घर वा कोठाभित्र सीमित भइरहँदा हामी ती विचारबाट मुक्त हुने मौका पाइरहेका छैनौं। यतिबेला हामीसँग आफ्ना अनुभवको सामना गर्नेबाहेक अर्को कुनै विकल्प छैन। विगतमा आफैंलाई आघात पार्ने वा अरूलाई आफूले आघात पारेका ती दुःखदायी अनुभवहरू अवचेतनबाट चेतन मनमा आउँछन्।
युट्युब वा नेटफ्लिक्स हेर्दाहेर्दै थकित भएर बस्दा विगतका राम्रा, नराम्रा स्मृतिहरूले हाम्रो मस्तिष्क ओगटिदिन्छन्। र, हामीसँग यति प्रशस्त समय छ, वर्षौंदेखि हामीलाई पछ्याइरहेका यी अँध्यारा स्मृतिबाट भाग्न पनि सक्दैनौं। एक हिसाबले, लकडडाउनले हामीलाई आघातपूर्ण अनुभवहरू हाम्रो जीवनको अभिन्न अंग भएको बोध गराइदिएको छ। यद्यपि, यो हामी आफैंलाई उत्तम बनाउने वा विगतमा फर्किएर गल्तीहरू सच्याउने समय होइन। त्यसको साटो ती स्मृतिहरूबाट गुज्रिएर जेस्ता छन् तिनलाई त्यसै गरी स्वीकार्ने समय हो यो।
“मैले आफैंलाई गरेका धेरै थोक ठिक छैनन्...तथापि मैले जे अनुभव गरेँ त्यो अरू कसैले गर्नेछैन...र मलाई थाहा छ, मैले सधैँ अरूको नराम्रो पक्षमा मात्र ध्यान दिउँ, तर सायद मैले आफैंलाई गलत तरिकाले लिनु मेरो गल्ती हुन सक्छ।”
मलाई यी शब्दहरू लेख्न निकै समय लाग्यो। कैयौं रात अनिँदा बिते। म निदाउन आँखा चिम्म गर्थेँ तर जागै रहन्थेँ। तर, मलाई छिटै उठेर केही गर्नुपर्ने पनि त थिएन।
मलाई त आफ्नै भावनलाई नजिकबाट सामना गर्नुपर्ने थियो।
र, म आफ्ना विचारहरूसँग नितान्त एक्लो थिएँ।

हो, म आघातहरूबाट गुज्रिएको छु। र, कसैले पनि यसबारे केही भन्न सक्दैन। कसैले पनि मलाई भन्न सक्दैन– ‘धेरै नसोच, त्यो त केवल विगत थियो। बरू खाना खाऊ, केही पढ वा फिल्म हेर।’ तर म त ती सबैबाट थकित भइसकेको छु।
विगतको कुनै पनि घटनाले आघात पारेको हुन सक्छ। कसैले गरेको छेडखानी हुन सक्छ। मृत्यु वा बिछोड हुन सक्छ। मानसिक दुर्व्यवहार हुन सक्छ। जे पनि त हुन सक्छ जसले हाम्रो मस्तिष्कको कुनै कुनामा अँध्यारो धब्बा छोडेको हुन सक्छ। तर, त्यसको ठोस समाधान पनि त हुँदैन। बस्, त्यसलाई हामीले लुकाइरहेका हुन्छौं, पुक्क उठेको भुँडीलाई टाइट प्यान्टले ढाकेजस्तै।
र, अहिले यहाँ म त्यो पुक्क उठेको भुँडीलाई हातले ढाकिरहेछु र आघातका धब्बाहरूलाई स्वीकारिरहेछु। अहँ, म तौल घटाउने कसरत शुरू गर्न चाहन्न। म आफैंलाई उत्तम बनाउने गरी परिवर्तन गर्न चाहन्छु। मलाई त त्यो आघातसँग सामना गर्ने समय चाहिएको छ। नुहाउन वा सुत्न जानुअघि म त्यसमाथि रुन चाहन्छु।

म नयाँ अनुभवहरूबाट व्यस्त भएको छु। र, अब म ती आघातहरूबाट दुःखी भएको छैन। र, कुर्त कोबाइनले भनेजस्तै ‘दुःखमा सहजता’ पाएको छु। तर, हामी त दैनिक जीवनमा यसबाट मुक्त हुन छ। त्यो आघातपूर्ण स्मृति अब सहज भएर जिन्दगीको अघिल्लो यात्रा गर्नु छ।
जब यो लकडाउन सकिनेछ जीवनको पांग्रा फेरि पहिलेजस्तै घुम्न थाल्नेछ। तर, मलाई विश्वास छ, आघातपूर्ण स्मृतिहरूको सामना गर्न पाएको यो समयले हामीलाई मानसिक स्वास्थ्यको महत्त्वबोध गराउनेछ।
म अहिले पनि वृत्ति विकासलाई प्राथमिकता दिनसक्ने गरी बलियो भइसकेको छैन, तर म आफ्नो विगत अनुभवका कारण कमजोर छु भन्ने स्वीकार्न सक्दा खुशी छु। र, लकडाउनको यो समयले मलाई आफैंबारे घोत्लिने समय र अवसर दिएको छ।
(‘जामिया मिलिया इस्लामिया’ विश्वविद्यालय, दिल्लीमा अध्ययनरत रञ्जनको यो अनुभूति ‘द वायर’बाट लक्ष्मण श्रेष्ठले अनुवाद गरेका हुन्।)
" />

">