काठमाडौं। सिन्धुपाल्चोककी पार्वती तामाङ (१९) लाई एसएलसी परीक्षा दिएर काठमाडौं आउँदा के गर्ने भन्ने थाहा थिएन।
सिलाई/बुनाई सम्बन्धी कुनै तालिम लिएर भविष्यमा त्यसैलाई कर्म बनाउने सोंच थियो उनको। तर, त्यसका लागि काठमाडौंमा खोजेजस्तो ठाउँ फेला पारेकी थिइनन्। खासमा उनलाई घर र पढाई खर्च पनि जुटाउनु थियो।
त्यहीबेला उनले ‘हात्ती हात्ती’ नामको कम्पनीबारे थाहा पाइन्। एकजना आफन्त दिदीले महिलालाई सिलाई/बुनाईको तालिम दिने उक्त कम्पनीबारे बताएकी थिइन्। महिलालाई तालिमसहित सशक्तिकरणका लागि पनि काम गर्ने उक्त संस्थामा पार्वती दुई वर्षदेखि आबद्ध छिन्। १२ कक्षामा पढ्ने उनको पढाई खर्च पनि कम्पनीले नै व्यहोर्दै आएको छ। त्यसबाहेक यातायात खर्च र खाना/खाजा खर्च समेत कम्पनीले दिन्छ।
अझै एक वर्ष ‘हात्ती हात्ती’मै सिप सिकेर आफ्नै सिलाई पसल (टेलर) खोल्ने योजना छ पार्वतीको। उनले खोल्ने टेलर अरुभन्दा फरक हुनेछ। त्यहाँ उनले प्रयोग भइसकेका सारीको पुनः प्रयोग गरेर नयाँ कपडा तयार पार्नेछिन्।
हात्ती हात्तीको विशेषता नै यही हो। यो कम्पनीले प्रयोग भइसकेका सारीबाट नयाँ कपडा तयार पार्छ। यसरी उत्पादन गर्ने तालिम दिन्छ।
पार्वतीसँगै महोत्तरीकी अनु बल्मपाखीले पनि गएको असारदेखि यस्तै तालिम लिइरहेकी छन्। त्यस्तै, चितवनका रमिला प्रजा र आशु प्रजाले पनि एक वर्षदेखि तालिम लिइरहेछन्।
पार्वतीजस्तै उनीहरू पनि तालिम सकेपछि आफ्नै गाउँमा गएर टेलर सञ्चालन गर्ने योजनामा छन्। टेलरबाट उत्पादन भएको कपडा हात्ती हात्तीलाई नै बेच्ने योजना पनि छ उनीहरूको।
कम्पनीमा शर्मिला चेपाङ, सम्झना सुनार, सुमित्रा चेपाङ र प्रमिला लामा पनि छन्। उनीहरू सबैले पुराना र काम नलाग्ने सारीबाट स्कर्ट, पाइन्ट, फ्रक, आउटरलगायत महिलाका कपडा बनाउने गर्छन्। यो कम्पनीले २० प्रकारका सामग्री उत्पादन गर्दै आएको छ।

कम्पनीको अर्को विशेषता हो- यसले महिलालाई व्यवसायी बन्न सक्षम हुनेगरी सिलाई/बुनाईको तालिम दिन्छ। तालिमसँगै उनीहरूलाई आत्मरक्षा तथा महिलाअधिकारबारे अनौपचारिक शिक्षा दिँदै आएको कम्पनीकी कार्यकारी निर्देशक सजना जिरेलले बताइन्। भनिन्, “हात्ती हात्ती एउटा यस्तो कम्पनी हो, जसले समाजमा पिछडिएका र हिंसामा परेका महिलालाई आफ्नो खुट्टामा आफैं उभिन सिकाउँछ।”
कम्पनीले सिप सिकिरहेका महिलालाई सोमबारदेखि विहीबारसम्म सिलाई सिप सिकाउँछ। र, शुक्रबार अनौपचारिक शिक्षा (आत्मरक्षा, महिला अधिकारको ज्ञान, महिला सशक्तिकरण र उद्यमी बन्ने ज्ञान) दिँदै आएको छ।
