राजनीतिक नेताहरुबारे कुरा गर्दा हामीले राजधर्मबारे चर्चा गर्नुपर्ने हुन्छ ।

पूर्वीय परम्परामा अधिराज्य हुन्थ्यो । हरेक राज्यमा राजा हुन्थे । ती नै राज्यका नेता हुन्थे । हिन्दू र बुद्ध मिथकहरुमा भगवानहरुले राजा बनाउँथे । उनीहरुले किन राजाको सिर्जना गर्थे त ?

अराजकता हटाउनका लागि राजाको सिर्जना गरिन्थ्यो । राजाको अनुपस्थितिमा मानिसहरुले एक अर्कालाई सम्मान गर्दैनन् । कोही पनि आएर अर्काको सम्पत्ति वा जे पनि लैजान सक्छन् । राजाले यो तपाईंको र त्यो उसको भनेर सुनिश्चित गरिदिन्छन् । राजाको उपस्थितिमा नै मानिसहरुले एक अर्कालाई सम्मान गर्छन्, करारको सम्मान गर्छन् ।

यो व्यवस्था कायम राखिरहनु राजाको धर्म हो ।

प्रायःजसो नेताहरुलाई किन राजनीतिमा लागेको छु भन्ने थाहा हुँदैन । उनीहरु शक्ति प्राप्त गर्नका लागि मात्र नेता बन्न चाहन्छन् । उनीहरु समुदायमा शक्ति वितरण गर्न चुक्छन् जबकि राजाको कर्तव्य नै त्यही हो ।

शक्तिमा रहनका लागि कोही राजा हुने होइन । अरुलाई शक्तिशाली बनाउनका लागि ऊ राजा बन्ने हो । जस्तै ‘रामायण’ नै हेरौं । रामायण असल राजा कस्तो हुनुपर्छ भन्ने उदाहरण हो । रामायणभर रामले अयोध्याको मात्र चर्चा गर्छन् । उनले व्यक्तिगत गौरवका लागि भन्दा पनि अयोध्याका जनताको फाईदाका लागि निर्णय लिन्छन् ।

रामायणमा जब राम वनवासमा जान्छन् मानिसहरु सोध्छन्– उनी किन वनवास जाँदैछन् ?

अरुले जवाफ दिन्छन्– किनकि उनी असल पुत्र हुन् ।

तर त्यो असल होइन । राम असल पुत्र भएकाले वनवास गएका होइनन् । उनी वनवास गएका हुन् किनकि उनी राजकुलका सदस्य हुन् ।

उनका बुवाले भन्छन्– यदि राजकुलका मानिसहरुले आफ्नो वचन पालन गरेनन् भने कुलको निष्ठामाथि प्रश्न उठ्छ । र, समाजमा सबैथोक ध्वस्त हुन्छ ।

त्यसैले बुवाले भनेकाले राम वनवास गएका होइनन् । उनी किन गएका हुन् भने, राजा दशरथले भने– म राजा हुँ र तिमी राजकुमार । भावी राजा तिमी नै हौ । यदि तिमीले नियम, निष्ठा र इमान्दारी कायम राखेनौं भने राज्य नै विघटन हुन्छ ।

त्यसैले वनवासको निर्णय लिँदा रामले अयोध्यालाई केन्द्रमा राखेका थिए ।

अब महाभारततिर हेरौं ।

महाभारतमा दुर्योधन, पाण्डव, कौरवको कथा पढ्दा थाहा हुन्छ, उनीहरुले कहिल्यै पनि हस्तिनपुरको कुरा गर्दैनन् । उनीहरु आफ्नो जायजेथाको कुरा गर्छन् । मेरो र तेरोको कुरा गर्छन् । त्यसैले महाभारतको झगडा सम्पत्तिमाथिको पारिवारिक कलह हो ।

महाभारतमा लेखिएकै छ– मासुको टुक्रामा कुकुरहरु लडिरहेछन् ।

अहिलेको राजनीति पनि त्यस्तै छ । यो लुछाचुँडी विकासोन्मुख देशमा मात्र छैन । संसारैभरी यस्तो झगडा छ । मेरो हिस्सा के हो भन्नेबारे नै ठूलो लडाइँ छ ।

