति नै बेला मलाई उहाँ धेरै ‘सपोर्टिभ’ हुनुहुँदोरहेछ भन्ने महसूस भएको थियो। पछि अप्रेसनको बेला चिनजान भयो। हाम्रा काम देखेर खुशी हुनुभयो। हामीले नेपालमा पनि यसरी लिभर ट्रान्सप्लान्टलाई स्थापित गर्न खोजेका छौं भन्यौं। उहाँले प्रोत्साहन दिनुभयो। बिरामीको रूपमा मलाई उहाँ एकदम सजिलो लाग्यो। डाक्टरलाई पूरा विश्वास गर्ने, डाक्टरले भनेको मान्ने व्यक्ति पाएँ।

अघिल्लो अप्रेसनमा यहाँबाहेक अरू ठाउँको विकल्प खोजी गर्ने समय थिएन। अहिले मिर्गौलाको प्रत्यारोपण भने स्वदेशकै अस्पतालमा भयो। प्रधानमन्त्रीको यो निर्णयको अर्थ के छ ?

देशको सबैभन्दा ठूलो पदमा आसिन व्यक्तिले यहाँको उपचार र प्रणालीमा भरोसा गर्नुभएको छ। सबैभन्दा राम्रो सन्देश यही हो। उहाँले यहाँका सर्जन, उपचार र सेवामा विश्वास गर्नुभएको हो। महत्वपूर्ण कुरा यही हो। यहाँ धेरै उपचार पहिलेदेखि भइरहेकै छ। टिचिङ हस्पिटलमा मिर्गौला प्रत्यारोपण शुरू भएको १२ वर्ष भइसक्यो। अन्य सबै जटिल शल्यक्रिया यहाँ भइरहेका छन्।

कलेजो प्रत्यारोपण पनि शुरू गरेका छौं। चारवटा केस गरिसक्यौं, सबै राम्रो भएको छ। तैपनि मानिसमा यहाँ त्यति राम्रो छैन कि भन्ने धारणा छ। त्यस्तो धारणालाई प्रधानमन्त्रीको निर्णयले ‘ब्रेक’ गरेको छ।उपचारका लागि बाहिर जान चाहने व्यक्तिहरूसम्म एउटा विश्वास र सन्देश दिनुभएको छ पीएम सरले। प्रधानमन्त्रीले यहाँको सबै सेवा देखेर, बुझेर विश्वास गर्नुभएको हो। मलाई लाग्छ यसपछि अब यहाँ उपलब्ध उपचार यहीं गर्न धेरै व्यक्ति तयार हुनेछन्। यसले धेरै परिवर्तन ल्याउनेछ। टिचिङ हस्पिटल मात्रै नभएर अन्य निजी अस्पतालमा पनि यो परिवर्तन देखिनेछ।

कलेजाे प्रत्याराेपण सेवा स्थापित गर्न हामीलाई चाहिने अतिरिक्त पूर्वाधार र बिरामीलाई आवश्यक आर्थिक सहयोगबारे मैले भनिसकेको छु। प्रधानमन्त्री कार्यालयले प्रस्ताव पठाउन भन्नुभएको छ। त्यसपछि हामीले सोचेअनुसार काम अगाडि बढ्छ। कलेजो प्रत्यारोपण सेवालाई धेरै नै सहयोग हुनेवाला छ।

यी सबै कुराको जरो तीन महीना पहिलेको सर्जरीसम्म पुग्छ। त्यसको सफलताले नै अहिले प्रधानमन्त्रीको अर्को शल्यक्रिया यहीं भएको छ। यी दुई अप्रेसन एकआपसमा कसरी जोडिन्छन् ?

पहिलेको अप्रेसन एकदमै जटिल अवस्थामा भएको थियो, त्यसबाट उहाँलाई निकाल्न हामी सफल भयौं। प्रधानमन्त्रीले नेपाली चिकित्सक र उपचारलाई विश्वास गर्नुको कारण त्यो पनि हो। यहाँको सेवा र उपचारलाई प्रधानमन्त्री र अरूले पनि देख्नुभयो। अर्को, डा. दिव्यासिंह शाहले वर्षौंदेखि उहाँको उपचार गरिरहनुभएको छ। त्यसबाट पनि उहाँ खुशी हुनुहुन्छ।

हामीले हरेक भेटमा कलेजो प्रत्यारोपणमा पाइरहेको सफलताबारे कुराकानी गर्थ्यौं। यसबाहेक पछिल्लो तीन-चार महीनामा यहाँका धेरै सेवाबारे उहाँलाई थप जानकारी भएको छ। यी सबै कुराले यहीं प्रत्यारोपण गर्ने विश्वास प्रधानमन्त्रीमा आयो होला।

कलेजो प्रत्यारोपण सेवालाई स्थापित गर्न र बिरामीलाई सरकारबाट आर्थिक सहयोग दिलाउन तपाईंले पहल गरिरहनुभएको थियो। यसबीचमा प्रधानमन्त्रीसँग नियमित भेटघाट हुँदा तपाईंले यी विषयमा केही कुरा गर्नुभयो ? आशावादी हुने केही ठाउँ छ ?

