अहिले धेरैको मनमा उठ्ने एउटा जिज्ञासा छ– हामी बहुप्रतिभाशाली हुनुपर्छ कि कुनै एउटा विषयमा दक्ष भए पुग्छ ? एकथरी भन्छन्, हामी बहुप्रतिभाशाली हुनुपर्छ । अहिलेको विश्वमा बहुप्रतिभाशाली नभई कामै छैन । अर्काथरी भन्छन्– हामी कुनै एक विषयमा दक्ष हुनुपर्छ नभए विश्व बजारमा हाम्रो भूमिका रहँदैन ।
यो विषयमा स्पष्ट हुनुभन्दा पहिला हामीले आफैसँग सोध्नुपर्छ– किन हामीसँग बहुप्रतिभा हुन जरुरी छ ?
हामी दुर्गा पूजा गर्छौं जहाँ विभिन्न हतियार समाएकी दुर्गाको पूजा हुन्छ । यसको अर्थ हो, उनी विभिन्न हतियार चलाउन जान्दछिन् । त्यस्तै विभिन्न भगवानको पूजा गरिन्छ जसले विभिन्न हतियार समाएका हुन्छन् । हामीले रावणबारे पनि सुनेका छौं । उनी संगीतकार, वैज्ञानिक, राजनीतिक चिन्तक थिए भन्ने विश्वास गरिन्छ ।
तर हामीले आफैँसँग सोध्नुपर्ने हुन्छ– कुन महत्वपूर्ण छ ? र सन्दर्भ के हो ?
त्यसैले बहुप्रतिभाशाली हुनुपर्छ वा पर्दैन भन्ने बहसको विषय होइन । बहसको विषय हाम्रो आवश्यकता के हो भन्ने हो । शिक्षालाई प्रायः धेरै विषयमा केही जान्ने र केही विषयमा धेरै जान्ने भनेर बुझ्ने गरिन्छ । त्यसैले हामी विशिष्ट र सामान्य दुवै हुन जरुरी छ ।
वर्तमान अर्थतन्त्र विष्णु मोडल अनुरुप छ ।
विष्णु वैकुण्ठमा बस्छन् र सबै थाहा पाउँछन् । तर, उनले त्यहाँ बसेर पनि सबै समस्या समाधान गर्न सक्छन् । निश्चित समस्या समाधान गर्न उनी पृथ्वीमा अवतरण गर्छन् । यसको अर्थ हो, माथिबाट तल आउनु । उनी अनन्त छन्, अमत्र्य छन् । तर, भू–लोकमा आउँदा उनी अमत्र्य हुनुपर्छ । उनले आफैंलाई सीमित बनाउनुपर्छ । पृथ्वीमा जन्म लिएपछि उनले परिस्थितिका सीमाहरुभित्र रहेर समस्याको सामना गर्नुपर्ने हुन्छ ।
परिस्थिति अनुसार उनी कहिले राम बन्छन् त कहिले कृष्ण, कहिले परशुराम, कहिले बराह । युग अनुसार उनका अवतार फेरिए । यसको अर्थ हो– उनी समस्या समाधान गर्न परिस्थितिसँग अनुकुल भए ।
यसको अर्थ हो, उनीसँग पहिले नै सबै ज्ञान छ । तर, उनलाई कतिबेला कुन ज्ञान प्रयोग गर्नुपर्छ भन्ने पनि थाहा छ । उनी परिस्थिति अनुकुल हुनसक्छन् ।
त्यसैले बहुप्रतिभा हुनु मुख्य विषय होइन । मुख्य विषय हो, सही समयमा सही सीप प्रयोग गर्नु । परिस्थिति अनुकुल हुनु ।
सही समयमा सही सीप प्रयोग गर्नु भनेको के हो त ? त्यो भनेको परिस्थितिको माग बुझ्नु हो ।
रावणलाई हेरौं । उनी बहुप्रतिभाशाली थिए । तर, उनी अरुको चासोलाई ध्यान दिँदैनथे । उनले केवल आफ्ना स्वार्थलाई मात्र ध्यान दिन्थे ।
उनी नाच्न जान्दथे, तर कसका लागि ?
उनी बाजा बजाउन जान्दथे, तर कसका लागि ?
उनी हतियार चलाउन जान्दथे, तर कसका लागि ?
