लिला न्याइच्याइ

यो सन्त्रासको समय हो। विश्वका आधाभन्दा बढी मानिस अहिले घरको सिमित घेराभित्र बसिरहेछन्। मानौं, एउटा क्षेप्यास्त्र पड्किनै लागेको छ र त्यसको बाछिटाबाट सकेसम्म बच्न खोजिरहेछन्। हरेक बिहान आँखा खोल्ने बित्तिकै हजारौंको संख्यामा मानिसहरूको निधनको समाचार सुन्न बाध्य छौं हामी। लाग्छ, महायुद्ध चलिरहेछ संसारमा। र, यो युद्ध हो- विश्वव्यापी महामारी कोभिड-१९। मानिस-मानिसबीचको होइन, मानिस र भाइरसबीचको यो युद्ध।

यो विश्वव्यापी महामारीलाई युद्धको संज्ञा चीनका राष्ट्रपति सी चिनफिङले दिएका थिए। यो वर्षको जनवरीमा उनले सारा जनता कोभिड-१९ विरुद्धको युद्धमा सामेल भएको उद्घोष गरे। र, व्यक्तिगत रुपमा ‘कोभिड-१९ को रोकथाम र नियन्त्रणको अगुवाई गर्ने’ वाचा गरे। उनको उद्घोषसँगै चिनियाँ जनतालाई यो महामारीबाट सिर्जित आपतकालीन अवस्थाको सामनाको लागि युद्धस्तरमा काम गर्न आह्वान गरियो। वुहानमा लगाइएको ७६ दिनसम्मको बन्दाबन्दीपश्चात् ७ अप्रिलमा चीनमा कोभिड-१९ बाट मृत्यु हुने संख्या शुन्य पुग्यो। अर्कोतिर संयुक्त राज्य अमेरिकामा कोभिड-१९ बाट हुने मृत्युदर दिनहुँ बढ्दो छ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार २६ अप्रिलसम्म संयुक्त राज्य अमेरिकामा कोभिड-१९ कारण निधन हुनेको संख्या ४६ हजार २०४ पुगेको छ। इटली, फ्रान्स, लगायतका युरोपेली देशमा पनि हताहती बढ्दो छ।

कोभिड-१९को महामारी बढ्दो छ। संसार यसबाट आक्रान्त भइरहेको बेला विभिन्न देशले रोग नियन्त्रणमा चीनले पाएको सफलताबाट सिक्नुपर्ने बताइरहेका छन्। त्यस्तै चीनले पनि आफ्नो चिकित्सा टोली बेलायत, इटली, फ्रान्स, स्पेन लगायतका देशमा पठाएको छ। चीनले अत्यावश्यक स्वास्थ्य सामग्री पनि अनुदानमा पठाइरहेको छ र बिक्री पनि गरिरहेछ। सँगसँगै हरेक दिनजसो संसारभरका चिकित्सकसँग चिनियाँ चिकित्सकहरू डिजिटल संवाद गरिरहेका हुन्छन्। तुलनात्मक रुपमा गरिरहेको व्यवस्थित प्रयासका कारण चीनले विश्वभरबाट प्रशंसा र आशंका दुवै बटुलिरहेको छ।

कस्तो होला कोभिड-१९ पछिको विश्व व्यवस्था?

युभल नोहा हरारी, अमर्त्य सेनहरूले कोभिड-१९ लाई स्वास्थ्य संकटकै रुपमा लिनुपर्ने दावी गरे पनि ब्रुनो मेसाइसजस्ता अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले यसलाई महायुद्धकै रुपमा लिइरहेछन्। अवश्य पनि महायुद्ध नै नभएपनि परिणामका हिसाबले यो तेस्रो विश्वयुद्ध नै हो। विश्व राजनीतिमा कोभिड-१९ ले ल्याउने परिणाम महायुद्ध सरह नै हुनेछ।

हरेक विश्वयुद्ध पश्चात् विश्वव्यवस्थामा परिवर्तन आएको छ। पहिलो र दोस्रो विश्वयुद्धको इतिहास साक्षी छ युद्धमा जित्ने पक्षले विश्व व्यवस्थामा वर्चश्व कायम राख्ने गरेको छ। त्यसो भए के यो विश्वव्यापी मानव संकटमा जित्न सक्नेको आगामी विश्व व्यवस्थामा वर्चश्व कायम होला त? कि हतियारको होड र राजनीतिक युद्धमा जिते मात्र विश्व व्यवस्थामा परिवर्तन मानिने हो? यस्ता धेरै प्रश्नको जवाफ भविष्यसँगै छ।

