२०७० मंसीरमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्यो । कांग्रेस र दोस्रो पार्टी नेकपा एमाले मिलेर सरकार गठन गरे । तेस्रो भएको माओवादी प्रतिपक्षी दल बन्यो । पहिलो संविधान सभाले गरेका महत्वपूर्ण निर्णयहरू ग्रहण गरेको दोस्रो संविधानसभामा तीनवटा मुलभूत समिति गठन गरिए । तीमध्येको पनि महत्वपूर्ण संविधान मस्यौदा समितिको सभापति थिए–कांग्रेस नेता कृष्णप्रसाद सिटौला संविधानसभाबाट संविधान निर्माण पुरा भएको चार वर्ष पुगेको सन्दर्भमा हामीले सिटौलासँग संविधान निर्माणका क्रममा भोगेका अनेकौं अनुभव खोतल्ने प्रयास गर्‍यौं । प्रस्तुत छ, सिटौलसँग देखापढीका मस्त केसीले गरेको कुराकानीको सारसंक्षेपः 

प्रमुख दलहरूबीचको असमझदारी घटाएको र संविधान निर्माणको रूपरेखा कोरेको १६ बुँदे सहमतिको पृष्ठभूमि के थियो ? आन्दोलनरत तत्कालीन माओवादीसमेत कसरी त्यसमा सहमत भयो ? 
पहिलो संविधानसभा दुई वर्षका लागि बनेको थियो । चार वर्ष पुग्दा पनि संविधान ल्याउन असफल भयो । त्यो तितो अनुभवको जगमा दोस्रो संविधानसभाको निर्वाचन भएको हो । नेपाली कांग्रेस पहिलो पार्टी बनेपछि मेरो र सिंगो पार्टीको उद्देश्य जसरी पनि तोकिएकै समयमा संविधान बनाउने भन्ने नै थियो । ठूलो त्याग र परिवर्तनले गणतन्त्र ल्यायौं तर संविधान ल्याउन नसकेको भए मुलुक असफलताको बाटोमा जाने थियो । 

निर्वाचनको परिणाम आइसकेपछि शुरूमा एनेकपा माओवादीले धाँधली भयो भनेर संविधानसभामा जानै मानेन । संविधानसभा बहिस्कार गर्नेसम्मका कुरा आयो । जेहोस् उहाँहरुलाई मनाएर नेपाली कांग्रेसले संविधानसभामा ल्यायो । त्यसअघि म शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक थिएँ । यसो भनिरहँदा हामीले १२ बुँदे समझदारीलाई पनि बिर्सनु हुँदैन । यो प्रक्रिया पार गर्दै हामी संविधानसभाको निर्वाचनसम्म पुगेका हौं । सरकार बनाउँदा नै संविधान निर्माण प्रक्रियालाई सहज बनाउन हामी लागि पर्‍यौं । 

संविधान बनाउनकै लागि पहिलो र दोस्रो पार्टीबीच सरकारमा गठबन्धन गरिएको थियो । संख्याको दृष्टिले सरकार बलियो थियो । केही सदस्य थप्ने बित्तिकै संविधान बनाउन पर्याप्त संख्या पुग्थ्यो । तर, शान्ति प्रक्रियाको मूख्य हिस्सेदार माओवादी सरकार बाहिर थियो । माओवादीलाई बाहिर राखेर संविधान ल्याउनुको अर्थ थिएन । 

म मस्यौदा समितिको सभापति पनि भएकाले औपचारिक÷अनौपचारिक संवादमा जोड दिएको थिएँ । फरक–फरक भावनाहरूको प्रतिनिधित्व होस्, सहज वातावरण बनोस् र सबैलाई एकताबद्ध गर्न सकियोस् भन्नेमा मेरो जोड थियो । त्यही कारण प्रमुख पार्टीका शीर्ष नेताहरूबीच कहिले ‘वान टू वान’ त कहिले सामूहिक छलफल भइरह्यो । संविधान निर्माणमा विजय गच्छदारजीको भूमिका ठूलो छ । उहाँ जसरी पनि संविधान जारी गर्ने पक्षमा हुनुहुन्थ्यो ।

सहमतिका साथ संविधान जारी गर्न धेरै कठिन थियो । मधेसकेन्द्रित दल संविधानसभाभित्रै भए पनि साथ र सहयोग थिएन । पहिलो संविधानसभाका विभिन्न समितिले गरेका विभिन्न निर्णय सहमतिका दस्तावेज भनेर दोस्रो संविधानसभाले पारित गरेर मस्यौदा समितिमा पठायो । त्यसैका आधारमा मात्रै संविधान जारी गर्न सम्भव थिएन ।

त्यसैले मस्यौदा समितिले अनौपचारिक भेटघाट तथा छलफललाई  पनि तीव्रता दियो । थुप्रै यस्ता भेटघाट र छलफलबाट १६ बुँदे सम्झौता भएको हो । पहिले अनौपचारिक रुपमा शीर्ष नेताहरु बसेर टुंगोमा पुग्यौं । त्यही आधारमा मस्यौदा तयार पारियो । जस्तो, न्यायपालिका सम्बन्धमा पहिलो संविधान सभाको समितिले लिएको निर्णय मस्यौदा समितिमा आयो त्यसको आधारमा ‘ड्राफ्ट’ गरेनौं । न्यायपालिका स्वतन्त्र, निष्पक्ष र सक्षम रहनेछ भन्ने वाक्य १६ बुँदेमा लेखिएको आधारमा न्यायपालिका रचना गरेका थियौंं । 

संविधान निर्माणका क्रममा अनौपचारिक संवाद नै सबभन्दा महत्वपूर्ण थियो । 

त्यो सहमति विपरित १५ असार २०७२ मा प्रारम्भिक मस्यौदा पेश भएको भन्दै माओवादीले असन्तुष्टि जनाएको थियो, साना दलले सविधानसभाभित्रै मस्यौदा च्यातेका थिए । के सहमतिभन्दा बाहिर रहेर मस्यौदा ल्याइएको थियो ?
मस्यौदा समितिमा भएका सबै सदस्यको सहमतिमै विधेयक ल्याइएको थियो । माओवादीका सभासद प्रभु शाहले मात्र राजीनामा गर्नुभएको हो । अरू सबैको सहमति थियो । उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टीले संविधान नै बहिष्कार गरेको हो । विधेयकमा संसद्मा उठेका केही प्रश्नको जवाफ सभापतिको रुपमा मैले नै दिएको हुँ । त्यसपछि निणयार्थ पेश भएर पारित भएको हो । 

पहिलो संविधानसभाले मस्यौदा जनतामाझ पठाएको थियो । जनताबाट प्राप्त ज्यादा चासो के कुरामा थियो ?  
थुप्रै विषयमा थुप्रै खालका सुझाव आए । संघीयता चाहिंदैन भन्ने पनि थिए । सबभन्दा धेरै सुझाव चाहिं सनातन हिन्दू धर्मबारे थिए । यसले जनताको चासो केमा छ भन्ने देखाउँछ । हामीले पठाएको मस्यौदामा ‘धर्मनिरपेक्ष’ भन्ने शब्द मात्र थियो । गाई राष्ट्रिय जनावर उल्लेख थिएन, सनातन धर्म संस्कृतिको संरक्षणको कुरा थिएन । धर्म परिवर्तन गराउने कार्य दण्डनीय भन्ने पनि थिएन । तर, जनताको सुझाव आइसकेपछि राज्यले सम्बोधन गर्नुपर्छ भनेर यी विषय समेटियो । 

