फाबियो कानाभारो

अहिले हाम्रो देशमा जे भइरहेको छ, त्यसले मलाई एकदमै चिन्तित बनाउँछ र पीडा दिन्छ। इटली अहिले कति भयावह परिस्थितिबाट गुज्रिएको छ त्यो म बर्णन गर्न सक्दिनँ। हरेक दिन कयौंले ज्यान गुमाएका छन्। जो संक्रमणबाट प्रभावित छन्, उनीहरूलाई सम्झिएर मेरो मुटु भक्कानिएर आउँछ, अझै विशेषगरी जसले आफन्त गुमाएका छन्, जो नजिक थिए।

सकेसम्म धेरैको ज्यान बचाउन अग्रपंक्तिमा रहेर दिनरात कडा परिश्रम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई म सलाम गर्न चाहन्छु। तपाईंहरू सच्चा नायक हुनुहुन्छ, जसको हाम्रो देशमा अहिले खाँचो छ।

दुःखद कुरा, अहिलेको वास्तविकता भनेको अहिले हामीमध्ये कोही पनि सुपरम्यान छैनौं। हामी कसैसँग पनि यस भाइरसलाई परास्त गर्न सक्ने क्षमता छैन। जतिबेला यो सरूवा रोग पहिलो पटक चीनमा देखा पर्‍यो, मलाई लाग्यो हामी इटालियनहरूलाई केही हुने छैन। म मात्र होइन, हामी सबैले यस्तै सोच्थ्यौं। कम्तिमा यसले मलाईचाहिँ असर गर्दैन भन्‍ने लाग्थ्यो।

पक्कै पनि हामीले शुरूमा धेरै हेलचेक्र्याई गर्यौं। यो एउटा सामान्य फ्लु मात्र होला भन्‍ने लाग्यो।

हामी कति गलत रहेछौं।

कम्तिमा हामीले देश लकडाउन गर्नुपर्थ्यो र जनतालाई घरमा बस्‍न आदेश दिनुपर्थ्यो। म अहिले ग्वान्जाओ इभरग्रान्डमा प्रशिक्षण गरिरहेको छु, यहाँ चीनमा म केही साताअघि क्‍वारेन्टाइनमा गएको थिएँ। यहाँको जनताले यसअघि पनि ‘सार्स’सँग लडिसकेका थिए। उनीहरूलाई के गर्नुपर्छ भन्‍ने राम्रोसँग थाहा छ। इटलीमा हामीले कहिल्यै यस्तो आपतकालीन अवस्था भोगेका थिएनौं।

तर अहिले हामी यस लडाईंको बीचमा छौं। हामी मिलेर यसविरुद्ध लड्नुपर्छ। र हामीले आफ्नै शैलीको उत्कृष्‍ट उपाय निकाल्नुपर्छ।

हो, हामी सबैलाई थाहा छ इटली अद्भुत देश हो। हामीसँग आश्चर्यजनक तटरेखा र प्राकृतिक गाउँहरू छन्। हामीसँग स्वस्छ हावापानी छ, जसका कारण हामी घण्टौं घरबाहिर समय खर्च गर्न सक्छौं। हामीसँग फेसन छ, हामीसँग खानाका परिकार छन्। इटलीको जीवन यति सुन्दर छ कि कहिलेकाहीँ हामी हाम्रो गौरवमा विश्राम लिन्छौं। कहिलेकाहीँ हामी ‘नजिकको तीर्थ हेला’ भनेजस्तै आफ्नै सुन्दर कुरालाई बिर्सन्छौं। आफ्नो क्षमतालाई खेर फाल्छौं।

भाग्यवश हामीसँग त्यस्ता केही क्षणहरू पनि छन्, जसले साच्चिँकै गौरवान्वित बनाउँछन्। त्यस्तो क्षणहरू जुन निकै कठिन परिस्थितिमा भएका थिए। खतरापूर्ण समयमा महत्वपूर्ण कुराहरू भएका थिए।

मैले धेरै पटक यस्तो अनुभव गरेको छु। मेरो मस्तिष्‍कमा आउने त्यसको राम्रो उदाहरण हो, इटलीले विश्‍वकप खेलेको क्षण। त्यतिबेला विश्‍वकपको उपाधि जित्नु अनौठो थियो, किनकी त्यस सयममा फुटबल सबभन्दा कठिन समयबाट गुज्रिएको थियो। तर हामी सबैलाई थाहा छ, इटलीमा फुटबल एक सामान्य खेलभन्दा धेरै कुरा हो। जब राष्‍ट्रिय टीमले खेल्छ, सबैले आफूलाई त्यसको एक हिस्सा सम्झन्छन्। सबै एक हुन्छौं।

र जब सबै इटालियन एक हुन्छौं, हामी साँच्चिकै राम्रो गर्न सक्छौं।

इटलीले १९८२ मा विश्‍वकप जितेको खेल हेरेको मलाई अझै पनि राम्रो याद छ। त्यतिबेला आठ वर्षको वच्चा थिएँ म। मेरो गृहनगर नेपोलीमा मानिसहरू आफन्त तथा साथीहरूको घरमा भेला भएर खेल हेरेका थिए। मलाई अझै पनि राम्रोसँग याद छ, इटलीले पहिलो गोल गर्दा हामीले चिच्याएर अंगालो मारेको। अंगालो मार्ने कतिपयलाई त चिनेका पनि थिएनौं।

