प्रविधिको विकाससँगै आम सञ्चारका पाठक, दर्शक र स्रोताका चाहना फेरिएका छन् । र, त्यही चाहनासँग एकाकार हुन आजदेखि हामीले ‘मल्टीमिडिया कन्टेन्ट प्लेटफर्म’का रुपमा देखापढी डटकम शुरू गरेका छौं ।

दृश्य, शब्द र आवाज– यी तिनै विधाका सामग्री हेर्न, पढ्न र सुन्न मिल्ने यस्तै प्लेटफर्मको खोजीमा आम पाठक, दर्शक र स्रोता हुनुहुन्छ भन्ने हाम्रो विश्वास हो । यो हाम्रो विश्वास मात्र होइन, सञ्चार र बजार सम्बन्धी विभिन्न अध्ययनहरुले स्थापित गरेको तथ्य पनि हो ।

भनाइ नै छ– ‘तथ्य बदलियो भने म आफ्नो दृष्टिकोण पनि बदल्छु ।’ पाठक, दर्शक र स्रोताका रूचि फेरिएपछि हाम्रोे भूमिका स्वतः फेरिने नै भयो । हामी दर्शक, स्रोता र पाठकलाई तिनको रूचि बमोजिम देखापढी डटकम एउटा नयाँ र बेग्लै सञ्चार माध्यम अनुभूति होस् भन्ने चाहन्छौं।

हाम्रो योजना छ– धेरैभन्दा धेरै अडियो/भिडिओ सामग्री पस्कने र त्यसमा पनि सकेसम्म लाईभ सामग्री दिने । शुरूआती दिनमा हामी हरेक दिन चार पटक लाईभ न्यूज बुलेटिन प्रसारण गर्नेछौं । विस्तारै बुलेटिनको संख्या थप्दै जाने हाम्रो लक्ष्य छ । राजनीति, अर्थतन्त्र, सामाजिक विषय र जनचासोका मामिलामा हामी देखापढीबाट नियमित प्रत्यक्ष संवाद (लाईभ टक शो) र अन्य कार्यक्रम पनि प्रसारण गर्नेछौं।

यसका लागि हामीले सुविधा सम्पन्न स्टुडियो निर्माण गरेका छौं। प्रत्यक्ष प्रसारण गर्न सकिने ओबी (आउटडोर ब्रोडकास्टिङ) भ्यानदेखि आवश्यक अन्य उपकरणको व्यवस्था गरेका छाैं ।

करिब आधा दर्जन ठाउँबाट एकसाथ प्रत्यक्ष प्रसारण गर्न सक्ने प्रविधिले हाम्रो समाचार कक्षलाई चलायमान र गतिशील बनाउनेछ भने दर्शक, स्रोता र पाठकले पलपलमा ‘अपडेट’हरू पाउनुहुनेछ । अनुभवी र पेशागत निष्ठामा अविचलित हाम्रो सम्पादकीय टीमको प्रयत्न, त्यसमा पनि विशेषतः हाम्रा संवाददाताहरूले गर्ने मोबाइल जर्नालिज्म (मोजो) को अभ्यासले हामी प्रविधिको रफ्तारसँगै जन्मेका अनलाइनको भीडमा संख्या थप्न होइन, बरू ‘लिड’ गर्न आएका हौं भनेर व्यवहारमै पुष्टि गर्नेछ ।

विज्ञापन मामिलामा हाम्रो आफ्नै बुझाइ छ । हामी यसलाई कुनै उत्पादन वा सेवा बिक्री गर्ने विषय ठान्दैनौं । त्यसैले हामीसँग मार्केटिङ र सेल्स दुवै टीम छैनन्। हामी विज्ञापनदाताको व्यापार वृद्धिमा साझेदारी (पार्टनरसीप) गर्न चाहन्छौं । त्यही कारण हामीले ‘पार्टनरसीप टीम’ खडा गरेका छौं । यो अभ्यासमार्फत् विज्ञापनदाताले पनि सम्भवतः यसअघि नगरेको वा गर्ने अवसर नपाएको नयाँ प्रयोग देखापढी डटकमसँग गर्न सक्नुहुनेछ।