मस्यौदामा आएका सुझावमा धेरैको चासो हिन्दू धर्ममा थियो भने संविधानमा त्यसलाई किन समेटिएन ? 
जनतामा सनातन धर्म संस्कृतिको संरक्षणमा चिन्ता देखिएको थियो । त्यसलाई सम्बोधन गरेरै गाईलाई राष्ट्रिय जनावर बनाएर संरक्षण गर्ने, धर्म परिवर्तनलाई निरुत्साहित गर्ने र जुन धर्म मान्नेले सरकार चलाए पनि सनातन धर्म संस्कृतिको संरक्षण गर्ने लगायतका विषय संविधानमा समेटिएको हो । 

सहमतिको संविधान बनाउनुपर्ने बाध्यताका कारण नेपाली कांग्रेसले चाहेर पनि समेट्न नसकेका कुनै महत्वपूर्ण विषय छन् ? 
पार्टीगत रुपमा भन्दा पनि संविधानको मूलभुत सिद्धान्तलाई बुझ्नुपर्छ । नेपाली जनताको सर्वोच्चता, सार्वभौमसत्ता, राजकीय सत्ता पूर्णरुपमा जनतामा निहित हुनु यसका मूलभुत सिद्धान्त हुन् ।  सार्वभौमसत्ता र राजकीय सत्तालाई गणतन्त्रले प्रत्याभुत गर्छ । त्यसैले गणतन्त्र अपरिवर्तनिय छ । यही मान्यताभित्रको एउटा परिणाम हो– संघीयता । 

जनता र जनताबाट निर्वाचित संस्थाभन्दा माथि अर्को रहंदैन भन्ने संविधानले स्थापित गरेको हो । 

अर्को मान्यता– नेपाल सधैं स्वतन्त्र रहन्छ, स्वाधिन रहन्छ, सार्वभौमसत्ता सम्पन्न रहन्छ । 

तेस्रो मान्यता– नेपालमा दिगो शान्ति हुनुपर्छ । 

चौथो मान्यता– लोकतान्त्रिक समाजवादप्रति प्रतिबद्ध रहेर समृद्ध राष्ट्र निर्माण गर्ने संविधानको लक्ष्य हुनेछ । 

यीनै आधारमा संघीयता, समानुपातिक समावेशी राज्य प्रणाली, मिश्रित निर्वाचन प्रणाली, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप राज्यका तीन अंग र अन्य संवैधानिक निकाय संविधानमा समेटिए । 

बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था अहिलेको शासकीय स्वरुप हो । कम्युनिष्ट पार्टीका साथीहरू लामो समय बहुलवाद मान्न तयार हुनुहुन्नथ्यो । अन्ततः मान्नुभयो । प्रस्तावनाबाहेक अरू पक्ष त संशोधनीय हो । समय कालखण्ड बमोजिम परिवर्तन हुँदै जान्छ । 

३ असोजमा नै संविधान जारी गर्ने प्रस्तावको मधेशकेन्द्रित दलले विरोध गरिरहेका थिए । त्यतिबेला महत्वपूर्ण शक्तिका रुपमा रहेका उनीहरुलाई बाहिरै राखेर संविधान जारी गर्नुपर्ने स्थिति कसरी आयो ? 
उहाँहरुलाई बाहिर राख्ने इच्छा कसैको पनि थिएन । संविधानसभाको बैठकमा, औपचारिक/अनौपचारिक वार्तामा, विधेयक पेश गर्दा हरेक पटक उहाँहरूलाई आउनुस् भनेर मैले बोलाएकै थिए । अन्य पार्टीका साथीहरूले पनि बोलाउनु भएको हो । 

जे भए पनि त्यही संविधानमा आधारित भएको निर्वाचनमा भाग लिनुभयो । अहिले संघीय सरकारमा हुनुहुन्छ । प्रदेश–२ सरकारको नेतृत्व गरिरहनुभएको छ । यसलाई सकारात्मक रुपमा लिऔं । 

संविधानको मूल मर्म सबैले मानेका छन् । यसको मूल मर्म बाहेका बाँकी विषय समयसँगै परिवर्तन हुँदै जान्छन् । संविधान आफैं संशोधनको पक्षमा छ । 

त्यसबेलाका राष्ट्रपति डा. रामवरण यादवको धारणा कस्तो पाउनुभएको थियो ?
जसरी पनि संविधान आओस् भन्ने उहाँको धारणा थियो । त्यसमा पनि संविधान सभाभित्र भएका सबै दलको सहमतिमा संविधान बने हुन्थ्यो भन्ने उहाँको इच्छा थियो । राष्ट्रप्रमुखको रुपमा त्यो इच्छा हुनु स्वभाविक थियो । तर, त्यो इच्छा हामीले जति मिहिनेत गरे पनि पुरा हुन सकेन । 

तत्कालीन माओवादी संसदीय व्यवस्था नमान्ने अडानमा थियो, अन्ततः कसरी सहमत भयो ?  
यसमा म धेरै टिप्पणी गर्न चाहन्न । विश्व राजनीतिको घटनाक्रम, लोकतन्त्रउन्मुख विश्व र नेपालको धरातलीय यर्थात् उहाँहरुले आत्मसात् गर्नुभयो । त्यसैले संविधान निर्माणमा उहाँहरुको महत्वपूर्ण भूमिका छ । माओवादी पार्टीको सिद्धान्त, नीति एक ठाउँमा छ । त्यसका बावजुद उहाँहरूले यो संविधान बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । 

अहिले बाबुरामजी ‘कम्युनिष्ट सिद्धान्त ठिक भएन’ भनेर अर्कै पार्टीमा जानुभएको छ । समयको विकासले मानिसको विचार र आवश्यकता बदल्दो रै’छ नि । यसरी हेर्नुपर्‍यो हामीले । 

हिजो बन्दुकबाट सत्ता प्राप्त हुन्छ भनेर हिंड्नुभएकै हो । १० वर्षसम्म सशस्त्र युद्ध चलाएकै हो । तर, मुलुक र नेपाली जनताको आवश्यकताको कारण शान्तिपूर्ण बाटोमा फर्किनुभयो । यसले नेपाली राजनीतिमा सबै दल मिलेर अगाडि बढ्न प्रेरणा पनि दियो । सबै राजनीतिक दल मिल्दा गणतन्त्र आएको छ, लोकतान्त्रिक अभ्यास गर्न पाएका छौं, संघीयता आएको छ । 

भारतका तत्कालीन विदेशसचिव एस. जयशंकर संविधान जारी गर्नु केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर आएका थिए, उनको त्यो भ्रमणको उद्देश्य के थियो ? 
उहाँ र उहाँको कुनै आधिकारिक व्यक्तिसँग मेरो भेट भएन । त्यसैले त्यो विषयमा मलाई जानकारी छैन । 

सरकार अहिलेकै प्रवृत्तिमा चल्ने र प्रतिपक्षले सरकारको काममा प्रश्न नउठाउने हो भने, यो व्यवस्थाप्रति प्रश्न उठ्दै जान्छ ।

