"> ‘नेकपामा कुनै शक्ति सन्तुलन वा फेरबदल भएको छैन’: Dekhapadhi
‘नेकपामा कुनै शक्ति सन्तुलन वा फेरबदल भएको छैन’
नेकपाको स्कूल विभागले गरेको कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख सङ ताओ नै आए ।
प्रस्तुत छ, नेकपाको स्कूल विभागका प्रमुख, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग दुइ पार्टीबीचको सम्बन्ध, चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्ने तयारी र नेकपाको एकता प्रक्रियाबारे देखापढीले गरेको कुराकानीको सारसंक्षेप:
नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच केही दिन पहिले ६ बुँदे समझदारी भएको छ । खासमा यो कस्तो खालको समझदारी हो ?
सबभन्दा पहिले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी दुई देशका कम्युनिस्ट पार्टी हुन् भन्ने बुझ्न जरुरी छ । यी दुवै पार्टी आ–आफ्नो देशमा माक्र्सवादलाई सिर्जनात्मक रुपले लागू गर्न प्रयत्नशील छन् ।
जुन वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीले जितेर चीनमा जनवादी गणतन्त्र स्थापना भयो, त्यही बर्ष नै नेपालमा पनि कम्युनिष्ट पार्टी स्थापना भएको हो । हामी माक्र्सवादलाई आफ्नो देशमा लागू गर्ने कुरामा प्रयत्नशिल छौं । चिनियाँ कम्युनिस्ट पार्टीले त्यसको पहिलो अभिभारा पुरा गरिसकेको छ ।
उहाँहरु जनवादी क्रान्ति, समाजवादी क्रान्ति सबै पुरा गरेर अघि बढ्नुभो, हामी पृथक ढंगबाट राजनीतिक क्रान्ति सम्पन्न गरेर त्यसैको जगमा आर्थिक, सामाजिक रुपान्तरणमा लागेका छौं । अलग अलग चरणमा रहेपनि हामी एउटै कम्युनिष्ट विचार बोकेर अघि बढेका हौं । दुई पार्टीका विदेश विभाग प्रमुखबीच त्यसैअनुरुप ६ बुँदे समझदारी भएको हो ।
हामीले एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, वैज्ञानिक विचारबाट निर्देशित हुने, आ–आफ्नो ठाउँमा माक्र्सवादलाई सिर्जनात्मक ढंगले लागू गर्ने लगायतका समझदारी गरेका छौं । आउँदा दिनमा बन्धुत्वको सम्बन्धलाई निर्देशित गर्ने केही आधार पनि तयार पारेका हौं ।
चिनियाँ र नेपाल कम्युनिस्ट पार्टीबीचको सम्बन्ध आजको होइन । सन् १९५६ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको ८ औं महाधिवेशनमा हाम्रा नेताहरु शुभकामना दिन जानुभएको थियो । हाम्रो महाधिवेशनमा पनि विभिन्न राष्ट्रका कम्युनिस्ट पार्टीहरु शुभकामना दिन आउनुहुन्छ । अहिलेको समझदारी चाहिँ नेपालका दुई कम्युनिष्ट पार्टीहरु एक भएको अवस्थामा दुवै देशका कम्युनिष्ट पार्टीले बोकेका विचारबारे जानकारी आदानप्रदान गर्नु पनि हो ।
सम्झौता–पत्रमा वैचारिक आदानप्रदान गर्ने पनि भनिएको छ । त्यो भनेको कतै विचारको आयात त होइन भन्ने आशंका गरिँदैछ नि ?
आदानप्रदान भनेको एक अर्काका अनुभव साटासाट गर्ने हो ।  जुनसुकै देशका पार्टीसँग हामी अनुभव साटासाट गर्न सक्छौं । चीनमात्र किन, हामीले भारत, साउथ अमेरिका र युरोपका पार्टीसँग बसेर पनि अनुभव आदानप्रदान गरेका छौं । यहाँ जो विदेशीको इसारामा चल्छन्, उनीहरुले मात्र यस्तो आशंका गर्छन् ।
हामी सिक्न चाहन्छौं । दुनियाँका राम्रा अनुभव गर्न चाहन्छौं । त्यसैगरी नेपालको परिवर्तनको आन्दोलनबाट प्राप्त भएको अनुभव अरुलाई पनि शेयर गर्न चाहन्छौं ।
प्रसंग बदलौं, चिनियाँ राष्ट्रपतिको भ्रमण नजिकिँदै छ । तयारी कस्तो हुँदैछ ?
