काठमाडौं। बैतडीका महेश अवस्थीलाई अचेल निद्रा लाग्दैन। लागोस् पनि कसरी ? भारतको चेन्नईस्थित् अस्पतालमा ६ महीनाको सन्तान र पत्नी गिता अवस्थीलाई छोडेर जो आएका छन्।
तनावको भकारी बोकेर हिँड्छन् महेश। उनले छिट्टै नै ४० लाख जति पैसा अझै जम्मा गर्नुपर्नेछ।
२४ असोजमा उनी कहाँ यस्तो तनावमा थिए र ? काठमाडौंको हेम्स अस्पतालमा रमाइरहेका थिए यी दम्पती। उनीहरूको पहिलो सन्तानको जन्म भएको थियो। शल्यक्रियाबाट जन्माइएको थियो उनलाई। तर, त्यो खुशी धेरै दिन टिक्न पाएन। १३औं दिन छोराको न्वारान भयो। नाम राखियो, शिवांश। त्यही दिनबाट तनाव शुरू भयो।
रातभर शिवांश रोइरहे। बिहान हेर्दा त उनको पेट फुलेको जस्तो देखियो। अवस्थी दम्पतीले झट्ट सम्झिए, डाक्टरले बच्चा जन्मिँदा नै शरीरमा सोडियमको अभाव छ भनेका थिए। अवस्थी दम्पतीको मन बेचैन भयो। उनीहरू छोरा बोकेर हतारहतार कान्ती बाल अस्पतालको आकस्मिक कक्षमा पुगे।
अस्पतालले भन्यो, बच्चाको अवस्था नाजुक छ तर, भर्ना गर्न बेड छैन। महेश अवस्थीले अनुनयविनय नगरेका होइनन्। तर, उनको जोर चलेन। केही सिप नचलेपछि त्रिवि शिक्षण अस्पताल पुगे। त्यहाँ पुग्नासाथ बच्चालाई एनआइसियूमा भर्ना गरियो।
त्यहीँ एक महीना बित्यो तर. चिकित्सकहरूले रोग पत्ता लगाउन सकेनन्।

त्यही अवस्थामै अस्पतालले बच्चालाई डिस्चार्ज गरिदिने भयो। अवस्थी दम्पती रनभुल्लमा परे। न छोराको रोग पत्ता लागेको छ, न निको नै भएको छ। गर्ने के ? छोरोको अवस्था देखेर अवस्थी दम्पतीको हैरानी बढ्दो थियो। छोराको रूप रङ नै फेरिइरहेको थियो।
अन्तिममा डाक्टरहरूले बच्चाको कलेजोमा संक्रमण भएको बताए।
महेशले गुगलमा कलेजोको उपचार हुने अस्पताल खोजे। थुप्रै अस्पताल भेटिए। उनले भने भारतको चेन्नइस्थित् अस्पतालमा जाने निधो गरे।
निर्णय त लिए तर, सोचेजति कहाँ सजिलो थियो र ? अलिअलि भएको बचत पनि सकिइसकेको थियो। पैसा जोहो गर्नैपर्यो।
अनुमान गरेजति पैसा जोहो गरेपछि अवस्थी दम्पती चेन्नई जान तयार भए। तर, जाने कसरी ? गाडीमा जान निकै टाढा पर्यो। हवाइजहाजमा जाउँ भने बिरामी बच्चा लैजान दिँदैन।
महेशले जुक्ति लगाए। अस्पतालबाट ‘शिशुको स्वास्थ्य हवाई उडानका लागि योग्य छ’ भन्ने कागज बनाउने। तर, अस्पतालले पनि कहाँ सजिलै दिन्थ्यो र ? डाक्टरसामु लैजाँदा बच्चालाई लुगाले ढाकेर राखे। डाक्टरले बच्चा नै नजाँची कागज बनाइदिए। त्यही कागजको सहारामा छोरो बोकेर चेन्नई उडे अवस्थी दम्पती।
चेन्नइको अस्पतालमा पुग्दा रातको दुई बजेको थियो। बच्चालाई तुरुन्तै आकस्मिक कक्षमा भर्ना गरियो। डाक्टरहरू जाँचमा खटिइहाले। बच्चा लिएर नियमित उडानबाट आएको थाहा पाउँदा छक्क परे। सोधे, “एअर एम्बुलेन्समा आउनुपर्ने कसरी आउनुभयो ?”
डाक्टरहरूले रोग पत्ता लगाउन तीन दिन लाग्ने बताए। ती तीन दिन तीन वर्षभन्दा लामो लाग्यो अवस्थी दम्पतीलाई। तीन दिनपछि अस्पतालले रिपोर्ट दियो। रिपोर्ट डरलाग्दो थियो। बच्चाको कलेजोको ९० प्रतिशत भागमा संक्रमण फैलिएको थियो।
डाक्टरहरूले दुईवटा विकल्प दिए- औषधीले १० प्रतिशतमात्र उपचार गर्ने वा कलेजो प्रत्यारोपण।
महेश र गीता अवाक् भए। एक अर्कालाई हेर्न पनि सकेनन्।
डाक्टरले भने, “कलेजो प्रत्यारोपणका लागि बुवा वा आमाले कलेजो दिनसक्छन्।”
महेशले भारी मनले सोधे, “खर्च कति लाग्छ ?”
डाक्टरको जवाफ सुनेर अवस्थी दम्पती सन्न भए। एक करोड रे। त्यत्रो पैसा उनीहरूले जीवनभर कमाउँला भन्ने सोचेका पनि थिएनन्।
महेशले साथीभाई, आफन्तका फोन नम्बर डायल गर्न थाले। धेरै आफन्तले भने, “बच्चा त हो। फेरि आइहाल्छ। अहिलेलाई आशा मार। घर फर्क।”
तर, आमा बाबुको मन हो। कहाँ सन्तानलाई मृत्युको मुखमा छोड्नसक्छ र ?
अवस्थी दम्पतीले हार खाएनन्। अस्पतालले किस्तामा पैसा तिर्ने बन्दोबस्त मिलाइदियो। महेशले चिनेजानेजति सबैलाई गुहारे। बल्लबल्ल पहिलो किस्तामा लाग्ने २२ लाख ५० हजार रूपैयाँ अस्पतालमा जम्मा गरे। महेश आफैंले कलेजो दान गर्ने निधो गरे।
पैसा त जुट्यो। फेरि अर्को तनाव थपियो। अस्पतालले भन्यो- सम्भावित क्षती स्विकार्छौँ भन्ने मन्जुरी पत्र चाहिन्छ। अभिभावकको मात्र भएर पुग्दैन। नेपाल सरकारकै चाहिन्छ। त्यो पनि सरकारको छाप लागेको कागज। ईमेलले पनि चल्दैन।