तत्कालीन प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइराला लगायतका नेताहरुसँग त उनको भेटघाट भएको थियो । के कुरा भएको थियो भनेर पार्टीमा छलफल त भयो होला नि !
हो, उहाँले प्रधानमन्त्रीलाई भेट्नुभएको जानकारी छ । भारतीय प्रधानमन्त्रीको दूतको रुपमा आएपछि हाम्रो प्रधानमन्त्रीलाई नभेट्ने कुरै भएन । तर, पुरानो घाउ धेरै कोट्याउनु राम्रो हु्ँदैन । आज हामी जहाँ पुगेका छौं, यहीबाटै सही रुपमा अगाडि बढ्नुपर्छ ।

संविधान निर्माणपछि मुलुकले के पायो, अब त्यसको समीक्षा आवश्यक छ । आगामी दिनमा राम्रो उपलब्धीको लागि के गर्ने भनेर सोच्न थाल्नुपर्छ । 

संविधान निर्माणका क्रममा कुनै शक्तिले रोक्न लागेको महसूस गर्नुभएको थियो ? 
कठिनाइ अनेक थिए । कहाँ–कहाँबाट थियो भनेर सम्झनु आवश्यक छैन । संविधान सभाभित्र रहेका दलहरूबीच सहमति निर्माण गर्न पनि समस्या थियो । सैद्धान्तिक, वैचारिक, नीतिगत अनेक ठूला मतभेदहरू थिए । हामीले ती सबै चिरेर संविधान ल्यायौं । किनभने समस्याकैबीच संविधान निर्माणमा हामी प्रतिवद्ध थियौं । यत्रो ठूलो उपलब्धी नेपाली कांग्रेस पार्टीको नेतृत्वमा सम्पन्न भयो, तर यसलाई पार्टीले सही तरिकाले जनतामा लैजान सकेन । 

शान्ति प्रक्रिया पनि हाम्रो नेतृत्वमा भयो । नेपाली कांग्रेस पार्टीको कारणले मात्र योे उपलब्धी आएको होइन, तर सबैलाई मिलाएर एक ठाउँमा ल्याउने र संविधान बनाउने कामको नेतृत्व कांग्रेसले गरेको हो । 

संविधान बनेको चार वर्षपछि कार्यान्वयनको अवस्था कस्तो देख्नुहुन्छ ? 
तीन तहको निर्वाचन भयो, यो ठूलो उपलब्धी हो । तर, त्यसपछि जसरी शक्तिशाली सरकारले जनताको पक्षमा काम गर्न सक्नुपर्थ्याे , त्यो हुन सकेन । सबै संवैधानिक निकायलाई सरकार आफ्नो लाचार छाया जस्तो बनाउन लागिपरेको छ । संवैधानिक निकायलाई बलियो बनाउनुको साटो आफ्नो मातहतको निकाय जस्तो व्यवहार गरिरहेको छ ।

मानवअधिकार आयोगलाई नियन्त्रण गर्न खोजिरहेको छ । न्यायालयले निष्पक्ष काम गर्न सकेको छैन । सरकारले दुई तिहाइको डण्डा देखाएर न्यायाधीशहरूलाई महाअभियोग लगाउँछु भन्छ । निजामती, प्रहरी लगायतका संगठन पार्टीकरण गर्ने प्रयास भइरहेको छ । सरकार स्वयम् आफ्नो पार्टी परिधिभन्दामाथि उठ्न सकेको छैन । प्रधानमन्त्रीले शक्ति केन्द्रित गर्न खोजिरहनुभएको छ ।  

कुनै पार्टीले जित्छ, सरकार बन्छ, चलाउँछ त्यो स्वभाविक हो । तर, सरकारले पार्टीको मान्यता र दृष्टिबाट काम गर्न भएन । पार्टी घोषणापत्र र संविधान फरक कुरा हो । यो सरकार संविधानभित्रबाट नभएर कम्युनिष्ट घोषणापत्रबाट चल्न खोज्दैछ । 

सरकारले त्यस्तो के गर्यो र ? 
प्रधानमन्त्रीलाई म के सुझाव दिन चाहन्छु भने उहाँले आफ्नो कामको आत्मसमीक्षा गर्नुपर्छ । ‘आइन्दा संविधान विरोधी काम गर्दिन’ भनेर प्रतिबद्ध हुनुपर्छ । जस्तो गुठीले काठमाडौंको परम्परागत संस्कार–संस्कृतिलाई बचाएको थियो । त्यसलाई सरकारले चलाउनै हुन्नथ्यो । अहिले प्रेसलाई नियन्त्रण गर्ने खालको विधेयक ल्याएको छ ।

लोकतान्त्रिक सरकार र आचरण भए यस्ता विषयमा अल्झिन भएन । सबै ठाउँमा आफ्नो नियन्त्रण राख्न खोज्नु भएन । प्रेसलाई संकुचन गरेर लोकतन्त्रलाई फाइदा हुँदैन । भूमि सम्बन्धी विधेयक भूमि माफियाहरूलाई फाइदा हुने खालको छ । कुनै व्यक्ति विशेषलाई फाइदा हुनेगरी राष्ट्र र जनतालाई घाटा हुने खालका विधेयक ल्याउन सरकार तत्पर छ । 

त्यस्तै, संविधानमा नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलाले चाहेमा अंगिकृत वैवाहिक नागरिकता पाउने व्यवस्था छ । यो व्यवस्था अन्तरिम संविधानमा पनि थियो, २०४७ सालको संविधानमा पनि थियो । पञ्चायतकालमा पनि थियो । यो सहज व्यवस्थालाई हटाउन सरकार लागिपरेको छ । 

कांग्रेस प्रतिपक्षजस्तो देखिएको छैन, शान्त भएर बसेको छ । सरकारको रवैयाविरूद्ध बोल्नै सकेको छैन

महिला र पुरुषको समान अधिकारको व्यवस्थालाई थप प्रष्ट पार्न कानून पनि त चाहियो नि, होइन ? 
यो त संविधानले गरेको व्यवस्था हो । संविधान नमानेर हटाउन खोज्नु त राम्रो भएन । संविधानमा गलत छ भने गलत भयो भन्न सक्नुपर्‍यो, संविधान मिचेर विधेयक ल्याउन भएन । सरकारले धेरै कल्पना गर्नुभन्दा संविधानले जे दिएको छ त्योभित्र रहेर जनताको पक्षमा काम गरोस् । जस्तो कि, मौलिक अधिकारको सन्दर्भमा अरू मुलुकभन्दा नेपालको संविधान फरक छ । मौलिक अधिकारमा राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक लगायतका समस्यालाई पनि समेटिएको छ ।

रोजगारीको हक, निःशुल्क स्वास्थ्य, शिक्षाको हक, आवासको हक, स्वच्छ पिउने पानीको हक, महिलाको हक, दलितको हक, पिछडिएका क्षेत्रको हक लगायत सुनिश्चित गरिएको छ । मौलिक हक जनताले माग्ने होइन, राज्यले सुनिश्चित गर्नुपर्छ । राज्यले प्रचलनमा ल्याउनुपर्छ । सरकारले धेरै गर्नैपर्दैन, संविधानको मौलिक हक र राज्यको निर्देशक सिद्धान्तभित्रबाट काम गर्न चाह्यो भने द्रूत गतिमा काम गर्ने वातावरण छ ।  