प्रयोग गरेर छाडेका पुराना सारी यसै पनि फोहोरमा फालिने वस्तु हुन्। यसले वातावरणमा पनि प्रदुषण बढाउँछ। त्यसरी खेर जाने कपडा पुनः प्रयोग गर्दा वातावरण संरक्षणमा समेत योगदान हुने सजना बताउँछिन्।
“फोहोरमा फालिएको पुराना सारी कुहिन लामो समय लाग्छ”, सजना भन्छिन्, “त्यसैले नै हात्ती हात्तीले पुराना सारीलाई पुनः प्रयोग गरेर लगाउन मिल्ने कपडा बनाउने योजना बनाएको हो।”
कथा हात्ती हात्तीको
यो कथा सन् २०१४ बाट शुरू हुन्छ। त्यो वर्ष स्वीडेनको एक जोडी डेभि र चारलोट्टे नेपाल घुम्न आएको थियो। उनीहरूले यहाँ आउँदा महिला आत्मनिर्भर हुन नसकेको देखे।
परनिर्भर महिलालाई आत्मनिर्भर बनाउन केही गर्ने सोंच पलायो उनीहरूमा। अनि केही समय नेपालमै बसेर योजना बुन्न थाले। अध्ययनका लागि एउटा समूह बनाए। अध्ययनबाट उनीहरूले थोरै लगानीमा धेरै महिलालाई तालिम दिन सक्ने क्षेत्र सिलाई/बुनाई भएको निस्कर्ष निकाले।
सिलाई/बुनाईको क्षेत्रमा काम गर्ने योजना बुनेपछि आफूसँग स्वीडेनबाट ल्याएको ‘स्वीडिस बल चक्लेट’ बेचे र केही रकम संकलन गरे। चकलेट बेचेर आएको पैसाले सिलाई मेसिन र कम्पनीका लागि कार्यालय तयार पारे।

कम्पनी स्थापना गरे पनि सिलाई सिकाउन चाहिने कपडा किन्ने पैसा भएन। उनीहरूले प्रयोग भइसकेका सारीको उपयोग गर्ने निधो गरे।
केही आफैसँग भएका, केही मागेका सारी जम्मा गरेर कम्पनी शुरू भयो। नाम राखे– हात्ती हात्ती।
“हात्तीको अर्थ बलियो, टिकाउ र विश्वासिलो भन्ने हुन्छ”, निर्देशक सजना भन्छिन्, “त्यसैलाई आधार मानेर कम्पनीको नाम नै हात्ती हात्ती राखिएको हो।”
कम्पनीको नाम तयार भएपछि स्वीडिस जोडी र सात जनाको नेपाली टोलीको योजना अनुसार एक जना महिलालाई तालिम दिन थालियो। सानेपामा रहेको कम्पनीको कार्यालयबाट महिलाले पुराना सारीबाट नयाँ कपडा तयार पार्न थालिन्।
तयार भएका नयाँ कपडा बजारमा बेच्न थालियो र कम्पनीबारे थप प्रचारप्रसार समेत गरियो। उत्पादित सामानले विस्तारै बजार लिन थालेपछि लगानी थप्दै लगियो र सन् २०१७ मा कम्पनीलाई दर्ता नै गरियो ‘स्टार्टअप’ भनेर।
“तर, कम्पनीको काम सामान उत्पादन गर्ने र त्यसलाई विक्री गर्ने मात्र हैन। कम्पनी दर्ता गर्दा नै हामीले आफ्नो उद्देश्यमा सामाजिक कार्य र महिला सशक्तीकरण भनेका छौं”, सजना भन्छिन्।
हाल कम्पनीमा ७ जना महिलाले सिप सिक्दै ७५ देखि २५०० रूपैयाँसम्म मूल्य पर्ने सामानसमेत उत्पादन गर्दै आएका छन्। यसका साथै कम्पनीले दैनिक हजारौं रूपैयाँका सामान विक्री गर्छ।
शुरूमा चुनौती नआएको भने होइन। पुराना सारीबाट बनाइएको भन्नासाथ मानिसहरूले नाक खुम्च्याउँथे। “तर, निरन्तर प्रयासपछि सकारात्मक धारणा निर्माण गर्न सकेका छौं”, सजना सुनाउँछिन्।