अहिलेसम्म चिनियाँ राष्ट्रपति आउने औपचारिक मिति हामीले पाएका छैनौं । आउनुहुन्छ भन्ने जानकारी पाएका छौं । मिति दुवैपक्षबीच कुराकानी भएर तय हुन्छ होला । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखलेपनि यही भनेर जानु भएको छ ।
चिनियाँ राष्ट्रपति नेपाल आउनु दुरगामी महत्वको विषय हो । हामीले के पाउँछौं भनेर होइन, दुई देशबीचको सम्बन्धलाई उचाइमा पु¥याउन यो भ्रमण कोशेढुंगा सावित हुन्छ । लामो समयपछिको भ्रमण भएकाले यसको आफ्नै महत्व पनि छ । सी चिनफिङले ल्याएका विचारले दुनियाँलाई आकर्षित गरिरहेको बेला छ । हामीले यो भ्रमणलाई उच्च महत्व दिएका छौं ।
म अब जस्तोसुकै अवस्थाका लागि पनि तयार हुनुपर्छ भन्ने ठान्छु ।
भ्रमणका क्रममा नेपालको तर्फबाट प्रस्तुत हुने अजेण्डा के–के छन् ?
कुनै अजेण्डा विशेष वा केही कुरा पाउनका लागि भन्दा पनि हामी दुइ देशका पारस्परिक हितका बारे कुरा गर्छौं । त्यसमा के के हुन्छन् भन्ने कुरा समझदारी भएपछि टुंगो लाग्ने हो । अहिले त्यहीअनुसार तयारी भइरहेको छ ।
चिनियाँ पक्षले उच्चस्तरीय भ्रमणमा सुरक्षालाई संवेदनशील विषयको रुपमा लिने गरेको छ । हाम्रो तर्फबाट सुरक्षा सुनिश्चितता कसरी निर्माण गरिएको छ ?
हामी के कुरामा विश्वस्त छौं भने हाम्रा सुरक्षा निकाय÷सुरक्षाकर्मी, हाम्रो प्रशासनिक व्यवस्था र राजनीतिक नेतृत्व आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउन सक्षम छ ।
उहाँहरुले सुरक्षा चासो राख्नु स्वभाविक हो । आफ्नो देशको प्रमुख नेता, राष्ट्रपतिका विषयमा चासो रहनु अस्वाभाविक होइन । चिनियाँ मित्रहरुलाई हामी के भन्न चाहन्छौं भने हामी उहाँहरुको राष्ट्रपतिको उचित सुरक्षा व्यवस्था गर्न सक्षम छौं ।
एकता प्रक्रिया लगभग सकिएको छ । एकाध कुरा बाँकी छन् । ती सबै टुंग्याउनेतर्फ हामी केन्द्रित नै छौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा भारतीय सुरक्षाकर्मी नै आए नि ?
