काठमाडौं। २०६६ तिर पत्रपत्रिकामा एउटा नाम चर्चित भयो- ध्रुवे। ध्रुवे अरूभन्दा उपद्रयाहा थियो। ऊ शान्त थिएन। मैमत्त थियो। जनधनको क्षति गर्थ्यो। सताएर हैरान पार्थ्यो । उसको उपद्रोको कथा सञ्‍चारमाध्यमहरूमा २०६९ सालसम्म छाइरह्यो।

त्यो मैमत्त ध्रुवे अरू कोही थिएन। एक जंगली हात्ती थियो।

चितवन राष्‍ट्रिय निकुञ्‍जको यो हात्तीको उपद्रो गतिविधिसँगै उसको नाम पनि सर्वत्र चर्चाको विषय बन्यो।

आखिर कसरी रह्यो उसको नाम ?

तस्वीरः ट्रिप एड्भाइजर।

“राप्ती नदी किनारमा ध्रुवघाट छ। सँगै ध्रुवपोष्‍ट राखिएको छ, त्यही पोष्‍टमा पहिलोपटक आक्रमण गरेको हुनाले त्यो हात्तीको नाम ध्रुवे राखिएको थियो,” चितवन राष्‍ट्रिय निकुञ्‍जका तत्कालीन सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारी सुनाउँछन्।

त्यसो त, त्यो हात्तीको नाम रिद्दीवीर राख्‍नुपर्छ भनेर प्रस्ताव नगरिएको पनि होइन। उसले उक्त पोस्टमा रहेका सिपाही रिद्दीवीर दोङलाई आक्रमण गरी मारेको थियो। “तर उक्त पोष्‍टमा हात्ती धेरै आउने गर्न थालेपछि उसको नाम ध्रुवे रहन पुग्यो,” भण्डारी भन्छन्।

ध्रुवे हात्ती। तस्वीरः एनटीएनसी

त्यसरी नाम पाउने ध्रुवे पहिलो हात्ती भने होइन। पहिलेदेखि नै खासगरी सरकारी प्रयोजनमा प्रयोग गरिने घरपालुवा हात्तीको नाम राख्‍ने प्रचलन छ। पहिले-पहिले शाही परिवारका सदस्यको नामबाटै हात्तीको नाम राखिन्थ्यो। जस्तै- ऐश्‍वर्यमाला, वीरेन्द्रप्रसाद, महेन्द्रगज आदि।

त्यसबेला हात्ती नामकरणका लागि सम्भावित नामहरू दरबारमा पठाइन्थ्यो। पछि राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमोदन गराउन थालियो।

अहिले हात्तीसारका कर्मचारीले नाम राखेर सम्बन्धित निकुञ्‍ज कार्यालयमा पठाउँछन्।

राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु विभागका प्रवक्ता विष्‍णुप्रसाद श्रेष्‍ठले पनि हात्तीको नाम राख्‍न विभागलाई सोधिरहनुनपर्ने बताए।

“त्यहाँका सम्बन्धित हात्तीसारका कर्मचारी र प्रमुख संरक्षण अधिकृत भएर नाम राख्‍ने गरिन्छ,” उनले भने, “अरू देशमा उपहारस्वरूप वन्यजन्तु पठाउने बेला भने सरकारले नै नाम राखेर पठाउँछ।”

राष्‍ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) चितवनका प्रमुख रामकुमार अर्यालका अनुसार संरक्षणमा योगदान गरेका व्यक्तिहरूको नामबाट समेत हात्तीको नाम राख्‍ने गरिएको छ। जस्तै- एनटीएनसी चितवनसँग भएका ६ वटा हात्तीमध्ये एउटा ७० वर्षको कृतिकली २३ वैशाखमा कालगतिले मर्‍यो। कृतिकलीको नाम कीर्तिमान तामाङको नामबाट रहेको थियो।

“चितवनमा टाइगर इकोलोजी प्रोजेक्ट भन्ने थियो, त्यसको संस्थापक प्रमुख कीर्तिमान तामाङ हुनुहुन्थ्यो,” रामकुमार अर्याल भन्छन्, “उहाँकै नामबाट सो हात्तीको नामकरण गरिएको थियो।”

त्यस्तै चर्चित व्यक्तिहरूको नामबाट पनि हात्तीको नाम राखिने चितवन राष्‍ट्रिय निकुञ्‍जका पूर्वपशु प्राविधिक प्रमुख डा. कमलप्रसाद गैरे बताउँछन्।