सरकारले संविधान कार्यान्वयनको कामै गरेन भन्न खोज्नुभएको ?
एउटै पार्टीले संसद्मा हुकुम नचलाओस् भनेर प्रतिनिधिसभाभित्र सभामुख र उपसभामुख फरक दलको र फरक लिंगको हुने संवैधानिक व्यवस्था छ । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । शान्तिप्रक्रियाको हस्ताक्षरकर्ता पुष्पकमल दाहाल नेकपाको एक अध्यक्ष हुनुहुन्छ । प्रतिनिधिसभामा उहाँहरुकै पार्टीको सभामुख र उपसभामुख हुनु गलत छ । सरकारले संविधान उल्लंघन गरेको यही विषयबाट छर्लंग हुन्छ । 

यो विषयमा कांग्रेसले संसद्‌मा कुरा उठाएको सुनिएन नि !
यो नेपाली कांग्रेसको ठूलो कमजोरी हो । कांग्रेस प्रतिपक्षजस्तो देखिएको छैन, शान्त भएर बसेको छ । मेरो पार्टी (कांग्रेस) जनतामा पुगेको छैन, जनमत निर्माण गर्न सकेको छैन । यस्तो वातावरणमा सिंहदरबार बसेर काम गर्न के’ले रोकेको छ ? सरकार कुहिरोको काग जस्तो भएको छ । 

आम नागरिकमा असन्तुष्टि बढ्दो छ, सरकारप्रति भरोसा घट्दो छ । यसले अहिलेको व्यवस्थामा कुनै खतरा ल्याउने देख्नुहुन्छ ?  
सरकार अहिलेकै प्रवृत्तिमा चल्ने र प्रतिपक्षले सरकारको काममा प्रश्न नउठाउने हो भने यो व्यवस्थाप्रति प्रश्न उठ्दै जान्छ । सरकार असफल हुन लाग्यो भने विकल्पको रुपमा दह्रो प्रतिपक्ष देखिनुपर्छ । तर, म व्यक्तिगत रुपमा सरकारले अझै राम्रो काम गरोस्, राष्ट्र र जनताको हितमा काम गरोस् भन्ने चाहन्छु । सरकारलाई राम्रो काम गर्न प्रतिपक्षले दबाव देओस् । 

दक्षिणपन्थी र उग्रवामपन्थीको स्वर चर्किन थालेको छ । राजावादीको आवाज चर्को हुन थालेको छ । ‘विप्लव’को पनि अराजकता बढेको छ । तर, मुलुकले जे उपलब्धि हासिल ग¥यो, त्योबाट पछि हट्न सम्भव छैन । अगाडि जाँदा कसरी जान्छ भन्ने प्रश्न हो । हामी पछि फर्कंदैनौं, गणतन्त्र उल्टिदैन । जनताको असन्तुष्टि गणतन्त्रको विरुद्ध होइन, सरकारको रवैयाविरुद्ध हो । सरकारलाई राम्रो काम गर्न दबाव हो । यो सरकारको कमजोरी हो व्यवस्थाको होइन । 

पढ्नुहाेस् संविधान शृंखला: 

‘संविधानसभाबाट संविधान ल्याउन मैले सिद्धान्तमै कम्प्रमाइज गरें’

दोस्रो पटक प्रधानमन्त्रीमा उम्मेदवारी: जीवनकै अलोकप्रिय निर्णयमा किन पुगे सुशील कोइराला ?

संघीयता र समावेशीपनमा उभिएको संविधान

‘आफ्नो भूमिका नदेखिने भएपछि भारत संविधान रोक्न चाहन्थ्यो’

प्राकृतिक स्रोत बन्दैछ संघ–प्रदेश झगडाको बीउ

तीन तहका सरकारको उपहारः जनतालाई करमाथि करै कर

स्थानीय सरकार: जनप्रतिनिधि र सिडिओको किचलोले अस्तव्यस्त

" /> २०७० मंसीरमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्यो । कांग्रेस र दोस्रो पार्टी नेकपा एमाले मिलेर सरकार गठन गरे । तेस्रो भएको माओवादी प्रतिपक्षी दल बन्यो । पहिलो संविधान सभाले गरेका महत्वपूर्ण निर्णयहरू ग्रहण गरेको दोस्रो संविधानसभामा तीनवटा मुलभूत समिति गठन गरिए । तीमध्येको पनि महत्वपूर्ण संविधान मस्यौदा समितिको सभापति थिए–कांग्रेस नेता कृष्णप्रसाद सिटौला संविधानसभाबाट संविधान निर्माण पुरा भएको चार वर्ष पुगेको सन्दर्भमा हामीले सिटौलासँग संविधान निर्माणका क्रममा भोगेका अनेकौं अनुभव खोतल्ने प्रयास गर्‍यौं । प्रस्तुत छ, सिटौलसँग देखापढीका मस्त केसीले गरेको कुराकानीको सारसंक्षेपः 

