तर, कताकता एसिडप्रति सोचमग्न पनि हुँदै थिइन्। उनी साेंच्थिन्, ‘उत्तराखण्ड सरकारले ऋषिकेशमा अण्डाको बिक्री रोक्न सक्छ भने तेजाबको किनबेच किन रोक्न सक्दैन ?’
यस्ता प्रश्नले उनलाई क्रमशः लड्न सिकाए। त्यसपछि उनको वास्तविक संघर्ष शुरू भयो। उनी भन्थिन्, ‘उसले मेरो अनुहार बिगार्‍यो, मन होइन।’
उनी आफ्ना लागि लडिन्, आफूजस्तै अन्य दिदीबहिनीका लागि पनि लडिन्। तर, यो लडाईं सहज थिएन। अगाडि ठूल्ठूला चुनौति आए। मुद्दा अदालत पुगिसकेको थियो।
निरन्तर रूपमा त्यसमा लाग्दा परिवारकै अवरोध आयो। समाजको तिरस्कार, सरकार र अदालतबिचको खाडल सबै उनले भोग्नुपर्‍यो। तै पनि हरेक चुनौति स्विकार गर्दै उनले निरन्तर संघर्ष गरिन्। यो चलचित्रमा छपाकले उनै मालतीको निरन्तरको संघर्ष देखाउँछ।
विश्वमा प्रत्येक वर्ष झन्डै १५ सयको हाराहारीमा एसिड आक्रमणका मुद्दाहरू दर्ता हुन्छन्। ‘एसिड सर्भाइभर ट्रस्ट इन्टरनेशनल’का अनुसार ६० प्रतिशत घटना दर्ता नै हुँदैनन्। बढी एसिड आक्रमण हुने देशहरूमा बंगलादेश, भारत, पाकिस्तान, नेपाल, कम्बोडिया, बेलायत, युगान्डा, क्यानडा, इटालीलगायत छन्।
एसिड आक्रमणका पीडितमध्ये ८० प्रतिशत महिला र बालिकाहरू छन्। यो डरलाग्दो आँकडाले छोरीहरू कहाँ–कहाँ असुरक्षित छन् भन्ने देखाउँछ।
हरेक महिना एसिड आक्रमणका खबर सञ्चारमाध्यममा आइरहेका छन्। यस्तो गम्भीर अपराधलाई समाजले सामान्य रूपमा लिइरहेको हुन्छ। पीडितहरूप्रति सहानुभूति मात्रै देखाइन्छ। तर, यस चलचित्रले त्यसको गहिराइसम्म पुर्‍याउँछ। मालतीको ठाउँमा आफूलाई राख्न बाध्य बनाउँछ।
समाजमा एसिड पीडित मात्रै नभएर जलाइएका, बलात्कृत भएका, घरेलु हिंसा भोगेका महिलाहरू पनि धेरै छन्। उनीहरू मालती जस्तै शुरूमा खुलेर बाहिर आउन सक्दैनन् वा चाहँदैनन्।
आएपनि केही समयसम्म मुद्दा लड्छन्, पछि थाक्छन्। तर, मालती थाकेकी छैनन्, मालतीको यही निरन्तरको लडाईंले उनीजस्तै अन्य पीडितलाई हौसला दिन्छ। हरेक परिस्थितीसँग जुध्दै जाने हिम्मत र अटुट प्रयासको कथा हो छपाक।
पीडित मात्रै हैन, सामान्य मानिसलाई पनि यसले प्रभाव पार्छ।
फिल्ममा मालतीको भूमिकालाई बलिउड अभिनेत्री दीपिका पादुकोणले जीवन्त बनाएकी छन्। लक्ष्मी अग्रवालको जीवनमा आधारित छपाकलाई मेघना गुलजार र अतिका चौहानले लेखेका हुन् भने निर्देशन मेघनाले नै गरेकी हुन्।
दिल्ली शहरकी लक्ष्मी अग्रवालमाथि सन् २००५ मा एसिड आक्रमण  भएको थियो। अग्रवाल अहिले एसिड आक्रमणमा परेका महिलाका लागि उदाहरणीय पात्र हुन्। उनले ‘मोटिभेस्नल स्पीच’ बाट हौसला र प्रेरणा दिँदै आएकी छन्। छपाक फिल्मले देखाएको यो सबैले सुन्नुपर्ने महत्वपूर्ण कथा हो।
हेर्नुहाेस् छपाककाे ट्रेलर:
"> छपाकः महिला हिंसाविरुद्ध निरन्तरको लडाईं र जितको कथा: Dekhapadhi
छपाकः महिला हिंसाविरुद्ध निरन्तरको लडाईं र जितको कथा
काठमाडौं। मालती सुतिरहेको बेड नजिक पुगेर अधिवक्ता अर्चनाले सोध्छिन्, ‘तिमी त्यसलाई यत्तिकै छोडिदिन्छौ ?’