भारतीय प्रधानमन्त्री यहाँ आउँदा मात्र होइन, भारतमा अमेरिकाका राष्ट्रपति आउँदा पनि उनीहरुका आफ्नैै सुरक्षाकर्मी पनि साथमा आउँछन् । यो प्रचलन नै छ ।
जो अतिथि आउनु हुन्छ, उहाँको सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्छ नै । सम्बन्धित देशले आफै प्रत्यक्ष संलग्न भइरहन चाहन्छ पनि । हामीले पनि हाम्रो सरकार प्रमुख कुनै मुलुकमा जाँदा आफ्नो आवश्यक सुरक्षा प्रबन्ध गरेकै हुन्छौं ।
३ असोज २०७२ मा संविधान जारी भयो । त्यसपछि मुलुक कसरी अघि बढ्यो भन्ने सबैलाई थाहा छ । २०७४ सालमा भएको आम निर्वाचनपछि सरकार बनेको डेढ बर्षमात्र पुरा भएको छ ।
यही बीचमा हामी दुई पार्टी एक हुँदा केही रिक्तता भयो । यसले गर्दा जनतामा सबै कुरा पुगेनन् । राम्रा कुरा जनतामा पुगेनन्, बरु विरोध र आक्रोशका कुरा मात्र पुगे । अर्थात्, हामी सही कुरा लिएर जनतासमक्ष जान सकेनौं । राम्रा कामका बारेमा भन्न सकेनौं । त्यसले पनि समस्या ल्यायो ।
लुकेको र सबभन्दा डरलाग्दो कुरा चाहिँ कम्युनिष्ट पार्टीले जनताको भारी मतबाट जितेको कुरा देश भित्र र बाहिरका कैयौं मानिसलाई पचेको छैन । त्यसलै विभिन्न मुद्दा झिकेर कमजोर र बदनाम गर्ने योजना बनेको छ । यसो भन्दैमा हामी पनि आफूले व्यक्त गरेको प्रतिबद्धता अनुसार नै जानुपर्छ ।
हामीले गरेका कामबारे बुझाउन जनतासम्म पुग्नुपर्छ । यसमा हामीबाटै कमजोरी भएको छ । तर, हामी प्रतिबद्धताबाट पछि हट्ने छैनौं । प्रतिबद्धता भन्दा बाहिर गयौं भने जनताले दिने सजाय कस्तो हुन्छ भनने हामीले बुझेका छौं । त्यसकारण हामीमाथि उठेका प्रश्नको जवाफ अब कामबाट दिन्छौं ।
कम्युनिष्ट पार्टीले जनताको भारी मतबाट जितेको कुरा देश भित्र र बाहिरका कैयौं मानिसलाई पचेको छैन ।
पछिल्लो समय सरकारले गरेका एकपछि अर्को निर्णय विवादित बने । सरकारप्रति असन्तुष्टि पनि बढेको देखिन्छ । यसको कारण के हो ?
केही कुरा विवादित बनाउने कोशिस गरिएका छन् । तर, सबै त्यस्तो पनि होइन । हामीले गरेका कुरा ठिक ढंगबाट जनतामा पुर्याउन सकेनौं ।
प्रजातान्त्रिक व्यवस्थामा कतिपय कुरामा सरोकारवालाले आफ्नो अपनत्व खोज्छन् । हामीले नीति निर्माण गर्दा सरोकारवालासँग बसेर छलफल गर्नुपर्छ, जनतालाई स्वामित्वबोध गराएर काम गर्नुपर्छ भन्ने महशुस भएको छ । अब हामी त्यो गर्छौं ।
सरकारका एक मन्त्रीमाथि प्रश्न उठ्दा पुरानो शक्ति नै जुर्मुराउन थालेको प्रचार गरियो । नेकपाले बैठक नै बोलायो । सत्तारुढ दलकै नेताहरुबाट यस्ता कुरा आउनुको अर्थ के गणतन्त्रलाई साँच्चै चुनौती थपिएको हो ?
नेकपाले यही विषयमा बैठक बोलाएको होइन । राष्ट्रिय एजेन्डामा सबै बसेर छलफल गर्ने हाम्रो अभ्यास नै हो । छिमेकका मुलुकमा कतिपय राजनीतिक दलहरुबीच बोलचाल नै हुन्न । तर, हाम्रोमा त्यस्तो छैन । राष्ट्रिय मुद्दामा छलफल गर्न प्रधानमन्त्रीज्यूले सर्वदलीय बैठक बोलाउनु भएको होला । नेकपा सरकारको नेतृत्वमा रहेको पार्टी भएकाले पनि नेतृत्व लिएको हो ।
हो, चुनौती सिर्जना गर्न केही उद्धण्ड पार्टी, अनिर्वाचित शक्तिहरु नयाँ आवरणमा आउँदैछन् । उनीहरु विभिन्न हिसाबले प्रतिगमनकारी गतिविधि गर्दैछन् । हिजो जनताबाट अनुमोदित नभएको, निरकुशं शक्तिलाई पुनर्जीवन दिने खेललाई पनि हामीले बुझ्नुपर्छ ।
यो शक्ति सन्तुलन वा परिवर्तन केही होइन । दुई पार्टी एक भए । जनता र कार्यकर्ताको चाहना तथा राष्ट्रको आवश्यकताले त्यसो भएको हो ।
नेकपाभित्र पछिल्लो समय अप्रत्यासित रूपमा शक्ति सन्तुलन फेरबदल भएको देखियो । यस्तो किन भइरहेको हो ?