चुनावको बेलामा के हुन्छ हेरौं न । निर्वाचनको बेलामा केही शक्तिशाली मानिस हुन्छन् र अरु कम शक्तिशाली मानिस हुन्छन् । शक्तिशाली मानिसलाई कम शक्तिशालीको साथ चाहिएको हुन्छ । कम शक्तिशाली मानिसहरु कैकेयीले जस्तै भूमिका देखाउन थाल्छन् । जसरी पटरानीहरुले राजासँग यस्तो चाहियो, उस्तो चाहियो भनेर रोइकराई गर्छन् । ठ्याक्कै त्यस्तै हुन्छ राजनीतिमा पनि ।  उनीहरुले माग गर्न थाल्छन् । अनि शक्तिशालीहरु गएर ‘यस्तो दिन्छु, उस्तो दिन्छु’ भनेर वाचा गर्न थाल्छन् । यसरी गठबन्धन निर्माण हुन्छ ।

यस्तो बेलामा राज्यको चिन्ता कसैले गरेको हुँदैन। राज्य भन्दा राजा ठूलो हुन्छ । यो नै अधर्म हो ।

जब राज्यका लागि राजा हुन्छ त्यो धर्म हुन्छ। नभए अधर्म हुन्छ।

महाभारत र रामायणमा यही सामान्य धारणाको व्याख्या गरिएको छ।

पूर्वीय परम्परामा उत्तरदेखि दक्षिणसम्म र पूर्वदेखि पश्चिमसम्म जतासुकैका राजकुलमा रामायण र महाभारत पटकपटक पढाइन्थ्यो । राजालाई तिमीहरु राज्यका लागि हौ भन्ने बुझाउन सकिन्थ्यो।

आदर्श नेता राम

आदर्श राजनेताको उदाहरण दिँदा म जहिल्यै पनि रामको नाम लिन्छु।

बिडम्बना, रामलाई धेरैले बुझेका छैनन्। जसले रामलाई राजनीतिक प्रतीकको रुपमा लिएका छन् उनीहरुले पनि रामलाई बुझेका छैनन्। राम एक वियोगी पात्र हुन्। रामायण पढ्दा थाहा हुन्छ, राम कहिले पनि सामान्य व्यक्ति हुन पाएनन्। उनी सधैँभरी राजाकै रुपमा व्यवहार गर्न बाध्य भए। त्यसैले रामायण राजाको कथा हो। यो कुनै छोरा वा पति वा पिताको होइन । रामका हरेक कर्महरु उनी राजा भएकै आधारमा निर्धारण भएका छन्।

यो पूर्ण जिम्मेवारीको उदाहरण हो। यो कथा उच्च विन्दुमा पुग्दासम्म उनको परिवार नै संकटमा पर्छ । तर रामले जे गर्छन् राज्यकै लागि गर्छन्।

विडम्बना, वर्तमान राजनीतिक अभ्यासमा यस्तो उदाहरण पाइँदैन। आधुनिक लोकतान्त्रिक व्यवस्थामा राज्य भन्दा पहिला राजनीतिक दल आउँछ। राजनीतिक दल भन्दा पहिला व्यक्ति आउँछ । त्यसैले अहिले केन्द्रमा व्यक्ति छ। राज्य होइन।

त्यसैले मानिसहरु जतासुकै राजनीतिक दल र नेताबारे झगडा गरेको पाइन्छ। हरेकले दावी गर्छन्, मेरो नेता ठीक अरु बेठीक। तर कसको लागि ठीक ?

त्यसैले यो प्रश्न सबै नेतालाई सोध्न जरुरी छ-तपाईं कसका लागि काम गर्नुहुन्छ ?

हरेक नेताले रामबाट सिक्न जरुरी छ। उनीहरु रामजस्तै राज्यप्रति समर्पित हुन जरुरी छ।

पढ्नुहोस्

नेतृत्व गर्ने कि मालिक बन्ने !

"> हिन्दू धर्मग्रन्थबाट राजनेताले के सिक्ने ? : Dekhapadhi
हिन्दू धर्मग्रन्थबाट राजनेताले के सिक्ने ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्