पहिलो विश्वयुद्धमा विजेता देश बन्न सकेको हुनाले नै विश्व व्यवस्थामा वर्चश्वशाली हुनपुग्यो। बेलायतको नेतृत्वमा बनेको त्यो विश्व व्यवस्था दोस्रो विश्वयुद्धपछि संयुक्त राज्य अमेरिकाको पोल्टोमा पुग्यो। अझ शितयुद्धकालिन संघर्षको अन्तिममा सोभियत संघ देश विखण्डनको पराकाष्ठामा पुगेपछि अमेरिकाको वर्चश्व मजबुत बन्यो। अमेरिकी अर्थतन्त्र विश्वकै पहिलो बलियो अर्थतन्त्र बन्यो। तर विश्व कहाँ स्थिर छ र? विश्व व्यवस्था त्यस्तो समुद्र हो जहाँ परिवर्तनका छालहरू आइरहन्छन्।

सन् २००८ लाई विश्व रंगमञ्चमा चीनको दरिलो उपस्थिति शुरु भएको वर्षको रुपमा लिइन्छ। वित्तीय संकटमा आफूलाई अडिग राखेको चीनले आफूलाई अर्थतन्त्र प्रवाहमा मात्र सिमित राखेन। उसले आफूकेन्द्रित ज्ञान प्रवाहलाई पनि उत्तिकै जोड दिनथाल्यो।

सन् १९८० को दशकबाट खुल्ला अर्थतन्त्र अंगीकार गरेको विशाल जनसागर तथा विशाल भुभाग बोकेको चीनसँग बलियो अर्थतन्त्रको प्रचुर सम्भावना थियो। सन् २००८ को विश्व आर्थिक मन्दीमा चीनको अडिग गति तर अर्कोतिर पश्चिमा पूँजीवादी देशहरूको खस्किरहेको अर्थतन्त्रका बीच थुप्रै अनुमान सहितका तुलना भइरहेका थिए। खासगरी सन् २००८ पछि विश्व व्यवस्थालाई प्रभाव पार्ने हिसाबले भएको चिनियाँ उदयलाई पश्चिमा बुद्धिजीविले ‘चिनियाँ त्रास’नामाकरण गरे। तर चीनले त्यसलाई ‘शान्तिपूर्ण उदय’ नै दाबी गरिरह्यो। सन् २०११ बाट त जर्मनीलाई उछिन्दै चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश बन्यो। तर अर्थतन्त्रको यो होडमा विजय पाउँदैमा चीन विश्व व्यवस्थालाई नै प्रभाव पार्न सक्ने देश बन्न सक्ला त?
एक्काइसौं शताब्दीको शुरुआती दशकदेखि थालिएको यो बहस कोभिड-१९ को महामारीसँगै झनै पेचिलो भएको छ।

सन् २००८ लाई विश्व रंगमञ्चमा चीनको दरिलो उपस्थिति शुरु भएको वर्षको रुपमा लिइन्छ। वित्तीय संकटमा आफूलाई अडिग राखेको चीनले आफूलाई अर्थतन्त्र प्रवाहमा मात्र सिमित राखेन। उसले आफूकेन्द्रित ज्ञान प्रवाहलाई पनि उत्तिकै जोड दिनथाल्यो। सन् २००८ पछि चीनले भौतिक ज्ञान भण्डार निर्यात गर्न थालेको मानिन्छ। चिनियाँ विश्वविद्यालयहरू, विद्वत समाज र संस्थाहरू व्यवस्थित रुपमा विश्वभरि फैलाइएको छ। साथै विश्वको प्राज्ञ समाजलाई पनि विविध माध्यमबाट चीनमा आमन्त्रण गरिरहेको छ।

के यिनै अभ्यास विश्व विजेता बन्नको लागि चीनलाई पर्याप्त होलान् त?

त्यसो त चीन आफैले विश्व विजेता बन्ने अभिलाषा स्पष्टसँग व्यक्त गरेको छैन। उसले संयुक्त हित, सहकार्य र वैकल्पिक अन्तर्राष्ट्रिय संघसंस्थाहरूको वकालत गरिरहेछ। उसले त्यसैको निर्माणमा लागिपरेको बताएको छ। सन् २०१३ मा अघि सारिएको ‘एक क्षेत्र एक मार्ग’ (पहिले ‘वन बेल्ट, वन रोड’, अहिले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’) परियोजनालाई उसले साझा भविष्यको लागि विश्व परियोजना भनिरहेछ।

त्यसो त कोभिड-१९ को पहिलो प्रहार चीनलाई नै पर्‍यो। त्यसलाई सफलतापूर्वक व्यवस्थापन गर्न ऊ समर्थ पनि रह्यो। तर अरू देशमा बढिरहेको प्रकोप सामनामा चीनले सद्भाव, साथबाट विश्व राजनीतिमा कुन तहसम्म प्रभावित गर्न सक्ने हो भन्ने हिसाब निकाल्न गाह्रो होला। तर उसको सफलताले उसको सामथ्र्यलाई भनै मजबुत रुपमा स्थापित गरिदिएको छ। सिंगो चीन र चिनियाँ जनतालाई एकबद्ध र अनुशासित सिपाहीको रुपमा परिचित गराएको छ। जो देशले लिएको दिशामा एकबद्ध हिडन तयार छ।

विश्व विजेता बन्ला चीन?