"> ‘संविधान बनाउँदा धेरैको चासो हिन्दू धर्ममा थियो’: Dekhapadhi
‘संविधान बनाउँदा धेरैको चासो हिन्दू धर्ममा थियो’ <p style="text-align:justify"><em>२०७० मंसीरमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्यो । कांग्रेस र दोस्रो पार्टी नेकपा एमाले मिलेर सरकार गठन गरे । तेस्रो भएको माओवादी प्रतिपक्षी दल बन्यो । पहिलो संविधान सभाले गरेका महत्वपूर्ण निर्णयहरू ग्रहण गरेको दोस्रो संविधानसभामा तीनवटा मुलभूत समिति गठन गरिए । तीमध्येको पनि महत्वपूर्ण संविधान मस्यौदा समितिको सभापति थिए&ndash;<span style="font-size:20px;"><strong>कांग्रेस नेता कृष्णप्रसाद सिटौला</strong> ।</span> संविधानसभाबाट संविधान निर्माण पुरा भएको चार वर्ष पुगेको सन्दर्भमा हामीले सिटौलासँग संविधान निर्माणका क्रममा भोगेका अनेकौं अनुभव खोतल्ने प्रयास गर्&zwj;यौं । प्रस्तुत छ, सिटौलसँग देखापढीका <span style="font-size:20px;"><strong>मस्त केसी</strong></span>ले गरेको कुराकानीको सारसंक्षेपः&nbsp;</em></p> <p style="text-align:center"><iframe frameborder="0" height="315" scrolling="no" src="https://www.youtube.com/embed/DVDAYzHVS0Q" width="560"></iframe></p> <p style="text-align:justify"><strong>प्रमुख दलहरूबीचको असमझदारी घटाएको र संविधान निर्माणको रूपरेखा कोरेको १६ बुँदे सहमतिको पृष्ठभूमि के थियो ? आन्दोलनरत तत्कालीन माओवादीसमेत कसरी त्यसमा सहमत भयो ?&nbsp;</strong><br /> पहिलो संविधानसभा दुई वर्षका लागि बनेको थियो । चार वर्ष पुग्दा पनि संविधान ल्याउन असफल भयो । त्यो तितो अनुभवको जगमा दोस्रो संविधानसभाको निर्वाचन भएको हो । नेपाली कांग्रेस पहिलो पार्टी बनेपछि मेरो र सिंगो पार्टीको उद्देश्य जसरी पनि तोकिएकै समयमा संविधान बनाउने भन्ने नै थियो । ठूलो त्याग र परिवर्तनले गणतन्त्र ल्यायौं तर संविधान ल्याउन नसकेको भए मुलुक असफलताको बाटोमा जाने थियो ।&nbsp;</p> <p style="text-align:justify">निर्वाचनको परिणाम आइसकेपछि शुरूमा एनेकपा माओवादीले धाँधली भयो भनेर संविधानसभामा जानै मानेन । संविधानसभा बहिस्कार गर्नेसम्मका कुरा आयो । जेहोस् उहाँहरुलाई मनाएर नेपाली कांग्रेसले संविधानसभामा ल्यायो । त्यसअघि म शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक थिएँ । यसो भनिरहँदा हामीले १२ बुँदे समझदारीलाई पनि बिर्सनु हुँदैन । यो प्रक्रिया पार गर्दै हामी संविधानसभाको निर्वाचनसम्म पुगेका हौं । सरकार बनाउँदा नै संविधान निर्माण प्रक्रियालाई सहज बनाउन हामी लागि पर्&zwj;यौं ।&nbsp;</p> <p style="text-align:justify">संविधान बनाउनकै लागि पहिलो र दोस्रो पार्टीबीच सरकारमा गठबन्धन गरिएको थियो । संख्याको दृष्टिले सरकार बलियो थियो । केही सदस्य थप्ने बित्तिकै संविधान बनाउन पर्याप्त संख्या पुग्थ्यो । तर, शान्ति प्रक्रियाको मूख्य हिस्सेदार माओवादी सरकार बाहिर थियो । माओवादीलाई बाहिर राखेर संविधान ल्याउनुको अर्थ थिएन ।&nbsp;</p> <p style="text-align:justify">म मस्यौदा समितिको सभापति पनि भएकाले औपचारिक&divide;अनौपचारिक संवादमा जोड दिएको थिएँ । फरक&ndash;फरक भावनाहरूको प्रतिनिधित्व होस्, सहज वातावरण बनोस् र सबैलाई एकताबद्ध गर्न सकियोस् भन्नेमा मेरो जोड थियो । त्यही कारण प्रमुख पार्टीका शीर्ष नेताहरूबीच कहिले &lsquo;वान टू वान&rsquo; त कहिले सामूहिक छलफल भइरह्यो । संविधान निर्माणमा विजय गच्छदारजीको भूमिका ठूलो छ । उहाँ जसरी पनि संविधान जारी गर्ने पक्षमा हुनुहुन्थ्यो ।</p> <p style="text-align:justify">सहमतिका साथ संविधान जारी गर्न धेरै कठिन थियो । मधेसकेन्द्रित दल संविधानसभाभित्रै भए पनि साथ र सहयोग थिएन । पहिलो संविधानसभाका विभिन्न समितिले गरेका विभिन्न निर्णय सहमतिका दस्तावेज भनेर दोस्रो संविधानसभाले पारित गरेर मस्यौदा समितिमा पठायो । त्यसैका आधारमा मात्रै संविधान जारी गर्न सम्भव थिएन ।</p> <p style="text-align:justify">त्यसैले मस्यौदा समितिले अनौपचारिक भेटघाट तथा छलफललाई &nbsp;पनि तीव्रता दियो । थुप्रै यस्ता भेटघाट र छलफलबाट १६ बुँदे सम्झौता भएको हो । पहिले अनौपचारिक रुपमा शीर्ष नेताहरु बसेर टुंगोमा पुग्यौं । त्यही आधारमा मस्यौदा तयार पारियो । जस्तो, न्यायपालिका सम्बन्धमा पहिलो संविधान सभाको समितिले लिएको निर्णय मस्यौदा समितिमा आयो त्यसको आधारमा &lsquo;ड्राफ्ट&rsquo; गरेनौं । न्यायपालिका स्वतन्त्र, निष्पक्ष र सक्षम रहनेछ भन्ने वाक्य १६ बुँदेमा लेखिएको आधारमा न्यायपालिका रचना गरेका थियौंं ।&nbsp;</p> <p style="text-align:justify">संविधान निर्माणका क्रममा अनौपचारिक संवाद नै सबभन्दा महत्वपूर्ण थियो ।&nbsp;</p> <p style="text-align:center"><img alt="" height="401" src="https://www.dekhapadhi.com/storage/photos/shares/Politics/krishna_sitaula.jpg" width="700" /></p> <p style="text-align:justify"><strong>त्यो सहमति विपरित १५ असार २०७२ मा प्रारम्भिक मस्यौदा पेश भएको भन्दै माओवादीले असन्तुष्टि जनाएको थियो, साना दलले सविधानसभाभित्रै मस्यौदा च्यातेका थिए । के सहमतिभन्दा बाहिर रहेर मस्यौदा ल्याइएको थियो ?</strong><br /> मस्यौदा समितिमा भएका सबै सदस्यको सहमतिमै विधेयक ल्याइएको थियो । माओवादीका सभासद प्रभु शाहले मात्र राजीनामा गर्नुभएको हो । अरू सबैको सहमति थियो । उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टीले संविधान नै बहिष्कार गरेको हो । विधेयकमा संसद्मा उठेका केही प्रश्नको जवाफ सभापतिको रुपमा मैले नै दिएको हुँ । त्यसपछि निणयार्थ पेश भएर पारित भएको हो ।