प्रशस्त छ। मैले प्रधानमन्त्री र अरू महत्त्वपूर्ण व्यक्तिहरूलाई त्यसबारे बुझाउने मौका पाएँ। कलेजो प्रत्यारोपण सेवालाई दिगो बनाउन र यसका सेवा विस्तार गर्न किन आवश्यक छ र हाम्रा लागि त्यो कति महत्त्वपूर्ण छ भनेर मैले बताएँ। प्रधानमन्त्रीले बुझ्नुभएको छ। पूर्ण रूपमा सहयोग हुन्छ भन्नुभएको छ। 

हामीलाई चाहिने अतिरिक्त पूर्वाधार र बिरामीलाई आवश्यक आर्थिक सहयोगबारे मैले भनिसकेको छु। उहाँहरूले यी सबै विषय समेटेर एउटा प्रस्ताव पठाउन भन्नुभएको छ। त्यसपछि हामीले सोचेअनुसार यी काम अगाडि बढ्छन्। कलेजो प्रत्यारोपण सेवालाई धेरै नै सहयोग हुनेवाला छ।

पढ्नुहाेस्

एक दशकको मिहिनेतले सम्भावनाको ढोका खोल्यो, अबको सपना प्रत्यारोपणमा सबैको पहुँच (भिडिओ रिपोर्ट)
 

" /> काठमाडाैं। दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन्।२१ फागुनमा मिर्गौलाको सफल प्रत्यारोपणपछि अस्पतालले हरेक दिन पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्रीको स्वास्थ्य क्रमिकरूपमा सुधार भइरहेको बताएको छ। २०६४ सालमा भारतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीले मिर्गौलामा फेरि समस्या देखिएपछि पछिल्लोपटक नियमित डायलासिस गराउँदै आएका थिए।गत मंसीरमा उनले एक्कासि एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेको थियो। अचानक पेट दुखेपछि चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्ररान्स्प्लान्ट सेन्टरमा पुगेका ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेलगत्तै चिकित्सकहरूले शल्यक्रिया गरेका थिए। त्यो अपर्झटको शल्यक्रियाको नेतृत्व त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीले गरेका थिए।

त्यसको करीब तीन महीनापछि प्रधानमन्त्री ओलीको फेरि अर्को जटिल शल्यक्रिया भएको छ। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुने तयारी शुरू भएका बेला दिल्लीमा रहेका भण्डारी एक दिन पहिले मात्र फर्केका थिए। त्रिवि शिक्षण अस्पतालका तिनै सर्जन डा. भण्डारीसँग उच्चपदस्थ अधिकारीको शल्यक्रिया र उपचारमा संलग्न हुँदा चिकित्सकहरूले कस्तो महसूस गर्छन् भनेर हामीले कुराकानी गरेका थियौं। प्रस्तुत छ, देखापढीका लागि तुफान न्यौपानेले डा. भण्डारीसँग गरेको कुराकानीको सारसंक्षेपः 

तीन महिनाअघि अकस्मात गर्नुपरेको प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियालाई कसरी सम्झनुहुन्छ ?

त्यो बेला पीएम सर सिकिस्तरूपमा अस्पताल आइपुग्नुभएको थियो। सर्जिकल भाषामा भन्दा उहाँको अवस्था अलि गम्भीर नै थियो।मैले हेर्ने बेलासम्ममा उहाँको त्यस्तो अवस्था भइसकेको थियो। परीक्षणमा पनि उहाँ सिकिस्त भएको देखियो। सबै लक्षणहरू हेर्दा एपेन्डिक्स फुटेको हो भन्ने लाग्यो। पेटमा सबैतिर इन्फेक्सन फैलिसकेको थियो। यसलाई हामी पेरिटोनाइटिस भन्छौं। त्यसका लक्षणहरू देखिसकिएको थियो। एक किसिमले जटिल अवस्था थियो।

त्यसपछि हामीले आवश्यक परीक्षण गरेर छिटै नै निर्णय लियौं। जटिल अवस्थामा आएको भए पनि ‘सर्जिकल इन्टरभेन्सन’ चाँडै हुन सक्यो। इन्फेक्सनलाई हामीले चाँडो हटाउन पायौं। अप्रेसनपछिको २४ घण्टासम्म विभिन्न ‘सपोर्ट’हरूमा राख्नुपरेको थियो। विस्तारै उहाँलाई निको हुँदै गयो। अप्रेशनपछि बिरामीको स्वास्थ्य अवस्था सुध्रन अन्य धेरै पक्षको भूमिका हुन्छ। इन्फेक्सनबाट बच्नुपर्छ। दह्रो इच्छाशक्ति पनि चाहिन्छ। प्रधानमन्त्रीको उपचारको हकमा उहाँको इच्छाशक्ति र आत्मविश्वासले पनि एकदम मद्दत गरेको थियो।

डा. रमेशसिंह भण्डारी। 

लामो तयारीपछि गरिने र तत्कालै गर्नुपर्ने शल्यक्रियामा चिकित्सकका रूपमा कस्ता फरक जोखिम देख्नुहन्छ ?

हामी ‘इलेक्टिभ अप्रेसन’ भन्छौं, त्यसमा पूर्वयोजना र तयारी हुन्छ। त्यसमा अप्रेसन गर्न मिल्छ वा मिल्दैन, मिल्दैन भने केही थप उपचार गरेर गर्न मिल्ने बनाउने कि, अवस्था कस्तो छ, अप्रेसन कहिले गर्ने, सफलता दर कति होला आदि इत्यादी पहिल्यै अनुमान गर्न सकिन्छ।

तर, अपर्झटरूपमा गर्नुपर्ने अप्रेसनमा भने त्यो सबै गर्न पाइँदैन। दुई-चार घण्टा वा एक-दुई दिनमा लक्षणहरू देखिएपछि शल्यक्रिया गरिहाल्नुपर्छ। तर, यस्तो शल्यक्रिया यही टिचिङ हस्पिटलमा पनि नियमित भइरहन्छ। अघिल्लो पटक पीएम सरको गर्नुपरे जस्तै शल्यक्रियालाई हामी ल्याप्रोटमी भन्छौं। पूरै पेट चिरेर गर्नेुपर्ने- त्यस्तो अप्रेसन यहाँ हरेक दिन दुई वा तीन वटा भइरहेकै हुन्छ।