महेशको धपेडी थपियो। कागज बनाउन शुरूमा धनगढी, अनि काठमाडौं, त्यहाँबाट दिल्लीस्थित नेपाली दूतावाससम्म पुग्नुपर्थ्यो । त्यतिन्जेल बच्चा बाँच्ने सम्भावना पनि रहँदैनथ्यो। उनले चिनेजानेकालाई भनेर बल्लबल्ल सरकारी कागज जुटाए। डाक्टरहरूको सक्रियता र काउन्सिलिङले अवस्थी दम्पतीलाई उर्जा दियो। अब तयार हुन थियो, दुई महिने बालकको कलेजो फालेर महेशको कलेजो प्रत्यारोपण गर्न। महेशलाई भने आफ्नो कलेजो चिरिँदै गरेकोमा त्यति वास्ता थिएन। केवल उत्साह थियो, छोरा बाँच्ने भयो।
दुःखको त के हिसाब र ? शल्यक्रिया गरेर बच्चा जन्माएकी गिताले सुत्केरी स्याहार भन्ने के हो थाहा पनि पाइनन्। दौडधुपमै गयो सिंगो समय। दुई लाखबाट शुरू भएको उपचारले करोड भेट्नेभयो।
अन्ततः दुई महिने छोरा बोकेर महेश शल्यक्रिया कक्षमा गए। बाउ छोरा दुवैलाई बेहोस बनाएर शल्यक्रिया शुरू गरियो।
होश आउँदा उनको शरीर दुखिरहेको थियो। तर, महेशलाई भने हतारो थियो आफ्नै छोरालाई हेर्ने। डाक्टरले फोटो देखाएर बच्चाको अवस्था सामान्य छ भने।
महेशको मन खुशीले भरियो। मनमनै प्रण गरे, छोरो ठूलो भएपछि कलेजाको डाक्टर बनाउँछु ताकि कसैले पनि यसरी विदेशी भूमिमा दौडिन नपरोस्।
हुन त महेशलाई डाक्टरहरूले ६ महीनासम्म आराम गर्न भनेका छन्। संक्रमणको खतरा हुन्छ रे। तर, छोरालाई अस्पतालबाट डिस्चार्ज गर्न तिर्न बाँकी पैसा अवस्थी दम्पतीसँग छैन। त्यसैले दुखेको घाउको पीडा बिर्सेर पनि महेश ऋणदेखि सहयोगसम्म मागिहिँडिरहेछन्।
हरेक दिन बिहानदेखि बेलुकासम्म रकमको जोहो गर्दै बित्छ महेशको। पुग्न सक्ने ठाउँमा पुगिसकेका छन् उनी। ढक्ढकाउन सक्नेजति ढोका ढक्ढकाइसकेका छन्।
भन्छन्, “मानिसहरू रगतको डल्लोमा पैसा खर्च नगर भन्थे। तर, जीवनभर तिर्ने गरी ऋणको भारी बोक्ने निधो गरेँ। अरुको अगाडि शिर निहुराएर सन्तान बचाउन तयार भएँ। यो भन्दा ठूलो पीडा कहिल्यै आउँदैन होला, अब त पीडासँग लड्न सिकेको छु।”
" /> काठमाडौं। बैतडीका महेश अवस्थीलाई अचेल निद्रा लाग्दैन। लागोस् पनि कसरी ? भारतको चेन्नईस्थित् अस्पतालमा ६ महीनाको सन्तान र पत्नी गिता अवस्थीलाई छोडेर जो आएका छन्।तनावको भकारी बोकेर हिँड्छन् महेश। उनले छिट्टै नै ४० लाख जति पैसा अझै जम्मा गर्नुपर्नेछ।

">