&nbsp;</p> <p style="text-align:justify"><strong>पहिलो संविधानसभाले मस्यौदा जनतामाझ पठाएको थियो । जनताबाट प्राप्त ज्यादा चासो के कुरामा थियो ? &nbsp;</strong><br /> थुप्रै विषयमा थुप्रै खालका सुझाव आए । संघीयता चाहिंदैन भन्ने पनि थिए । सबभन्दा धेरै सुझाव चाहिं सनातन हिन्दू धर्मबारे थिए । यसले जनताको चासो केमा छ भन्ने देखाउँछ । हामीले पठाएको मस्यौदामा &lsquo;धर्मनिरपेक्ष&rsquo; भन्ने शब्द मात्र थियो । गाई राष्ट्रिय जनावर उल्लेख थिएन, सनातन धर्म संस्कृतिको संरक्षणको कुरा थिएन । धर्म परिवर्तन गराउने कार्य दण्डनीय भन्ने पनि थिएन । तर, जनताको सुझाव आइसकेपछि राज्यले सम्बोधन गर्नुपर्छ भनेर यी विषय समेटियो ।&nbsp;</p> <p style="text-align:justify"><strong>मस्यौदामा आएका सुझावमा धेरैको चासो हिन्दू धर्ममा थियो भने संविधानमा त्यसलाई किन समेटिएन ?</strong>&nbsp;<br /> जनतामा सनातन धर्म संस्कृतिको संरक्षणमा चिन्ता देखिएको थियो । त्यसलाई सम्बोधन गरेरै गाईलाई राष्ट्रिय जनावर बनाएर संरक्षण गर्ने, धर्म परिवर्तनलाई निरुत्साहित गर्ने र जुन धर्म मान्नेले सरकार चलाए पनि सनातन धर्म संस्कृतिको संरक्षण गर्ने लगायतका विषय संविधानमा समेटिएको हो ।&nbsp;</p> <p style="text-align:justify"><strong>सहमतिको संविधान बनाउनुपर्ने बाध्यताका कारण नेपाली कांग्रेसले चाहेर पनि समेट्न नसकेका कुनै महत्वपूर्ण विषय छन् ?&nbsp;</strong><br /> पार्टीगत रुपमा भन्दा पनि संविधानको मूलभुत सिद्धान्तलाई बुझ्नुपर्छ । नेपाली जनताको सर्वोच्चता, सार्वभौमसत्ता, राजकीय सत्ता पूर्णरुपमा जनतामा निहित हुनु यसका मूलभुत सिद्धान्त हुन् । &nbsp;सार्वभौमसत्ता र राजकीय सत्तालाई गणतन्त्रले प्रत्याभुत गर्छ । त्यसैले गणतन्त्र अपरिवर्तनिय छ । यही मान्यताभित्रको एउटा परिणाम हो&ndash; संघीयता ।&nbsp;</p> <p style="text-align:justify">जनता र जनताबाट निर्वाचित संस्थाभन्दा माथि अर्को रहंदैन भन्ने संविधानले स्थापित गरेको हो ।&nbsp;</p> <p style="text-align:justify">अर्को मान्यता&ndash; नेपाल सधैं स्वतन्त्र रहन्छ, स्वाधिन रहन्छ, सार्वभौमसत्ता सम्पन्न रहन्छ ।&nbsp;</p> <p style="text-align:justify">तेस्रो मान्यता&ndash; नेपालमा दिगो शान्ति हुनुपर्छ ।&nbsp;</p> <p style="text-align:justify">चौथो मान्यता&ndash; लोकतान्त्रिक समाजवादप्रति प्रतिबद्ध रहेर समृद्ध राष्ट्र निर्माण गर्ने संविधानको लक्ष्य हुनेछ ।&nbsp;</p> <p style="text-align:justify">यीनै आधारमा संघीयता, समानुपातिक समावेशी राज्य प्रणाली, मिश्रित निर्वाचन प्रणाली, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप राज्यका तीन अंग र अन्य संवैधानिक निकाय संविधानमा समेटिए ।&nbsp;</p> <p style="text-align:justify">बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था अहिलेको शासकीय स्वरुप हो । कम्युनिष्ट पार्टीका साथीहरू लामो समय बहुलवाद मान्न तयार हुनुहुन्नथ्यो । अन्ततः मान्नुभयो । प्रस्तावनाबाहेक अरू पक्ष त संशोधनीय हो । समय कालखण्ड बमोजिम परिवर्तन हुँदै जान्छ ।&nbsp;</p> <div aria-label=" image widget" contenteditable="false" role="region" tabindex="-1"> <p data-widget="image" style="text-align:center"><img alt="" height="389" src="https://www.dekhapadhi.com/storage/photos/shares/Politics/krishna_sitaula2.jpg" width="700" /></p> </div> <p style="text-align:justify"><strong>३ असोजमा नै संविधान जारी गर्ने प्रस्तावको मधेशकेन्द्रित दलले विरोध गरिरहेका थिए । त्यतिबेला महत्वपूर्ण शक्तिका रुपमा रहेका उनीहरुलाई बाहिरै राखेर संविधान जारी गर्नुपर्ने स्थिति कसरी आयो ?&nbsp;</strong><br /> उहाँहरुलाई बाहिर राख्ने इच्छा कसैको पनि थिएन । संविधानसभाको बैठकमा, औपचारिक/अनौपचारिक वार्तामा, विधेयक पेश गर्दा हरेक पटक उहाँहरूलाई आउनुस् भनेर मैले बोलाएकै थिए । अन्य पार्टीका साथीहरूले पनि बोलाउनु भएको हो ।&nbsp;</p> <p style="text-align:justify">जे भए पनि त्यही संविधानमा आधारित भएको निर्वाचनमा भाग लिनुभयो । अहिले संघीय सरकारमा हुनुहुन्छ । प्रदेश&ndash;२ सरकारको नेतृत्व गरिरहनुभएको छ । यसलाई सकारात्मक रुपमा लिऔं ।&nbsp;</p> <p style="text-align:justify">संविधानको मूल मर्म सबैले मानेका छन् । यसको मूल मर्म बाहेका बाँकी विषय समयसँगै परिवर्तन हुँदै जान्छन् । संविधान आफैं संशोधनको पक्षमा छ ।&nbsp;</p> <p style="text-align:justify"><strong>त्यसबेलाका राष्ट्रपति डा. रामवरण यादवको धारणा कस्तो पाउनुभएको थियो ?</strong><br /> जसरी पनि संविधान आओस् भन्ने उहाँको धारणा थियो । त्यसमा पनि संविधान सभाभित्र भएका सबै दलको सहमतिमा संविधान बने हुन्थ्यो भन्ने उहाँको इच्छा थियो । राष्ट्रप्रमुखको रुपमा त्यो इच्छा हुनु स्वभाविक थियो । तर, त्यो इच्छा हामीले जति मिहिनेत गरे पनि पुरा हुन सकेन ।&nbsp;</p> <p style="text-align:justify"><strong>तत्कालीन माओवादी संसदीय व्यवस्था नमान्ने अडानमा थियो, अन्ततः कसरी सहमत भयो ? &nbsp;</strong><br /> यसमा म धेरै टिप्पणी गर्न चाहन्न । विश्व राजनीतिको घटनाक्रम, लोकतन्त्रउन्मुख विश्व र नेपालको धरातलीय यर्थात् उहाँहरुले आत्मसात् गर्नुभयो । त्यसैले संविधान निर्माणमा उहाँहरुको महत्वपूर्ण भूमिका छ । माओवादी पार्टीको सिद्धान्त, नीति एक ठाउँमा छ । त्यसका बावजुद उहाँहरूले यो संविधान बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।&nbsp;</p> <p style="text-align:justify">अहिले बाबुरामजी &lsquo;कम्युनिष्ट सिद्धान्त ठिक भएन&rsquo; भनेर अर्कै पार्टीमा जानुभएको छ । समयको विकासले मानिसको विचार र आवश्यकता बदल्दो रै&rsquo;छ नि । यसरी हेर्नुपर्&zwj;यो हामीले ।