इलेक्टिभमा पूर्वयोजना र तयारी गरिएको हुन्छ त्यसैले त्यसको ‘आउटकम’ सामान्यतया राम्रो आउँछ। इमरजेन्सीमा भने बिरामीको सम्पूर्ण पक्ष मूल्यांकन गर्न पनि धेरै समय पाइँदैन। शल्यक्रियाबाहेकको अर्को विकल्प पनि हुँदैन।

अहिले नगरौं केही समयपछि गरौंला भन्न पाइँदैन। कहिलेकाहीँ हामी भन्छौं नि- ‘अप्टिमाइज’ गरौं। त्यो भनेको कसैको मुटु वा मिर्गौलामा समस्या छ वा अन्य स्वास्थ्य समस्या छ भने केही समय त्यसलाई नियन्त्रण गरेर त्यसपछि मात्रै शल्यक्रिया गर्ने। तर, इमर्जेन्सीमा त्यो सुविधा हुँदैन। जस्तो भए पनि गर्नैपर्‍यो। सानोतिनो अप्रेसनमा कुनै जोखिम हुँदैन।

तर, ठूल्ठूलो अप्रेसनमा भने अलि जोखिम हुन्छ। हामीले सर्जिकल स्ट्रेस वा ट्रमा भन्ने गर्छौं, त्यसले बिरामीका अन्य अंगहरूमा पनि असर पुगेको हुन सक्छ। बिरामीको श्वास-प्रश्वास, फोक्सो, मुटु वा मिर्गौलामा असर गर्न सक्छ। त्यसको असरहरू धेरै हुन आउँछ। त्यसैले इमर्जेन्सीमा गरिने ठूल्ठूला अप्रेसनमा आउटकम राम्रो आउन नसक्ने सम्भावना धेरै हुन्छ। हाम्रो तयारीमा भने खासै कमी नहुने भए पनि जोखिम भने इलेक्टिभ अप्रेसनभन्दा इमर्जेन्सीका ठूल्ठूला अप्रेसनमा धेरै नै रहन्छ।

त्यस्तो जोखिमको सम्भावनाले शल्यक्रियामा संलग्न चिकित्सकमा कस्तो दबाब पार्छ ? त्यसमाथि उच्च पदस्थ व्यक्तिको शल्यक्रिया गर्दा अतिरिक्त दबाब हुन्छ कि हुँदैन ?

जुनसुकै सर्जरीमा पनि अलिकति दबाब हुन्छ। धेरैजसो अवस्थामा अप्रेसन गर्नुअघिको तयारीको चरणमा त्यस्तो दबाब हुन्छ। तर, अप्रेसन थिएटरमा छिरेपछि हामी सर्जरीमा यसरी केन्द्रित हुन्छौं कि अन्य दबाबबारे सोच्न पनि सकिँदैन। सकिएपछि बरू यो कति जोखिमपूर्ण काम थियो भन्ने महसूस हुन्छ। यो सबै अनुभवी हुँदै जाँदा कम हुँदै जान्छ। तैपनि उच्च पदस्थ व्यक्तिको जटिल शल्यक्रियाबारे मनमा एक किसिमको संकोच त हुन्छ। त्यो के हुन्छ भने- मैले गर्दा पनि नराम्रो होला कि, आउटकम केही फरक पर्ला कि भन्ने सोचाइ आउँछ। तर, त्यसले गर्दा फाइदा के हुन्छ भने थप सचेत भइन्छ। सचेत त सधैँ भइएको हुन्छ, तर यसमा थप सचेत भइन्छ।

टिचिङ हस्पिटलमा धेरै उपचार पहिलेदेखि भइरहेकै छ। सबै राम्रो भएको छ। तैपनि मानिसमा यहाँ त्यति राम्रो छैन कि भन्ने धारणा छ। त्यस्तो धारणालाई स्वदेशमै उपचार गराउने प्रधानमन्त्रीको निर्णयले ‘ब्रेक’ गरेको छ। उपचारका लागि बाहिर जान चाहने व्यक्तिहरूसम्म एउटा विश्वास र सन्देश दिनुभएको छ।

यस्तो दबाबलाई एकजना सर्जनले कसरी व्यवस्थापन गर्छ ?

मैले के सोच्छु भने- यही अवस्थामा मैले अरू बिरामीलाई के गर्थें ? अरू बिरामीलाई मैले जे गर्थें, अहिले मेरा अगाडि भएका बिरामीमा पनि म त्यही गर्छु। उहाँहरूको अरू भूमिका जे भए पनि अहिले मेरा लागि त बिरामी मात्र हो। जसलाई उपचार गर्दा पनि मैले सकेको राम्रो गर्नुपर्छ भन्ने सोच नै हुन्छ। यसैगरी आफूलाई विकास गरेका हुन्छौं। समय र अनुभवले पनि खारिँदै जाने हो।

प्रधानमन्त्रीको शल्यक्रियापछि तपाईंको उहाँसँगको सामिप्यता अलि बढेको जस्तो देखिन्छ। केपी शर्मा ओलीलाई बिरामीको रूपमा र देशको प्रधानमन्त्रीको रूपमा कस्तो पाउनुभयो ?