हामीलाई थाहा छ, जिम्मेवार पत्रकारिताले पारदर्शिता खोज्छ। त्यसैले सत्ता र शक्ति अनि राज्यका विभिन्न अंग र निकायमाथि प्रश्न गर्छ। अनि त्यसैको जगमा उभिएर सिंगो समाजलाई उत्तरदायी बनाउने प्रयत्न गर्छ । तर, अबको पत्रकारिताले अरूसँग अपेक्षा गरेर मात्र पुग्दैन, आफैं पनि त्यो कठिन यज्ञमा होमिनु पर्छ । हामी भन्छौं– आफैं पारदर्शी नभई अरूलाई पारदर्शी बनाउन सकिंदैन ।

हाम्रो कम्पनीको पारदर्शिता हामीले गरेको लगानी विवरणबाट शुरू हुन्छ । देखापढी डटकम सिर्जना गर्दा हामीले एउटा सपना देखेका छाैं। त्यो सपना पूरा गर्न लगानी गरेका छौं । यसमा सपना, पसिना र परिश्रम धेरै साथीहरूको छ, भोलि पनि हुनेछ । तर, आर्थिक रुपमा यो मेरो एकल लगानीमा सञ्चालित कम्पनी हो । एक दशकभन्दा लामो समयदेखि मैले विभिन्न मिडिया कम्पनी सञ्चालन गरिरहेको छु र त्यसबाट आर्जित रकमलाई यसमा लगाएको छु । यसबाहेक मैंले बैंकबाट ऋण लिएको छु ।

प्रतिस्पर्धात्मक बजारमा व्यवसायको गोपनीयतालाई ध्यानमा राखेर लगानी गरेका अंक यहाँ खुलाउन असमर्थ रहे पनि राज्यका निकायले सोधेखोजेका बेला हरहिसाब देखाउन हामी तयार छाैं ।

यो हाम्रो व्यवसाय हो । यसमा हाम्रो लगानी छ, मिहिनेत छ, पसिना छ । तर, हामी के कुरामा प्रष्ट छौं भने मिडियामा जुनसुकै व्यक्तिले लगानीे गरे पनि त्यसमा यतिविध्न जनचासो र जनसरोकार जोडिएको हुन्छ, व्यवहारमा त्यो सार्वजनिक सम्पत्ति (पब्लिक प्रपर्टी) बन्न पुग्छ । त्यसकारण देखापढी डटकम आजैदेखि यसका पाठक, दर्शक र स्रोताको नैतिक हकसहितको सार्वजनिक सम्पत्ति हो । यसमाथि सार्वजनिक रूपमा प्रश्न गर्ने तपाईंको संवैधानिक हक सुरक्षित छ ।

सार्वजनिक सञ्चार माध्यमको आवश्यकता र खाँचो समेतलाई ध्यानमा राखेर आज एकल रुपमा सञ्चालन भएको यो कम्पनीलाई हामी भविष्यमा पब्लिक लिमिटेड कम्पनी बनाउन चाहन्छौं ।

यस कम्पनीमा कार्यरत सहकर्मीहरूले मात्र होइन, सर्वसाधारणले समेत ‘यो मेरो पनि हो’ भन्न सक्ने बनाउन यसमा लगानी गर्न, सिर्जित मुनाफामा हिस्सेदार बन्न सक्ने अवस्था हामी सिर्जना गर्नेछौं ।

हामीलाई थाहा छ, यो यात्रा सजिलो छैन । हामीलाई यो पनि थाहा छ, यात्रा कठिन भए पनि असम्भव छैन । किनकी तपाईं पाठक, दर्शक, श्रोता र विज्ञापनदातासँग हामी नजिक छौं। अनि तपाइहरू हामीसँग।

" /> प्रविधिको विकाससँगै आम सञ्चारका पाठक, दर्शक र स्रोताका चाहना फेरिएका छन् । र, त्यही चाहनासँग एकाकार हुन आजदेखि हामीले ‘मल्टीमिडिया कन्टेन्ट प्लेटफर्म’का रुपमा देखापढी डटकम शुरू गरेका छौं ।

"> तपाईंको साथ, हाम्रो यात्रा: Dekhapadhi
तपाईंको साथ, हाम्रो यात्रा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्