जब म २००६ को विश्‍वकपमा कप्तान भएँ, मैले खेलाडीहरूमा केही समानता देखेको थिएँ। प्रतियोगिताको मुखमै काल्सियोपोली काण्ड भएको थियो। तयारीका लागि जुट्दा हामी सबैजना टुटेका थियौं। सबैलाई लागेको थियो कि उक्त काण्डले हामीलाई विचलित बनाउनेछ।

तर क्याम्पमा सधैं राम्रो माहोल बन्यो। त्यो नै सबभन्दा महत्वपूर्ण थियो। त्यस्तो संकटपूर्ण घडीमा हामीले आफ्नोमात्र ख्याल राखेनौं। हामीले सबैको ख्याल गर्यौं। हामीसँग मार्सेलो लिप्पी जस्ता प्रशिक्षक थिए, जसले टीममा सदैव सद्‍भाव र प्रेरणा कायम राखे। जर्मनीमा उत्रँदासम्म हामीले त्यो काण्डबारे धेरै बिर्सिसकेका थियौं। र हामी खेल्नका लागि आतुर थियौं।

मानिसहरू प्रायः मसँग सोध्‍ने गर्छन्, इटलीले कसरी त्यो विश्‍वकप जित्यो? हामीले भाग्यवश त्यो विश्‍वकप उपाधि जितेका थिएनौं। हामी उत्कृष्‍ट टीम भएका कारण जितेका थियौं। र, हामी त्यो उपाधि जित्‍नेमा विश्‍वस्त थियौं।

अहिले हामीलाई एक देशका रूपमा समान भावनासहित अटुट एकताको खाँचो छ। पहिले नै हामीले एकताका उत्कृष्‍ट उदाहरणहरू देखिसकेका छौं। आन्द्रा टुट्टो बेन भन्‍ने वाक्यांश, अर्थात् सबै कुरा ठीक हुँदैछ । घरमा डराएर बसेकाहरू तथा एक्लै बसेर निराश भएकाहरूलाई सहयोगको सहयोगको सन्देश हो। चिकित्साकर्मीहरूको सम्मानमा ताली बजाउन मानिसहरू घरको कौसीमा निस्किए। छिमेकीहरू सँगसँगै गीत गाए। यस्तै एकताको हामीलाई खाँचो छ।

जब यो संकट समाप्त हुन्छ, इटली नितान्त भिन्‍न हुनेछ। धेरैले जागिर गुमाएका हुनेछन्। केहीले व्यवसाय गुमाएको हुनेछन्। त्यतिबेला डरलाग्दो कडा परिश्रम गर्नुपर्ने हुन्छ। हामी केवल यो भाइरसको भ्याक्सिन चाँडोभन्दा चाँडो उपलब्ध हुन्छ भन्‍ने आशा मात्र गर्न सक्छौं। जसले यो अँध्यारो रातलाई सदाका लागि अन्त्य गर्नेछ।

त्यतिबेलासम्म हामीले धैर्य गर्नुपर्ने छ। त्यसैले घरमै बसौं र परिवारसँग समय विताऔं। र सम्भव भएसम्म थोरै मानिससँग प्रत्यक्ष सम्पर्क राख्‍ने प्रयास गरौं।

असल कार्यका लागि हामी आफ्नोतर्फबाट पनि केही राम्रो गर्ने प्रयास गरौं। मेरोतर्फबाट मैले २००६ मा विश्‍वकप जित्दाका साथीहरूसँग मिलेर ‘फण्ड’ उठाउने कार्य शुरू गरिसकेको छु। त्यहाँबाट उठेको पैसा इटालियन रेडक्रसमा जान्छ र इटलीका अस्पतालहरूमा कोरोना भाइरसविरुद्ध लड्न आवश्यक सामग्री आपूर्ति गर्नमा प्रयोग हुनेछ। मलाई आशा छ, तपाईंहरू पनि डोनेसन गरेर मलाई साथ दिनुहुनेछ।

यदि सक्नुभएन भने तपाईंको छिमेकीलाई सामान्य सहयोग गर्नुभयो भने पनि धेरै हामी लामो यात्रा तय गर्न सक्ने छौं। हामी सबैले राम्रोसँग महशुस गर्नुपर्छ कि यो सामूहिक लडाईं हो। र सबै जना यो लडाईंमा सहभागी हुनु आवश्यक छ।

पक्कै पनि, यो सत्य हो कि हामी कोही पनि सुपरम्यान छैनौं।

तर हामी एकसाथ उभियौं भने जे पनि गर्न सक्छौं।

दाजुभाइ तथा दिदीबहिनी उच्च मनोबलका साथ बसौं।

फबियो कानाभारो
ग्वान्जाओ इभरग्राण्ड
चीन

(फाबियो कानाभारो इटालीले २००६ मा फिफा विश्‍वकपको उपाधि जित्दा कप्तान थिए। इटालियन क्लब नेपोली, पर्मा, इन्टर मिलान, युभेन्टस तथा स्पेनिस महारथी रियल मड्रिडबाट खेलिसकेका कानाभारो अहिले चिनियाँ सुपर लिगको ग्वान्जाओ एभरग्रान्डमा प्रशक्षक छन्। उनको यो पत्र दी प्लेयर्स ट्रिबुनबाट अनुवाद गरिएको हो।)

" /> फाबियो कानाभारो

"> विश्‍वविजेता कानाभारोको इटलीलाई भावुक चिठी- ‘सुपरम्यानको शक्ति जुटाऔं’: Dekhapadhi
विश्‍वविजेता कानाभारोको इटलीलाई भावुक चिठी- ‘सुपरम्यानको शक्ति जुटाऔं’

प्रतिक्रिया दिनुहोस्