शल्यक्रियाको दिनमा उहाँसँग कुराकानी हुने अवस्था थिएन। शल्यक्रियाको २४ घण्टासम्म उहाँ भेन्टिलेटरमै हुनुहुन्थ्यो। ४८ घण्टापछि उहाँ सामान्य अवस्थामा आउन थालेपछि मात्र कुराकानी हुन थालेको हो। धेरैजसो समय उहाँले कति दिन अस्पताल बस्नुपर्छ भनेर सोध्नुहुन्थ्यो। त्यो बेलाका यस्तै स्वास्थ्य समस्याबारे कुरा हुन्थे। अलि पछि उहाँलाई रमाइलो लाग्ने कुराहरू पनि भए। व्यक्तिगतरूपमा मलाई एकदम गीत सुन्न मन लाग्छ, उहाँलाई पनि एकदम रमाइलो लाग्दो रहेछ। उहाँको आइप्याडमा मनपर्ने गीतहरू बजाइदिन्थ्यौं।

अप्रेसनअघि एकपटक भेट भएको थियो। म लिभर ट्रान्सप्लान्टका लागि सहयोग माग्न गएको थिएँ। उहाँले ध्यान दिएर सुन्नुभएको थियो। सहयोगको आश्वासन पाएको थिएँ। राम्रो ‘रेस्पोन्स’पाएर म एकदम खुशी भएको थिएँ। त्यति नै बेला मलाई उहाँ धेरै ‘सपोर्टिभ’ हुनुहुँदोरहेछ भन्ने महसूस भएको थियो। पछि अप्रेसनको बेला चिनजान भयो। हाम्रा काम देखेर खुशी हुनुभयो। हामीले नेपालमा पनि यसरी लिभर ट्रान्सप्लान्टलाई स्थापित गर्न खोजेका छौं भन्यौं। उहाँले प्रोत्साहन दिनुभयो। बिरामीको रूपमा मलाई उहाँ एकदम सजिलो लाग्यो। डाक्टरलाई पूरा विश्वास गर्ने, डाक्टरले भनेको मान्ने व्यक्ति पाएँ।

अघिल्लो अप्रेसनमा यहाँबाहेक अरू ठाउँको विकल्प खोजी गर्ने समय थिएन। अहिले मिर्गौलाको प्रत्यारोपण भने स्वदेशकै अस्पतालमा भयो। प्रधानमन्त्रीको यो निर्णयको अर्थ के छ ?

देशको सबैभन्दा ठूलो पदमा आसिन व्यक्तिले यहाँको उपचार र प्रणालीमा भरोसा गर्नुभएको छ। सबैभन्दा राम्रो सन्देश यही हो। उहाँले यहाँका सर्जन, उपचार र सेवामा विश्वास गर्नुभएको हो। महत्वपूर्ण कुरा यही हो। यहाँ धेरै उपचार पहिलेदेखि भइरहेकै छ। टिचिङ हस्पिटलमा मिर्गौला प्रत्यारोपण शुरू भएको १२ वर्ष भइसक्यो। अन्य सबै जटिल शल्यक्रिया यहाँ भइरहेका छन्।

कलेजो प्रत्यारोपण पनि शुरू गरेका छौं। चारवटा केस गरिसक्यौं, सबै राम्रो भएको छ। तैपनि मानिसमा यहाँ त्यति राम्रो छैन कि भन्ने धारणा छ। त्यस्तो धारणालाई प्रधानमन्त्रीको निर्णयले ‘ब्रेक’ गरेको छ।उपचारका लागि बाहिर जान चाहने व्यक्तिहरूसम्म एउटा विश्वास र सन्देश दिनुभएको छ पीएम सरले। प्रधानमन्त्रीले यहाँको सबै सेवा देखेर, बुझेर विश्वास गर्नुभएको हो। मलाई लाग्छ यसपछि अब यहाँ उपलब्ध उपचार यहीं गर्न धेरै व्यक्ति तयार हुनेछन्। यसले धेरै परिवर्तन ल्याउनेछ। टिचिङ हस्पिटल मात्रै नभएर अन्य निजी अस्पतालमा पनि यो परिवर्तन देखिनेछ।

कलेजाे प्रत्याराेपण सेवा स्थापित गर्न हामीलाई चाहिने अतिरिक्त पूर्वाधार र बिरामीलाई आवश्यक आर्थिक सहयोगबारे मैले भनिसकेको छु। प्रधानमन्त्री कार्यालयले प्रस्ताव पठाउन भन्नुभएको छ। त्यसपछि हामीले सोचेअनुसार काम अगाडि बढ्छ। कलेजो प्रत्यारोपण सेवालाई धेरै नै सहयोग हुनेवाला छ।

यी सबै कुराको जरो तीन महीना पहिलेको सर्जरीसम्म पुग्छ। त्यसको सफलताले नै अहिले प्रधानमन्त्रीको अर्को शल्यक्रिया यहीं भएको छ। यी दुई अप्रेसन एकआपसमा कसरी जोडिन्छन् ?

पहिलेको अप्रेसन एकदमै जटिल अवस्थामा भएको थियो, त्यसबाट उहाँलाई निकाल्न हामी सफल भयौं। प्रधानमन्त्रीले नेपाली चिकित्सक र उपचारलाई विश्वास गर्नुको कारण त्यो पनि हो। यहाँको सेवा र उपचारलाई प्रधानमन्त्री र अरूले पनि देख्नुभयो। अर्को, डा. दिव्यासिंह शाहले वर्षौंदेखि उहाँको उपचार गरिरहनुभएको छ। त्यसबाट पनि उहाँ खुशी हुनुहुन्छ।

हामीले हरेक भेटमा कलेजो प्रत्यारोपणमा पाइरहेको सफलताबारे कुराकानी गर्थ्यौं। यसबाहेक पछिल्लो तीन-चार महीनामा यहाँका धेरै सेवाबारे उहाँलाई थप जानकारी भएको छ। यी सबै कुराले यहीं प्रत्यारोपण गर्ने विश्वास प्रधानमन्त्रीमा आयो होला।

कलेजो प्रत्यारोपण सेवालाई स्थापित गर्न र बिरामीलाई सरकारबाट आर्थिक सहयोग दिलाउन तपाईंले पहल गरिरहनुभएको थियो। यसबीचमा प्रधानमन्त्रीसँग नियमित भेटघाट हुँदा तपाईंले यी विषयमा केही कुरा गर्नुभयो ? आशावादी हुने केही ठाउँ छ ?