यसरी हुन्छ काम
कम्पनीले फाल्न ठिक्क पारिएका सारी दानमा माग्छ। यसरी आउने सारीमध्ये कुनै त प्रयोग गर्नै नमिल्ने पनि हुन्छ। प्रयोग गर्न मिल्ने खालकोलाई राम्रोसँग धोइन्छ र घाममा कम्तिमा ४/५ घन्टा सुकाइन्छ। सुकेपछि आइरन लगाइन्छ र उक्त सारीलाई कुन उत्पादनमा बदल्न सकिन्छ भनेर आपसमा छलफल हुन्छ।
त्यसरी उत्पादन गर्न नसकिने सारी भने मेसिनमा पेलेर रिसाइकलका लागि तयार पारिन्छ।

कम्पनीले अहिलेसम्म आफ्नै स्टोर भने खोलिसकेको छैन। स्टार्टअपका रूपमा दर्ता भए पनि पूर्ण सामाजिक र सार्वजनिक कम्पनी भएकाले हात्ती हात्तीसँग आफ्नै स्टोर खोल्नेगरी पैसा नभएको सजना बताउँछिन्।
“त्यसैले लोकल प्रोजेक्ट नेपाल, अल्छी स्टोर र तिम्रो कन्सेप्ट पसलबाट उत्पादित सामान विक्री गर्ने गरेका छौं। कम्पनीको स्टोर नभए पनि उत्पादन भएका सामान बेच्न समस्या छैन”, सजना भन्छिन्।
कम्पनीले फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्दै आएको छ। यद्यपि, सामाजिक सञ्जालबाटै विक्री वितरण भने गरिँदैन। बरु हात्ती हात्तीबारे जान्न र यसका उत्पादन किन्न खोज्ने ग्राहकलाई कार्यालय आउन भनिन्छ।
“कार्यालय आएपछि उनीहरूले हाम्रो कम्पनीबारे राम्रोसँग बुझ्छन्”, सजना भन्छिन्, “यसले कम्पनीको थप प्रचार हुँदै आएको छ।”
सजनाका अनुसार कम्पनीको मुख्य लक्ष्य भने सिप सिकेर आफ्नै समुदायमा गएका महिलाले त्यहाँका अन्य महिलालाई यस्तै प्रकारको तालिम दिऊन् भन्ने हो। हात्ती हात्तीले देशभर आफ्नो सञ्जाल फैलाएर महिलालाई सिप सिकाउने लक्ष्य राखेको छ। त्यसका लागि विभिन्न ठाउँमा स्टोर खोल्ने योजना रहेको सजनाले बताइन्।
“गाउँका महिलाले पनि आफ्नै खुट्टामा उभिन सहयोग गरेको हेर्न पाउनु नै मेरो लागि सफलता हो”, सजना भन्छिन्।
सिप सिकेर गएका महिलाले बनाएका सामग्री बेच्ने बजार मिलाइदिने काम समेत कम्पनीले गर्दै आएको छ। त्यसैगरी, सिप सिकेर आफैं टेलर खोल्न चाहने महिलाका लागि सिलाउने मेसिन र दुई महीनासम्मको सर्टर भाडासमेत प्रदान गरिन्छ।
प्रिया सिग्देलको अध्यक्षतामा सात जनाको कार्यसमिति रहेको कम्पनीमा तालिमरत बाहेक तीनजना कर्मचारी छन्।
" /> काठमाडौं। सिन्धुपाल्चोककी पार्वती तामाङ (१९) लाई एसएलसी परीक्षा दिएर काठमाडौं आउँदा के गर्ने भन्ने थाहा थिएन।सिलाई/बुनाई सम्बन्धी कुनै तालिम लिएर भविष्यमा त्यसैलाई कर्म बनाउने सोंच थियो उनको। तर, त्यसका लागि काठमाडौंमा खोजेजस्तो ठाउँ फेला पारेकी थिइनन्। खासमा उनलाई घर र पढाई खर्च पनि जुटाउनु थियो।

">