अर्चनाको कुरा नसुने झैं मालती चुपचाप बस्छिन्। कुनै प्रतिक्रिया दिन्नन्। अर्चनाले फेरि सोध्छिन्, “आफूलाई एसिड आक्रमण गर्ने ‘आजाद’ भएको हेर्न सक्छौ ?” मालती फेरि पनि चुप बस्छिन्। तर, उनका आँखा चुप बस्दैनन्। आँखामा आँसुको ताल बन्छ।
बसिरले मालतीलाई एसिड छ्यापेको महिनौँ भइसकेको थियो। मालतीको आधा दर्जन सर्जरी भएको थियो। तर, उनले बसिरविरुद्ध कुनै उजुरी गरेकी थिइनन्। मालती कन्फ्युज थिइन्। एसिडले उनको मुहार मात्रै हैन, हिम्मत पनि जलाएको थियो। कोठाको चारभित्ताभित्रै आफूलाई गुम्साएर राख्न थालेकी थिइन्। सोंच्थिन्, ‘अब मेरो लागि बाहिरी संसार छैन। जे छ यहीँ सीमित छ।’
मालती आफैंभित्र हराउन थालेकी थिइन्। त्यसैले त आफैंमाथि एसिड छ्याप्नेलाईसमेत उनी मुद्दा चलाउनेबारे सोँच्न सकेकी थिइनन्। त्यही बेलामा अर्चना आएकी थिइन्।
अर्चनाको प्रश्नले मालतीको मनमा विद्रोहको बिउ रोपिदियो। नयाँ उर्जा थपिदियो।
अनि उनी अगाडि बढिन्। आफ्नो लडाईं निरन्तर लडिन्। र, जितेरै छाडिन्।
यही विषयलाई उठाइएको छ, फिल्म छपाकमा।
त्यो आक्रमणले मालतीका रहरहरू तहसनहस बनाइदियो। हिम्मत तहसनहस बनाइदियो। अनुकूल परिस्थिथि एकाएक प्रतिकूल भए। हिजोसम्म मायाले बोलाउने आफन्त एकाएक पराइ भए। जसले उनलाई मायाको नजरले हेर्थे, उनीहरूको नजरमा अब डर भरिएको थियो। बच्चाहरू मालतीको अनुहार देखेर डराएर भाग्थे।
मालती आफैं पनि पलपल डरको सामना गर्दै थिइन्।
तर, कताकता एसिडप्रति सोचमग्न पनि हुँदै थिइन्। उनी साेंच्थिन्, ‘उत्तराखण्ड सरकारले ऋषिकेशमा अण्डाको बिक्री रोक्न सक्छ भने तेजाबको किनबेच किन रोक्न सक्दैन ?’
उनी आफ्ना लागि लडिन्, आफूजस्तै अन्य दिदीबहिनीका लागि पनि लडिन्। तर, यो लडाईं सहज थिएन। अगाडि ठूल्ठूला चुनौति आए। मुद्दा अदालत पुगिसकेको थियो।
विश्वमा प्रत्येक वर्ष झन्डै १५ सयको हाराहारीमा एसिड आक्रमणका मुद्दाहरू दर्ता हुन्छन्। ‘एसिड सर्भाइभर ट्रस्ट इन्टरनेशनल’का अनुसार ६० प्रतिशत घटना दर्ता नै हुँदैनन्। बढी एसिड आक्रमण हुने देशहरूमा बंगलादेश, भारत, पाकिस्तान, नेपाल, कम्बोडिया, बेलायत, युगान्डा, क्यानडा, इटालीलगायत छन्।
एसिड आक्रमणका पीडितमध्ये ८० प्रतिशत महिला र बालिकाहरू छन्। यो डरलाग्दो आँकडाले छोरीहरू कहाँ–कहाँ असुरक्षित छन् भन्ने देखाउँछ।
समाजमा एसिड पीडित मात्रै नभएर जलाइएका, बलात्कृत भएका, घरेलु हिंसा भोगेका महिलाहरू पनि धेरै छन्। उनीहरू मालती जस्तै शुरूमा खुलेर बाहिर आउन सक्दैनन् वा चाहँदैनन्।
आएपनि केही समयसम्म मुद्दा लड्छन्, पछि थाक्छन्। तर, मालती थाकेकी छैनन्, मालतीको यही निरन्तरको लडाईंले उनीजस्तै अन्य पीडितलाई हौसला दिन्छ। हरेक परिस्थितीसँग जुध्दै जाने हिम्मत र अटुट प्रयासको कथा हो छपाक।
पीडित मात्रै हैन, सामान्य मानिसलाई पनि यसले प्रभाव पार्छ।
फिल्ममा मालतीको भूमिकालाई बलिउड अभिनेत्री दीपिका पादुकोणले जीवन्त बनाएकी छन्। लक्ष्मी अग्रवालको जीवनमा आधारित छपाकलाई मेघना गुलजार र अतिका चौहानले लेखेका हुन् भने निर्देशन मेघनाले नै गरेकी हुन्।
दिल्ली शहरकी लक्ष्मी अग्रवालमाथि सन् २००५ मा एसिड आक्रमण  भएको थियो। अग्रवाल अहिले एसिड आक्रमणमा परेका महिलाका लागि उदाहरणीय पात्र हुन्। उनले ‘मोटिभेस्नल स्पीच’ बाट हौसला र प्रेरणा दिँदै आएकी छन्। छपाक फिल्मले देखाएको यो सबैले सुन्नुपर्ने महत्वपूर्ण कथा हो।
हेर्नुहाेस् छपाककाे ट्रेलर:
प्रतिक्रिया दिनुहोस्