प्रशस्त छ। मैले प्रधानमन्त्री र अरू महत्त्वपूर्ण व्यक्तिहरूलाई त्यसबारे बुझाउने मौका पाएँ। कलेजो प्रत्यारोपण सेवालाई दिगो बनाउन र यसका सेवा विस्तार गर्न किन आवश्यक छ र हाम्रा लागि त्यो कति महत्त्वपूर्ण छ भनेर मैले बताएँ। प्रधानमन्त्रीले बुझ्नुभएको छ। पूर्ण रूपमा सहयोग हुन्छ भन्नुभएको छ। 

हामीलाई चाहिने अतिरिक्त पूर्वाधार र बिरामीलाई आवश्यक आर्थिक सहयोगबारे मैले भनिसकेको छु। उहाँहरूले यी सबै विषय समेटेर एउटा प्रस्ताव पठाउन भन्नुभएको छ। त्यसपछि हामीले सोचेअनुसार यी काम अगाडि बढ्छन्। कलेजो प्रत्यारोपण सेवालाई धेरै नै सहयोग हुनेवाला छ।

पढ्नुहाेस्

एक दशकको मिहिनेतले सम्भावनाको ढोका खोल्यो, अबको सपना प्रत्यारोपणमा सबैको पहुँच (भिडिओ रिपोर्ट)
 

