"> सेनाले चीनबाट ल्याएका स्वास्थ्य सामग्री काठमाडौं आइपुगे (तस्वीरहरू): Dekhapadhi
सेनाले चीनबाट ल्याएका स्वास्थ्य सामग्री काठमाडौं आइपुगे (तस्वीरहरू)
काठमाडौं। चीनबाट नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुगेको छ।

चीनबाट सेनाले जीटूजी प्रक्रियामार्फत् ६७ प्रकारका सामानहरू खरिद सम्झौता गरेको थियो।

ग्वान्जाओबाट नेपाल-चीनबीचको तातोपानी नाकामा ३१ वैशाखमा आइपुगेको सामान आवश्यक भन्सार जाँचपछि आज काठमाडौं आइपुगेको हो।

पहिलो लटको सामान ल्याइएको नेपाली सेनाले जनाएको छ।

काठमाडौं आइपुगेको सामान आवश्यकताअनुसार देशभर वितरण गरिनेछ।

१० वटा गाडीमा झण्डै साढे आठ टन बराबरको स्वास्थ्य सामग्री पहिलो लटमा काठमाडौं आएको हो।

चीनको ग्वान्जाउबाट २२ वैशाखमा सामान बोकेका कन्टेनर नेपालतर्फ आएका थिए। सेनाका अनुसार सडकमार्गबाटै आउने दोस्रो लटका सामान आइपुग्न अझै केही दिन लाग्नेछ।

जीटूजी प्रक्रियाबाट नेपालले करीब दुई अर्ब २५ करोड रूपैयाँमा ३४३ टन स्वास्थ्य सामग्री खरिद गरेको हो। हवाई मार्गबाट नेपाल ल्याउने भनिएको सामान आउने अझै टुंगो लागिसकेको छैन।

नेपाली सेनाले सामान खरिद सम्झौता गरेपछि पहिलो लटमा जहाजबाट सामान ल्याउने जनाएको थियो। तर, जहाजबाट सामान ल्याउने टुंगो नलाग्दै सडक मार्गबाट सामान काठमाडौं आइपुगेको छ।

८ वैशाखमा नेपाली सेनाले चिनियाँ कम्पनी साइनो फर्म इन्टरनेशनल कर्पोरेसनसँग खरिद सम्झौता गरेको थियो। ओम्नी ग्रुपसँगको सम्झौता रद्द गरेर सरकारले १६ चैतमा सामान खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्