यो शक्ति सन्तुलन वा परिवर्तन केही होइन । दुई पार्टी एक भए । जनता र कार्यकर्ताको चाहना तथा राष्ट्रको आवश्यकताले त्यसो भएको हो । अब यो एकता प्रक्रियालाई अगाडि बढाउनुपर्ने चुनौती हाम्रासामु छ ।
दुई भिन्न पार्टी एकठाउँ आउँदा केही परसम्म भिन्न भिन्न खालका केही अवशेष देखिन्छन् । त्यो स्वाभाविक हो । दुई पार्टी मिलेर अहिले ठूलो कमिटी बनेको छ । सचिवालय, स्थायी समिति, केन्द्रिय कमिटि बनेका छन् ।
सबै मिलाउन केही ढिलाइ भए पनि सबै विषयमा व्यवस्थापन गर्दै पार्टी अगाडि बढिरहेको छ । यो पार्टी कमजोर भए हाम्रै बुद्धिहीनताले हुन्छ । सफल बन्ने पनि हाम्रै योग्यताले हो । हामी हिंजोका कमजोरी सच्चाएर हिडिरहेका छौं । शक्ति सन्तुलन भयो वा फेरियो भन्ने कुरा नै होइन । हिँजोका केही सम्बनध राम्रो ढंगबाट अघि नबढे सम्बन्ध सधैं एकैनाशको रहँदैन, त्यो परिपक्व हुादै जान्छ ।
पार्टी एकता प्रक्रियाले कहिलेसम्म पूर्णता पाउँछ ?
एकता प्रक्रिया लगभग सकिएको छ । एकाध कुरा बाँकी छन् । ती सबै टुंग्याउनेतर्फ हामी केन्द्रित नै छौं ।
अब एकता महाधिवेशनको पनि तयारी होला । व्यक्तिगत रूपमा तपाईंको योजना के छ ?
अब हामी एक भयौं । अहिलेसम्म सबै काम सहमतिमा भए । अब महाधिवेशनबाट त्यसलाई संस्थागत गर्नुपर्छ । विचार, संगठन र नेतृत्व संस्थागत गर्न पनि हामीलाई महाधिवेशन आवश्यक पर्छ । हामीले सहमतिमा नै महाधिवेशन गर्ने भनेका छौं । त्यसकारण सबैको सहमतिमा अघि बढ्ने काम हुन्छ ।
तपाईं दुई पटक महासचिब भइसक्नुभो । अब नेतृत्व बाहेकका विकल्प तपाईंका लागि साघुँरिदै छन् नि !
मेरो इतिहास, मेरो निरन्तरता, निष्ठापूर्ण मेरो क्रियाशिलता अहिले पनि जारी छ । भोलि पार्टीले जस्तो आवश्यक ठान्छ, मैले त्यस्तै जिम्मेवारी लिनुपर्छ । मेरो क्षमता भनेको सापेक्षित कुरा हो । म यस हिसाबले नै अगाडि बढिरहेको छु । जुन बेलामा पूर्णकालीन रूपमा लागेको थिए । कहिल्यै अविचलित भएर हिंडिनँ । अब पनि म आफ्नो क्रियाशिलता, निरन्तरता र निष्ठा अनुसार नै अघि बढ्छु । परिस्थिति, आवश्यकता, कार्यकर्ताको चाहना हो कि होइन भन्ने कुरालाई बुझेर पनि अघि बढ्नुपर्ने हुन्छ । म अब जस्तोसुकै अवस्थाका लागि पनि तयार हुनुपर्छ भन्ने ठान्छु ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्