"> ‘नेपालमै सम्भव उपचारका लागि पनि विदेश जाने क्रम अब रोकिने छ’: Dekhapadhi
‘नेपालमै सम्भव उपचारका लागि पनि विदेश जाने क्रम अब रोकिने छ’ <p style="text-align: justify;">काठमाडाैं।<em>&nbsp;दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन्।२१ फागुनमा मिर्गौलाको सफल प्रत्यारोपणपछि अस्पतालले हरेक दिन पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्रीको स्वास्थ्य क्रमिकरूपमा सुधार भइरहेको बताएको छ।&nbsp;२०६४ सालमा भारतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीले मिर्गौलामा फेरि समस्या देखिएपछि पछिल्लोपटक नियमित डायलासिस गराउँदै आएका थिए।गत मंसीरमा उनले एक्कासि एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेको थियो। अचानक पेट दुखेपछि चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्ररान्स्प्लान्ट सेन्टरमा पुगेका ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेलगत्तै चिकित्सकहरूले शल्यक्रिया गरेका थिए। त्यो अपर्झटको शल्यक्रियाको नेतृत्व त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक <strong>डा. रमेशसिंह भण्डारी</strong>ले गरेका थिए।</em></p> <p style="text-align: justify;"><em>त्यसको करीब तीन महीनापछि प्रधानमन्त्री ओलीको फेरि अर्को जटिल शल्यक्रिया भएको छ। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुने तयारी शुरू भएका बेला दिल्लीमा रहेका भण्डारी एक दिन पहिले मात्र फर्केका थिए। त्रिवि शिक्षण अस्पतालका तिनै सर्जन डा. भण्डारीसँग उच्चपदस्थ अधिकारीको शल्यक्रिया र उपचारमा संलग्न हुँदा चिकित्सकहरूले कस्तो महसूस गर्छन् भनेर हामीले कुराकानी गरेका थियौं। प्रस्तुत छ, देखापढीका लागि <strong>तुफान न्यौपाने</strong>ले <strong>डा. भण्डारी</strong>सँग गरेको कुराकानीको सारसंक्षे</em>पः&nbsp;</p> <p style="text-align: justify;"><strong>तीन महिनाअघि अकस्मात गर्नुपरेको प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियालाई कसरी सम्झनुहुन्छ ?</strong></p> <p style="text-align: justify;">त्यो बेला पीएम सर सिकिस्तरूपमा अस्पताल आइपुग्नुभएको थियो। सर्जिकल भाषामा भन्दा उहाँको अवस्था अलि गम्भीर नै थियो।मैले हेर्ने बेलासम्ममा उहाँको त्यस्तो अवस्था भइसकेको थियो। परीक्षणमा पनि उहाँ सिकिस्त भएको देखियो। सबै लक्षणहरू हेर्दा एपेन्डिक्स फुटेको हो भन्ने लाग्यो।&nbsp;पेटमा सबैतिर इन्फेक्सन फैलिसकेको थियो। यसलाई हामी पेरिटोनाइटिस भन्छौं। त्यसका लक्षणहरू देखिसकिएको थियो। एक किसिमले जटिल अवस्था थियो।</p> <p style="text-align: justify;">त्यसपछि हामीले आवश्यक परीक्षण गरेर छिटै नै निर्णय लियौं। जटिल अवस्थामा आएको भए पनि &lsquo;सर्जिकल इन्टरभेन्सन&rsquo; चाँडै हुन सक्यो। इन्फेक्सनलाई हामीले चाँडो हटाउन पायौं। अप्रेसनपछिको २४ घण्टासम्म विभिन्न &lsquo;सपोर्ट&rsquo;हरूमा राख्नुपरेको थियो। विस्तारै उहाँलाई निको हुँदै गयो।&nbsp;अप्रेशनपछि बिरामीको स्वास्थ्य अवस्था सुध्रन अन्य धेरै पक्षको भूमिका हुन्छ। इन्फेक्सनबाट बच्नुपर्छ। दह्रो इच्छाशक्ति पनि चाहिन्छ। प्रधानमन्त्रीको उपचारको हकमा उहाँको इच्छाशक्ति र आत्मविश्वासले पनि एकदम मद्दत गरेको थियो।</p> <figure class="image" style="float:left"><img alt="" height="574" src="https://www.dekhapadhi.com/storage/photos/shares/Health/Ramesh sing Bhandari.jpg" width="587" /> <figcaption><strong>डा. रमेशसिंह भण्डारी।&nbsp;</strong></figcaption> </figure> <p style="text-align: justify;"><strong>लामो तयारीपछि गरिने र तत्कालै गर्नुपर्ने शल्यक्रियामा चिकित्सकका रूपमा कस्ता फरक जोखिम देख्नुहन्छ ?</strong></p> <p style="text-align: justify;">हामी &lsquo;इलेक्टिभ अप्रेसन&rsquo; भन्छौं, त्यसमा पूर्वयोजना र तयारी हुन्छ। त्यसमा अप्रेसन गर्न मिल्छ वा मिल्दैन, मिल्दैन भने केही थप उपचार गरेर गर्न मिल्ने बनाउने कि, अवस्था कस्तो छ, अप्रेसन कहिले गर्ने, सफलता दर कति होला आदि इत्यादी पहिल्यै अनुमान गर्न सकिन्छ।</p> <p style="text-align: justify;">तर, अपर्झटरूपमा गर्नुपर्ने अप्रेसनमा भने त्यो सबै गर्न पाइँदैन। दुई-चार घण्टा वा एक-दुई दिनमा लक्षणहरू देखिएपछि शल्यक्रिया गरिहाल्नुपर्छ। तर, यस्तो शल्यक्रिया यही टिचिङ हस्पिटलमा पनि नियमित भइरहन्छ। अघिल्लो पटक पीएम सरको गर्नुपरे जस्तै शल्यक्रियालाई हामी ल्याप्रोटमी भन्छौं। पूरै पेट चिरेर गर्नेुपर्ने-&nbsp;त्यस्तो अप्रेसन यहाँ हरेक दिन दुई वा तीन वटा भइरहेकै हुन्छ।