यो मैले सोच्दै नसोचेको कुरा हो। देशको प्रधानमन्त्रीको शल्यक्रिया गर्ने टीममा हुन्छु भन्ने कल्पना नै गरेको थिइनँ। १२ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा जति खुशी भएको थिएँ, त्योभन्दा धेरै खुशी प्रधानमन्त्रीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गर्दा मिल्यो।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दाको अनुभव कस्तो रह्यो ?
हामीले के बुझ्नुपर्छ भने त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण पहिलोपटक भएको होइन। हामीले विगत १२ वर्षदेखि यो काम गर्दै आएका छौं। शिक्षण अस्पतालम मिर्गौला प्रत्यारोपण शुरू भएको १२ वर्षपछि अहिले प्रधानमन्त्रीज्यूले आफ्नो मिर्गौला प्रत्यारोपण गर्न हामीलाई विश्वास गर्नु चाहिँ सबभन्दा खुशीको क्षण थियो।
प्रधानमन्त्रीज्यूको निर्णयले हामी खुशी भयौं, सँगसँगै चुनौती पनि महसूस भयो। किनभने शल्यक्रिया र प्रत्यारोपण भनेको आफैंमा जटिल हुन्छ। त्यसमाथि उहाँको हेल्थ हिस्ट्री फरक थियो। उहाँले १२ वर्ष पहिले पनि मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो। अरू शल्यक्रिया पनि भएका थिए। यस्तो अवस्थामा प्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण गर्न हामीले निकै मिहिनेत गर्यौं। यो एकजना व्यक्ति होइन कि, सिंगो टीमको मिहिनेत हो। टीमको मिहिनेत सफल भयो।
प्रधानमन्त्रीले शिक्षण अस्पताल र त्यहाँको टीमलाई नै विश्वास गर्ने अवस्था बन्नुमा केही विशेष कारण छ या उहाँले जोखिम लिनुभएको हो ?
प्रधानमन्त्रीज्यूले यसअघि पनि त्रिवि शिक्षण अस्पतालबाट सेवा लिनुभएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उहाँको एपेन्डिसाइटिसको शल्यक्रिया नै भएको थियो, जुन जटिल थियो। उहाँका निजी चिकित्सक डा. दिव्यासिंह शाह शिक्षण अस्पतालमै कार्यरत हुनुहुन्छ। म उहाँले रिस्क लिनुभयो भन्दा पनि हामीलाई विश्वास गर्नुभयो भन्छु।
अप्रेसनकाे अघिल्लाे रात ११-१२ बजेसम्म अस्पतालमै थियौं। हाम्रो टीम लिडर डा. प्रेमराज ज्ञवालीले त पछि ‘मलाई राति निद्रा लागेन’ भन्नुभो। तर, मलाई त्यस्तो केही भएन। म राति सुतें। बिहानै उठेर आमाबुबासँग आशीर्वाद लिएँ। श्रीमती र बच्चाहरूको सुभेच्छा पनि लिएँ। किनभने हामीलाई असफल हुने चान्स नै थिएन।
प्रधानमन्त्रीको आत्मविश्वासको चर्चा बाहिर निकै भयो, शल्यक्रिया कक्षमा भेट्दा चाहिँ कस्तो पाउनुभो ?
हामी बिहान ७ बजे नै अस्पताल पुगेर आफ्नो तयारीमा जुटेका थियौं। प्रधानमन्त्रीज्यू अप्रेसन कक्षमा पुगेपछि हामीले उहाँ प्रधानमन्त्री हो भन्ने बिर्सियौं। उहाँ पनि अरू बिरामीजस्तै हो भनेरै प्रत्यारोपण शुरू गर्यौं।
अप्रेसन थियटरमा पुग्दा उहाँमा कत्ति पनि डर देखिनँ मैले। हाम्रो टीमले पालैपालो उहाँसँग परिचय गर्यौं। तपाईंलाई सुई लगाएर बेहोस् गर्नुपर्छ भन्यौ। उहाँले हाँसेर हुन्छ भन्नु भयो। अनि सुई लगाएपछि उहाँ बेहोस् हुनुभो। त्यसपछि अप्रेसन शुरू भो।
प्रधानमन्त्रीको शल्यक्रिया गर्दा केही दबाब महसूस हुँदोरहेछ ?
प्रधानमन्त्रीज्यूकाे अप्रेसनमा तीन करोड नेपालीको चासो थियो। यसको नतिजा के होला भन्ने चिन्ता थियो। विभिन्न देशका राष्ट्र-सरकार प्रमुखको पनि चासो थियो। त्यसकारण हामीले अलि प्रेसर फिल गरेकै हो। अझ हामीले पछि पो थाहा पायौं– भित्र अप्रेसन चलिरहँदा बाहिर सुभेच्छुकको भीड लागेको रहेछ। कसैले पूजाआजासमेत गरिरहेका थिए। हामीले अप्रेसन सकिएपछि अस्पतालको नियमअनुसार सम्बन्धित डिपार्टमेन्ट र व्यक्तिलाई जानकारी दियौं, त्यसपछि बाहिर आएर सबैलाई यो सूचना दियौं। वास्तवमा यो हाम्रो परीक्षा थियो। यतिका वर्षदेखिको हाम्रो दक्षताको जाँच हुँदै थियो।
अप्रेसन हुनुअघिको रात कस्तो रह्यो ?