&nbsp;</p> <p style="text-align:justify">हिजो बन्दुकबाट सत्ता प्राप्त हुन्छ भनेर हिंड्नुभएकै हो । १० वर्षसम्म सशस्त्र युद्ध चलाएकै हो । तर, मुलुक र नेपाली जनताको आवश्यकताको कारण शान्तिपूर्ण बाटोमा फर्किनुभयो । यसले नेपाली राजनीतिमा सबै दल मिलेर अगाडि बढ्न प्रेरणा पनि दियो । सबै राजनीतिक दल मिल्दा गणतन्त्र आएको छ, लोकतान्त्रिक अभ्यास गर्न पाएका छौं, संघीयता आएको छ ।&nbsp;</p> <p style="text-align:justify"><strong>भारतका तत्कालीन विदेशसचिव एस. जयशंकर संविधान जारी गर्नु केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर आएका थिए, उनको त्यो भ्रमणको उद्देश्य के थियो ?&nbsp;</strong><br /> उहाँ र उहाँको कुनै आधिकारिक व्यक्तिसँग मेरो भेट भएन । त्यसैले त्यो विषयमा मलाई जानकारी छैन ।&nbsp;</p> <blockquote> <p style="text-align:justify">सरकार अहिलेकै प्रवृत्तिमा चल्ने र प्रतिपक्षले सरकारको काममा प्रश्न नउठाउने हो भने, यो व्यवस्थाप्रति प्रश्न उठ्दै जान्छ ।</p> </blockquote> <p style="text-align:justify"><strong>तत्कालीन प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइराला लगायतका नेताहरुसँग त उनको भेटघाट भएको थियो । के कुरा भएको थियो भनेर पार्टीमा छलफल त भयो होला नि !</strong><br /> हो, उहाँले प्रधानमन्त्रीलाई भेट्नुभएको जानकारी छ । भारतीय प्रधानमन्त्रीको दूतको रुपमा आएपछि हाम्रो प्रधानमन्त्रीलाई नभेट्ने कुरै भएन । तर, पुरानो घाउ धेरै कोट्याउनु राम्रो हु्ँदैन । आज हामी जहाँ पुगेका छौं, यहीबाटै सही रुपमा अगाडि बढ्नुपर्छ ।</p> <p style="text-align:justify">संविधान निर्माणपछि मुलुकले के पायो, अब त्यसको समीक्षा आवश्यक छ । आगामी दिनमा राम्रो उपलब्धीको लागि के गर्ने भनेर सोच्न थाल्नुपर्छ ।&nbsp;</p> <p style="text-align:justify"><strong>संविधान निर्माणका क्रममा कुनै शक्तिले रोक्न लागेको महसूस गर्नुभएको थियो ?&nbsp;</strong><br /> कठिनाइ अनेक थिए । कहाँ&ndash;कहाँबाट थियो भनेर सम्झनु आवश्यक छैन । संविधान सभाभित्र रहेका दलहरूबीच सहमति निर्माण गर्न पनि समस्या थियो । सैद्धान्तिक, वैचारिक, नीतिगत अनेक ठूला मतभेदहरू थिए । हामीले ती सबै चिरेर संविधान ल्यायौं । किनभने समस्याकैबीच संविधान निर्माणमा हामी प्रतिवद्ध थियौं । यत्रो ठूलो उपलब्धी नेपाली कांग्रेस पार्टीको नेतृत्वमा सम्पन्न भयो, तर यसलाई पार्टीले सही तरिकाले जनतामा लैजान सकेन ।&nbsp;</p> <p style="text-align:justify">शान्ति प्रक्रिया पनि हाम्रो नेतृत्वमा भयो । नेपाली कांग्रेस पार्टीको कारणले मात्र योे उपलब्धी आएको होइन, तर सबैलाई मिलाएर एक ठाउँमा ल्याउने र संविधान बनाउने कामको नेतृत्व कांग्रेसले गरेको हो ।&nbsp;</p> <p style="text-align:justify"><strong>संविधान बनेको चार वर्षपछि कार्यान्वयनको अवस्था कस्तो देख्नुहुन्छ ?&nbsp;</strong><br /> तीन तहको निर्वाचन भयो, यो ठूलो उपलब्धी हो । तर, त्यसपछि जसरी शक्तिशाली सरकारले जनताको पक्षमा काम गर्न सक्नुपर्थ्याे&nbsp;, त्यो हुन सकेन । सबै संवैधानिक निकायलाई सरकार आफ्नो लाचार छाया जस्तो बनाउन लागिपरेको छ । संवैधानिक निकायलाई बलियो बनाउनुको साटो आफ्नो मातहतको निकाय जस्तो व्यवहार गरिरहेको छ ।</p> <p style="text-align:justify">मानवअधिकार आयोगलाई नियन्त्रण गर्न खोजिरहेको छ । न्यायालयले निष्पक्ष काम गर्न सकेको छैन । सरकारले दुई तिहाइको डण्डा देखाएर न्यायाधीशहरूलाई महाअभियोग लगाउँछु भन्छ । निजामती, प्रहरी लगायतका संगठन पार्टीकरण गर्ने प्रयास भइरहेको छ । सरकार स्वयम् आफ्नो पार्टी परिधिभन्दामाथि उठ्न सकेको छैन । प्रधानमन्त्रीले शक्ति केन्द्रित गर्न खोजिरहनुभएको छ । &nbsp;</p> <p style="text-align:justify">कुनै पार्टीले जित्छ, सरकार बन्छ, चलाउँछ त्यो स्वभाविक हो । तर, सरकारले पार्टीको मान्यता र दृष्टिबाट काम गर्न भएन । पार्टी घोषणापत्र र संविधान फरक कुरा हो । यो सरकार संविधानभित्रबाट नभएर कम्युनिष्ट घोषणापत्रबाट चल्न खोज्दैछ ।&nbsp;</p> <div aria-label=" image widget" contenteditable="false" role="region" tabindex="-1"> <p data-widget="image" style="text-align:center"><img alt="" height="389" src="https://www.dekhapadhi.com/storage/photos/shares/Politics/krishna_sitaula1.jpg" width="700" /></p> <span style="background:rgba(220,220,220,0.5);background-image:url(https://cdn.ckeditor.com/4.12.1/full-all/plugins/widget/images/handle.png)"><img alt="" height="15" role="presentation" src="" title="Click and drag to move" width="15" /></span></div> <p style="text-align:justify"><strong>सरकारले त्यस्तो के गर्यो र ?&nbsp;</strong><br /> प्रधानमन्त्रीलाई म के सुझाव दिन चाहन्छु भने उहाँले आफ्नो कामको आत्मसमीक्षा गर्नुपर्छ । &lsquo;आइन्दा संविधान विरोधी काम गर्दिन&rsquo; भनेर प्रतिबद्ध हुनुपर्छ । जस्तो गुठीले काठमाडौंको परम्परागत संस्कार&ndash;संस्कृतिलाई बचाएको थियो । त्यसलाई सरकारले चलाउनै हुन्नथ्यो । अहिले प्रेसलाई नियन्त्रण गर्ने खालको विधेयक ल्याएको छ ।</p> <p style="text-align:justify">लोकतान्त्रिक सरकार र आचरण भए यस्ता विषयमा अल्झिन भएन । सबै ठाउँमा आफ्नो नियन्त्रण राख्न खोज्नु भएन । प्रेसलाई संकुचन गरेर लोकतन्त्रलाई फाइदा हुँदैन । भूमि सम्बन्धी विधेयक भूमि माफियाहरूलाई फाइदा हुने खालको छ । कुनै व्यक्ति विशेषलाई फाइदा हुनेगरी राष्ट्र र जनतालाई घाटा हुने खालका विधेयक ल्याउन सरकार तत्पर छ ।&nbsp;</p> <p style="text-align:justify">त्यस्तै, संविधानमा नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलाले चाहेमा अंगिकृत वैवाहिक नागरिकता पाउने व्यवस्था छ । यो व्यवस्था अन्तरिम संविधानमा पनि थियो, २०४७ सालको संविधानमा पनि थियो । पञ्चायतकालमा पनि थियो । यो सहज व्यवस्थालाई हटाउन सरकार लागिपरेको छ ।