</p> <p style="text-align: justify;">इलेक्टिभमा पूर्वयोजना र तयारी गरिएको हुन्छ त्यसैले त्यसको &lsquo;आउटकम&rsquo; सामान्यतया राम्रो आउँछ। इमरजेन्सीमा भने बिरामीको सम्पूर्ण पक्ष मूल्यांकन गर्न पनि धेरै समय पाइँदैन। शल्यक्रियाबाहेकको अर्को विकल्प पनि हुँदैन।</p> <p style="text-align: justify;">अहिले नगरौं केही समयपछि गरौंला भन्न पाइँदैन। कहिलेकाहीँ हामी भन्छौं नि-&nbsp;&lsquo;अप्टिमाइज&rsquo; गरौं।&nbsp;त्यो भनेको कसैको मुटु वा मिर्गौलामा समस्या छ वा अन्य स्वास्थ्य समस्या छ भने केही समय त्यसलाई नियन्त्रण गरेर त्यसपछि मात्रै शल्यक्रिया गर्ने। तर, इमर्जेन्सीमा त्यो सुविधा हुँदैन। जस्तो भए पनि गर्नैपर्&zwj;यो। सानोतिनो अप्रेसनमा कुनै जोखिम हुँदैन।</p> <p style="text-align: justify;">तर, ठूल्ठूलो अप्रेसनमा भने अलि जोखिम हुन्छ। हामीले सर्जिकल स्ट्रेस वा ट्रमा भन्ने गर्छौं, त्यसले बिरामीका अन्य अंगहरूमा पनि असर पुगेको हुन सक्छ। बिरामीको श्वास-प्रश्वास, फोक्सो, मुटु वा मिर्गौलामा असर गर्न सक्छ। त्यसको असरहरू धेरै हुन आउँछ। त्यसैले इमर्जेन्सीमा गरिने ठूल्ठूला अप्रेसनमा आउटकम राम्रो आउन नसक्ने सम्भावना धेरै हुन्छ। हाम्रो तयारीमा भने खासै कमी नहुने भए पनि जोखिम भने इलेक्टिभ अप्रेसनभन्दा इमर्जेन्सीका ठूल्ठूला अप्रेसनमा धेरै नै रहन्छ।</p> <p style="text-align: justify;"><strong>त्यस्तो जोखिमको सम्भावनाले शल्यक्रियामा संलग्न चिकित्सकमा कस्तो दबाब पार्छ ? त्यसमाथि उच्च पदस्थ व्यक्तिको शल्यक्रिया गर्दा अतिरिक्त दबाब हुन्छ कि हुँदैन ?</strong></p> <p style="text-align: justify;">जुनसुकै सर्जरीमा पनि अलिकति दबाब हुन्छ। धेरैजसो अवस्थामा अप्रेसन गर्नुअघिको तयारीको चरणमा त्यस्तो दबाब हुन्छ। तर, अप्रेसन थिएटरमा छिरेपछि हामी सर्जरीमा यसरी केन्द्रित हुन्छौं कि अन्य दबाबबारे सोच्न पनि सकिँदैन। सकिएपछि बरू यो कति जोखिमपूर्ण काम थियो भन्ने महसूस हुन्छ। यो सबै अनुभवी हुँदै जाँदा कम हुँदै जान्छ।&nbsp;तैपनि उच्च पदस्थ व्यक्तिको जटिल शल्यक्रियाबारे मनमा एक किसिमको संकोच त हुन्छ। त्यो के हुन्छ भने-&nbsp;मैले गर्दा पनि नराम्रो होला कि, आउटकम केही फरक पर्ला कि भन्ने सोचाइ आउँछ। तर, त्यसले गर्दा फाइदा के हुन्छ भने थप सचेत भइन्छ। सचेत त सधैँ भइएको हुन्छ, तर यसमा थप सचेत भइन्छ।</p> <blockquote> <p style="text-align: justify;">टिचिङ हस्पिटलमा&nbsp;धेरै उपचार पहिलेदेखि भइरहेकै छ। सबै राम्रो भएको छ। तैपनि मानिसमा यहाँ त्यति राम्रो छैन कि भन्ने धारणा छ। त्यस्तो धारणालाई स्वदेशमै उपचार गराउने&nbsp;प्रधानमन्त्रीको निर्णयले &lsquo;ब्रेक&rsquo; गरेको छ। उपचारका लागि बाहिर जान चाहने व्यक्तिहरूसम्म एउटा विश्वास र सन्देश दिनुभएको छ।</p> </blockquote> <p style="text-align: justify;"><strong>यस्तो दबाबलाई एकजना सर्जनले कसरी व्यवस्थापन गर्छ ?</strong></p> <p style="text-align: justify;">मैले के सोच्छु भने-&nbsp;यही अवस्थामा मैले अरू बिरामीलाई के गर्थें ? अरू बिरामीलाई मैले जे गर्थें, अहिले मेरा अगाडि भएका बिरामीमा पनि म त्यही गर्छु।&nbsp;उहाँहरूको अरू भूमिका जे भए पनि अहिले मेरा लागि त बिरामी मात्र हो। जसलाई उपचार गर्दा पनि मैले सकेको राम्रो गर्नुपर्छ भन्ने सोच नै हुन्छ। यसैगरी आफूलाई विकास गरेका हुन्छौं। समय र अनुभवले पनि खारिँदै जाने हो।</p> <p style="text-align: justify;"><strong>प्रधानमन्त्रीको शल्यक्रियापछि तपाईंको उहाँसँगको सामिप्यता अलि बढेको जस्तो देखिन्छ। केपी शर्मा ओलीलाई बिरामीको रूपमा र देशको प्रधानमन्त्रीको रूपमा कस्तो पाउनुभयो ?</strong></p> <p style="text-align: justify;">शल्यक्रियाको दिनमा उहाँसँग कुराकानी हुने अवस्था थिएन। शल्यक्रियाको २४ घण्टासम्म उहाँ भेन्टिलेटरमै हुनुहुन्थ्यो। ४८ घण्टापछि उहाँ सामान्य अवस्थामा आउन थालेपछि मात्र कुराकानी हुन थालेको हो। धेरैजसो समय उहाँले कति दिन अस्पताल बस्नुपर्छ भनेर सोध्नुहुन्थ्यो। त्यो बेलाका यस्तै स्वास्थ्य समस्याबारे कुरा हुन्थे।&nbsp;अलि पछि उहाँलाई रमाइलो लाग्ने कुराहरू पनि भए। व्यक्तिगतरूपमा मलाई एकदम गीत सुन्न मन लाग्छ, उहाँलाई पनि एकदम रमाइलो लाग्दो रहेछ। उहाँको आइप्याडमा मनपर्ने गीतहरू बजाइदिन्थ्यौं।</p> <p style="text-align: justify;">अप्रेसनअघि एकपटक भेट भएको थियो। म लिभर ट्रान्सप्लान्टका लागि सहयोग माग्न गएको थिएँ। उहाँले ध्यान दिएर सुन्नुभएको थियो। सहयोगको आश्वासन पाएको थिएँ। राम्रो &lsquo;रेस्पोन्स&rsquo;पाएर म एकदम खुशी भएको थिएँ। त्यति नै बेला मलाई उहाँ धेरै &lsquo;सपोर्टिभ&rsquo; हुनुहुँदोरहेछ भन्ने महसूस भएको थियो।