हामी राति ११-१२ बजेसम्म अस्पतालमै थियौ। हाम्रो टीम लिडर डा. प्रेमराज ज्ञवालीले त पछि ‘मलाई राति निद्रा लागेन’ भन्नुभो। तर, मलाई त्यस्तो केही भएन। म राति सुतें। बिहानै उठेर आमाबुबासँग आशीर्वाद लिएँ। श्रीमती र बच्चाहरूको सुभेच्छा पनि लिएँ। किनभने हामीलाई असफल हुने चान्स नै थिएन।
१२ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरेका डा. अनन्त कुमार पनि आउनुभएको थियो। यहाँ भएको प्रत्यारोपणमा उहाँको खास भूमिका केही थियो ?
उहाँ केही इक्युपमेन्ट लिएर आउनु भएको होइन, खाली हात आउनुभएको हो। आफूले शल्यक्रिया गर्दा लगाउने चस्मा मात्र ल्याउनुभएको थियो। तर, उहाँको आगमनले मात्र पनि हामीले अझ बलियो महसूस गर्यौं। उहाँको अनुभव हामीले यसअघि पनि लिएका छौं। यसरी नै हामी पनि भारतका अस्पतालमा जान्छौं।
प्रत्यारोपणका लागि अप्रेसन थियटरमा पस्नुअघि के गर्नुभयो ?
हामी बिहान ७ बजे अस्पताल पुग्दा वातावरण शान्त थियो। त्यहाँ पुगेर सधैँ झैं नियमित काम गर्यौं। प्रोटोकलअनुसार मिटिङ बस्यो। त्यसपछि मिर्गौला दातालाई भेट्यौं। प्रत्यारोपण गर्ने बिरामीलाई भेट्यौं। बिरामीको अवस्थाबारे जानकारी लियौं। अनि अप्रेसन थियटरमा लगाउने ड्रेस लगाएर थियटरमा पस्यौं।
अहिले सरकार प्रमुख भएर मात्र चर्चा बढी भएको हो। प्रधानमन्त्रीले हाम्रो क्षमता बाहिर ल्याउने मौका दिनुभो। तर, हामीले सबै बिरामीलाई गर्ने व्यवहार एउटै हो।
अहिले प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको पनि चर्चा छ, कस्तो व्यक्तिले मिर्गौला दिन सक्छन् ?
मानव अंगको माग धेरै छ। तर, मानव अंग ल्याबमा बनाउन मिल्दैन। यो बेच्न मिल्दैन। त्यसकारण यो जीवन दान हो। यो भन्दा ठूलो दान अरू केही छैन।
हाम्रो शरीरमा दुइटा मिर्गौला हुन्छन्, त्यसमध्ये एउटा हामी दान गर्न सक्छौं। एउटा मिर्गौलाले मानिसको जीवनमा केही फरक पार्दैन। यो झिक्दा थोरै शारीरिक पीडा हुन्छ, अरू केही फरक पर्दैन। तर, आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ। नियमित स्वास्थ्य जाँच गर्नुपर्छ। अध्ययनले देखाउँछ, कुनै पनि दाताले मिर्गौला दिएकै कारण उनीहरुको आयु घटेको छैन। अरू कुनै नकरात्मक असर पनि देखिएको छैन ।
कस्ता व्यक्तिले मिर्गौला प्रत्यारोपण गर्न मिल्छ ?
मिर्गौला बिग्रिँदासम्म शरीरका अन्य अंगहरू कमजोर भइसकेका हुन्छन्। मुटु, फोक्सोमा समस्या छ भने अप्रेसन गर्न मिल्दैन। त्यस्ता बिरामीलाई मिर्गौला प्रत्यारोपण गर्न मिल्दैन। त्यो अवस्थामा डायलासिसलई नै निरन्तरता दिनुपर्छ।
एउटा प्रश्न पनि उठिरहेको छ– प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा तपाईंहरू जति संवेदनशील बन्नुभो, शिक्षण अस्पतालमा कोही सामान्य व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्दा पनि यस्तै संवेदनशील बन्नुहुन्छ ?
हामीले अहिलेसम्म ६ सयभन्दा धेरै मिर्गौला प्रत्यारोपण गरिसक्यौं। प्रत्यारोपणपछि ठीक भएका बिरामीहरू कोही व्यापारमा हुनुहुन्छ, कोही गृहस्थीमा, कोही सामाजिक काममा पनि हुनुहुन्छ। उहाँहरूले बेलाबेला हामीलाई बोलाउनुहुन्छ। कहिलेकाहीँ म भावुक पनि हुन्छु।
उहाँहरू सबैलाई हामीले प्रधानमन्त्रीज्यूलाई जसरी नै प्रत्यारोपण गरेका हौं। एउटा कुरा भनिहालौं, अहिले सरकार प्रमुख भएर मात्र चर्चा बढी भएको हो। प्रधानमन्त्रीले हाम्रो क्षमता बाहिर ल्याउने मौका दिनुभो। तर, हामीले सबै बिरामीलाई गर्ने व्यवहार एउटै हो। हामी त सातवटै प्रदेशमा यो सेवा दिन तयार छौं, सरकारले त्यसको संरचना बनाइदिनुपर्यो।
हो, बिरामीको चाप धेरै चिकित्सकको संख्या कम हुँदा हामीले सन्तुष्ट बनाउन सकेका छैनौं। यसको समाधान छ। हामी त्यसको नेतृत्व लिन तयार छौं।
प्रस्तुतिः मञ्जु कार्की
" /> प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएला भन्ने सोच्नु भएको थियो ?

">