- ड्रिउ हेन्ड्रिक्स

बिहान निद्रा खुल्नसाथ तपाइँ के गर्नुहुन्छ ? मोबाइलमा हात पुर्‍याउनुहुन्छ ? सामाजिक सञ्जालमा आँखा डुलाउनुहुन्छ ? अर्थोक पनि गर्नुहुन्छ कि ?

ध्यान दिनुहोस् बिहानका शुरुआती पलहरु तपाईंको दिनकै सबभन्दा महत्वपूर्ण क्षण हुन् । यी पलले दिनभर सकारात्मक भावना विकास गर्न र तपाईंको दिन सार्थक बनाउन सक्छन् । तर, त्यसका लागि तपाईंले केही परिवर्तन भने अवश्य गर्नुपर्छ ।

यहाँ बिहानको समयलाई कसरी सुन्दर दिनका लागि तयार पार्ने भन्ने ६ तरिका प्रस्तुत गरिएको छ ।

१. आफुलाई कम्तिमा १५ मिनेट दिनुहोस्
निद्राबाट आँखा खुल्नसाथ मोबाइलमा हात नलम्काउनुहोस् । सामाजिक सञ्जालमा आँखा दौडाउने हतार पनि नगर्नुहोस् । रातभर तपाईं सुतिरहँदा बितिहाल्दो खासै केही भएको छैन ।

केवल १५ मिनेट आफ्नो लागि छुट्याउनुहोस् । यसले तपाईंलाई सकारात्मक हुन मद्दत गर्छ । साथै प्रविधिको दास पनि बनाउँदैन । तपाईंले खासै केही गर्नुपर्दैन । सुत्ने बेलामा सामाजिक सञ्जालको नोटिफिकेसन बन्द गर्नुभए हुन्छ । वाइफाइ अफ् गरे पुग्छ ।

२. कफी वा चिया होइन कागती पानी पिउनुहोस्
धेरैको बिहान उठ्नासाथ चिया वा कफी पिउने बानी हुन्छ । आजैबाट त्यो बानी छोड्नुहोस् । बिहान उठ्नासाथ एक गिलास मनतातो पानीमा एउटा कागती निचोरेर पिउनुहोस् ।

यसले तपाईंको पाचन प्रक्रिया बलियो बनाउँछ । बोसो कम गराउँछ । मुख र घाँटी सफा पार्छ । साथै उर्जा दिन्छ । कागती पानी पिएको ३० मिनेटपछि मात्र दाँत माझ्ने, पिउने वा खाने काम गर्नुहोस् ।

चिया वा कफीको लत लागेकालाई यो निकै गाह्रो काम हुनसक्छ । तर तपाईंले आफ्नो स्वास्थ्य र सुन्दर दिनका लागि ३० मिनेट धैर्य गर्न त सकिहाल्नुहुन्छ ।

३. सही तरिकाले उठ्नुहोस्
बिस्ताराबाट उठ्ने सयौं ‘गलत तरिका’ छन् । तर सही तरिका भने एउटै छ ।

शुरुमा दायाँतर्फ पल्टिनुहोस् । अनि बस्नुहोस् र बल्ल उठ्नुहोस् । तर जर्‍याकजुरुक होइन । आरामले उठ्नुहोस् । आरामले उठ्दा मुटु र ढाडलाई कम दबाव पर्छ ।

४. दिनभरीको लक्ष्य तय गर्नुहोस्
बिहान उठेर कागती पानी पिउँदै गर्दा दिनभरको लक्ष्य तय गर्नुहोस् । तर लामो सूची नबनाउनुहोस् । बढीमा तीनवटा भए पुग्छ । यसो गर्दा तपाईंको दिन व्यवस्थित हुन्छ ।

डाक्टरकोमा जानुदेखि बेलुकीको सत्संगसम्म यसैमा समेट्नुभए हुन्छ ।

५. जिउ तन्काउनुहोस्
हुन त यो स्वाभाविक लाग्छ । उठेपछि जिउ तन्किहाल्छ नि । यस्तै सोचेर धेरैले बेवास्ता पनि गर्ने गर्छन् । तर त्यसो होइन ।

रातभर सुत्दा हाम्रो जिउ कुँजिएको हुन्छ । त्यसैले यसलाई तन्काउनुपर्छ । यो काम तपाईंले सुतेरै पनि गर्न सक्नुहुन्छ । बेडमै पल्टिपल्टि हातगोडा तन्काउने, मुन्टो बटार्ने अभ्यास गर्नु उत्तम हुन्छ ।

अचेल त जिउ तन्काउन सिकाउने एप्सहरु मोबाइलमै पाइन्छन् । तिनले सिकाएअनुसार गर्दा पनि उत्तम नै हुन्छ ।

६. ध्यान गर्नुहोस्
ध्यान र बिहानी पलसँग गहिरो नाता छ । यसो सम्झनुहोस् त हाम्रा अग्रजहरु कुनै न कुनै हिसाबले बिहानपख ध्यान गर्ने गर्थे ।

तर अचेल हामी व्यस्त भएका छौं । हामीसँग आफैलाई दिने समय छैन । तर हाम्रो दिन यसै पनि होहल्ला, तनाव, हतारोबाट गुज्रिरहेको हुन्छ । हाम्रो मनलाई आराम र उर्जा चाहिन्छ । त्यसको लागि सर्वोत्तम विकल्प हो ध्यान ।

ध्यानका अनेक विधि छन् । सबैभन्दा सामान्य विधि हो– आरामले बसेर केही समयका लागि एउटै विषयमा ध्यान दिने । तपाईंले श्वासप्रश्वासमा मात्र केन्द्रित भएर पनि ध्यान गर्न सक्नुहुन्छ ।

जसरी गर्नुस्, ध्यान गर्नुस् । यसले तपाईंको दिन मात्र होइन एकाग्रता पनि बढाउँछ । एकाग्रता बढेपछि जस्तोसुकै काम पनि राम्रोसँग गर्न सकिन्छ ।

यति पढिरहँदा सायद तपाईंले महसुस गरिसक्नुभयो तपाईंको प्रातकालीन जीवनशैली लाभदायक छैन । बिहानी बिगारेर दिन खराब पार्ने ? त्यसो भए आजैबाट परिवर्तन किन नथाल्ने ?

इन्कडटकमबाट अनुवाद

" /> - ड्रिउ हेन्ड्रिक्स

"> बिहानको जीवनशैलीबाट फेरिन सक्छ सिंगो दिन : Dekhapadhi
बिहानको जीवनशैलीबाट फेरिन सक्छ सिंगो दिन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्