&nbsp;पछि अप्रेसनको बेला चिनजान भयो। हाम्रा काम देखेर खुशी हुनुभयो। हामीले नेपालमा पनि यसरी लिभर ट्रान्सप्लान्टलाई स्थापित गर्न खोजेका छौं भन्यौं। उहाँले प्रोत्साहन दिनुभयो। बिरामीको रूपमा मलाई उहाँ एकदम सजिलो लाग्यो। डाक्टरलाई पूरा विश्वास गर्ने, डाक्टरले भनेको मान्ने व्यक्ति पाएँ।</p> <p style="text-align: justify;"><strong>अघिल्लो अप्रेसनमा यहाँबाहेक अरू ठाउँको विकल्प खोजी गर्ने समय थिएन। अहिले मिर्गौलाको प्रत्यारोपण भने स्वदेशकै अस्पतालमा भयो। प्रधानमन्त्रीको यो निर्णयको अर्थ के छ ?</strong></p> <p style="text-align: justify;">देशको सबैभन्दा ठूलो पदमा आसिन व्यक्तिले यहाँको उपचार र प्रणालीमा भरोसा गर्नुभएको छ। सबैभन्दा राम्रो सन्देश यही हो। उहाँले यहाँका सर्जन, उपचार र सेवामा विश्वास गर्नुभएको हो। महत्वपूर्ण कुरा यही हो।&nbsp;यहाँ धेरै उपचार पहिलेदेखि भइरहेकै छ। टिचिङ हस्पिटलमा मिर्गौला प्रत्यारोपण शुरू भएको १२ वर्ष भइसक्यो। अन्य सबै जटिल शल्यक्रिया यहाँ भइरहेका छन्।</p> <p style="text-align: justify;">कलेजो प्रत्यारोपण पनि शुरू गरेका छौं। चारवटा केस गरिसक्यौं, सबै राम्रो भएको छ। तैपनि मानिसमा यहाँ त्यति राम्रो छैन कि भन्ने धारणा छ। त्यस्तो धारणालाई प्रधानमन्त्रीको निर्णयले &lsquo;ब्रेक&rsquo; गरेको छ।उपचारका लागि बाहिर जान चाहने व्यक्तिहरूसम्म एउटा विश्वास र सन्देश दिनुभएको छ पीएम सरले। प्रधानमन्त्रीले यहाँको सबै सेवा देखेर, बुझेर विश्वास गर्नुभएको हो। मलाई लाग्छ यसपछि अब यहाँ उपलब्ध उपचार यहीं गर्न धेरै व्यक्ति तयार हुनेछन्। यसले धेरै परिवर्तन ल्याउनेछ। टिचिङ हस्पिटल मात्रै नभएर अन्य निजी अस्पतालमा पनि यो परिवर्तन देखिनेछ।</p> <blockquote> <p style="text-align: justify;">कलेजाे प्रत्याराेपण सेवा स्थापित गर्न&nbsp;हामीलाई चाहिने अतिरिक्त पूर्वाधार र बिरामीलाई आवश्यक आर्थिक सहयोगबारे मैले भनिसकेको छु। प्रधानमन्त्री कार्यालयले प्रस्ताव पठाउन भन्नुभएको छ। त्यसपछि हामीले सोचेअनुसार काम अगाडि बढ्छ। कलेजो प्रत्यारोपण सेवालाई धेरै नै सहयोग हुनेवाला छ।</p> </blockquote> <p style="text-align: justify;"><strong>यी सबै कुराको जरो तीन महीना पहिलेको सर्जरीसम्म पुग्छ। त्यसको सफलताले नै अहिले प्रधानमन्त्रीको अर्को शल्यक्रिया यहीं भएको छ। यी दुई अप्रेसन एकआपसमा कसरी जोडिन्छन् ?</strong></p> <p style="text-align: justify;">पहिलेको अप्रेसन एकदमै जटिल अवस्थामा भएको थियो, त्यसबाट उहाँलाई निकाल्न हामी सफल भयौं। प्रधानमन्त्रीले नेपाली चिकित्सक र उपचारलाई विश्वास गर्नुको कारण त्यो पनि हो। यहाँको सेवा र उपचारलाई प्रधानमन्त्री र अरूले पनि देख्नुभयो।&nbsp;अर्को, डा. दिव्यासिंह शाहले वर्षौंदेखि उहाँको उपचार गरिरहनुभएको छ। त्यसबाट पनि उहाँ खुशी हुनुहुन्छ।</p> <p style="text-align: justify;">हामीले हरेक भेटमा कलेजो प्रत्यारोपणमा पाइरहेको सफलताबारे कुराकानी गर्थ्यौं। यसबाहेक पछिल्लो तीन-चार महीनामा यहाँका धेरै सेवाबारे उहाँलाई थप जानकारी भएको छ। यी सबै कुराले यहीं प्रत्यारोपण गर्ने विश्वास प्रधानमन्त्रीमा आयो होला।</p> <p style="text-align: justify;"><strong>कलेजो प्रत्यारोपण सेवालाई स्थापित गर्न र बिरामीलाई सरकारबाट आर्थिक सहयोग दिलाउन तपाईंले पहल गरिरहनुभएको थियो। यसबीचमा प्रधानमन्त्रीसँग नियमित भेटघाट हुँदा तपाईंले यी विषयमा केही कुरा गर्नुभयो ? आशावादी हुने केही ठाउँ छ ?</strong></p> <p style="text-align: justify;">प्रशस्त छ। मैले प्रधानमन्त्री र अरू महत्त्वपूर्ण व्यक्तिहरूलाई त्यसबारे बुझाउने मौका पाएँ। कलेजो प्रत्यारोपण सेवालाई दिगो बनाउन र यसका सेवा विस्तार गर्न किन आवश्यक छ र हाम्रा लागि त्यो कति महत्त्वपूर्ण छ भनेर मैले बताएँ। प्रधानमन्त्रीले बुझ्नुभएको छ। पूर्ण रूपमा सहयोग हुन्छ भन्नुभएको छ।&nbsp;</p> <p style="text-align: justify;">हामीलाई चाहिने अतिरिक्त पूर्वाधार र बिरामीलाई आवश्यक आर्थिक सहयोगबारे मैले भनिसकेको छु। उहाँहरूले यी सबै विषय समेटेर एउटा प्रस्ताव पठाउन भन्नुभएको छ। त्यसपछि हामीले सोचेअनुसार यी काम अगाडि बढ्छन्। कलेजो प्रत्यारोपण सेवालाई धेरै नै सहयोग हुनेवाला छ।</p> <p style="text-align: justify;"><iframe frameborder="0" height="550" scrolling="no" src="https://www.youtube.com/embed/66r2C4oTEwk" width="750"></iframe></p> <p style="text-align: justify;"><strong>पढ्नुहाेस्</strong></p> <p style="text-align: justify;"><strong><a href="https://dekhapadhi.com/news/764" target="_blank">एक दशकको मिहिनेतले सम्भावनाको ढोका खोल्यो, अबको सपना प्रत्यारोपणमा सबैको पहुँच (भिडिओ रिपोर्ट)</a></strong><br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्