उनले कहिल्यै पनि कुनै समस्या समाधान गर्ने प्रयत्न गरेनन् । उनले आफ्ना भोक, ईच्छा र स्वार्थहरु पूरा गर्ने प्रयत्न मात्र गरिरहे । त्यसैले उनी फरक फरक परिस्थितिलाई बुझ्न ईच्छुक भएनन् ।
हामी सबै फरक फरक परिस्थितिमा फरक भूमिका निर्वाह गर्छौँ । हामी घरमा एकथरी भूमिकामा हुन्छौं । कार्यालयमा अर्काथरी । साथीभाईमाझ अर्काथरी । तपाईंको व्यवसाय शुरु हुँदा तपाईंको भूमिका एउटा हुन्छ । व्यवसाय सफल हुँदा अर्कै र संकटमा पर्दा अर्कै ।
फरक–फरक समयमा फरक फरक सिप चाहिन्छ । त्यसैले हामी बहुप्रतिभाशाली हुनुपर्छ । तर, त्यति मात्र भएर पुग्दैन । कुन समयमा कस्तो भूमिका निर्वाह गर्ने भनेर छनोट गर्न सक्नुपर्छ ।
त्यसैले बहुप्रतिभाशाली हुने कि विषयविज्ञ हुने भन्ने मुख्य विषय होइन । मुख्य विषय हो, परिस्थिति अनुकुल हुनसक्ने कि नसक्ने ?
त्यसैले अवतरण नै सफलताको कुञ्जी हो ।
कुन परिस्थितिमा कस्तो भूमिका निर्वाह गर्ने भन्ने व्यक्तिले होइन बाहिरी जगतले निर्धारण गर्छ । किनकी समस्या बाहिरी जगतमा हुन्छ ।
यो नै राम र रावणमा फरक हो । रावणले आफ्नो रुचिलाई मात्र प्राथमिकता दिए । त्यसैले असफल भए ।
अहिले व्यवसायीहरुले आफ्नो रुचिलाई मात्र ध्यान दिए भने असफल हुनेछन् । उनीहरुले हेर्ने बजारको रुचि के छ भनेर हो । र, परिस्थिति अनुसार आफ्नो भूमिका परिवर्तन भइरहनुपर्छ । बजारले तपाईंलाई बोस, सहयोगी, दानी सबै बनाउन सक्छ ।
विष्णु र इन्द्रमा यही फरक हो । इन्द्रको एउटा मात्र रुप छ । तर विष्णुको समय–परिस्थिति अनुसार फरक–फरक रुप । विष्णुलाई थाहा छ, कहाँ त्रिशुल प्रयोग गर्नुपर्छ, कहाँ चक्र, कहाँ गधा, कहाँ धनु । उनको हातमा विणा समेत छ ।
अहिले मानिसहरुले भोग्ने अर्को समस्या हो– उनीहरु एउटा काम गरिरहँदा अरु कामले बाधा पु¥याइरहन्छ । जस्तो कि, फोनमा व्यस्त हुनुपर्छ, मिटिङ हुन्छ आदि ।
यो समस्यालाई समाधान गर्न ऋषिहरुबाट सिक्नुपर्छ । पौराणिक ग्रन्थहरुमा बयान गरिन्छ– कुनै ऋषि तपस्यामा बसेका हुन्छन् । उनी निरन्तर तपस्यामा दत्तचित्त भएका हुन्छन् । त्यहीबेलामा अप्सरा आउँछिन् । केही समय उनको ध्यान भंग हुन्छ । तर, फेरी उनी तपस्यामै लिन हुन्छन् ।
अहिले मानिसलाई आफ्नो तपस्याबाट भंग गराउने ‘अप्सराहरु’ धेरै छन् । हामी आफैलाई पिँजरामा थुन्न सक्दैनौं । तर हामी आफूलाई व्यवस्थित गराउन सक्छौं । कुन काम कतिबेला गर्ने र कसलाई कति समय दिने भनेर प्राथमिकता छनोट गर्न सक्छौं । जस्तै, यो काम नसकिँदासम्म म फोन उठाउँदिन भन्न सकिन्छ ।
हामीले जथाभावी रुपमा कुनै समस्या समाधान गर्न सक्दैनौं । तर, व्यवस्थित रुपमा एकपछि अर्को गरेर भने सक्छौं । त्यसका लागि के गर्ने भन्ने सूची बनाउनुपर्छ ।
त्यस्तो सूची दुई थरी हुन्छ । काम गर्नुअघि र पछि । पहिलो सूचीमा म के गर्छु भन्ने हुनुपर्छ । दोस्रोमा के के गरें भन्ने हुनुपर्छ । म पहिलो सूचीलाई भृगु सूची भन्छु । भृगु ऋषिले भविष्यलाई ध्यान दिन्छन् । दोस्रोलाई म बृहस्पति सूची भन्छु । बृहस्पतिले विगत हेर्छन् ।