कोभिड-१९ को महामारी, योसँग जुध्न अपनाइएको लकडाउन जस्तो निर्मम उपाय र घरभित्र कैद आम जनता। आजसम्म त आम जनता अनिश्चितताको भूमरीमै छौं। यो भूमरीका बीचमा पनि राजनीतिक विकासक्रम भने रोकिँदैन। विश्व राजनीतिको चक्र त चलिरहेकै हुन्छ पृथ्वी घुमेजस्तै। प्रष्ट छ, अहिले अमेरिकी र अरू युरोपेली देशहरूको शक्ति क्षीण भइरहेको छ। त्यसो भए चीनले विश्वमा प्रभाव पार्ने शक्ति आर्जन गर्न सक्छ होला त? चीन आफ्नै विशेषता भएको समाज हो। आफ्नो सांस्कृतिक पृष्ठभूमिका कारण विदेशीलाई हृदयबाट अपनाउने क्षमता चिनियाँ समाजसँग छैन।

चीनको सर्वस्वीकार्यतासँग यसको ज्ञान प्रसारण पनि जोडिन्छ। विश्व प्रभुत्व स्थापना गर्न उसले सामना गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती यही हो।

अर्कोतिर बाँकी विश्वले पनि चीनलाई सहज रुपमा लिनसकेको छैन। पहिले विपन्नताका कारण चीनलाई हेला गरिन्थ्यो। अहिले सम्पन्न भइसक्दा पनि उसको सम्पन्नताको स्वागत भइरहेको छैन। यहि कोभिड-१९ का शुरुमा पनि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनी होच्याए। चिनियाँ अनुहारका मानिसहरू अपहेलित भए।

चीनको सर्वस्वीकार्यतासँग यसको ज्ञान प्रसारण पनि जोडिन्छ। विश्व प्रभुत्व स्थापना गर्न उसले सामना गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती यही हो। अहिले पश्चिमा जगत् (द वेस्ट) केवल अर्थतन्त्र र प्रविधिले हावी छैन। ज्ञान उत्पादन र वितरणमा पनि उसको हात माथि छ। दोस्रो विश्वको शिक्षा प्रणालीमा अंग्रेजी भाषा र ज्ञान प्रणाली अपनाउन थालेको शताब्दिऔं भएको छ। पश्चिमा ज्ञान, दर्शन, मूल्य-मान्यतालाई नै सर्वश्रेष्ठ मानिने गरेको छ। पश्चिमा दार्शनिक, चिन्तक, लेखक, साहित्यकार र कलाकारको वर्चस्व उत्तिकै छ।

यो प्रभावलाई चिनियाँ दर्शन, मूल्यमान्यताले प्रतिस्थापन गर्न सक्ला त? विश्वका विद्याालय र विश्वविद्यालयमा अत्यन्त कमैमात्र चिनियाँ दार्शनिकलाई पढाइन्छ। चिनियाँ भाषा नजान्नेले चीनको साहित्य र चिन्तन पढ्ने अवसर अति कम मात्रामा पाउँछन्। अंग्रेजी भाषा जसरी चिनियाँ भाषा विश्वव्यापीकरण भइसकेको छैन।

चीनले आफ्नो ज्ञान प्रणाली विस्तार गर्न सक्दो प्रयास नगरेको चाहिँ होइन। सन् २००७ देखि चीनले ‘कन्फ्युसियस इन्स्टिच्युट’मार्फत् संसारभरी चिनियाँ भाषा प्रसारण शुरु गरेको छ। यो अभियानमा चिनियाँ युवा शिक्षकहरू खटाइएका छन्। तैपनि अंग्रेजी भाषाको वर्चस्वका अगाडि चिनियाँ भाषाको प्रसार निकै कमजोर छ।

हुन त अर्थतन्त्रले धेरै क्षेत्रलाई एकैपटक प्रभाव पार्ने क्षमता राखछ। तथापी विश्वव्यवस्थामा चिनियाँ नेतृत्वको स्थापनालाई ज्ञान निर्माण र प्रसारणमा पनि उत्तिकै हावी हुन आवश्यक हुनेछ। विश्व व्यवस्थाले नयाँ काँचुली लिए पनि त्यसमा नेतृत्व हासिल गर्न चीनले यस्ता धेरै चुनौतीको सामना गर्नुपर्नेछ।

(‘नेपालमा चीनको जनकुटनीति’ विषयमा विद्यावारिधी गरेकी न्याइच्याइ त्रिभुवन विश्वविद्यालयकी उप-प्राध्यापक हुन्।)

पढ्नुहोस्ः

कोराना भाइरस महामारीपछि कस्तो बन्ला विश्व परिदृश्य ?

कोभिड-१९ विरुद्धको लडाइँमा नेतृत्वको अभाव खेपिरहेछ मानवजाति

"> अर्थतन्त्र र व्यवस्थापनमा उछिन्दैमा विश्व नेतृत्व गर्ला त चीनले?: Dekhapadhi
अर्थतन्त्र र व्यवस्थापनमा उछिन्दैमा विश्व नेतृत्व गर्ला त चीनले?

प्रतिक्रिया दिनुहोस्