तर, हात्तीको नाम मानिसको नामबाट मात्र जुर्ने गर्दैन। कहिलेकाहीँ उसको आनीबानी व्यहोरासँग जोडेर पनि नाम राखिन्छ। जस्तै चितवनमा अर्को चर्चित हात्ती छ, रोनाल्डो।

रोनाल्डो हात्ती सन् २००२ मा विश्‍वकप फुटबल चलिरहँदा देखापर्‍यो। त्यतिबेला ब्राजिलका फुटबल खेलाडी रोनाल्डो धेरै गोल गरेका कारण चर्चित थिए। उनकै नामबाट यो हात्तीको नाम जुराइएको चितवन राष्‍ट्रिय निकुञ्‍जका हात्तीसार प्रमुख बुधन चौधरी बताउँछन्।

“रोनाल्डो जता पनि पुगेर गोल हान्ने गथ्र्यो। त्यस्तै यो हात्ती पनि पोथी हात्ती भेट्न कहिले सौराहा, कहिले हात्तीसार, कहिले गाउँतिर पुग्ने गथ्र्यो। त्यसैले यसको नाम रोनाल्डो राखियो,” उनी भन्छन्।

मान्छेको नामबाट मात्रै होइन, कतिपय अवस्थामा ठाउँको नामबाट पनि हात्तीको नामकरण गरिन्छ। चितवनमा गोविन्दपुर भन्ने ठाउँ छ। त्यस ठाउँमा एउटा हात्ती प्रायः देखिइरहन्थ्यो। त्यसको नाम गोविन्दे राखियो।

“त्यसबेलाको चर्चित व्यक्ति, हात्ती प्रायः देखिइरहने ठाउँ, देवी देवतालगायतको नामबाट राखिन्छ,” गैरे भन्छन्, “खासगरी यसको एउटै मुख्य उद्देश्य हो, हात्तीको पहिचान गर्नु।”

पण्डितले राखिदिन्छन् नाम
मानिसको जस्तै पालिएका हात्तीको छावाको नाम पनि पण्डितलाई देखाएर राखिने गरेको चितवनका हात्तीसार प्रमुख चौधरी बताउँछन्।

“१२ दिन पुगेपछि छावा पण्डितलाई देखाउँछौं,” उनी भन्छन्, “पण्डितले दिएको पहिलो अक्षरबाट नै नाम राखिन्छ।”

राेनाल्डाे। तस्वीरः विनाेद श्रेष्ठ

उनका अनुसार पहिले देवी देवताको नामबाट राख्‍ने प्रयास गरिन्छ। नाम जुध्यो भने संरक्षणसँग सम्बन्धित उपल्लो तहका व्यक्तिहरूको नामबाट पनि जुराइन्छ।

“भर्खरै अवकाश हुनु भएका डिजी सा’ब (राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु विभागका महानिर्देशक) गोपालप्रकाश भट्टराईको नामबाट पनि हात्तीको नाम राखिएको छ,” उनी सुनाउँछन्, “पण्डितले ‘ग’ अक्षरबाट नाम राख्‍न भनेपछि गोपालप्रकाश गज राखियो।”

आखिर हात्तीलाई किन नामको आवश्यकता पर्छ त ?

हात्ती विज्ञ नरेन्द्रमान प्रधान भन्छन्, “हात्तीको पहिचानका लागि नाम आवश्यक पर्छ।”

हात्तीसारका हात्तीको दरबन्दी हुने र उसको नाममा छुट्टै रासन आउने भएकाले पनि हात्तीको नाम आवश्यक भएको उनको भनाइ छ। “आधिकारिकताका लागि हात्तीको नाम अनिवार्य गरिएको हो,” उनी भन्छन्।

" /> काठमाडौं। २०६६ तिर पत्रपत्रिकामा एउटा नाम चर्चित भयो- ध्रुवे। ध्रुवे अरूभन्दा उपद्रयाहा थियो। ऊ शान्त थिएन। मैमत्त थियो। जनधनको क्षति गर्थ्यो। सताएर हैरान पार्थ्यो । उसको उपद्रोको कथा सञ्‍चारमाध्यमहरूमा २०६९ सालसम्म छाइरह्यो।

"> हात्तीको पनि हुन्छ नाम, किन ? कसरी ?: Dekhapadhi
हात्तीको पनि हुन्छ नाम, किन ? कसरी ?

प्रतिक्रिया दिनुहोस्