&nbsp;</p> <blockquote> <p style="text-align:justify">कांग्रेस प्रतिपक्षजस्तो देखिएको छैन, शान्त भएर बसेको छ । सरकारको रवैयाविरूद्ध बोल्नै सकेको छैन</p> </blockquote> <p style="text-align:justify"><strong>महिला र पुरुषको समान अधिकारको व्यवस्थालाई थप प्रष्ट पार्न कानून पनि त चाहियो नि, होइन ?&nbsp;</strong><br /> यो त संविधानले गरेको व्यवस्था हो । संविधान नमानेर हटाउन खोज्नु त राम्रो भएन । संविधानमा गलत छ भने गलत भयो भन्न सक्नुपर्&zwj;यो, संविधान मिचेर विधेयक ल्याउन भएन । सरकारले धेरै कल्पना गर्नुभन्दा संविधानले जे दिएको छ त्योभित्र रहेर जनताको पक्षमा काम गरोस् । जस्तो कि, मौलिक अधिकारको सन्दर्भमा अरू मुलुकभन्दा नेपालको संविधान फरक छ । मौलिक अधिकारमा राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक लगायतका समस्यालाई पनि समेटिएको छ ।</p> <p style="text-align:justify">रोजगारीको हक, निःशुल्क स्वास्थ्य, शिक्षाको हक, आवासको हक, स्वच्छ पिउने पानीको हक, महिलाको हक, दलितको हक, पिछडिएका क्षेत्रको हक लगायत सुनिश्चित गरिएको छ । मौलिक हक जनताले माग्ने होइन, राज्यले सुनिश्चित गर्नुपर्छ । राज्यले प्रचलनमा ल्याउनुपर्छ । सरकारले धेरै गर्नैपर्दैन, संविधानको मौलिक हक र राज्यको निर्देशक सिद्धान्तभित्रबाट काम गर्न चाह्यो भने द्रूत गतिमा काम गर्ने वातावरण छ । &nbsp;</p> <p style="text-align:justify"><strong>सरकारले संविधान कार्यान्वयनको कामै गरेन भन्न खोज्नुभएको ?</strong><br /> एउटै पार्टीले संसद्मा हुकुम नचलाओस् भनेर प्रतिनिधिसभाभित्र सभामुख र उपसभामुख फरक दलको र फरक लिंगको हुने संवैधानिक व्यवस्था छ । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । शान्तिप्रक्रियाको हस्ताक्षरकर्ता पुष्पकमल दाहाल नेकपाको एक अध्यक्ष हुनुहुन्छ । प्रतिनिधिसभामा उहाँहरुकै पार्टीको सभामुख र उपसभामुख हुनु गलत छ । सरकारले संविधान उल्लंघन गरेको यही विषयबाट छर्लंग हुन्छ ।&nbsp;</p> <p style="text-align:justify"><strong>यो विषयमा कांग्रेसले संसद्&zwnj;मा&nbsp;कुरा उठाएको सुनिएन नि !</strong><br /> यो नेपाली कांग्रेसको ठूलो कमजोरी हो । कांग्रेस प्रतिपक्षजस्तो देखिएको छैन, शान्त भएर बसेको छ । मेरो पार्टी (कांग्रेस) जनतामा पुगेको छैन, जनमत निर्माण गर्न सकेको छैन । यस्तो वातावरणमा सिंहदरबार बसेर काम गर्न के&rsquo;ले रोकेको छ ? सरकार कुहिरोको काग जस्तो भएको छ ।&nbsp;</p> <p style="text-align:justify"><strong>आम नागरिकमा असन्तुष्टि बढ्दो छ, सरकारप्रति भरोसा घट्दो छ । यसले अहिलेको व्यवस्थामा कुनै खतरा ल्याउने देख्नुहुन्छ ?</strong> &nbsp;<br /> सरकार अहिलेकै प्रवृत्तिमा चल्ने र प्रतिपक्षले सरकारको काममा प्रश्न नउठाउने हो भने यो व्यवस्थाप्रति प्रश्न उठ्दै जान्छ । सरकार असफल हुन लाग्यो भने विकल्पको रुपमा दह्रो प्रतिपक्ष देखिनुपर्छ । तर, म व्यक्तिगत रुपमा सरकारले अझै राम्रो काम गरोस्, राष्ट्र र जनताको हितमा काम गरोस् भन्ने चाहन्छु । सरकारलाई राम्रो काम गर्न प्रतिपक्षले दबाव देओस् ।&nbsp;</p> <p style="text-align:justify">दक्षिणपन्थी र उग्रवामपन्थीको स्वर चर्किन थालेको छ । राजावादीको आवाज चर्को हुन थालेको छ । &lsquo;विप्लव&rsquo;को पनि अराजकता बढेको छ । तर, मुलुकले जे उपलब्धि हासिल ग&yen;यो, त्योबाट पछि हट्न सम्भव छैन । अगाडि जाँदा कसरी जान्छ भन्ने प्रश्न हो । हामी पछि फर्कंदैनौं, गणतन्त्र उल्टिदैन । जनताको असन्तुष्टि गणतन्त्रको विरुद्ध होइन, सरकारको रवैयाविरुद्ध हो । सरकारलाई राम्रो काम गर्न दबाव हो । यो सरकारको कमजोरी हो व्यवस्थाको होइन ।&nbsp;</p> <p style="text-align:center">&nbsp;</p> <p style="text-align:justify"><strong>पढ्नुहाेस् संविधान शृंखला:&nbsp;</strong></p> <p style="text-align:justify"><span style="font-size:20px;"><a href="https://www.dekhapadhi.com/news/224">&lsquo;संविधानसभाबाट संविधान ल्याउन मैले सिद्धान्तमै कम्प्रमाइज गरें&rsquo;</a></span></p> <p style="text-align:justify"><span style="font-size:20px;"><a href="https://www.dekhapadhi.com/news/218">दोस्रो पटक प्रधानमन्त्रीमा उम्मेदवारी: जीवनकै अलोकप्रिय निर्णयमा किन पुगे सुशील कोइराला ? </a></span></p> <p style="text-align:justify"><span style="font-size:20px;"><a href="https://www.dekhapadhi.com/news/223">संघीयता र समावेशीपनमा उभिएको संविधान</a></span></p> <p style="text-align:justify"><span style="font-size:20px;"><a href="https://www.dekhapadhi.com/news/373">&lsquo;आफ्नो भूमिका नदेखिने भएपछि भारत संविधान रोक्न चाहन्थ्यो&rsquo;</a></span></p> <p style="text-align:justify"><span style="font-size:20px;"><a href="https://www.dekhapadhi.com/news/321">प्राकृतिक स्रोत बन्दैछ संघ&ndash;प्रदेश झगडाको बीउ</a></span></p> <p style="text-align:justify"><span style="font-size:20px;"><a href="https://www.dekhapadhi.com/news/320">तीन तहका सरकारको उपहारः जनतालाई करमाथि करै कर</a></span></p> <p style="text-align:justify"><span style="font-size:20px;"><a href="https://www.dekhapadhi.com/news/530">स्थानीय सरकार: जनप्रतिनिधि र सिडिओको किचलोले अस्तव्यस्त </a></span></p> <p style="text-align:justify">&nbsp;</p> <p style="text-align:justify">&nbsp;</p> <p style="text-align:justify">&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्